नेपाली फिल्मको ५० वर्ष, दरबारदेखि जनतासम्म
०२ जेष्ठ २०७१
•
२३ मिनेट पाठ
नेपाली फिल्मको ५० वर्ष, दरबारदेखि जनतासम्म
काठमाडौं– हुन त नेपाली भाषामा बनेको पहिलो फिल्म ‘आमा' होइन। २००८ सालतिर भारतको कलकत्तामा बनेको ‘सत्य हरिश्चन्द्र' नामक फिल्म नेपाली भाषामा पनि चलाइएको थियो। तर स्वदेशमा छायांकन गरिएको र स्वदेशी लगानीमा बनेको हुनाले २०२२ सालमा रिलिज भएको ‘आमा'लाई पहिलो नेपाली फिल्म मानिन्छ। ‘आमा'को निर्माण कार्य थालिएको २०२१ सालदेखि गणना गर्ने हो भने नेपाली फिल्म उद्योग अहिले ५० वर्षमा दगुर्दैछ।अहिले नेपालमा गणतन्त्र आइसकेको छ। वाक स्वतन्त्रतामा कुनै बन्देज छैन। फिल्म क्षेत्रमा नयाँ पिँढीले चाहेजस्तो अभ्यास गर्न पाइरहेका छन्। तर, यस्तो माहौल पहिलो फिल्म ‘आमा' बन्ने जमानामा थिएन। 
महेन्द्रको प्रत्यक्ष शासनकालमा राजनीतिक दलहरू प्रतिबन्धित थिए। वाक स्वतन्त्रता थिएन। त्यतिबेला नेपाली फिल्म निर्माण गर्नुको उद्देश्य जनताको शिक्षा र चेतनास्तर बढाउनु थिएन। स्वच्छ मनोरञ्जन दिलाउन फिल्म सामग्री निर्माण गरिने भनेर शाही नेपाल चलचित्र संस्थानले नीति लिएको थियो।
त्यसैले नेपाली फिल्ममा विदेशका विभिन्न राजनीतिक उथलपुथलको कुनै प्रभाव पर्ने सवाल थिएन। त्यतिबेला फिल्म निर्माण संयन्त्र दरबारकै नियन्त्रणमा थियो। दरबारका आदर्श र नीतिहरूलाई जनतामाझ पुर्‍याउन फिल्म तथा वृत्तचित्र निर्माण गरिन्थ्यो।
फिल्मलाई कलात्मक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्नुको सट्टा प्रचारसामग्रीमै सीमित गरिएको थियो। त्यसैले नेपाली साहित्यमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरवल्लभहरूले २०२० को दशकमा चलाइरहेको आयामेली अभियानले फिल्मलाई कतैबाट पनि छुन सकेन। 
‘आमा' रिलिज भएको वर्ष २०२२ सालमै पारिजातले ‘शिरीषको फूल' उपन्यास लेखेर मदन पुरस्कार जितेकी थिइन्। अन्तर्राष्ट्रिय साहित्यमा चलेका विभिन्न वाद र प्रवृत्तिलाई नेपाली स्रष्टाहरूले भिœयाइसकेका थिए। बालकृष्ण समले विलियम सेक्सपियर र गोपालप्रसाद रिमालले हेनरिक इब्सनको प्रभाव ग्रहण गरी नाटक रच्न थालेका थिए। राजनीतिक उथलपुथलको भोगाइले नेपाली साहित्यमा नयाँनयाँ मोड र प्रयोगलाई हौस्याउँदै गयो। नेपाली साहित्यकारहरू विश्व साहित्य र अन्तर्राष्ट्रिय राजनीतिको रुझानमा पर्दै आफूलाई परिपक्व बनाउँदै गए।
साहित्यमा जस्तै नेपाली फिल्मकर्मीले आफ्नो अभिव्यक्तिलाई कलात्मक बनाउन मिहिनेत गरेको देखिँदैन।
भारतबाट नेपाली मूलका फिल्म निर्देशक हिरासिंह खत्री झिकाई राजा महेन्द्रले २०२१ सालमा ‘आमा'को काम सुरु गराएका थिए। त्यसअघि खत्रीकै निर्देशनमा २०१८ सालमा ‘श्री ५ महेन्द्रको बयालिसौं शुभजन्मोत्सव' नामक डकुमेन्ट्री बनिसकेको थियो। जसलाई गाउँगाउँमा लगेर देखाइयो। 
‘आमा'पछि सरकारी लगानीमै खत्रीले ‘हिजो आज भोलि' र ‘परिवर्तन' फिल्म बनाए। यी तीनवटै फिल्ममा बदिलँदो परिस्थितिअनुसार पञ्चायत शासन आधुनिक र सान्दर्भिक रहेको आसय प्रस्ट्याइएको थियो। त्यतिखेर हलमा फिल्म प्रदर्शन गर्नुअघि राजपरिवार संलग्न भएका विभिन्न फुटेज पनि देखाइन्थ्यो।
जन्मिँदै कसैको बोली फुट्दैन। तर, नेपाली फिल्मको फुट्यो। अर्थात् जतिखेर नेपाली फिल्मको निर्माण थालनी भयो, त्यतिबेला फिल्ममा ध्वनिको प्रवेश भइसकेको थियो। त्यसैले नेपालको पहिलो फिल्म नै ध्वनिसहितको बन्न पुग्यो। भारतमा भने सन् १९३१ मा पहिलो साउन्ड फिल्म ‘आलम आरा' बन्नुअघि १ हजार ३ सयभन्दा बढी साइलेन्ट फिल्म बनिसकेका थिए।
साइलेन्ट फिल्ममा दर्शकलाई संवादबिनाका दृश्यबाटै कथा बुझाउनुपर्ने बाध्यता हुन्थ्यो। यसका लागि फिल्मकर्मीले विभिन्न विम्ब र दृश्य भाषाको निर्माण गरेका थिए। रुसी फिल्मकर्मी सर्गेइ आइजेन्स्टाइनले रचना गरेको विशेष शैलीको सम्पादन ‘मोन्टाज' साइलेन्ट फिल्मकै उपज थियो। 
सिधै साउन्ड फिल्ममा काम सुरु गर्दा नेपाली फिल्मले दृश्य भाषामा प्रशस्त ‘एक्सपेरिमेन्ट' गर्न पाएन। कथानक र भावलाई पात्रको संवादबाटै बुझाउन थालियो। नेपाली फिल्म दृश्य माध्यम नभई रेडियो नाटकजस्तो हुनुको एउटा कारण यसलाई पनि मान्न सकिन्छ। दृश्यबाट स्थापित गर्नसक्ने प्रसंगलाई संवाद वा उद्घोषण (न्यारेसन) बाट प्रस्तुत गर्ने रोग नेपाली फिल्ममा अझै यथावत छ।
दोस्रो विश्वयुद्धपछि हलिउडले स्केपिज्म (पलायनवाद) मा आधारित थुप्रै फेन्टासी फिल्म बनायो। युद्धबाट पीडित जनतालाई समाजभन्दा अर्कै विषयमा भुलाउन त्यस्ता फिल्म उपयोगी पनि ठहरिए। नेपालको पञ्चायतकालमा पनि त्यस्तै खाले एक किसिमको पलायनवादी मान्न सकिने फिल्महरू बने। ती फिल्मले दर्शकको ध्यानलाई समाजका वास्तविक समस्या र मुद्दादेखि अलग्याए।
२०४६ सालपछिको प्रजातान्त्रिक कालमा पनि पलायनवादी फिल्मले नेपालमा निरन्तरता पायो। महेन्द्रले स्थापित गर्न खोजेको ‘एक भाषा एक भेष' नीतिलाई बढावा दिने फिल्म २०६० को दशकमा पनि बनिरहे। त्यतिबेला नेपाली फिल्मकर्मी आफ्ना फिल्म ‘महेन्द्रीय राष्ट्रवाद'बाट संक्रमित छ भन्ने तथ्यसँग जानकार नभएका पनि हुनसक्छन्। 
२०२२ देखि २०४६ को अवधिमा सरकारले १४ वटा फिल्म निर्माण गरे। तर, नेपालका मातृभाषामा एउटा पनि फिल्म बनाएन। ‘एक भाषा एक भेष' नीतिको एउटा ज्वलन्त प्रमाण यो पनि हो। 
निजी क्षेत्रबाट २०४३ सालमा नेवार भाषाको ‘सिलू' फिल्म निर्माण चल्दै गर्दा शाही नेपाल चलचित्र संस्थान चाहिँ भारतीय लगानीकर्ताको सहकार्यमा हिन्दी र नेपाली भाषाको फिल्म ‘पञ्चवटी' बनाउन व्यस्त थियो। भारतका वासु भट्टाचार्यको निर्देशन, अकबर खान, सुरेश ओबराय, दीप्ति नवल लगायतको अभिनय रहेको उक्त फिल्म भारतमा रिलिज भयो। तर, देवर र भाउजुको प्रेमसम्बन्धको कथा रहेको उक्त फिल्म नेपाली समाजमा विवादित हुनसक्ने डर थियो। त्यसैले नेपालमा चलाइएन।
नेपाली फिल्मका सुरुका निर्देशकहरू हिरासिंह खत्री, बिएस थापा र प्रकाश थापा सबै भारतमा प्रशिक्षित र अनुभव बटुलेका फिल्मकर्मी हुन्। तर, उनीहरूद्वारा निर्देशित फिल्म हेर्दा त्यतिबेला भारतले फिल्म क्षेत्रमा हासिल गरेको कलात्मक र प्राविधिक उचाइलाई उनीहरूले कति पनि ख्याल गरेका रहेनछन् भन्ने छर्लंग हुन्छ।
नेपालमा ‘आमा', ‘माइतीघर' र ‘हिजो आज भोलि' रिलिज हुँदा भारतीय फिल्मको लगभग दुई दशक लामो ‘स्वर्ण युग' अन्तिम चरणमा पुगेर आधुनिक युग सुरु भइरहेको थियो भने चिनियाँ फिल्ममा दोस्रो स्वर्ण युग सकिसकेको थियो। ‘आमा' रिलिज भएकै वर्ष भारतमा करिब चार घन्टा लामो फिल्म ‘संगम' सुपरहिट भएको थियो। त्यही वर्ष ‘आई मिलन की बेला' र ‘दोस्ती'जस्ता हिट फिल्म पनि आएका थिए। ‘आमा'भन्दा सात वर्षअघि भारतीय फिल्म ‘मदर इन्डिया' अस्कर अवार्डमा मनोनित भइसकेको थियो। 
कलात्मकताका हिसाबले हेर्ने हो भने ‘आमा'लाई एकदमै कमजोर मान्न सकिन्छ। पटकथाको तहदेखि नै फिल्म फितलो छ। पुराना नेपाली फिल्मकर्मीले बजेटका कारण फिल्म राम्रो बन्न नसकेको बहाना बनाउँछन्। जबकि फिल्म बनाउन बजेट होइन, क्राफ्टम्यानसिप र कलात्मकता खाँचो पर्छ। यसको उदाहरण सत्यजित रेको फिल्म ‘पथेर पाञ्चाली' हो। सन् १९५५ मा रेले उक्त कालजयी फिल्म जम्मा डेढ लाख भारुमा बनाएका थिए। विक्रम संवत् २०२२ सालमा ‘माइतीघर' निर्माण गर्दा ११ लाख नेरु खर्च भएको थियो। भारतमा पनि त्यो समय त्यतिकै हाराहारीमा फिल्म बन्थे।
भारतमा पहिलो रंगीन फिल्म ‘किसन कन्या' बनेको ३८ वर्षपछि २०३२ सालमा नेपालमा पहिलो रंगीन फिल्म ‘कुमारी'को निर्माण सुरु भएको थियो। उक्त वर्ष भारतमा भने ‘शोले' फिल्मले धमाका मच्चाइरहेको थियो।
नेपाली फिल्मले भर्खर ५० औं वर्ष मनाइरहेको छ। भारतीय फिल्मले सन् १९१३ मा बनेको ‘राजा हरिश्चन्द्र'लाई आधार मानी सन् २०१३ मा सय वर्ष मनाएको थियो। त्यस्तै सन् १९०५ मा पहिलो फिल्म ‘ब्याटल अफ दिङ्जुसान' बनाएको चीनले पनि सन् २००५ मा सिनेमा शताब्दी मनाइसकेको छ।
महेन्द्रको शासनकालमा आर्थिक उदारीकरण थिएन। त्यसैले २०२३ सालको ‘माइतीघर'पछि निजी क्षेत्रको लगानीमा दोस्रो फिल्म बन्न १६ वर्ष लाग्यो। २०३९ सालमा मञ्जु राणाले फिल्म ‘जुनी' निर्माण थालिन्। ‘माइतीघर'पछि र ‘जुनी'अघिको अवधिमा सरकारी लगानीमा ‘हिजो आज भोलि (२०२४)', ‘परिवर्तन (२०२७)', ‘मनको बाँध (२०३०)', ‘कुमारी (२०३४)', ‘सिन्दुर (२०३७)' र ‘जीवनरेखा (२०३९)' बनेका थिए। 
राष्ट्रिय निर्देशन मन्त्रालयले ‘आमा', सूचना विभागले ‘हिजो आज भोलि' र ‘परिवर्तन' बनाएपछि सरकारले २०२८ सालमा नयाँ सञ्चार नीतिअनुरुप शाही नेपाल चलचित्र संस्थान स्थापना गरेको थियो। संस्थान मातहत ११ वटा फिल्म निर्माण भए। अन्तिम फिल्म थियो ‘माया', जसको सुटिङ २०४६ मा सुरु भएको थियो। २०४९ सालमा नेपाल चलचित्र विकास संस्थानका रूपमा परिणत भएको शाही नेपाल चलचित्र संस्थानलाई २०५० सालमा निजीकरण गरिएको थियो।
विभिन्न सरकारी उद्योगहरूलाई भटाभट निजीकरण गरिसकेको सरकारले बढ्दो निजीकरणकै लहडमा उक्त निर्णय लिएको थियो। त्यतिबेला सत्ता पक्षको प्रचारप्रसारका लागि फिल्म निर्माण गर्ने कुरा पनि व्यावहारिक थिएन। त्यसका लागि नेपाल टेलिभिजन नै प्रभावकारी बनिरहेको थियो। 
शाही नेपाल चलचित्र संस्थानको दुःखद विसर्जन भए पनि यसले नेपाली फिल्म क्षेत्रलाई संस्थागत बनाउन ठूलो योगदान दियो। संस्थानले फिल्म छायांकन, प्रशोधन, सम्पादन र मिक्सिङका लागि आवश्यक उपकरण तथा सामग्री जुटाउनुका साथै थुप्रै नेपालीलाई भारतको पुनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई) बाट प्रशिक्षित पनि गरायो। ती प्रशिक्षितले थुप्रै नेपाली फिल्ममा आफ्नो सिप खन्याए।
२०४१/४२ सालपछि निर्माताले मनोरञ्जन करको ५० प्रतिशत फिर्ता पाउन थालेका हुन्। तर, त्यो सुविधाले निर्मातालाई आकर्षित गरेन। किनभने नेपाली फिल्मको बजार सीमित नै थियो। बरु २०४६ सालसम्म भारतबाट ‘परालको आगो', ‘लाहुरे', ‘साइनो'जस्ता १० वटा नेपाली फिल्म बने।
२०४६ को जनआन्दोलनपछि भने निजी क्षेत्रका लगानीकर्ता उत्साही भएका देखिन्छन्। २०४७ सालदेखि नेपाली फिल्म निर्माणमा उल्लेखनीय वृद्धि आयो। ‘आमा'देखि २०४६ सम्म २५ वर्षको अवधिमा नेपालभित्र ३७ वटा फिल्म बनेकामा २०४७ देखि २०४९ सम्म तीन वर्षको अवधिमा ३३ फिल्म रिलिज भए।
राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रको सहभागिता नेपाली फिल्ममा बढ्दै गयो। २०४७ सालपछि फिल्म निजी क्षेत्रको पकडमा गइसकेको थियो। २०४८ सालमा ‘युगदेखि युगसम्म' फिल्मबाट राजेश हमाल नायकका रूपमा उदाए। उनको अभिनय र फिल्म दुवैलाई दर्शकले स्वागत गरे।
हमालले एकप्रकारको ‘स्टारडम' निर्माण गरे। उनलाई फिल्ममा खेलाउन निर्माता–निर्देशकबीच हानथाप हुन थाल्यो। २०४८ देखि ५० को दशकको अन्त्यसम्म उनी नेपाली रजतपटमा छाए। २०५७ सालमा ‘दर्पणछायाँ' सुपरहिट भएपछि फिल्मको निर्माण संख्या अझ बढ्दै गयो। २०६० सालमा फिल्मको वार्षिक संख्या ६० नाघेको थियो।
सन् १९४६ को भारतीय फिल्म ‘निचा नगर'ले पहिलो कान्स फिल्म फेस्टिभलमा ग्रान्ड प्राइज जितेको थियो। अन्तर्राष्ट्रिय रूपमा पहिचान कमाउन सफल पहिलो भारतीय फिल्म चेतन आनन्दद्वारा निर्देशित यही फिल्मलाई मानिन्छ। भारतमा यस फिल्मले यथार्थवादी र कलात्मक धाराको अभियानलाई सुदृढ बनाएको थियो।
भारतमा सन् १९८० को दशकको सुरुवातसम्म मृनाल सेन, मणि कौल, अदूर गोपालकृष्णन लगायतले जारी राखेको समानान्तर फिल्म अभियानबाट प्रभावित भई लक्ष्मीनाथ शर्माले सन् १९८२ तिर ‘बदलिँदो आकाश' निर्देशन गरे। उनी सरकारको लगानीमा एफटिआइआईबाट फिल्म निर्देशनसम्बन्धी अध्ययन गरेर फर्केका थिए। पुराना फिल्मकर्मीले उनको पहिलो फिल्मलाई तारिफ गरे पनि प्रकाश सायमीले ‘चलचित्रः कला र प्रविधि' नामक आफ्नो किताबमा ‘तथाकथित कलात्मक फिल्म'को संज्ञा दिएका छन्।
सार्कस्तरीय फिल्म महोत्सवमा भाग लिने ‘कुमारी' नै अन्तर्राष्ट्रिय सिने जगतमा जाने पहिलो नेपाली फिल्म मानिन्छ। सरकारको लगानीमा उक्त फिल्ममा अंग्रेजी सबटाइटल राखिएको थियो। कागजी रूपमा नेपाली मानिएको ‘क्याराभान' अस्कर अवार्डमा मनोनित भएको थियो। त्यसपछि छिरिङरितार शेर्पाको ‘मुकुन्डो' र नवीन सुब्बाको ‘नुमाफुङ'ले केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा नेपाली फिल्मलाई चिनाए। ‘नुमाफुङ'ले ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रजत पुरस्कार जितेको थियो।
जर्मनीमा भएको सन् २०१२ को ६२ औं बर्लिन फिल्म महोत्सवमा ‘हाइवे' छनोट गराउँदै निर्देशक दीपक रौनियारले नेपाली फिल्मलाई थप उचाइ दिलाएका छन्। सोही वर्ष मीन भामको छोटो फिल्म ‘बाँसुल्ली' इटालीको प्रतिष्ठित भेनिस फिल्म महोत्सवमा छानिएको थियो। नेपाली फिल्मले हासिल गरेका मुख्य अन्तर्राष्ट्रिय सफलता यिनै हुन्।
२०६४ सालको ‘कागबेनी' फिल्मसँगै सुरु भएको डिजिटल प्रोजेक्सनले नेपाली फिल्मको बजारलाई व्यवस्थित बनाइदियो। डिजिटल प्रोजेक्सनका कारण अचेल कुनै पनि नेपाली फिल्म देशभरका ७० भन्दा बढी हलमा एकसाथ रिलिज गर्न सकिन्छ। विगतमा एउटा नेपाली फिल्मको ५–६ वटामात्र प्रिन्ट निकालिन्थ्यो। त्यतिबेला मोफसल, काठमाडौं र अर्धनगर क्षेत्रमा चरणबद्ध रूपमा फिल्म रिलिज गर्नुपर्ने बाध्यता निर्माताको थियो।
डिजिटल प्रविधिपछि नेपाली फिल्मको निर्माण सस्तो र सरल भएको छ। राम्रो रिजोल्युसन भएका थरीथरीका महँगा डिजिटल क्यामेरा बजारमा आउन थालेपछि ५० लाख रुपैयाँ रहेको नेपाली फिल्मको औसत बजेट २५ लाखमा झरेको छ। यसले धेरैभन्दा धेरै नयाँ युवा फिल्मकर्मीका लागि ढोका खोलिदिने काम गरेको छ।
२०६८ को ‘लुट' फिल्म डिजिटल प्रविधिकै कारण कम बजेटमा बनेको थियो। ‘लुट'भन्दा कम बजेटमा ‘चपली हाइट' तयार भएको थियो। थोरै पैसामा निर्माण हुने भएपछि फिल्म उद्योगलाई मुट्ठीमा लिइरहेका परम्परागत निर्माता–निर्देशकहरू नयाँ प्रतिभाहरूबाट विस्थापित हुँदैछन्। 
२०७० सालमा ९७ वटा फिल्म रिलिज भएका थिए। अचेल प्रत्येक साता लगभग दुईदेखि तीन फिल्मबीच रिलिजका लागि प्रतिस्पर्धा हुन थालेको छ। रिलिजमात्र भएर पुग्दैन, दर्शकको रुचिलाई सम्बोधन पनि गर्नुपर्‍यो। 
विभिन्न देशका राम्रा फिल्मको स्वाद लिएर ‘फिल्म लिटरेसी' बढाएका दर्शकको उपस्थिति र अपेक्षा दुवै बढ्दो छ। ‘नेपाली फिल्मलाई माया गरिदिनू' भन्ने खालका अनुरोधबाट उनीहरू बहकिने सम्भावना अब छैन। राम्रा फिल्मलाई ताली र झुर फिल्मलाई गाली दिन उनीहरू कोहीसँग डराउँदैनन्। नेपाली फिल्मको ५० वर्षको एउटा उपलब्धि यी दर्शक पनि हुन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस