सन्धि–सम्झौता विवादमा अध्ययन दल
१० साउन २०७१
•
१० मिनेट पाठ
सन्धि–सम्झौता विवादमा अध्ययन दल
काठमाडौं-नेपाल र भारत सन् १९५० को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि' संशोधन गर्न सहमत भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुवै देश सन् १९५० को सन्धिलगायत दुई देशबीच विभिन्न समयमा भएका सन्धि–सम्झौता अध्ययन, समीक्षा, एवं पुनरावलोकन गरी आवश्यक संशोधन गर्न राजी भएका हुन्।त्यसका लागि दुवै देशका पाँच/पाँच सदस्य रहने अध्ययन समिति गठन गर्ने बैठकमा सहमति भएको छ। समितिमा परराष्ट्र सचिव, सांसद, अर्थविद, कानुनविद र नागरिक समाजका एक–एक प्रतिनिधि रहनेछन्। 
२३ वर्षपछि भएको आयोग बैठकको सहमतिअनुसार उक्त समितिले सबै पक्षसँग आवश्यक परामर्श र छलफल गरी संयुक्त प्रतिवेदन तयार पारी आ–आफ्ना सरकारलाई बुझाउनेछन्। अध्ययनका लागि दुवै देशले एक–एक लाख अमेरिकी डलर राखेर कोष स्थापना गर्ने पनि सहमति भएको छ। 
‘सन् १९५० को सन्धिलगायत नेपाल–भारतबीच भएका सन्धि–सम्झौता संशोधन तथा समीक्षा गर्न एउटा समूह गठन गरिएको छ। समितिको नेतृत्व सांसदले गर्नेछन्,' परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नागरिकसँग भने, ‘ समूह (समिति) लाई तथ्य र प्रमाणका आधारमा कुन–कुन सन्धिमा कुन–कुन कुरा फेरबदल गर्ने भन्ने सुझावसहित आफ्ना देशलाई प्रतिवेदन बुझाउने कार्यादेश छ।'
नेपाली पक्षले सन् १९५० को शान्ति तथा मैत्री सन्धि असमान रहेको भन्दै त्यसलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने माग उठाउँदै आएको छ। नेकपा एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भारतसमक्ष औपचारिक रुपमा यो प्रस्ताव गरिएको थियो। एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्दा यो एजेन्डा उठाएका थिए।
परराष्ट्रमन्त्री पाण्डेका अनुसार शनिबारको बैठकमा नेपालले सन्धि संशोधन प्रस्ताव गरेपछि भारतीय पक्षले कसरी गर्ने भन्ने योजना मागेको थियो। लगत्तै नेपालले सन्धि संशोधन गर्नुपर्ने कारण पेस गरेको थियो। 
‘जुन बेला सन्धि भयो, भारत भर्खर स्वतन्त्र भएको थियो। त्यतिबेला उसलाई पनि थ्रेट थियो र नेपाललाई पनि। अहिले त्यो अवस्था फेरिएको छ। धेरै परिवर्तन भएको छ। परिवर्तन सम्बोधन हुने गरी सम्बन्ध अघि बढाउन सन्धि संशोधन गर्न जरुरी छ। समाधान विवाद नरहने गरी खोज्नुपर्छ,' नेपाली पक्षले यस्तो जवाफ दिएपछि बैठकमा भारत सन्धि संशोधन गर्न सहमत भएको थियो। 
आयोग बैठकमा नेपाल–भारतबीच लामो समयदेखि प्रयास हुँदा पनि हुन नसकेका सुपुर्दगी सन्धि, पारस्परिक कानुनी सहायता सम्झौतालगायत मुद्दामा पनि सोही समितिले अध्ययन गरी समाधान खोज्ने सहमति जुटेको छ।
नेपाली पक्षले बैठकमा कालापानी र सुस्ता सीमा विवादलाई उच्च प्राथमिकता साथ उठाएको थियो। दुवै देशले ९८ प्रतिशत सीमांकन भइसकेको जनाए पनि सुस्ता र कालापानीजस्ता सीमा विवाद थाती नै छन्। बैठकले सीमा कार्यसमूह नै गठन गरेर विवाद सल्टाउने पनि सहमति गरेको छ।
‘बोर्डर वर्किङ ग्रुप गठन गर्ने सहमति भएको छ, यसले सुस्ता, कालापानीको विषयमा तथ्य तथा प्रमाणका आधारमा अध्ययन गर्ने र अन्य क्षेत्रका सीमास्तम्भको पनि अध्ययन गर्ने सहमति भएको छ,' परराष्ट्रमन्त्री पाण्डले नागरिकसँग भने, ‘सुस्ता र कालापानीको विषय जटिल भएको भारतीय पक्षको धारणा छ। तर छलफल सुरु गर्ने सहमति भएको छ।' 
यसैगरी, बैठकले पञ्चेश्वर परियोजनाको कार्यविधिसमेत तय गरेको छ।
बैठकले पञ्चेश्वर परियोजनाको फिल्ड कार्यालय नेपालको महेन्द्रनगरमा स्थापना गर्नेसमेत निर्णय गरेको छ। नेपालमा फिल्ड कार्यालय हुने भएकाले कार्यालयको पहिलो प्रमुख भारतीय पक्षबाट हुनेछन्। 
बैठकमा भारतले नेपाललाई २ हजार ७ सय स्यालो ट्युबवेल दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आयोग बैठकमा हस्ताक्षर भएको यो एउटा मात्रै सम्झौता हो। कोसीका बाढीपीडितलाई क्षतिपूर्ति दिने पनि बैठकको सहमति छ। 
त्यस्तै, पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्न भारतले सहयोग गर्ने भएको छ। क्रिकेट स्टेडियम बनाउन लाग्ने सम्पूर्ण खर्च भारतले बेहोर्ने सहमतिमा उल्लेख छ।
शनिबार राति साढे १० बजे सम्पन्न दुवै देशका विदेशमन्त्री स्तरीय बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणअघि नै विद्युत व्यापार सम्झौतालाई अन्तिम रुप दिने सहमति जनाएका छन्। बैठकमा नेपाली पक्षले दलीय सहमति जुटे मात्रै सम्झौता गर्न सकिने सर्त राखेको छ।
‘ऊर्जाको सम्झौता दुवै पक्षलाई फाइदा पुग्ने गरी सकेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणअघि नै सहमति जुटाउने समझदारी भएको छ,' परराष्ट्रमन्त्री पाण्डेले भने, ‘नेपाली पक्षले दलीय सहमतिपछि मात्रै हस्ताक्षर गर्ने भनेका छौं।' 
विद्युत व्यापार सम्झौता गरी भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला एउटा ठूलो विद्युत परियोजना निर्माण घोषणा गर्ने तयारी भइरहेको उनले जनाउ दिए। बैठकमा नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति कोटा बढाउन भारत सहमत भएको थियो। भारतले ३ हजारबाट वृद्धि गरी छात्रवृत्ति कोटाको संख्या ५ हजार पुर्याभएको छ। सबै छात्रवृत्ति सरकारी च्यानलमार्फत उपलब्ध गराउने सहमति बैठकमा भएको थियो। 
यस्तै, नेपालमा कृषि विश्वविद्यालय निर्माण गर्न पनि भारतले सघाउने प्रतिबद्धता बैठकमा गरेको छ। अन्तर्राष्ट्रिय मुद्दामा एक अर्कालाई सहयोग गर्ने पनि दुवै देशबीच समझदारी भएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्य दिलाउने प्रक्रियामा नेपालले भारतलाई सघाउने सहमति पनि भएको छ। 




आयोग बैठकमा दुवै देशले आफ्ना एजेन्डा समावेश गर्न सहमतिमा तय गरेका पाँचवटा विषयगत क्षेत्रमा राजनीतिक, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति, शिक्षा र मिडियाका विषय रहेका थिए। नेपालले यिनै क्षेत्रलाई समेटी ५२ वटा एजेन्डा बैठकमा पेस गरेको थियो।
सन् १९८७ मा गठित आयोगलाई राजनीतिक, आर्थिक, सुरक्षालगायत सम्पूर्ण द्विपक्षीय विषयमा छलफल गर्नसक्ने कार्यादेश छ।
भारतीय पक्षले नक्कली भारतीय रुपैयाँ कारोबार, सीमा सुरक्षा, सिमानामा हुने धार्मिक अतिवादी समूहको गतिविधि, सीमा सुरक्षा संयन्त्र, लागुपदार्थ कारोबार, मानव तस्करीलगायत मुद्दा बैठकमा उठाएको थियो। बैठकमा नेपाली २९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री पाण्डे र भारतीय ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशमन्त्री सुषमा स्वराजले गरेकी थिइन्। बैठक सकिएपछि नेपाल–भारत दुवैले संयुक्त रुपमा २६ बुँदे प्रेस विज्ञप्ति जारी गरेका थिए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस