झापा-फूलबारी–बंगलाबन्ध मार्गमार्फत बंगलादेशसँग व्यापारिक कारोबार गरिरहेका नेपाली व्यवसायीले बंगलादेशी नाकामा पर्याप्त भौतिक पूर्वाधार नभएका कारण द्विपक्षीय व्यापार झन्झटिलो बनेको गुनासो गरेका छन्। आफ्नो सीमा नाकामा व्यवस्थित भन्सार बंगलादेशले निर्माण गरे त्यसले दुई देशबीचको कारोबार अझै बढ्ने पनि बताए।मंगलबार झापाका व्यवसायीसँग अन्तर्क्रियाका लागि आएकी बंगलादेशी राजदूत मास्फी बिन्ते साम्ससामु नेपाली व्यवसायीले पूर्वी नाकामार्फत हुने द्विपक्षीय कारोबारका अप्ठेराबारे खुलेर कुरा राखे। ‘काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्गबाट हुने हाम्रो कारोबार ज्यादै उत्साहजनक छ,' धुलाबारीमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले भने ‘तर, बंगलादेशी सीमामा पर्याप्त भौतिक पूर्वाधार नहुँदा धेरै समस्या भएको छ। बंगलादेशले यो समस्या हल गर्न कदम चाल्ने हो भने त्यसको फाइदा दुवै देशलाई हुन्छ।' बंगलादेशले नेपाल र भुटानबीचको कारोबारलाई विभेदपूर्ण व्यवहार गरेको बताउँदै उस्तै छिमेकीलाई समान दृष्टिले हेर्न पनि आग्रह गरे।
धेरैथरी अन्तर्राष्ट्रिय व्यापारमा घाटा सहिरहेको नेपालले बंगलादेशसँगको व्यापारमा भने सधैं उच्च नाफा आर्जन गरिरहेको छ। २०५४ सालदेखि फूलबारी–बंगलाबन्ध मार्गमार्फत दुई देशबीच कारोबार सुरु भएको हो। यो बाटोबाट नेपालले मुसुरो दाल तथा जडीबुटी निर्यात गर्छ। जुस लगायतका सामान आयात गर्छ। यो १७ वर्षको अवधिमा नेपालले २५ अर्ब ४३ करोड १८ लाख रुपैयाँ बराबरको सामान बंगलादेश निर्यात गरेको छ। आर्थिक वर्ष ०७०/७१ मा मात्रै २ अर्ब रुपैयाँभन्दा बढीको सामान नेपालबाट निर्यात भएको छ। तथापि नेपाली पक्षले मुसुरो दालबाहेकका कमोडिटिजमा उल्ेलख्य निर्यात गर्न सकेको छैन।
‘अन्यको दाँजोमा बंगलादेशसँगको कारोबार ज्यादै राम्रो छ,' बंगलादेशसँगको कारोबार सहजीकरण गर्ने नेपाल गोदाम व्यवस्थापन तथा पारवहन व्यवस्था लिमिटेडका झापा प्रमुख यादवराज शिवाकोटीले भने ‘तर, बंगलादेशले आफ्नो नाका व्यवस्थित नगर्दा समस्या भएको छ।' उनका अनुसार भारतीय भूमिमा व्यवस्थित भन्सार संरचना छ। तर बंगलादेशमा नहुँदा धेरै वर नै सामान अनलोड गर्नुपर्ने बाध्यता छ। यसले नेपाली व्यवसायीको ढुवानी खर्च दोब्बर बढाइरहेको छ। त्यस्तै सीमा नाकामा ‘अन एराइभल' भिसा उपलब्ध नहुने समस्याले पनि कारोबार चाहे जति बढाउन नसकिएको उनले बताए। अध्यागमनको समस्या पनि व्यापारमा बाधकको रुपमा रहेको उनको भनाइ छ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष विजय डालमियालगायत नेपाली व्यवसायीले भुटान र नेपाली उत्पादनको भन्सार दरमा विभेद नगर्न राजदूतलाई आग्रह गरे। नेपाल र भुटान दुवै देशबाट बंगलादेशमा कृषि उत्पादन निर्यात हुन्छ। तर, व्यापारीका अनुसार बंगलादेशले भुटानीभन्दा नेपाली उत्पादनलाई बढी भन्सार लगाएको छ। मेची उद्योग वाणिज्य संघले पहिल्यै राखेको प्रस्ताव ढाका– काँकडभिट्टा–काठमाडौं बस सेवा सुरु गर्न बंगलादेशले सहयोग गर्नुपर्ने माग राखेको छ।
राजदूत साम्सले नेपाली व्यवसायीलाई सबै समस्या समाधान हुने आश्वासन दिइन्। ‘यहाँ उठेका कुरा दुवै पक्षको हितमा छन्,' उनले भनिन्, ‘म सरकारसँग कुरा गर्नेछु।' द्विपक्षीय कारोबारका अप्ठेरो सुल्झाउन बंगलादेश सधैं तयार रहेको जनाउँदै उनले भन्सार दरमा चाँडै पुनर्विचार गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने वचन दिइन्।