सिन्धुपाल्चोक- ‘बुढेसकालमा नाति–नातिनाको अनुहार देख्न पाए स्वर्ग पुगिन्छ भन्थे। पनातिनीसम्म देख्न पाएको म आफूलाई भाग्यमानी ठान्थेँ। तर दैवको लीला! म अहिले ज्युँदै नर्कमा धसिएको छु!' नैनबहादुर खत्रीको आँत निकै दह्रो हुँदो हो, नत्र ७३ वर्षको उमेरमा छोरा, नाति, बुहारी र २ महिनादेखि ९ वर्ष उमेरका चार पनातिनीसहित ११ जनालाई एकैचोटि गुमाउँदा आफूलाई यस्तरी सम्हालिराख्न सक्ने थिएनन्।सिन्धुपाल्चोकको मांखामा आठ दिनअघि शनिबार सखारै गएको चट्टानेपहिरो उनको जीवनमा यस्तो कहर बनेर आयो, एक झिम्कोमै स्वर्गीय दुनियाँ नर्कमा बदलियो। आफूलाई ‘आगो देलान्' भन्ने चिताएका आफ्ना छोरानाति त के, तिनका शवधरि देख्न पाएका छैनन् उनले।

‘वियोगको यति ठूलो पीडा र छटपटी शत्रुले पनि बेहोर्नु नपरोस्,' रुँदारुँदा सुन्निएका आँखा चाउरी परेका हातले माड्दै खत्रीले भने।
पहिरो गएको चौथो दिन मंगलबार पहिरोस्थलबाट झन्डै दुई घन्टा उकालो हिँडेपछि हामीले खत्रीलाई भेटेका थियौं। उनी मांखापहिरोको ठिक पारिपट्टि टेकानपुर–३ स्थित घरआँगनमा टुसुक्क बसेर पारिपट्टिको विध्वंस नियालिरहेका थिए।
आँगनको डिलबाट तल बेंसीमा पहाड सोहोरिएर थुप्रिएको पहिरो प्रस्टै देखिन्छ। शुक्रबार रातिसम्म त्यहाँ उनीहरूको दुईतले पक्की घर थियो, १० रोपनी खेत। ११ जनाको परिवार त्यही घर र माटोमा लुटपुटिएर गुजारा गर्थे। पहिरोले एकनिमेषमै सबै छोपिदियो। अहिले त्यहाँ बडे–बडे चट्टान र लेदो माटो मात्र छ। खत्री आँखा झिमिक्कै नगरी त्यही पहिरोको थुप्रो हेर्दै टोलाइरहेका छन्।
माटोको थुप्रो खोसि्ररहेका सेना र प्रहरीका जवान। डोजरले भुइँ खोस्रँदा बुङबुङ उड्दै गरेको धुवाँ। पहिरोले आधा पुरिएका घर, ढलेका रूख। धस्सिएका गाडी। र, खोस्रेर बाहिर निकालिएका शवको बिस्कुन।
त्यो बिस्कुनमा खत्रीका आफन्त भने कोही छैनन्। ती त अझै पहिरोभित्रै बेपत्ता छन्, सरकारी भाषामा ‘मृतक'।
खत्रीका सुन्निएका आँखा फेरि टिल्पिलाएर आउँछन्।
सायद उनी माटोको थुप्रोभित्र हराएका आफ्ना स्वजनको गन्ती गरिरहेका छन्!
एक, दुई, तीन ...।
११ जनाको नाम र नाता टिपाउँदासम्म उनी आफूलाई थाम्नै सक्दैनन्। भक्कानिन्छन्। छेउमा उस्तै विह्वल मुद्रामा छिन् उनकी ६३ वर्षीया जीवनसंगिनी।

हत्तपत्त बूढालाई आफूतिर तान्छिन्। चाउरी परेका दुई हात, एकअर्काको भर।
बेपत्ता छोरानातिका शव फेला पर्ने छेकछन्दै नभएपछि यी दुईले बाँचेका जेठा र माइला नातिबाट कुश र चामलको प्रतिमा बनाएर अन्तिम संस्कार गराएका छन्। आँगनमा दुई नाति नागिराम र नारायण किरिया बसेका छन्।
‘भेटिने आसै छैन, त्यही भएर धर्मअनुसार किरिया गराएको,' खत्री सुस्ताउँछन्, ‘मर्ने त मरेर गइहाले, दैवले खेतसमेत खोसेर बाँचेकालाई पनि दुःखमा डुबाइदियो।'
अरू बढी बोल्न सक्दैनन्, गला अवरुद्ध हुन्छ, आँखाबाट सानो सुनकोसी तर्किन्छ। ‘यो बुढेसकालमा बाँच्ने सहारा गुम्यो, नाति–पनातिको अनुहार हेरेर खुसी हुने दिन सकियो। भएभरको सम्पत्ति पनि बगायो, म त ज्युँदै नर्कमा पुगेँ,' बोल्दै, अड्कँदै पीडाको सुस्केरा हाल्छन्।
गला फेरि अड्किन्छ। आँखाबाट झर्ने सुनकोसीले घरिघरि रुद्रघन्टी अँठ्याइरहन्छ।
केही मिनेटको मौनतापछि खत्री सम्हालिन्छन्। एकछिन बोल्दै, अडिँदै भन्छन्, ‘शनिबार राति भुँइचालो आएजस्तो भो, पहिरो गयो भन्ने हल्ला चल्यो। अन्धकार थियो। केही बेरको हल्लीखल्लीपछि हामी राति नै बेंसी झर्न थाल्यौं। बाटोभरि हिलो र दलदल। अन्धकारमा जान नसिकने रहेछ भनेर माथि फर्कियौं। रातभरि सुत्न सकेनौं। झिसमिसे उज्यालोमा तल हेर्दा घर भएको ठाउँमा त पहिरोको ठूलो ढिस्को पो देखियो।'
खत्रीले पहिरोमा ५२ वर्षीय जेठो छोरा लोकबहादुर, ४५ वर्षीया जेठी बुहारी बालकुमारी, २४ वर्षका कान्छो नाति हरेराम, हरेरामकी श्रीमती रञ्जु र २ महिनाकी छोरी, माइली नातिनी–बुहारी मैयाँ र मैयाँका ३ छोरी, २० वर्षकी नातिनी निशा र अर्की नातिनी चम्पालाई त्यही पहिरोमा गुमाए। उनी र उनकी श्रीमती तथा जेठो नाति र बुहारी मात्रै बाँचे जो गाउँमै बस्थे। माइलो नाति पनि काठमाडौंमा ड्राइभर काम गरिरहेकाले जोगियो।
परिवारका सबैजसोलाई एकैचोटि गुमाउनुपर्दा मान्छेलाई आफू बाँचेकोमा खुसीभन्दा बढी विस्मात हुँदो रहेछ।
खत्री अहिले यस्तै विवशतामा छन्।
...

डेढ सयभन्दा बढीको ज्यान लिने गरी र झन्डै ५ सय परिवार विस्थापित बनाउने गरी आएको त्यो पहिरोको स्थलगत रिपोर्टिङ गर्न हामी सोमबार दिउँसो ४ बजे पहिरोस्थल पुगेका थियौं। पहिरो गएको स्थानबाट करिब ५ सय मिटर तल ड्यामसाइटमा सुरक्षाकर्मीले मोटरसाइकल तथा साना चारपांग्रे सवारी जान दिइरहेका थिएनन्। हामी मोटरसाइकल त्यहीँ राखेर पैदलै अघि बढ्यौं।
करिब १० पाइला मात्र अगाडि बढाएका थियौं, ह्वास्स दुर्गन्ध आयो। हामी जति पाइला चाल्थ्यौं, दुर्गन्ध उति कडा हुँदै जान्थ्यो। झन्डै सय मिटर हिँडेपछि सडकमा लस्करै लडाइएका आठ शव देखियो। हामीले ती शव नियालेर हेर्न सकेनौं। हतारमा केही तस्बिर खिचेर फेरि पहिरो गएको ठाउँतिर लाग्यौं। केही बेर हिँड्नासाथ आँखाअगाडि ठोक्किन आइपुग्यो, भयानक चट्टाने पहिरो।
झन्डै एक किलोमिटर माथिबाट खसेको पहिरोले सुनकोसीमा करिब ३ सय मिटर अग्लो पहाड बनाएको थियो। माथिबाट साना ढुंगा अझै खसिरहेकै थिए। पारिपट्टि सालको जंगल करिब एक किलोमिटर क्षेत्रसम्म हिलोले पोतिएझैं देखिन्थ्यो। अरनिको राजमार्ग र दायाँबायाँका बस्ती पुरिएका थिए। तातोपानी नाकाबाट सामान ओसार्ने केही ट्रकहरू लडिरहेका थिए। अलि पर एउटा स्कुलबस उँधोमुन्टो जोतिएर रहेको देखियो। घरका थाल, प्लेट, बाल्टिन, ग्यास सिलिन्डर, चम्चा भुइँमा यत्रतत्र छरिएका थिए।
अनि सँगसँगै बगिरहेको थियो, आफन्तका आँसु।
...
खत्रीको जस्तै व्यथा छ, लक्ष्मी तामाङको।
गत कात्तिकमा आफ्ना छोरा र छोरीलाई मांखामा बस्ने माइतीको जिम्मा लगाएर कुवेत गएकी थिइन् उनी। पहिरोमा माइतीको जौजहानसँगै आफ्ना छोरा र छोरी बेपत्ता भएको खबर कुवेतमै पाइन्। सुन्नेबित्तिकै एकछिन अडिन सकिनन्। टिकट पाएको पहिलो फ्लाइटमै नेपाल हान्निइन् र बुधबार सिन्धुपाल्चोक पुगिन्।
उनले गाउँलाई चिन्नै सकिनन्। उनी जन्मे–हुर्केको, खेलेको आँगन त्यहाँ थिएन। न आफूलाई जन्माउने–हुर्काउने र खेलाउने आमा र केटाकेटी नै थिए।
पहिरोबाट विस्थापित परिवार राखिएको लामोसाँघुस्थित ओरियन्ट म्याग्नेसाइट चुनढुंगा कम्पनीको प्रांगणमा बुधबार भेट्दा तामाङ बोल्नसक्ने अवस्थामै थिइनन्, एकोहोरो रोइरहेकी। सरकारले पहिरोपीडित र विस्थापित परिवारका लागि कम्पनीको प्रांगणमा अस्थायी क्याम्प बसालेको छ। केही राहत सामग्री पनि बाँडिएको छ।
तामाङ त्यही क्याम्पको एकछेउमा रोइरहेकी थिइन्।
आफ्ना छोरा सुजन र छोरी अनिता मात्र होइन, आमा कान्छीमाया तामाङ, भाइ सूर्यबहादुर, बुहारी मुना र भाइका छोराछोरी सविन र सकिनालाई पहिरोले पुरेको पीडाले विक्षिप्त छिन्। ‘मेरो सर्वस्व गुम्यो,' खालि यत्ति भनिरहने।
पहिरोपीडित शिविरमा रहेका अधिकांशको पीडा उस्तै थियो। पहिरोमा एकजनादेखि १३ जनासम्म आफन्त गुमाउनेहरू भेटिए त्यहाँ। अधिकांश आफ्नो दुःख कहने अवस्थामा थिएनन्। घाउ यति आलो थियो, अलिकति कोट्ट्याउँदा पनि रगतसरि आँसुको भल बहने!
क्याम्पबाट करिब ५ सय मिटर अगाडि झोलंुगे बस्तीका परिवारले घरबाट सामान निकालिरहेको देखियो। पहिरो गएर सुनकोसी नदीमा ताल बनेपछि जुनसुकै बेला ताल फुट्न सक्ने खतरा थियो। झोलुंगे बस्तीका १९ घरपरिवार धमाधम आफ्ना सरसामान ट्रकमा लोड गरिरहेका थिए, सुरक्षित स्थलतिर सार्न।
‘यी सामान कता सार्दै हुनुहुन्छ?'
हामीले सामान सारिरहेकै एकजनालाई सोध्यौं। उनको नाउँ रहेछ, प्रकाश श्रेष्ठ। ‘अलि महँगा र महŒवपूर्ण सामान आफन्तकहाँ लगेर राख्छौं,' उनले भने, ‘अरू सानातिना सामान क्याम्पमै राख्छौं।'
झोलुंगे पूरै बस्ती सुनसान थियो। यो मात्र होइन, काठमाडौंबाट पहिरोस्थल जाने क्रममा सिन्धुपाल्चोकका अति व्यस्त बजार खाडीचौर, लामोसाँघु सबै सुनसानै थिए। बजारका पसल जम्मै बन्द थिए भने खुलेका केही घरबाट धमाधम सामान सारिँदै थियो।
न ती घरमा ‘जीवन' देखिन्थ्यो, न मान्छेको अनुहारमा मुस्कान।
प्रत्येक घर हिउँद आउन थालेपछि पात झर्दै गएको रूखजस्तो हुँदै थियो। नांगो। जहाँ अनायसै जीवन हराएको छ।
प्रत्येक मान्छे बोटबाट चुँडिएर खसेका फूलजस्ता देखिँदै थिए। कक्रक्क सुकेको। जहाँ अनायसै प्राण हराएको छ।
...
पहिरोस्थलबाट करिब ४ घन्टाको पैदल यात्रापछि हामी पानी जमेर ताल बनेको क्षेत्रमा पुग्यौं। दाबीखोला पार गरेलगत्तै आउने भालुखोप क्षेत्रका केही घर डुबानमा परेका छन्। डुब्न बाँकी घरका मानिस माथि जंगलमा छाप्रो बनाएर बसेका छन्। यस क्षेत्रका २२ घरका मानिस दिनहुँ यहाँ आएर तालको पानी घटे/नघटेको हेर्दै बसिरहेका भेटिन्छन्। रात परेपछि माथि जंगलको छाप्रामा बास बस्न जान्छन्।
राम्चे– ५, जुरेका ६१ वर्षीय रोहितप्रसाद पराजुली त्यसैमध्ये एक हुन्। उनको घर पनि डुबानमा परेको छ। उनी अहिले बाह्रबिसेमा बस्दै आएका छन्। ‘पानीको सतह घटेर आफ्नो घर देखिन्छ कि भनेर यहाँ आएर हेरिरहेको छु,' उनले भने, ‘सेनाको प्रयास पनि सफल हुन नसक्दा अझै कति दिन घर नदेखिने हो, टुंगो छैन।'
छजनाको परिवार रहेको पराजुलीको कोही पनि आफन्त पहिरोमा परेका छैनन्। तर, घरसहित खेतबारी जम्मै डुबेको उनी बताउँछन्। ०१८ सालमा काकाले सारा सम्पत्ति लिएर फरार भएपछि मावलीको सहायतामा जुरेमा बस्दै आएका पराजुली फेरि पनि दैवले आफूलाई ठगेको सुनाउँछन्।
‘उतिबेला अंकलले सबै सम्पत्ति खाए, अहिले प्राकृतिक विपत्तिमा सबै गुम्यो,' उनले भने, ‘अरूले दिएको लुगा लगाइरहेको छु, खाना पनि सरकारले बाँडेको राहतबाट खाइरहेको छु।'
तातोपानी रूटमै ट्रक सञ्चालन गर्दै आएका ३० वर्षीय दिनेश पराजुलीको भोगाइ पनि कहालीलाग्दो छ।
पहिरो छेउका केही घरमा पानी पस्न सुरु भएपछि र ढुंगा गिट्टी खस्ने क्रम नरोकिएपछि उनले रातारात ना३ख ५१४७ नम्बरको आफ्नो मालबाहक ट्रक स्टार्ट गरे। डुबानमा परेको गाउँका केही मानिसलाई गाउँबाट सुरक्षित ठाउँतिर ओसार्न थाले। हेर्दाहेर्दै पहिरो खसेर गाउँ सोत्तर पारेपछि बचेकाहरूलाई उनले ट्रकमा राखेर केही मिलोमिटर माथि सुरक्षित स्थानमा पुर्या४एका थिए।
रातभरि ती गाउँले एकसरो कपडामा ट्रकमै बसे। झिसमिसे हुँदासम्म ती सबैका घर आधाभन्दा बढी डुबिसकेका थिए। घरसम्म पुग्ने बाटोधरि बचेन। ‘हामी कसैले पनि यति माथि पानी आएर घर डुब्छ भन्ने कल्पना गरेका थिएनौं,' पराजुलीले भने, ‘जति उज्यालो हुँदै जान्थ्यो, पानीको सतह उति बढ्दै जान्थ्यो। घर डुबेको हेरिमात्र रहनुपर्योढ।'
पानीको सतह बढ्दै ट्रक भएकै ठाउँसम्म आइपुग्न लागेपछि उनीहरू अझ अघि बढे। बिहानसम्म ट्रक अघिअघि पानीको डुबान पछिपछि हुने स्थिति रह्यो।
‘हेर्दाहेर्दै गाउँमा रहेका साना–ठूला गरी २७ वटा घर डुबे,' दाबीडाँडमै भेटिएका उनले भने, ‘हामी टाढा बसेर गाउँ डुबेको रुँदै हेरिरह्यौं।'
...
राम्चे–५ की जानुकादेवी पराजुली यतिबेला बाह्रबिसेस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा आफ्ना श्रीमान र बहिनीको छोरी प्रभासँग रात कटाइरहेकी छन्। पहिरोले घरखेत डुबाएपछि सुरक्षित स्थाको खोजीमा रहेकी पराजुलीलाई प्राधिकरणले आश्रय दिएको हो। त्यस रात सँगै रहेकी उनकी १४ दिनकी सुत्केरी छोरी बाह्रबिसेकै अस्पतालमा उपचाररत छिन्। घटनाबाट जोगिएर बाहिर आएकी ९० वर्षकी सासू काठमाडौंमा उपचाररत छिन्।
पराजुली आफ्नी कान्छी छोरी सुत्केरी बस्न घरमा आएकीले निकै खुसी थिइन्। अघिल्लो रात १४ दिने सुत्केरी छोरीलाई स्याहारसुसार गरेर सुरक्षित सुताएकी थिइन्। शनिबार बिहान एकाएक घर हल्लिन थालेपछि उनी आत्तिँदै उठिन्। घरका छानामा ढुंगाका टुक्रा एकोहोरो झरिरहेका थिए। कान्छो छोरा ‘भुइँचालो आयो' भन्दै खाटमुनि लुकेको थियो। छरछिमेककाहरू ‘पहिरो गयो भाग भाग' भन्दै कराइरहेका थिए।
पराजुलीले सुत्केरी छोरी र १४ दिनको बच्चालाई काखमा च्यापिन्। कोठाबाट निस्केलगत्तै ९० वर्षकी सासूलाई समातेर बाहिर निकालिन्। पाराजुलीले आफ्ना श्रीमानलाई तुरुन्तै बाहिर निस्कन भनिन्। काखमा च्यापेको १४ दिनको बच्चासहित छोरी र सासूलाई लिएर उनी सडकमा पुगे। छिमेकीहरू अग्लो ठाउँमा बसेकाले उनीहरू पनि त्यहीँ बसेर ज्यान जोगाउन सफल भए।
‘त्यत्रो पहिरोबाट जोगिएर सुरक्षित स्थानमा आएपछि सासूआमालाई हृदयघात भयो,' पराजुलीले भनिन्, ‘त्यसपछि उहाँलाई हेलिकप्टरमा राखेर काठमाडौं लगियो।'
उनका अनुसार सुत्केरी छोरीको बाह्रबिसेस्थित किस्टोन अस्पतालमा उपचार भइरहेको छ।
...
जानुकासँगको कुराकानीपछि हामी बाह्रबिसेबाट पैदल दाबीडाँडतर्फको बाटो आयौं। दाबीखोला आइपुग्दा नेपाली सेनाको टोली सुनकोसी तालमा पानीको निकास बढाउनेदेखि अन्य उद्धारका कार्यमा व्यस्त थिए। बर्खामा उर्लिएको सुनकोसीलाई झन्डै १४ घन्टा ठप्प थुन्ने गरी गएको मांखा चट्टाने पहिरोले सुनकोसी नदीमा तीन किलोमिटर लामो ताल बनाएको छ। त्यो ताल जुनसुकै बेला फुट्ने खतरा छ।
सेनाको टोली ज्यानको जोखिम मोलेर पहिरो हटाउने, पानीको निकास बढाउने कामसहित उद्धार कार्यमा जुटिरहेको छ। लाइफज्याकेटको भरमा टोलीले तालबाट पीडित परिवारका सामग्री निकालिरहेका देखिन्थे। ‘ताल जुनसुकै बेला फुट्ने खतरा छ, तर हामी ताल बनेको पहाडमा खटिरहेका छौं,' शनिबारदेखि उद्धारमा खटिएका सेनाका जर्नेल (उद्धार टोलीप्रमुख) अस्मिनकुमार थापाले भने, ‘जोखिम छ, ज्यान जान्छ भन्ने डरले उद्धार रोकेर थप जनतालाई जोखिममा राख्न मिल्दैन।'
सेनाको सहायतामा पहिरोले थुनेर बनेको ड्याममा पुग्दा झन्डै ६० जनाको सैनिक टोली पानी निकासका लागि खटिइरहेका देखिए। केही जेनरेटरको सहायतामा ठूला चट्टानलाई ड्रिल गरिरहेका थिए भने केही ब्लास्टिङको तयारीमा थिए। पानी निकास भइरहेको स्थानमा पुग्दा पहिरो गएको ठाउँबाट साना ढुंगा तल झरिरहेका थिए। ढुंगा झरेको देखेर हामी केही डराएको महसुस गरेर होला, जर्नेल थापाले भने, ‘नडराउनुहोस्, त्यहाँबाट खसेका साना ढुंगा यहाँसम्म आइपुग्दैन।'
‘यहाँबाट त्यहाँसम्मको दुरी झन्डै ३ सय मिटर छ,' उनले थपे, ‘पहिरोको भिरालोका आधारमा खसेको ढुंगा आइपुग्ने सम्भावना छैन।'
थापासँग कुरा गरिरहँदा हेलिकप्टर आएर पहिरोले बनाएको ड्यामकै सतहमा ल्यान्ड गर्योप। हेलिकप्टरमा आएका भौतिक निर्माण तथा यातायातमन्त्री विमलेन्द्र निधि, सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले ड्यामको सतह, पानीको निकास, तालको अवस्था, पहिरोको अवस्थाबारे बुझेर फर्किए।
जुनसुकै बेला फुट्ने खतरा रहेको ड्याममै हेलिकप्टर ल्यान्ड गर्दा झन् खतरा हुँदैन भन्ने जिज्ञासामा जर्नेल थापाले भने, ‘हामीले सतह र मुनिको अवस्था पूरा अध्ययन गरिसकेका छौं। हेलिकप्टर राख्ने स्थान र आसपासको क्षेत्र फुट्ने सम्भावना छैन।' उनका अनुसार पहिरोसँगै ठूल्ठूला चट्टान झरेकाले पानीको निकासमा समेत समस्या परिरहेको छ। उनका अनुसार तालमा अहिले ८० लाख घनमिटर पानी जमेको छ। तालको गहिराई ४५ मिटरभन्दा बढी छ भने चौडाइ ९० देखि ४० मिटरसम्म फैलिएको छ।
‘पानीको निकास खोल्ने प्रयास जारी छ,' उनले भने।
विस्थापितहरूको पुनर्स्थापना र राहत सामग्री वितरणका काम पनि भइरहेका छन्। एउटा सिंगो गाउँलाई आँसुमा डुबाएर गएको यो प्राकृतिक विपत्तिलाई यस गाउँका मानिसले कहिल्यै बिर्सन सक्ने छैनन्।
सुनकोसी तालको एकछेउबाट पानी बगिरहेको छ। सेनाको टोली निरन्तर ब्लास्टिङ गरेर बहाब बढाउने ध्याउन्नमा छ। मनसुनी वर्षाले साबिक बहाब बढाउँदा तालको पानी खासै घटेको छैन।
अझै जारी छ, ताल फुट्ने त्रास र विस्थापितको कोलाहल, सुनकोसीको सुसाइ छोप्दै शोकाकुलको चित्कार! शोकपछिको सन्नाटाबीच सिन्धुपाल्चोकमा अझै सन्सनाइरहेछ, प्रकोपको पीडा!