विराटनगर - 'हामी हतियार बुझाउन तयार भयौं, अब शान्तिपूर्ण राजनीति गर्छौं,' मधेशको भूमिगत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संरक्षक 'कौटिल्य' भनिने संजयुकमार गुप्ताले घोषणा गरेका छन्, 'भएका सात थान हतियार बुझाएर जनमत बटुल्नतर्फ लाग्नेछौं।'जनताका प्रतिनिधि सम्मिलित एक शक्तिशाली समितिसँग २४ साउनमा जनकपुरमा सम्पन्न वार्तामा गुप्ताले आफूसँग हतियार बुझाउन राजी हुँदै शान्तिपूर्ण राजनीति गर्ने उद्घोष गर्नुलाई संविधान बनाउने जिम्मा पाएको संसदले महत्वपूर्ण उपलव्धि ठानेको छ।
आनन्दप्रसाद ढुंगाना संयोजकत्वको संविधानसभा संवैधानिक–राजनीतिक संवाद तथा सहमति प्रारम्भिक वार्ता उपसमितिले मोर्चाका 'कौटिल्य'सँग गरेको वार्ता फलदायी भएको हो। यसअघि 'कौटिल्य'ले सरकारसँग सातपल्ट वार्ता गरे पनि 'उपलव्धिमूलक' भएको थिएन।
'अब मधेशमा हिंसात्मक गतिविधि गर्ने भूमिगत समूहको अन्त्य हुनलागेको छ,' वार्तापछि ढुंगानाले भनेका छन्, 'मधेश आन्दोलन चर्काएका समूहहरु तितरवितर भइसकेको अवस्थामा बाँकी रहेका समूहहरुसँग पनि सहमति हुनु खुसीको कुरा हो।'
'मधेश मुक्ति'का नाममा सिमापारी आश्रय लिएर तराईमा हिंसात्मक गतिविधि गर्ने समूहहरु क्रमशः निस्कृय हुँदै गरेको अवस्थामा 'कौटिल्य'को मोर्चासमेत सहमतिमा आएपछि पूर्वी तराईवासी हर्षित छन्। मधेश आन्दोलनले थिलथिलो भएको यसक्षेत्रमा जनजीवन सहज बन्दैछ।
पहिलो संविधानसभा चुनावपछि मधेशमा यस्ता समूहको राजनीतिक औचित्य सकिएको हो। सरकारले वार्तामा बोलाउँदा सिंगो मधेशमा विभिन्न नामका दुई दर्जन जति सशस्त्र तथा निशस्त्र समूह आउने गरे पनि उनीहरुको जनसंगठन र राजनीतिक गतिविधि शून्यप्रायः बनिसकेको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल संयोजक सोमराज थापाका अनुसार, खालखाले नारा बोकेर तराईमा उदाएका सशस्त्र समूहहरु आफ्नै कर्तुतले निमिट्यान्न भइसकेका छन्। २०६३ सालयता उदाएका समूह आपराधिक चरित्रका भएकाले पनि टिक्न नसकेका हुन्।
'सुरक्षाकर्मीको बस्तीव्यापी उपश्थिति र मानिसमा फेरिएको चेतनाले तराईका सशस्त्र समूह सकिएका हुन्' लामो समयदेखि यसक्षेत्रको बस्तुस्थिति नियालिरहेका थापा भन्छन्, 'अब मधेशमा आन्दोलन भइहाल्ने देखिन्न, त्यसैले आपसी भाइचारा र सद्भाव बढ्न थालेको छ।'
आक्रोशको आन्दोलन
सत्ताको केन्द्रमा पहुँच नपुगेपछि र शासकहरुले जातिय परिभाषित गरेपछि मधेशी समुदाय लामो समयदेखि रुष्ट थियो। मधेशबाट निर्वाचित गन्न्नेमान्ने नेतासमेत केन्द्रमा पहाडे मूलका नेताको छायाँमा परेपछि मधेशीले आफूहरुलाई पछि पारिएको र दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिएको महसुस गर्थे।
त्यस्तो तिक्तताका बेला सरकार–माओवादी द्वन्द्व कायमै रहँदा २०६३ माघ २ गते मधेश आन्दोलनको सूत्रपात हुन पुग्यो। मधेशी जनअधिकार फोरम नेपालले त्यस दिन मधेश स्वायत्तताको माग राख्दै अनिश्चितकालीन आमहड्ताल गरेको थियो। हड्तालक्रममा लहानमा पनि विरोध प्रदर्शन भइरहेको थियो।
त्यसैबेला तत्कालीन माओवादीका कार्यकर्ता सियाराम मुखियाले गोली चलाउन पुगे। गोली लागेर माघ ५ गते लहानमा रमेश महतोको मृत्यु भयो। घटनापछि विरोध चर्किंदै गर्दा स्थिति नियन्त्रणमा लिन परिचालित प्रहरीको गोलीले सिरहामै सात जना मारिए। त्यसै दिनदेखि आन्दोलनले पूर्वी तराईमा उग्ररुप लियो।
तराईका विभिन्न जिल्लामा ५४ जनाले ज्यान गुमाए भने लहानमै १९ वटा गाडी जलाइयो। देश पुरै ठप्प भयो। फोरमको अगुवाईमा सुरु भएको आन्दोलनमा क्रमशः अपरिचितको हूल मिसियो। त्यसमध्ये कतिपय सीमापारीबाट आएको मधेशी नेता स्वयंले स्विकारे।
'मधेशीमाथि राज्यले गरेको भेदभावको दोष पहाडीमाथि थोपर्दै नेताले भड्काउन खोजे समाजको हित हुन्न भन्ने अहिले सबैले बुझे' आन्दोलनपछि फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य सूर्यनारायण यादव भन्दैछन्, 'खासमा संघर्ष शासन प्रणलीविरूद्ध भएको थियो, जनताविरुद्ध होइन भन्ने बुझ्नै समय लागेको हो।'
मधेसका राजनीतिक एजेण्डालाई संविधानसभाबाट नगरी सत्तामोहले आन्दोलनको उपेक्षा गर्दा आक्रोशमा आन्दोलन भएको ठान्छन् उनी। मधेशमा दुईपल्ट भएको आन्दोलनबाट प्रत्यक्ष फाइदा लिनेमा सशस्त्र समूहका केही अगुवा देखिए। उनीहरुले सीमापारी घरबार जोडेको पीडितको आरोप छ।
'हामीले घरबार गुमाउनुपर्यो, हामीलाई उठिवास लाउनेले इण्डियामा घर बनाए' सुनसरी हरिपुरबाट विस्थापित दर्जनौंमध्येका एक अगुवाले भने, 'आन्दोलनबाट फाइदा लिने थोरै भए, दुःख पाउने धेरै।' आन्दोलनक्रममा विस्थापितको संख्या यकिन नभए पनि धेरैजसो फर्किसकेका छन्।
'दशकौंको शोषणले जन्मिएको आन्दोलन नियन्त्रणबाहिर जाँदा हिंसात्मक हुन पुगे पनि मधेशका धेरै मुद्दा केन्द्रमा स्थापित भएका छन्' आन्दोलनपछि थुपै्रपल्ट सत्तामा पुगेका मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव भन्छन्, 'मधेशीले भोग्नुपरिरहेको अवस्था शासकवर्गले बुझेका छन् अब समस्याको समाधान गर्नुपर्छ।' सडक आन्दोलन रोकिए पनि आफ्ना एजेण्डा नछोडेको यादव प्रष्ट्याउँछन्।
आन्दोलन मत्थर भएपछि मधेशी नेताहरु राजनीतिलाई आफ्नो नियन्त्रणमा राख्ने ध्याउन्नमा देखिएका थिए। तर, दोस्रो संविधानसभामा उनीहरुको पराजयले त्यो ध्याउन्नमा पर्खाल लागेको छ। यस्तो अवस्थामा मधेशका कट्टरपन्थीहरु अझै पनि पहाडेकै कारण आफूहरु दमित भएको ठान्न छोडेका छैनन् भने शहरी क्षेत्रका मध्यमवर्गीयले मिलेर बस्नुको विकल्प नभएको बताउँदैछन्।
'दोस्रो संविधानसभामा मधेशी सभासदको न्युन उपस्थितिले संविधानमा मधेशका मुद्दाले ठाउँ नपाउने शंका छ' तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले भनेका छन्, 'त्यसप्रति निरन्तर खबरदारी गर्दै मधेश आन्दोलनको उपलव्धि जोगाउन हामी संघर्षरत छौं।'
उता, मधेश आन्दोलनलगत्तै खुलेको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले 'अधिकारका नाममा मधेशी र पहाडेको विभेद गर्न नहुने दोहोर्याउँदै अखण्ड नेपालका पक्षमा उभिइरहने जनाएको छ। 'मधेशी मात्रै सर्वैसर्वा हुनुपर्ने भन्दै चर्काइएको आन्दोलनले नजिकैका धेरैको वेवास्ता गरेको थियो' पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपाने भन्छन्, 'अब मधेशीसँगै पछि पारिएका सबै समुदायको अधिकार सुरक्षित गरिनुपर्छ।'
पुरानै झल्को
'समग्र मधेश, एक प्रदेश' भन्दै अर्बाैं रुपैयाँ बराबरको जनधन क्षति हुने गरी आन्दोलन चर्किंदा विस्थापित हुनपुगेका पहाडी समुदायका मानिसहरु पुरानै थलो फर्किंदैछन्। आन्दोलनले व्यापार व्यवसाय चौपट भइ सुरक्षा फितलो हुँदा ज्यान जोगाउन भागेका केही मधेशी परिवारसमेत फर्केका छन्। पूर्वी तराईमा मधेशीसँगै पहाडेको पनि बाक्लो उपश्थिति देखिँदा आन्दोलनअघिकै झल्को देखिन थालेको छ।
साम्प्रदायिक दंगा चर्किन थालेपछि सस्तोमा घरजग्गा बेचेका र अर्काको जिम्मा लगाएका परिवार भूमिगत समूहको दबदबा सकिएपछि पुरानै थलो फर्केका हुन्। 'रक्तपात मच्चिन थालेका बेला मधेशीको व्यवहार एकदमै असह्य खालको थियो' इटहरीमा पसल गर्ने रञ्जन चापागाईं भन्छन्, 'बिस्तारै त्यो दिक्कलाग्दो समय सुधि्रयो र पुरानै सहजलाग्दो समय आयो, अनि हामी परिवारै फर्कियौं।'
इष्टमित्रमाझ भाइचाराको सम्बन्ध बढ्दै जानुमा रञ्जनजस्ता पहाडी समुदायका मानिसहरु नम्र हुँदै पुरानै थलो फर्किनु एउटा कारण हो। आन्दोलनताका ज्यान जोगाउन पलायन भएका पहाडी समुदायका मानिस फर्किंदा मधेशीले समेत नराम्रो व्यवहार नगरेपछि पुरानै सहज अवस्था देखिँदैछ। दुई समुदायवीच लागेको कालो बादल हटेको छ। एउटाको दुःखमा अर्काले सघाउने र एउटाको सुखमा अर्को रमाउने थिति बसेको छ।
विराटनगरस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयले आन्दोलनमा विस्थापित सबैजसो परिवार घर फर्किसकेको जनाएको छ। ५४ जनाको ज्यान जाने गरी चर्किएको आन्दोलनमा दर्जनौं सवारी साधनमा आगजनी भएको थियो। मधेशीको निशानामा धेरैवटा सरकारी कार्यालय तोडफोड भएका थिए। ज्यान गुमाउने र अंगभंग हुनेका परिवारले राहत पाइसकेका छन्। कार्यालयहरु पुर्नस्थापित भइसकेका छन्।
'मधेशीले राज्यबाट उपेक्षित भएको कुरा आफ्नो ठाउँमा जायज होला तर मधेश आन्दोलन एउटा सनकका भरमा निम्तिएको थियो' पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी नवराज सिलवाल भन्छन्, 'आन्दोलन दुई समुदायवीच नभई बाहिरका मानिसको बहकाइमा भएकाले नियन्त्रण बाहिर थियो।' जनपथ र सशस्त्र प्रहरीले सबैतिर सुरक्षा दिएपछि अब त्यस्तो विद्रोह सजिलै नमच्चिने उनी बताउँछन्।
हिंसा र झगडाले केही उपलव्धि हुने रहेनछ भन्ने बुझेर अहिले मधेशी र पहाडीवीच सद्भाव बढ्न थालेको छ, पहिले आदर नगर्ने पहाडेले पनि मधेशीलाई मान्न थालेका छन्' मधेश आन्दोलनमाथि विद्यावारिधी गरिरहेका उप–प्राध्यापक विजयप्रसाद मिश्र भन्छन्, 'ठूलो उथलपुथल निम्त्याउँदै भड्किएको आन्दोलनले दुवै समुदायलाई एक अर्काको महत्व बुझायो र भाइचारा बढ्यो।'
फैलिँदै सद्भाव
मुलुकै स्तब्ध पार्ने गरी चर्किएको आन्दोलनले पूर्वी तराईको अवस्था जति खल्बलिएको थियो, समय बित्दै जाँदा त्यसको तिक्तता हराउँदैछ। रौतहट, सिराहादेखि सुनसरी र मोरङसम्मै सामाजिक सद्भाव पुरानै ठाउँमा फर्केको देखिन्छ। मधेस मुद्दामा दलहरूको फितलो अडानले समाज उग्र नाराबाट विभाजित हुनुभन्दा मिलेरै बस्दा कल्याण हुने बुझेपछि अवस्था सद्भावोन्मुख भएको हो।
'आन्दोलनका बेला मधेशीसँग बोल्नै डर लाग्थ्यो, अहिले सुखदुःखका साथी उनीहरु नै हुन्' चन्द्रनिगाहपुर बस्ने इलामकी रमा आचार्यले भनिन्, 'छिमेकी नै धेरैजसो मधेशी भएपछि उनीहरुसँग छुचो भएर बस्नै सकिँदैन, उनीहरुले पनि पुरानो कुरा बिर्सेर पहिलेजस्तै सहयोग गर्न थालेका छन्।' आन्दोलनले केही समय आपसी सद्भावमा आएको तितोपन अहिले क्रमशः अन्त्य हुँदै दरिलो बन्दैछ।
लहानमा २०६३ माघदेखि हिंसा चर्किंदा सशस्त्र समूहले विष्णुपुरकट्टीको एउटा विद्यालयका प्रधानाध्यापक अरुण श्रेष्ठको हत्या गरेको थियो। धेरैलाई स्तव्ध पार्ने त्यो घटनापछि मधेशी र पहाडे समुदायवीच आँखा तरातर मात्र भएन श्रेष्ठको परिवार जस्तै थुप्रै पहाडे समुदाय विस्थापित भयो। श्रेष्ठको परिवार बर्ष दिन लगत्तै फर्कियो। छोरा बलराम अहिले बावुकै विद्यालयमा प्रधानाध्यापकै छन्।
'आन्दोलन सेलाएपछि परिवारको तनाव पनि कम भयो र हामी पुरानै ठाउँ फर्कियांै' अहिले उच्चमावि हाँकिरहेका बलराम्क भन्छन्, 'दिन बित्दै जाँदा पुराना कुरा बिर्सिंदैछौं, मधेशी धेरै भएको ठाउँमा हामीलाई बस्न असहज छैन।' सबै खाले समुदाय मिलेर बस्नसक्ने वातावरण तयार भएको जनाउँदै उनी मधेशीविना पहाडेको र पहाडेविना मधेशीको जीवन भोगाई सम्भव नहुने बताउँछन्।
मधेसको पहिचान र अधिकारप्राप्तिको आन्दोलन भए पनि वैयक्तिक स्वार्थ पूरा गर्न चाहने केही उच्छृंखलहरूले पहाडे समुदायका घरजग्गा कब्जा गर्ने, धम्क्याउने र चन्दा माग्ने त्रासले सद्भाव खल्बलिएको थियो। 'आफ्नो दुनो सोझ्याउन अनेक त्रास देखाएर सामाजिक सद्भाव बिथोल्न खोजे पनि अचेल त्यस्तो नराम्रो छैन' इटहरीमा बसेर सामाजिक मुद्दामाथि कलम चलाइरहने अर्जुन उपे्रती भन्छन्, 'स्वार्थ चाहने समूहहरु समाप्त भएपछि त्यस्ता सामाजिक सदभावमा अहिले सुधार आएको छ।'
आन्दोलनपछि ०६४ को चुनावमा मधेसवादी दललाई मधेसी जनताले धेरै सिटमा जिताएर पठाए पनि उनीहरुले अपेक्षाकृत काम नगर्दा 'जनसाधारणले राजनीतिले केही नहुने रहेछ भन्ने बुझको' महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक मिश्र बताउँछन्। भन्छन्– 'यसक्षेत्रमा दशकौंदेखि मधेशी–पहाडेवीच भावनात्मक सम्वन्ध रहेको जनाउँदै त्यसलाई हत्पती कसैले चुँडाउन सक्दैन।'