नागरिक सर्वेक्षण : एमालेमा मौन मत निर्णायक
१६ असार २०७१
•
१३ मिनेट पाठ
नागरिक सर्वेक्षण : एमालेमा मौन मत निर्णायक
काठमाडौं- संविधानसभामा दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तीन दिनपछि राजधानीमा सुरु हुने नवौं महाधिवेशनबाट पार्टी नेतृत्व कसले हात पार्ला?




अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओलीबीच जारी चुनावी जोडघटाउबीच यो प्रश्न पेचिलो बन्दैछ।
पार्टी केन्द्रमा स्पष्ट दुई प्यानल (पक्ष) बाट उम्मेदवार खडा भएपछि एमाले प्रतिनिधिहरूसमेत खुलेर विभाजित भइरहेका छन्। नागरिक रिसर्च ब्युरोले यही पृष्ठभूमिमा हालै गरेको एक सर्वेक्षणले भने अहिलेसम्म स्पष्ट नखुलेका करिब २५ प्रतिशत प्रतिनिधि (मतदाता) नै नतिजामा निर्णायक हुने औंल्याएको छ। 
एमाले सांगठनिक संरचनामा भूगोलबाट निर्वाचित एक हजार ८ सय ८० प्रतिनिधिमध्ये सर्वेक्षणमा सहभागी गराइएका ४ सय ५ प्रतिनिधिमा ३८ प्रतिशत (१५६ जना) ले अध्यक्षमा ओलीले विजय हासिल गर्ने औंल्याएका छन् भने ३७ प्रतिशत (१४८ जना) ले नेपालले जित्ने आँकलन प्रस्तुत गरेका छन्। 
'एमाले अध्यक्षमा कसले जित्ला?' भन्ने प्रश्नमै १४ प्रतिशत (५५ जना) ले 'थाहा नभएको' र ११ प्रतिशत (४६ जना) ले 'अहिले भन्न नचाहेको' राय प्रकट गरेर मौनता साधेका छन्।
यो अध्ययनको 'मार्जिन अफ इरर ५ प्रतिशत' गणना गर्दा दुवै नेताबीचको प्रतिस्पर्धा निकटतम देखिन्छ। तर १४ प्रतिशत 'थाहा छैन' र ११ प्रतिशत 'अहिले उत्तर दिन चाहन्नँ' जवाफ दिएका गरी २५ प्रतिशत मतदाताले अन्तिम समयमा नेपाल–ओली जुनसुकै दिशातिर ढल्कनसक्ने सन्देश दिएका छन्।
सर्वेक्षणले निर्वाचन भएको अवस्थामा एमाले अध्यक्षमा नेपाल वा ओली को विजयी हुनेछन् भन्ने ठोस आँकलन अहिले नै गर्न सकिने अवस्था देखाएको छैन।
ओलीको गृहजिल्ला झापाका प्रतिनिधि दुई नेतामध्ये कसलाई रोज्ने भन्नेमा बाँडिएका छन् भने नेपालको गृहजिल्ला रौतहटमा सबैजसो प्रतिनिधि घरकै नेताका पक्षमा उभिएका छन्। सर्वेक्षणमा सहभागी झापाका १३ प्रतिनिधिमध्ये ९ जना ओलीको पक्षमा छन् भने ४ जनाले नेपाल विजयी हुने बताएका छन्। उता, रौतहटका १२ प्रतिनिधिमध्ये ११ जना नेपालका पक्षमा, १ जनाले मात्र को विजयी हुने भन्ने खुलाउन चाहेनन्।
वर्तमान पार्टी अध्यक्ष झलनाथ खनालको गृहजिल्ला इलाम ओलीको पोल्टामा गएको देखिन्छ। सर्वेक्षणमा सहभागी ४ प्रतिनिधिमध्ये ३ ओली, १ जना मात्र नेपालको पक्षमा खुलेका छन्।
सप्तरीका १० प्रतिनिधिमध्ये ८ ओली र २ जना नेपालको पक्षमा छन्। सिरहाको अवस्था भने अलि फरक छ। त्यहाँबाट सर्वेक्षणमा सहभागी १३ प्रतिनिधिमध्ये ५ ओली, ५ नेपाल, १ थाहा नभएको र २ जना भन्न नचाहनेमा बाँडिएका छन्।
उपाध्यक्ष वामदेव गौतमको गृहजिल्ला बर्दियाका ८ प्रतिनिधिमध्ये ६ जना ओली समर्थक देखिएका छन् भने २ जना नेपालको पक्षमा मत हाल्न तयार देखिन्छन्। सुदूरपश्चिमको कञ्चनपुरका ९ जना सबै नेपालका पक्षमा रहेको सर्वेक्षणमा पाइयो। 

oli-nepal-2


पुराना धेरै 


नवौं महाधिवेशनमा छानिएका प्रतिनिधिमध्ये दुई तिहाइ एमालेको राजनीतिमा दुई दशकदेखि लागिपरेको पाइयो। महाधिवेशनमा भाग लिन राजधानी आउँदै गरेका सम्पूर्ण प्रतिनिधिमध्ये पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४ सय ५ प्रतिनिधिमाझ नागरिक दैनिकले गरेको सर्वेक्षणले २० वर्षभन्दा बढी समयदेखि पार्टीमा आबद्ध प्रतिनिधिको संख्या अत्यधिक देखिएको छ। सहभागीलाई 'तपाईं एमालेमा कहिलेदेखि आबद्ध हुनुहुन्छ?' भन्ने प्रश्न गरिएको थियो। 
सर्वेक्षणमा ७५ प्रतिशत (३०५ जना) प्रतिनिधि २० वर्षभन्दा अधिक समय एमालेमा आबद्ध भेटिए। १६ प्रतिशत (६५ जना) १५ वर्ष र ८ प्रतिशत (३२ जना) १० वर्षदेखि पार्टीमा आबद्ध देखिएका छन्। ५ वर्षयता मात्र पार्टीमा आबद्ध १ प्रतिशत (३ जना) भन्दा कमले मात्र महाधिवेशनमा प्रतिनिधि बन्ने अवसर पाएका छन्।

oli-nepal-3पहिलो अवसर


सर्वेक्षणमा सहभागी ७५ प्रतिशत प्रतिनिधि २० वर्ष वा सोभन्दा बढी समयदेखि पार्टीमा आबद्ध छन्। उनीहरुमध्ये आधासरो पहिलोपटक प्रतिनिधि छनोट भएको सर्वेक्षणले देखाएको छ। 'महाधिवेशनमा अहिलेसम्म कतिपटक प्रतिनिधि हुनुभयो?' भन्ने प्रश्नमा ४ सय ५ मध्ये ५४ प्रतिशत (२१८ जना) ले यो महाधिवेशनमा पहिलोपटक बन्दसत्र छिर्ने अवसर पाएको बताए। दोस्रोपल्ट महाधिवेशन प्रतिनिधि बनेकाको संख्या करिब २८ प्रतिशत (११४ जना), तेस्रोपल्ट र चौथोपल्ट बन्नेको संख्या क्रमश ९ र ८ प्रतिशत (३९ र ३४ जना) छन्।

महाधिवेशनपछिको एमाले 


सर्वेक्षणमा सहभागी प्रतिनिधिका अनुसार नवौं महाधिवेशनपछि एमाले अझ सुदृढ भएर जानेछ। नेतृत्वमा जो आए पनि महाधिवेशनले पार्टीलाई कसरी अगाडि बढाउला भन्ने प्रश्नमा ७३ प्रतिशत (२९५ जना) ले एमाले एकढिक्का भएर जाने उत्तर दिए। गुटबन्दी बढेर जान्छ भन्नेको संख्या ९ प्रतिशत ( ३७ जना) छन् भने त्यति नै प्रतिशत पार्टी यस्तै अवस्थामा रहन्छ भन्ने विचार राख्छन्। अर्को ९ प्रतिशत भने केही भन्न नसकिने विचार व्यक्त गर्छन्। 

जम्बो पदाधिकारीका विपक्षमा


एमाले पार्टी अध्यक्ष झलनाथ खनालले अघि सारेको र नवौ महाधिवेशनमा प्रस्तुत हुने जम्बो पदाधिकारी व्यवस्थाविरुद्ध छन् अधिकांश प्रतिनिधि। 'जम्बो पदाधिकारी व्यवस्थाप्रति तपाईंको धारणा?' भन्ने प्रश्नमा आधाभन्दा कम ४५ प्रतिशत (१८२ जना) ले जम्बो पदाधिकारी व्यवस्था आवश्यक ठानेका छन्। खुलरै जम्बो पदाधिकारी व्यवस्था आवश्यक छैन भन्नेमा ३७ प्रतिशत (१५८ जना) छन्। त्यस्तै नयाँ पदाधिकारी व्यवस्थाले पार्टीमा कुनै फरक नपार्ने जवाफ दिनेको संख्या ११ प्रतिशत (४५ जना) छ भने भन्न नचाहनेको संख्या ५ प्रतिशत (२० जना) छ।

८३ प्रतिशत प्यानलको विपक्षमा

काठमाडौं -नेकपा एमालेका दुई शीर्ष नेता माधवकुमार नेपाल र केपी ओली आ–आफ्नो प्यानल बनाएर नवौं महाधिवेशनको चुनावी मैदानमा ओर्लिए पनि अधिकांश महाधिवेशन प्रतिनिधि प्यानलकै विपक्षमा देखिए।
नागरिकले देशभरका ४ सय ५ प्रतिनिधिबीच गरेको सर्वेक्षणमा ८३ प्रतिशतले प्यानलको विपक्षमा मत दिए। नागरिक रिसर्च ब्युरोले सर्वेक्षण क्रममा महाधिवेशन प्रतिनिधिहरूसँग सोधेको थियो, 'अन्य पदाधिकारी कसरी छान्ने सोच्नुभएको छ?' oli-nepal-2
जवाफ निम्ति उनीहरूलाई चार विकल्प दिइएको थियखे– प्यानलका आधारमा, नेतृत्व क्षमताका आधारमा, निर्णय गरेको छैन र भन्न चाहन्नँ। बहुसंख्यक प्रतिनिधि प्यानलका पक्षमा देखिएनन्। ८३ प्रतिशतले प्यानलको विरोध गर्दै नेतृत्व क्षमताका आधारमा मत दिने बताए। प्यानलका आधारमा मतदान गर्छु भन्ने प्रतिनिधि संख्या जम्मा १० प्रतिशत रह्यो। त्यस्तै, अहिलेसम्म निर्णय नगर्ने ६ प्रतिशत र भन्न नचाहनेहरू १ प्रतिशतमात्र थिए।
पार्टी अध्यक्षका दाबेदार वरिष्ठ नेता नेपाल र संसदीय दलका नेता ओलीको गृहजिल्लाका प्रतिनिधिसमेत प्यानलको पक्षमा उभिएको देखिएन। नेपालको गृहजिल्ला रौतहटका प्रतिनिधि प्यानल र गैरप्यानलमा आधा–आधा बाँडिए भने ओलीको गृहजिल्ला झापाका सबै प्रतिनिधिले प्यानलका विपक्षमा मत दिए।
रौतहटबाट सर्वेक्षणमा भाग लिएका १२ जनामध्ये ६ जनाले प्यानलका आधारमा मतदान गर्ने बताए भने ५ जनाले नेतृत्व क्षमतालाई रोजे। एकजनाले अहिलेसम्म निर्णय नगरेको अवस्था औंल्याए। उता झापाका १३ जना प्रतिनिधिमध्ये सबैले नेतृत्व क्षमताकै आधारमा मत हाल्ने बताए।
ओलीलाई प्यानल बनाएर अध्यक्षको प्रत्यासी बनाउने रणनीतिकार वामदेव गौतमको गृहजिल्ला बर्दिया पनि प्यानलवरोधी देखियो। बर्दियाका ८ जनामध्ये एकजनाले मात्र खुलेर प्यानलका आधारमा मत हाल्ने बताए। बाँकी ७ जना नेतृत्व क्षमताका आधारमा मत हाल्ने मनस्थितिमा देखिए।
सप्तरीका १० मध्ये ८ प्रतिनिधि प्यानलका पक्षमा छैनन्। तर, यहाँको अवस्था भिन्न छ। यहाँ बहुसंख्यकले कसलाई मत दिने, निर्णय गरिसकेका छैनन्। सप्तरीबाट सर्वेक्षणमा भाग लिएका १० प्रतिनिधिमध्ये २ जनाले खुलेर प्यानलको पक्ष लिए भने एकजनाले मात्र नेतृत्व क्षमतालाई आधार बनाउने बताए। बाँकी ७ जनाले निर्णय नगरेको बताए।
पूर्वमा पार्टी अध्यक्ष झलनाथ खनालको गृहजिल्ला इलाम र सुदूरपश्चिमको कञ्चनपुरलाई आधार मान्दा पनि बहुसंख्यक प्रतिनिधि प्यानलविरोधी मनस्थितिमा रहेको देखिन्छ। इलामको सर्वेक्षणमा भाग लिने ६ जना सबैले ओलीलाई अध्यक्ष भनेका छन् तर कसैले पनि ओलीको प्यानललाई साथ दिने बताएनन्। उनीहरू सबैले प्यानलको विपक्षमा मत जाहेर गर्दै नेतृत्व क्षमताकै आधारमा पदाधिकारी छान्ने जनाउ दिए।
कञ्चनपुरका ९ प्रतिनिधिमध्ये ६ जना नेतृत्व क्षमताका आधारमा पदाधिकारी छान्ने मनस्थितिमा देखिए भने बाँकी ३ जनाले निर्णय गर्न बाँकी रहेको बताएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस