माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन
०२ भदौ २०७१
•
७ मिनेट पाठ
माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन
काठमाडौं-करिब ५० करोड रुपैयाँ लागतमा निर्माण भएको देशकै चौडा माइतीघर–तीनकुने सडकले पहिलो बर्खा पनि थेग्न सकेन। मनसुन सकिएको छैन तर सरकारलाई हस्तान्तरण गरिएको पाँच महिना नबित्दै २.६ किलोमिटर लामो यो सडकमा ५० भन्दा बढी खाल्डा र थुप्रै ठाउँमा कालोपत्रे उस्सिएर फुट्न थालेको छ।एक किलोमिटरलाई २० करोडभन्दा बढी लगानी गरिएको यो सडकका ठाउँठाउँमा कालोपत्रे डल्ला परेर माथि उठेको छ भने कतिपय ठाउँमा उप्किसकेको छ। नयाँबानेश्वरस्थित होटल एभरेस्टभन्दा केही मिटर तल नोबेल एकेडेमी कलेज छिर्ने ठाउँमा सबैभन्दा बढी खाल्डा छन्। त्यहाँ करिब १० मिटर खण्ड त खाल्डै खाल्डा छन्। माइतीघरको सेन्टजेभियर्स नजिकैको क्षेत्रमा पनि ठूलो खाल्डो छ। त्यहाँ सडकको पिच बीचबाट फाटेर भत्कन थालेको छ। माइतीघरबाट बबरमहलतिर मोडिएपछि पनि थुप्रै खाल्डा र डल्ला भेटिन्छन्। 
बबरमहलस्थित सडक विभागबाट २ सय मिटर वरपर धेरै ठाउँमा बिग्रिएका छन्। विभागदेखि बिजुलीबजार पुलसम्मको खण्डमा साना–ठूला खाल्डा बग्रेल्ती छन्। पुलपारि औषधि व्यवस्था विभागअगाडिको खण्डमा पनि सडक भत्किएको छ। बबरमहलमै कर कार्यालयतर्फ जाने क्षेत्रमा कालोपत्रे डल्ला परेर उठेको छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले माइतीघर–तीनकुने सडक निर्माणको जिम्मा टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीलाई दिएको थियो। यसअघि पनि कम्पनीले सडक निर्माण सकेको दुई महिना नबित्दै विभिन्न स्थानमा कालोपत्रे डल्ला परेर उस्सिएको थियो। त्यतिबेला कम्पनीले रातारात उस्सिएका स्थानमा काटेर सडक टालेको थियो।
अहिले फेरि खाल्डा परेर सडक बिग्रन थालेपछि आयोजनाले यसको गुणस्तरबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। आयोजना प्रमुख श्याम खरेलले पटक–पटक सडकमा समस्या आउन थालेपछि प्राविधिक तथा निर्माण सामग्रीलगायत विषयमा सूक्ष्म अध्ययन थालिएको जानकारी दिए।
‘केही ठाउँमा प्राविधिक समस्या देखिएको छ भने केही ठाउँमा निर्माण क्रममा हेलचेक्र्याइँ भएको पाइएको छ,' उनले नागरिकसँग भने, ‘हामी सूक्ष्म अध्ययन गरेर खास समस्या पत्ता लगाउनेछौं।' तत्कालका लागि अस्थायी रूपमा भए पनि सडक टाल्न निर्माण व्यवसायीलाई भनिसकेको उनले बताए।
‘पहिला अस्थायी रूपमा भए पनि बनाउनुपर्छ, वर्षा रोकिएपछि स्थायी रूपमा निर्माण गर्नुपर्छ,' खरेलले भने, ‘नोबेल कलेज अगाडिको खण्ड भत्कनुमा भने नयाँ निजी भवन बनाउने कम्पनी जिम्मेवार रहेकाले त्यसैलाई पुनर्निर्माण गर्न लगाउनेछौं।'
सडक निर्माण कम्पनीका सुवित श्रेष्ठले केही स्थानमा खानेपानी पाइप बिछ्याउन भत्काइएको र केही स्थानमा पानी छिरेकाले सडक बिग्रेको बताएका छन्।
‘केही ठाउँमा समस्या देखिए पनि सबैमा हाम्रो दोष देखाउनु सरासर गलत हो,' उनले भने, ‘बिग्रिएका सबै ठाउँमा तुरुन्त मर्मत सुरु गर्नेछौं।'
०६९ वैशाखमा निर्माणको जिम्मा दिइएको उक्त सडक गत माघ अन्तिममा सम्पन्न भएको थियो। नियमअनुसार एक वर्षसम्म सडकमा समस्या देखिए सम्बन्धित निर्माण कम्पनीले नै निःशुल्क बनाइदिनुपर्छ। आयोजनाले डिजाइनअनुसार निर्माण सकिएको भन्दै व्यवसायीलाई ९० प्रतिशत रकम दिइसकेको छ। बाँकी १० प्रतिशत एक वर्ष अवधि सकिएपछि दिने व्यवस्था छ। निर्माण सकिए पनि उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन। बिजुलीबजार र तीनकुनेको पुल निर्माण भइसकेपछि मात्र यो सडक पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
इन्जिनियरहरू भने पाँच सेन्टिमिटर बाक्लो कालोपत्रे गरिएकाले यति थोरै सवारी चलेको भरमा खाल्डा पर्न नहुने बताउँछन्। यो सडक कम्तीमा पाँचदेखि सात वर्ष टिक्नुपर्ने उनीहरूको भनाइ छ। निर्माण क्रममै भएको त्रुटिले सडकमा खाल्डा र डल्ला परेको इन्जिनियरहरूको जिकिर छ।
‘सडक निर्माणमा कमसल सामग्री प्रयोग भएको देखिन्छ,' एक इन्जिनियरले नागरिकसँग भने, ‘नभए त्यति मोटो कालोपत्रे गरिएको सडक यति सजिलै भत्कन नपर्ने हो।' यसका लागि सडकमा प्रयोग भएका निर्माण सामग्रीदेखि निर्माण विधिसम्मको विस्तृत छानबिन गरिनुपर्ने ती प्राविधिकले बताए।
आयोजना प्रमुख खरेल भने उक्त खण्डमा राजधानीकै रामकोट क्षेत्रबाट ल्याइएको केही कमसल सामग्री हाल्नुपरेको स्विकार्छन्। ‘निर्माण क्रममा हालिएका सामग्री केही कमसल नै थियो,' उनले नागरिकसँग भने, ‘त्यसैले पनि समस्या बढेको हुनसक्छ।' कालोपत्रे गर्दा बिटुमिन (अलकत्रा) र एग्रिगेट (गिटी) को मात्रा नमिलेका स्थानमा बढी भार परेकाले पनि समस्या आएको उनले आँकलन गरे।
माइतीघर–तीनकुने सडकको चौडाइ ४६.४० मिटर छ। आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ। दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण भइरहेको छ। सडकको बीचमा पर्ने चार लेन सडक तीव्र रफ्तारको र बाँकी चार लेनमा स्थानीय रूटका सवारी सञ्चालन हुन्छन्।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस