काठमाडौं- नयाँ बजेटकै लक्ष्यअनुसार मुद्रास्फीति (महँगी) साढे ८ प्रतिशतमा सीमित गर्ने गरी राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गर्ने भएको छ। यो लक्ष्य प्राप्त गर्न भने कठिन देखिन्छ। गत आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिमा मुद्रास्फीति ८ प्रतिशतमा सीमित गर्ने राष्ट्र बैंकको लक्ष्य थियो। चालु आर्थिक वर्ष २०७१/७२ को बजेटमा मुद्रास्फीति ८.५ प्रतिशत कायम राख्ने लक्ष्य लिइए पनि ९ प्रतिशत रहने अनुमान गरिएको छ।राष्ट्र बैंकले मुद्रास्फीति लक्ष्य 'हचुवा' को भरमा राख्ने गरेको भन्दै यसअघि आलोचना हुँदै आएको थियो।
मुद्रास्फीति नियन्त्रणका लागि बजारबाट अधिक तरलता खिच्ने गरी बैंक तथा वित्तीय संस्थाहरूको अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर) मा सामान्य वृद्धि गर्ने राष्ट्र बैंक स्रोतले जानकारी दियो।
'सिआरआर एक प्रतिशत विन्दुले बढ्नसक्ने छ,' स्रोतले बिहीबार नागरिकसँग भन्यो। हाल 'क' वर्गका वाणिज्य बैंकका लागि यस्तो दर पाँच प्रतिशत, 'ख' वर्गका विकास बैंकका लागि साढे चार प्रतिशत र 'ग' वर्गका फाइनान्स कम्पनीका लागि चार प्रतिशत रहेको छ।
'अघिल्लो वर्षको मौद्रिक नीतिको दाँजोमा यसपालि खासै नयाँ नीति समेटिने छैनन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'बजारबाट तरलता खिच्न राष्ट्र बैंकले नयाँ किसिमका दीर्घकालीन औजार जारी गर्ने छ। तरलता असन्तुलन भई वित्तीय प्रणालीमा समस्या आए यो औजार प्रयोग गरिने छ। जसको ब्याज दर प्रतिस्पर्धाबाट निर्धारण हुनेछ।'
उनका अनुसार यस्तो औजार वाणिज्य बैंकहरूबाट तरलता प्रशोचन गर्नका लागि प्रयोग गरिने छ। 'रेमिटेन्स, वित्तीय प्रणालीमा अधिकत तरलता, कर्जा विस्तारलगायतलाई ध्यानमा राखेर मुद्रास्फीति सरकारको लक्ष्यभन्दा सामान्य बढाइने छ,' उनले भने।
त्यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई साना तथा मझौला उद्यममा लगानी विस्तार गर्न प्रोत्साहित गर्ने व्यवस्था गर्दै छ। 'मौद्रिक नीतिले विपन्न क्षेत्रमा जाने कर्जाको दर नघटाई साना तथा मझौला उद्यममा जान जोड दिनेछ,' उनले भने।
गत वर्षको मौद्रिक नीतिममा राष्ट्र बैंकले विपन्न क्षेत्रमा जाने कर्जाको दर वाणिज्य बैंकलाई साढे चार, विकास बैंकलाई चार र फाइनान्सलाई साढे तीन प्रतिशत तोकेको थियो। तर, बैंकररूले यस्तो प्रावधानप्रति असन्तुष्टि जनाउँदै खारजै हुनुपर्ने माग गर्दै आएका छन्।
ती अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्थाको नगद मौज्दात अनुपातमा परिवर्तन गरिने छैन। 'यसो गर्नुको प्रमुख कारण बासेल–३ मा व्यवस्था भएअनुसार बैंक तथा वित्तीय संस्थाले वित्तीय दायित्व आफैं व्यवस्थापन गर्न सकुन् भन्ने हो,' उनले भने, 'बासेल–३ मा कम्तीमा तीन महिनाको वित्तीय दायित्व धान्न सक्ने गरी सम्बद्ध कम्पनीले व्यवस्था गर्नुपर्ने उल्लेख छ।'
यद्यपि यसको निर्णय भने शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले निर्णय गर्ने जानकारी उनले दिए।
त्यसैगरी मौद्रिक नीतिले लघुवित्त सेवालाई मुलुकभर फैलाउन प्रोत्साहित गर्ने नीति पनि समेट्ने छ। हाल लघुवित्त सेवा दिने संस्थाहरू तराई क्षेत्रमा बढी केन्द्रित छन्। पहाडी र हिमाली भेगमा भने कम छन्।