काठमाडौं-राजनीतिक दल मात्र होइन, भ्रातृ–भगिनी र वर्गीय संगठनका विभिन्न सम्मेलन, भेला र अधिवेशन आउनु महिनादिन अघि नै सहरबजारका भित्ता पोस्टर, ब्यानरले छोपिन्थे, विभिन्न नाराले पोतिन्थे।
नेताहरुका तस्बिर अंकित पोस्टर र नारा पोतिएका भित्ता कार्यक्रमपछि सफा गर्न कसैले चासो नदिँदा लामो समयसम्म सहर नै बिरुप बनिरहन्थ्यो। कान खाने माइकिङ निरन्तर सुनिन्थ्यो।
एमालेको नवौं महाधिवेशनको संघारमा भने सहरको रुप बिग्रिएको छैन।
त्यसो भनेर महाधिवेशनजस्तो पार्टीको मुख्य गतिविधि प्रचारप्रसारविहीन बनाइएको पनि होइन।
सहरका भित्ताको ठाउँ सामाजिक सञ्जाल फेसबुक, टि्वटरलगायतले लिएको छ भने भोट माग्न मोबाइलमा सिआरबिटी जिङ्गल राखिएको छ। सहरको सुन्दरताप्रति ख्याल गर्दै एमालेले महाधिवेशनमा भित्ता नपोत्ने निर्णय गरेकाले महाधिवेशनका नारा र एजेन्डा मात्र होइन, नेतृत्व आकांक्षीका तस्बिर, प्रोफाइल र अन्य प्रचार सामग्री फेसबुकभरि भेटिन्छन्। नेता–कार्यकर्तालाई फोन गर्यो् कि उनीहरुका मनपर्ने नेतालाई भोट मागेको रिङ टोन बजिहाल्छ।
अध्यक्षसहितका केन्द्रीय नेताहरु फेसबुक, एसएमएस र अडियो जिङ्गलसमेत बनाएर प्रचारमा लागेका छन्।
‘महाधिवेशनलाई उच्चप्रविधियुक्त (हाइटेक) बनाउने निर्णयअनुसार काम भइरहेको छ,' मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले मंगलबार नागरिकसँग भने, ‘महाधिवेशन उद्घाटन रोबोटले रोचक किसिमले गर्नेछ।'
उनका अनुसार रोबोटिक क्लबका ३० इन्जिनियर महाधिवेशन उद्घाटनको तयारीमा छन्। त्यसको ‘डेमोन्स्टे्रसन' अघिल्लो दिन बुधबारै हुनेछ। ‘उद्घाटन समारोह अहिलेसम्मकै नौलो हुनेछ,' रिमालले भने, ‘मेकानिकल, इलेक्ट्रोनिक र ग्राफिक्सको सम्मिश्रणबाट उद्घाटन गरिनेछ।'
अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नेछन्।
‘अध्यक्ष बत्ती बाल्न मञ्चमा आउनेछन्, पछिपछि पानस आइरहेको देखिनेछ,' उनले उद्घाटन समारोहमा प्रविधिको संयोजनबारे सुनाए।
खनालले महाधिवेशन उद्घाटन गरिरहँदा रोबोट (क्वाडकोप्टर– चारवटा पखेटा भएको) र हेक्जाकोप्टर (छवटा पखेटा भएको) ले कार्यक्रमस्थलमा पुष्पवृष्टि गर्नेछ।'
महाधिवेशनमा विभिन्न पदमा आकांक्षा राख्नेहरुले भने भोट माग्न पनि एसएमएस प्रयोग गरिरहेका छन्। ‘अहिलेसम्म दुई सयभन्दा बढी केन्द्रीय सदस्यका आकांक्षीले एसएमएस पठाएर मत मागिसकेका छन्,' नुवाकोटकी प्रतिनिधि उषाकिरण तिमल्सिनाले नागरिकसँग भनिन्।
संसदीय दलका नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन आह्वान गरिएको जिङ्गल अहिले उनी समर्थक नेता–कार्यकर्ता सबैजसोले मोबाइलमा राखेका छन्।
मोबाइलमा फोन गर्दा यस्तो कल रिङ ब्याक टोन (सिआरबिटी) बज्छ, ‘एमालेको नवौं राष्ट्रिय सम्मेलनमा नेपाली जनताको ढुकढुकी प्रभावशाली नेता केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरौं।'
खुला राजनीतिमा आएपछि हजारौं सहभागीबीच खुला स्थानमा महाधिवेशन उद्घाटन गर्दै आएको एमालेले पहिलोपटक यसपालि हलभित्र गर्दैछ। वर्षाका कारण कार्यक्रम बाहिर गर्न नसक्ने अवस्था आएको बताउँदै एमालेले भृकुटीमण्डप परिसरमा हल निर्माण गरी उद्घाटन सत्र गर्दैछ।
कार्यकर्तालाई भने राष्ट्रिय सभागृहमा प्रोजेक्टरबाट हेर्ने व्यवस्था मिलाइएको छ। उद्घाटन समारोह टेलिभिजन, बेबसाइटबाट लाइभ गर्ने तयारी पनि छ। महाधिवेशनमा २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।
अध्यक्षका आकांक्षी माधव नेपाल र केपी ओली दुवैले प्रचार तीव्र पारेका छन्। नयाँबानेश्वरलाई केन्द्रमा राखेर दुवैले गतिविधि सञ्चालन गर्दै आएका छन्।
महाधिवेशन उद्घाटनको अघिल्लो दिन बुधबार दुवै पक्षले शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन्। ओली पक्षले बुधबार बिहान बागबजारस्थित एक होटलमा जिल्ला अध्यक्ष, अञ्चल इन्चार्जसमेत राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ भने नेपाल समूहले अपराह्न प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्ने योजना बनाएको छ।
ओली पक्षले पत्रकार सम्मेलनमा अञ्चल इन्चार्ज, जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्षहरुले संसदीय दलका नेता ओलीलाई अध्यक्ष बनाउन आह्वान गर्नेछन्।
नेपाल समूहले अपराहन कमलादीस्थित प्रज्ञा भवनमा बृहत कार्यकर्ता भेला आयोजना गरेर पदाधिकारीमा केही नाम घोषणा गर्ने तयारी गरेको छ।

गतिविधि तीव्र