काठमाडौं- धुम्बाराहीमा बसोबास गर्दै आइरहेका नुवाकोटका रामहरि न्यौपाने गत सोमबार ६ वर्षे छोरा निशानको ज्वरोको उपचार गर्न चाबहिलस्थित ओम अस्पताल पुगे। सामान्य ज्वरो आएका निशानको उपचार तथा औषधि खरिदका लागि उनको दुई हजार रुपैयाँ खर्च भयो।
दैनिक मजदुरी गरेर गुजारा चलाउनुपर्ने न्यौपानेलाई आफ्नै घरनजिक निःशुल्क स्वास्थ्य क्लिनिक छ भन्ने जानकारी नै थिएन। धुम्बाराही वडा नम्बर ४ मा भाडामा बस्दै आएका न्यौपानेले घरअगाडि सरकारले सञ्चालन गरेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा निःशुल्क उपचार हुन्छ भन्ने जानकारी नहुँदा छोराको उपचार गर्न निजीमा पुगेको बताए।
'यहाँ सित्तैमा उपचार हुन्छ भन्ने मलाई त थाहै थिएन,' उनले सुनाए, 'घरअगाडि नै भएको संस्थाले सित्तैमा उपचार गर्छ भन्ने थाहा नपाउँदा छोराको उपचार गर्न ऋण खोज्नुपर्यो ।' उनी चाबहिल क्षेत्रमा भारी बोक्ने काम गर्छन्।
मैतिदेवी बस्दै आएका कुमार सुनुवार पनि निःशुल्क स्वास्थ्य क्लिनिकबारे बेखबर छन्। उनको घरबाट मुस्किलले १० मिनेट मात्र टाढा डिल्लीबजार पिपलबोटमा रहेको निःशुल्क क्लिनिकबारे जानकारी नहुँदा उनले एक महिनादेखि मैतिदेवीस्थित एपोलो पोलिक्लिनिकमा क्षयरोगको औषधि किनेर खाइरहेका छन्। यो अवधिमा सुनुवारले २७ सय रुपैयाँको औषधि किनेर खाइसकेका छन्।
मैतिदेवीकी स्वास्थ्य स्वयंसेविका राधा श्रेष्ठले क्लिनिकबारे जानकारी दिएपछि सुनुवारले बुधबारबाट डिल्लीबजार पिपलबोटमा रहेको निःशुल्क क्लिनिकबाट औषधि लिन सुरु गरेका छन्।
न्यौपाने र सुनुवार मात्र होइन, काठमाडौं महानगरपालिकाका अधिकांश मानिसलाई आफ्नै घरअगाडि सञ्चालनमा रहेको निःशुल्क सामुदायिक सहरी स्वास्थ्य क्लिनिकबारे जानकारी नै छैन। काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित यस्ता क्लिनिक महानगरका विभिन्न २८ स्थानमा छन्। जसमध्ये एउटाले अकुपञ्चर सेवा प्रदान गर्दछ। तर सेवाबारे धेरैलाई जानकारी नहुँदा यस्ता क्लिनिकमा उपचारका लागि आउनेको संख्या निकै कम छ।
सहरी गरिब तथा विपन्नका लागि लक्षित यस्ता क्लिनिकबारे जानकारी नहुँदा धेरै गरिब निजी अस्पताल वा क्लिनिक धाउन बाध्य छन्। सरकारले निःशुल्क सेवाबारे जानकारी दिन नसक्दा धेरै मानिस महँगो शुल्क तिर्दै उपचार गर्न बाध्य छन्। सहरी गरिबका लागि लक्षित भए पनि क्लिनिकमा सेवा लिन जाने जोकोहीले पनि उपचार वा अन्य सेवा पाउने महानगरले जनाएको छ।
डिल्लीबजार क्लिनिककी इन्चार्ज गोमा खतिवडा डिल्लीबजार आसपास क्षेत्रमा बसोबास गर्नेलाई नै यो क्षेत्रमा क्लिनिक छ भन्ने जानकारी नभएको बताउँछिन्। उनले भनिन्, 'सरकारले क्लिनिक खोल्ने तर जनचेतना फैलाउने काम नगर्दा सेवाग्राहीले सेवा पाउनबाट बञ्चित हुनुपरेको हो।'
महानगरकै तथ्यांकअनुसार उपत्यकामा रहेका यस्ता क्लिनिकमा सेवा लिन आउनेको संख्या निकै कम रहेको देखिन्छ। क्लिनिकमा सरकारले समयसमयमा चलाउने पोलियो खोप, भिटामिन 'ए' कार्यक्रम तथा हात्तिपाइले औषधि खुवाउने अभियान क्रममा मात्र सेवा लिनेको संख्या बढी देखिन्छ। तर अन्य समयमा सबैजसो क्लिनिकमा ५ देखि १० जना मात्र हुन्छन्।
'अभियान क्रममा खोप लगाउनेलाई खोजीखोजी बोलाइने र सेवा दिइने भएकाले धेरैले सेवा पाएजस्तो देखिन्छ,' महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख नरेन्द्रविलास बज्राचार्य भन्छन्, 'तर अन्य समयमा सेवा लिन आउनेको संख्या भने निरासाजनक छ।' महानगरका अनुसार यी क्लिनिकमा वार्षिक २ करोड ८२ लाख रुपैयाँ खर्च हुने गरेको छ। क्लिनिकमा जाने बिरामीले विभिन्न ४२ थरिका औषधि निःशुल्क पाउनेछन्। तर खर्चअनुसार प्रतिफल भने आउन नसकेको महानगरपालिकाका बज्राचार्य स्विकार्छन्।
सहरी क्षेत्रमा बसोबास गर्ने तर स्वास्थ्य सेवाको पहुँचमा आउन नसकेको समुदायलाई लक्ष्य गरी स्थापना गरिएका यस्ता क्लिनिकबारे जानकारी दिन नसक्दा प्रभावकारी हुन नसकेको महानगरले बताउँदै आइरहेको छ। जनस्वास्थ्य विभागका प्रमुख बज्राचार्य भन्छन्, 'क्लिनिक खुले तर क्लिनिकबारे जानकारी दिन सकिएन, जसका कारण क्लिनिकमा मान्छे नआउने तर निजीमा शुल्क तिरेर उपचार गर्नेको भीड बढ्छ।' उनले क्लिनिकको सेवा प्रभावकारी बनाउन स्वयंसेविका मार्फत चेतना फैलाउने काम तीव्र बनाउन लागेको जनाए।
'विपन्न परिवारको सेवाका लागि खोलिएको भए पनि उनीहरुमाझ नै जानकारी पुग्न सकेको छैन,' उनले भने, 'त्यसकारण अब हामी क्लिनिकको सेवाबारे चेतना फैलाउने काममा केन्द्रित हुनेछौं।' उनका अनुसार काठमाडौंमा घरैपिच्छे खुलेका स्वास्थ्य संस्थाका कारण पनि क्लिनिकमा आउनेको संख्यामा कमी भएको छ।
महानगरले सञ्चालन गरेका क्लिनिक नक्साल, धुम्बाराही, हाँडीगाउँ, बौद्ध पिपलबोट, मित्रपार्क, जयबागेश्वरी, नयाँ बानेश्वर, ह्युमत, टंकेश्वरी, बल्खु, स्वयम्भु, बालाजु बाइपास, नरदेवी, कंकेश्वरी, मख्खन, बांगेमुढा, लैनचौर, इनबहाल, डिल्लीबजार पिपलबोट, पाल्पाकोट, टेकु, गजेन्द्र बस्ती, कुलेश्वर आवास, खुसिबु, ओलम्पस क्लब, बागबजार पुरानो बसपार्क, शान्तिनगर र टेकु स्वास्थ्य सेवा विभाग परिसरमा छन्। तर महानगरका वडा नम्बर २, ९, ११, २०, २१, २२, २४, २६, २७ र ३३ मा भने अझै यस्ता क्लिनिक खुलेका छैनन्। वडा नम्बर १२ मा भने अकुपञ्चर सेवा केन्द्रसहित तीन वटा क्लिनिक सञ्चालनमा छन्।
क्लिनिकमार्फत पारासिटामोल, मेट्रोन, डाइजिन, भिटामिन बि कम्प्लेक्स, एन्टी एलर्जी, आइरन चक्की, परिवार नियोजनका अस्थायी साधन, क्षयरोग, कुष्ठरोग लगायतका औषधि निःशुल्क वितरण हुन्छ। मातृ तथा शिशुजन्य रोग रोकथाम गर्न, मातृ मृत्युदर घटाउन, सहरी युवाको प्रजनन स्वास्थ्य स्थिति बढाउन तथा नवजात शिशुको मृत्युदर र गर्भ अवस्थामा देखिने समस्या समाधान गर्न क्लिनिक सहयोगी हुने महानगरका जनस्वास्थ्य विभाग प्रमुख बज्राचार्य बताउँछन्।
उनका अनुसार क्लिनिकमा जानेले सामान्य घाउचोट लाग्दा ड्रेसिङ, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, भिटामिन र आइरन चक्कीजस्ता औषधि निःशुल्क वितरण, बालबालिकाका लागि नियमित खोप तथा पोषणको सेवा पाउनेछन्।
क्लिनिकमा ज्वरो, रुघाखोकी, क्षयरोगका बिरामी फाट्टफुट्ट जाने गरे पनि लगानी अनुसार प्रतिफल भने आउने नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख श्रीकृष्ण भट्ट बताउँछन्। 'त्यति धेरै खर्च गरेर निःशुल्क सेवा दिँदा पनि सेवा लिन बिरामी नआउनुमा क्लिनिककारे प्रचारप्रसार नहुनु नै मुख्य कारण हो,' उनले भने।