नेपाल–ओली, लाञ्छनाकै दोहोरी
१४ असार २०७१
•
८ मिनेट पाठ
नेपाल–ओली, लाञ्छनाकै दोहोरी
काठमाडौ-नवौं महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्वको प्रतिस्पर्धा मैदानमा उत्रिएका नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओलीले एकअर्काबीच गालीगलौज र लाञ्छनालाई झन् तीव्र पारेका छन्।




महाधिवेशन सुरु हुन पाँच दिन मात्र बाँकी रहँदा दुवै नेताले शनिबार पनि एकअर्कामाथि चर्का गाली गर्न र आरोपको वर्षा गरे।

प्रतिस्पर्धीका कमजोरीमा विभिन्न उखान–तुक्का र संज्ञा जोड्दै गालीगलौज गरेर कार्यकर्ता आफूतिर तान्न सक्रिय उनीहरुले सहमतीय राजनीतिका पक्षपाती मतदाता भने चिढ्याइरहेका छन्।

शनिबार राजधानीको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित महाधिवेशन प्रतिनिधि भेलामा नेता नेपाल र स्वास्थ्यमन्त्री तथा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीको आत्मकथा 'माया मारेको मान्छे' विमोचनमा ओलीले एकअर्काबीच लगातार छेडखानी गरेका थिए।

नयाँ पुस्तामा नेतृत्व लैजाने संक्रमणकालीन समयका लागि आफ्नो उम्मेदवारी भएको जनाउँदै नेपालले नेतृत्व हस्तान्तरणका नाममा अर्को पक्षले सिन्डिकेट सुरु गरेको आरोप लगाए। 'नयाँ पुस्ता पार्टी नेतृत्वका लागि सुयोग्य छ। अघिल्लो पुस्ताका सबै पछि हट्ने र युवालाई जिम्मा दिन खोजे त्यसका लागि म पनि छाड्न तयार छु,' नेपालले भने, 'हस्तान्तरणका नाममा आलोपालो गरेर २० वर्षसम्म नेतृत्व लिने सम्झौता भएको छ, सिन्डिकेट कायम गरिएको छ। त्यसलाई स्विकार्न सकिँदैन।'

अध्यक्षका अर्का आकांक्षी ओलीले आफूपछि को–को नेतृत्वमा पुग्ने भनेर सम्झौता गरेको नेपाल पक्षको आरोप छ। ओलीपछि उपाध्यक्ष वामदेव गौतम, त्यसपछि महासचिव ईश्वर पोखरेल हुँदै नेतृत्वमा त्यही पक्षका नेतामात्रै पुग्ने गरी सिन्डिकेट खडा गरिएको नेपालले आरोप लगाए।

नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण साँच्चिकै गर्ने भए आफू तयार रहेको पनि नेपालले जिकिर गरे। 'अब एक कार्यकालका लागि मात्रै नेतृत्वमा बस्छु,' उनले भने, 'दसौं महाधिवेशनमा सिधै नयाँ पुस्तामा जिम्मेवारी जानेछ।'

ओली पक्षले भने लामो समयसम्म नेतृत्व गरेको भन्दै नेपालले फेरि नेतृत्वमा पुगे पश्चगमन हुने बताउँदै आएको छ। उनीहरूले लामो समय नेतृत्व गरेको व्यक्ति फेरि मुख्य नेतृत्वमा पुग्दा त्यसले पार्टीलाई गतिशील बनाउन नसक्ने र नयाँपन दिन नसक्ने बताउँदै आएका छन्।

नेपालले भने आफू र आफ्नो पक्षलाई ओली समूहबाट राजनीतक जीवन समाप्त पारिदने भन्दै धम्क्याउन सुरु गरिएको बताए। 'सबैको भविष्यलाई सुरक्षित गर्ने जिम्मेवारी लिन्छौं,' नेपालले भने, 'भविष्य नहुनेले धम्क्याएको भरमा डराउनुपर्ने अवस्था छैन।'

उनले विभिन्न तहमा जित र हारलाई सहज रूपमा लिन आग्रह गर्दै आफूले जिते सबैलाई समेट्ने बताए। 'जित्नेले सबै कुरा पायौं र हार्नेले सबै कुरा गुमायौं भन्ने ठान्नुहुँदैन। पराजित भएकालाई पनि समेटेर एकताबद्ध बनाएर लैजान्छौं,' नेता नेपालले भने, 'पुरानो पुस्ताको गोलचक्करमा पस्ने खालको हस्तान्तरण नभएर नयाँ पुस्तामा सकेसम्म छिटो नेतृत्व पुर्याभउन पुस्तान्तरणमा जानुपर्दछ।'

नेपालले कार्यक्रममा प्रतिनिधिहरूको भावना समेटेर केन्द्रीय पदाधिकारी र सदस्यको नाम छनोट गरिने आश्वासन दिए। उनले प्रतिनिधि आफ्नो पक्षमा पार्न प्रतिस्पर्धीले भोजभतेर खुवाएको र विभिन्न आश्वासन दिने गरिएको जानकारी प्राप्त भएको पनि सुनाए।

यता, विमोचन कार्यक्रममा ओलीले हस्तान्तरण प्रक्रियाबाट पार्टी नेतृत्व पुस्तान्तरणमा जाने बताएका छन्। उनले नयाँ पुस्तामा नेतृत्व लैजानुपर्छ भन्ने व्यक्ति नै त्यसका बाधकका रूपमा देखा परेको आरोप लगाए।

'नयाँ पिँढीका लागि मात्रै छाड्ने कुरा आएको छ। पहिलेदेखि नै नेतृत्व विकास गर्दै लगेको र नेतृत्व छाड्दै गएको भए अहिलेसम्म नयाँ पुस्तामा पुगिसक्थ्यो,' नेता ओलीले भने, 'पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रियाबाट पुस्तान्तरणमा जान्छ।' ओलीले पुस्तान्तरणको विषय कसैलाई पनि नेतृत्वका स्थापित हुन नदिन अघि सारिएको आरोप लगाए।

'तिल–चामल कपाल भएका, नाति–नातिनाका हजुरबुबा–हजुरआमा बनेका, दुई–चारवटा दाँत फुस्केर पनि नक्कली दाँत लगाए पनि नभनेकाले आफूलाई युवाका रूपमा प्रस्तुत गर्ने गरेका छन्,' ओलीले भने, 'अहिले पुस्तान्तरणको विषय नेतृत्वमा स्थापित हुन नदिन ल्याइएको हो।'

ओलीले युवा पुस्ताबारे स्पष्ट परिभाषित गर्न समेत चुनौती दिए। 'पारिभाषित युवामा जाऔं, मलाई यसमा आपत्ति छैन। राष्ट्रसंघले ४० वर्षसम्मलाई युवा भनेको छ। हामी ५० भनौंला,' ओलीले भने, 'अर्थपूर्ण रूपमा युवालाई नेतृत्व जिम्मा लगाउन सकिन्छ।' ओलीले पुरानो व्यक्ति नेतृत्वमा आउने विषय स्विकार्न नहुने बताए।

कार्यक्रममा ओलीले पार्टीको नेतृत्व राष्ट्र बैंकले जारी गर्ने नोटजस्तो सर्वस्वीकार्य व्यक्ति हुनुपर्ने बताए। 'राष्ट्र बैंकले नोटमा अंकित मूल्य बराबरको जमानी दिएझैं आवश्यक परेको समयम सबै क्षेत्रमा जमानी बस्न सक्ने नेतृत्व हुनुपर्छ,' उनले भने। महाधिवेशनले नयाँलाई नेतृत्वमा पुर्याेउने उनको आशा थियो। उनले त्रिशूली फर्काएर गोसाइँकुण्डतर्फ फर्काउने कार्य भने स्वीकार्य नभएको बताए।

एक कार्यकालमात्रै पार्टी नेतृत्वमा रहने बताउँदै ओलीले भने, 'नेतृत्व हस्तान्तरणको विषय आउँदा अमिलो दलेको जुकाको जस्तो हुन्नँ।' उक्त कार्यक्रमा एमाले प्रचार विभागका प्रमुख प्रदीप ज्ञवाली र राजनीतिक विश्लेषक मुमाराम खनालले अधिकारीको पुस्तकमाथि टिप्पणी गरेका थिए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस