प्रेमिकालाई आमाको गहना
३१ वैशाख २०७१
•
६ मिनेट पाठ
प्रेमिकालाई आमाको गहना
काठमाडौं-अभिनेता राजेश हमालको लामो कपाल जति सदाबहार छ, उनलाई पछ्याउने एउटा प्रश्न उत्तिकै सदाबहार मानिन्छ, त्यो हो बिहेको प्रश्न। यसपालि बिहेको सिजन सुरु हुनेबित्तिकै मिडियाहरूमा राजेशको बिहेबारे विभिन्न अड्कलबाजीको खेतीपाती मौलाइसकेको थियो। सायद यिनै अड्कलबाजीले उब्जाएको भ्रम चिर्न होला, बुधबार राजेश मिडियामाझ प्रस्तुत भए, एक्लै होइन आफ्नो हुनेवाला दुलही मधु भट्टराईसहित।राजेशका सहयोगीहरूको निम्तोमा मिडियाकर्मी बुधबार साँझ ७ बजे लाजिम्पाटको शंकर होटल पुगेका थिए। करिब ४० मिडियाकर्मीलाई होटलको बगैंचामा लगभग आधा घन्टा प्रतीक्षा गराइयो। ठिक साढे ७ बजे राजेशका सहयोगीले सबैलाई होटलको ढोकाबाट पहिलो तल्लासम्म डोर्‍याए।
पहिलो तल्लाको पश्चिमपट्टिको सानो हलमा मिडियाकर्मीहरू प्रवेश गर्दा राजेश र मधु एकमात्र टेबलमा आमनेसामने भएर गफ गर्दैथिए। कालो सुट र कलेजी सर्टमा ठाँटिएका राजेशले नीलो साडीमा सजिएकी मधुसँग कस्तो बात मार्दै थिए, कसैले सुनेनन्। वार्तालाप निकै मधुर आवाजमा चल्दै थियो।
राजेश र मधु मिडियाकर्मीको आँखा र क्यामेराले घेरिन पाँच सेकेन्ड पनि लागेन। टेबलको छेउमा राजेशले आफ्ना स्वर्गीय बुबाआमाको फोटो राखेका थिए। क्यामेराका फ्ल्यास चम्किन थालेपछि राजेशले मिडियाकर्मी र मधुतिर आलोपालो हेर्दै भने, ‘आज म उहाँलाई बिहेको प्रस्ताव राख्दछु, मैले दिने उपहार लगाएपछि उहाँले स्विकारेको ठान्नेछु।'
राजेशले एउटा बट्टाबाट आफ्नी आमाले प्रयोग गरेको नेक्लेस, ब्रास्लेट र औंठी निकाल्दै मधुलाई पहिर्‍याइदिए। त्यसअघि राजेशले मोबाइलमा सोही गहना पहिरेकी आफ्नी आमाको फोटो मिडियाकर्मीलाई देखाएका थिए। राजेशले गहना लगाइरहँदा मधु हँसिलो मुद्रामा प्रसन्न देखिन्थिन्।
आमाको चिनो सुम्पेपछि राजेशले मधुलाई हात समातेर आफूतिर ताने। त्यतिबेला गायक राजेशपायल राई एक भ्वाइलिनवादकका साथ त्यहीँ उपस्थित थिए। राजेश र मधु हल्का नाच्न थालेपछि राईले प्रत्यक्ष गीत गाए, 
न कुनै बन्धन, न कुनै परिधि
न कुनै कसम, न कुनै अवधि
माया गर्छु तिमीलाई जुनीजुनी।
राजेश हमालले नै खेलेको २०६४ सालको फिल्म ‘द युगदेखि युगसम्म'को गीत थियो त्यो। हमालकै रोजाइ र रुचिअनुसार राईले गीत सुनाएका थिए। उनले बीचबीचमा रोक्दै त्यही गीत गाइरहे।
गायन र नृत्य सकेपछि राजेश र मधुको एकछिन फोटोसेसन चल्यो। त्यसपछि दुवैजना पहिलेकै जसरी टेबलमा फर्के। कार्यक्रमअघि नै मधुलाई प्रश्न नसोध्न अनुरोध गरिएको थियो। त्यसैले मिडियाकर्मीले मधुको मुस्कान देख्न पाए, आवाज सुन्न पाएनन्।
राजेश र मधुको चिनजान २०६१ सालअघि नै भएको रहेछ। राजेशले भने, ‘हाम्रो भेट एउटा कार्यक्रममा भएको थियो, मैले उहाँलाई भिजिटिङ कार्ड दिएँ, उहाँले फोन गर्नुभयो।' त्यसपछि नियमित फोनवार्तापछि दुईबीच आत्मीयता बढ्दै गएको संकेत राजेशको थियो। तर, कसले पहिले प्रस्ताव राखेको भन्ने प्रश्नमा चाहिँ राजेश खुलेनन्।
उनले बिहेको मिति पनि गोप्य राख्न चाहे। ‘दिदी अमेरिकाबाट आउँदै हुनुहुन्छ, सल्लाह गरेर बिहेको मिति टुंगो लगाउँछौं,' उनले भने, ‘बिहे भोज चाहिँ जेठ १४ मा हुने पक्का हो।'
अत्यन्त नजिकका मित्र र आफन्तको उपस्थितिमा तामझाम नगरी हिन्दु परम्पराअनुसार बिहे गर्ने योजना उनको छ। जेठ १६ मा उनी गायक राजेशपायल र गायिका अञ्जु पन्तसँग अस्ट्रेलियामा एउटा कार्यक्रममा सहभागी हुन जाँदैछन्। ‘म त्यहाँ १५ दिन बस्नेछु, त्यतिन्जेल हनिमुन स्थगित हुनेछ, नेपाल फर्केपछि मात्र हनिमुनबारे सोच्नेछु,' उनले भने।
‘बिहे गर्न ढिलो भएन र?' भन्ने मिडियाको प्रश्न राजेशले मधुतिर हस्तान्तरण गरे। मधुले मुख नखोल्ने समझदारी थियो सायद। त्यसैले उनी हाँसिन् मात्रै। 
मिडियाकर्मीले प्रश्नलाई निरन्तरता दिए, ‘तपाईंहरूको प्रेमलाई एज ग्यापले छेकेन है?' राजेश एकदम औपचारिक थिए। तर, ठट्टा गर्न कसले छेक्थ्यो। ५० वर्ष पुगेका उनले उल्टै सोधे, ‘राजेश हमाल पनि कहीँ बूढो हुन्छ र?'
हलमा हाँसो गुन्जियो। मिडियाकर्मीलाई धन्यवाद भन्दै राजेश र मधु हलबाट निस्किँदै थिए। ‘आजको कार्यक्रम चाहिँ खास के हो?' नागरिकको प्रश्नमा राजेशले हतारहतार ठट्टा गरे, ‘यो त रातभरि रामायण पढ्यो, सीता कसकी जोई भनेजस्तो भएन र!'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस