काठमाडौं- नवौं महाधिवेशनको मिति सार्ने विषयमा छलफल गर्न एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ। बैठकमा आन्तरिक तयारी नपुगेको भन्दै महाधिवेशन एक महिनापछि सार्ने प्रस्ताव ल्याउने तयारी भैरहेको छ।
'निर्धारति तालिकाअनुसार आजको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने पर्ने हो। तर महाधिवेशनको मिति सार्ने प्रस्ताव ल्याउने तयारी भएको छ.' केन्द्रीय सदस्य ठाकुर गैरेले नागरिकन्युजसँग भने। जेठ २४-३० का लागि मिति तोकेर त्यसैअनुसार कार्ययोजना तयार पारेको थियो। तर कार्यतालिका पटक पटक मिचिदै आएको छ । त्यसअनुसार वैशाख ५–१० सम्म राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितीले अन्तिम रुप दिएर छलफलका लागि तल्लो कमिटीमा पठाउनु पर्ने थियो ।
'मध्य वर्षाको समयमा नयाँ मितिको प्रस्ताव गर्ने मंसिर अघि महाधविशेन नगर्ने योजना हो', एमालेका एक नेताले भने , 'एकै पटक मंसिरमा मिति तोक्दा राम्रो नदेखिने हुनाले असारको नयाँ मिति तोक्न लागेका हुन्।'
महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि सहमित जुटेपनि संगठनात्मक प्रतिवेदन मस्यौदा समितीमा आएको छैन । अध्यक्षले राजनीतिक र महासचिवले संगठात्मक प्रतिवेदनको प्रस्तुत गर्ने गरिन्छ ।
अध्यक्ष झलनाथ खनालको मंगलबारबाट शुरु हुने चीन भ्रमणमा जाँदैछन् । त्यस विषयमा समेत बैठकमा जानकारी गराउने खनालको तयारी छ ।