अपहरणकारी समात्‍ने बहादुर प्रहरी
२६ जेष्ठ २०७१
•
१० मिनेट पाठ
अपहरणकारी समात्‍ने बहादुर प्रहरी
काठमाडौं- 'सामाखुसीबाट स्कुलको एउटा बच्चा अपहरण गरेर मोटरसाइकलमा लगेका छन्, तुरुन्त सवारी चेकिङ सुरु गर्नुपर्योा।' आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा राजधानीका धेरै प्रहरीको वाकीटकीमा यस्तो सन्देश आयो।महानगरीय प्रहरी बिट हलचोक, स्वयम्भुका असई ऋषिराम चपाईं सन्देश सुनेर चनाखो भए। उनले तुरुन्तै ६ जनाको टोली बनाए। हलचोकमै 'चेकप्वाइन्ट' थापेर सवारी जाँच सुरु गरे।
अपहरण मोटरसाइकलमा गरिएकाले ध्यान त्यसैमा थियो। आउजाउ गरिरहेका सबै मोटरसाइकलमा उनीहरू चिलको नजर लगाएर बसेका थिए। सार्वजनिक तथा निजी सवारी रोकेर केरकार गर्न पनि छाडेका थिएनन्। 
पन्ध्र मिनेट नबित्दै वाकीटकीमा अर्को सन्देश आयो।
'बालाजुबाट पास भएको सेतो रङको बा१ज ९७७३ नम्बरको माइक्रो शंकास्पद छ। त्यसमा अपहरित बालकले जस्तै सेतो सर्ट र खैरो रंगको हाफपाइन्ट लगाएको बच्चा छ, चेकिङ कडा बनाउनू।'
बालाजु प्रहरी कार्यालयले दिएको यो सन्देशका आधारमा सवारी चेकिङको प्राथमिकता मोटरसाइकलबाट माइक्रोतिर मोडियो।
केही बेरमै त्यही नम्बरको शंकास्पद माइक्रो हलचोक आइपुग्यो। टोली सतर्क भयो। असई चपाईंले माइक्रो रोक्न लगाए।
रोकियो।
उनले ढोका खोलेर यात्रुहरूसँग केरकार थाले।
त्यतिबेलासम्म माइक्रोमा सवार एक बालक मोबाइल खेलेर बसिरहेका थिए। उनको हुलिया अपहरित बालकसँग मेल खान्थ्यो। प्रहरीले सोधपुछ गर्यो । बालकसँगै बसेको एउटा युवक हड्बडायो। उसले हत्तपत्त बालकको हातबाट मोबाइल खोस्यो। सबैलाई ठेलठाल पार्दै माइक्रोबाट बाहिर हाम्फाल्यो।
प्रहरीले त्यहीँ उसको कठालो समातेर पछार्न खोजेका थिए।
सकेनन्।
युवक खरायो गतिमा स्वयम्भु हुलाकघरतिर सुइँकुच्चा ठोक्यो।
एकाएक यात्रु भागेपछि प्रहरीको शंका झन् बलियो भयो। उनीहरूले बालकलाई नियन्त्रणमा लिए। प्रहरी जवान राजकुमार वाग्ले चाहिँ 'समात् समात्' भन्दै भगुवा यात्रुलाई पछ्याउन थाले।
करिब ५ सय मिटर पछ्याएपछि वाग्ले उसलाई अँठ्याउन सफल भए।
उनले त्यो युवकका दुवै हात पछाडि मोडेर च्याप्प समाते। अर्को हातले घाँटी अँठ्याए। घिच्याउँदै चेकप्वाइन्टतिर ल्याए। केही वर आइपुग्दा अन्य प्रहरी सघाउन पुगे। त्यतिबेलासम्म असई चपाईंले माइक्रोका अरू यात्रुलाई सोधपुछ गर्न थालिसकेका थिए। वाकीटकीमार्फत घटनाको सर्कुलर पनि गरे।
माइक्रोमा अन्य शंकास्पद कोही भेटिएनन्। प्रहरीले पक्राउ व्यक्ति र बालकलाई हलचोक वृत्तमा ल्याए। केरकार गरेपछि अपहरणको योजना पर्दाफास भयो।
प्रहरी जवान वाग्लेको सुझबुझ, फुर्ति र बहादुरीका कारण पक्राउ परेका बालक अपहरणकारी खेमराज खड्का रहेछन्।
'माइक्रो रोकेर ढोका खोल्नेबित्तिकै उसले (खड्का) बच्चाले खेलाइरहेको मोबाइल खोस्यो, मोबाइल खोस्नासाथ बच्चा रुन थालिहाल्यो, ऊ भने एक सेकेन्ड नबिराई कुलेलम ठोक्यो,' अघिल्लो दिन अपहरणकारी पक्राउ गर्दाको क्षण सम्झँदै वाग्लेले सोमबार नागरिकसँग भने, 'म 'समात् समात्' भन्दै पछाडि दौडिएँ। झन्डै ५ सय मिटर परसम्म लखेटेपछि त्यसको हात समातेर लक लगाएँ अनि घाँटीमा अँठ्याएर ल्याएँ।'
वाग्लेका अनुसार अपहरणकारी पिछा गर्दा उनीहरू दुईबीच झन्डैझन्डै १५ मिटर अन्तर थियो। यो अन्तर मेटेर काबुमा लिन बेजोड कुद्नुपरेको उनले बताए।
'मैले लखेटिरहेका बेला त्यहाँ थुप्रै स्थानीय थिए। 'भागिरहेका मान्छेलाई समात्नुस्' भन्दै म कराइरहेको थिएँ। युनिफर्म लगाएको पुलिसले चिच्याइचिच्याई सहयोग माग्दा पनि कसैले वास्ता गरेन,' वाग्लेले दुःखमनाउ गर्दै भने, 'आखिर आफैं दौडिएर समात्न सफल भएँ।' 
समातेर अँठ्याएपछि भने अलिअलि डर लागेको उनले सुनाए। हुन त खड्काको उचाइ वाग्लेको भन्दा होचो नै हो। अपहरणमा संलग्न मान्छेसँग पेस्तोल, छुरी वा अन्य हातहतियार हुनसक्ने शंकाले उनी भयभीत थिए। त्यसबेला उनीसँग हतियारका नाममा लठ्ठी पनि थिएन। अपहरणकारी माइक्रोबाट हाम्फालेर भाग्नेबित्तिकै वाग्ले दायाँबायाँ केही नहेरी निहत्था पछ्याउन थालेका थिए।
'धन्न, हतियार केही रहेनछ,' उनले मुसुक्क हाँस्दै भने, 'मैले च्याप्प समातेर घिच्याउँदै लिएर आएँ। बन्दुक भइदिएको भए त ठोकिइहाल्थ्यो नि!'
उदयपुरका वाग्ले पाँच वर्षअघि मात्र प्रहरी जवानमा भर्ती भएका हुन्। उनी पहिले ट्राफिक प्रहरीमा कार्यरत थिए। संविधानसभा निर्वाचन क्रममा जनपदमा आएका। त्यसयता हल्चोक वृत्तमै छन्। असई चपाईं भने पर्वतका हुन्। उनी सात वर्षदेखि प्रहरी सेवामा छन्।
ज्यानै जोखिम मोलेर अपहरणकारीलाई पक्राउ गरी बालकलाई सकुशल परिवारको जिम्मा लगाउन पाएकोमा वाग्ले र चपाईं दुवैले सन्तोष व्यक्त गरे। 'बच्चा अपहरण गरेर भाग्ने गिरोहलाई समात्न सकियो, निकै खुसी लागेको छ,' वाग्लेले गर्वसाथ भने, 'यस्तै अपराधी समात्नलाई त पुलिस बनेको हुँ।'
बालकका परिवारले धन्यवादसम्म नभनेकोमा भने उनीहरूले चित्त दुखाए।
'हुन त हाम्रो काम नै जनताको जीवन रक्षा गर्नु हो,' चपाईंले भने, 'तर यति छोटो अवधिमा जोखिम मोलेर बच्चालाई जोगाउन सकियो, परिवारले भने धन्यवादसम्म भनेन।'
झापा घर भएका खड्कासहित चारजनाको टोलीले आइतबार दिउँसो ३ बजे धापासी–८ बाट बच्चा अपहरण गरेका थिए। उनी भाटभटेनीको मिल्सबेरी स्कुलको गाडीबाट ओर्लिएका थिए। आमा पिंकी बजाजसँग घर छिर्ने क्रममा दुइटा मोटरसाइकलमा सवार चारजनाले खोसेर अपहरण गरेका हुन्।
अपहरणकारी खड्काले बच्चालाई झापा पुर्याकएर फिरौती असुल्ने योजना रहेको बयान प्रहरीलाई दिएका छन्। उनले अन्य चारजना कलंकीमा कुरेर बसेको समेत बताए। त्यसैका आधारमा खड्कालाई अघि लगाएर सादा पोसाकका प्रहरी कलंकी पुगे। चारजना भनिए पनि धुलावारी–४ का विवेक राई, निषेध तामाङ र रमेश अधिकारी गरी तीनजना मात्र पक्राउ परे। अन्य दुईजना नयाँ बसपार्कमा रहेको खुलेपछि प्रहरीको थप टोली त्यहाँ पुग्यो। उनीहरूसँग हतियारसमेत छ भन्ने थाहा पाएपछि प्रहरी सतर्क भएको थियो।
बयानकै आधारमा छापा मार्दा नयाँबसपार्कबाट झापाकै सुरज लिम्बू र केशव तामाङ पक्राउ परे। लिम्बूको साथबाट रिभल्भर तथा तीन राउन्ड गोली र तामाङको साथबाट रिभल्भर फेला पर्योम। अपहरणमा संलग्न प्रसन्न कार्की भने अझै फरार छन्।
असई चपाईंको नेतृत्व र प्रहरी जवान वाग्लेको स्फुर्ति तथा बहादुरीका कारण बालक अपहरणमा संलग्न गिरोह एक घन्टा नबित्दै पक्राउ पर्यो ।
महानगरीय प्रहरी परिसरको कार्यालयले दुवैलाई पुरस्कार निम्ति आयुक्त कार्यालयमा सिफारिस गरेको परिसरका एसपी नारायणसिंह खड्काले बताए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस