अनुकूल मौसम कुर्दै आरोही
०८ वैशाख २०७१
•
९ मिनेट पाठ
अनुकूल मौसम कुर्दै आरोही
काठमाडौं-यसपालि वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहण भयानक हिमपहिरोका कारण ‘पहिलो गाँसमै ढुंगा' भए पनि आरोहीहरू शिखरतिर उकालो लाग्न उपयुक्त मौसमको पर्खाइमा छन्। गत शुक्रबार बिहानै सगरमाथामा हिमपहिरो गएर आरोहण सहयोगी र गाइड गरी १२ जनाको ज्यान गएको, ४ जना बेपत्ता र ६ जना घाइते भएको खबरले पूरै विश्व तरंगित बनायो। भोलिपल्ट थप एउटा शव भेटिएपछि आधिकारिक रूपमा १३ जनाले सगरमाथामा जीवन गुमाए।सहकर्मी गुमाएको पीडा बोकेर स्वदेश तथा विदेशका ३२ आरोहण दलका झन्डै ४ सय आरोही शिखर चुम्ने तयारीमा छन्। अहिले उनीहरू आफूलाई मौसमअनुकूल योग्य (एक्लिमेटाइज) बनाउन आधारशिविरबाट पहिलो क्याम्प र फेरि आधारशिविर ओहोरदोहोर गरिरहेका छन्। 




संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसपालि सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन्। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन्। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही छन्। एक नेपाली दलमा भने एकजनामात्र सदस्य छन्। 

‘मौसम राम्रो हुँदाहुँदै पनि हिमपहिरो गएर सहकर्मी गुमाएका आरोहण सहयोगी र गाइडहरू पेसालाई निरन्तरता दिन मानसिक रूपमा तयार हुँदैछन्,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, ‘सहकर्मीको अन्तिम संस्कारमा सहभागी हुन आधारशिविरबाट तल झरेकाहरू अब बिस्तारै माथि उक्लिँदै छन्। आरोहण परित्याग गरेर तल झरेका होइनन्।'

हिमपहिरोमा सहकर्मी गुमाएको पीडामा शेर्पाहरूले यसपालि सगरमाथा आरोहण परित्याग गरेको र ‘कालो दिन' का रूपमा मनाइने भन्ने कुनै निर्णय नभएको ती अधिकारीले जानकारी दिए। 

‘आरोहण सहयोगी र गाइडहरूको आइतबार बसेको बैठकले यसपालि आरोहण परित्याग गरेको र कालो दिन मनाइने भन्ने कुनै निर्णय गरेको छैन,' ती अधिकारीले भने, ‘मन्त्रालयमा प्राप्त उक्त बैठकको माइन्युटिङका कुनै पनि बुँदामा आरोहण परित्याग र कालो दिन भन्ने शब्द नै छैनन्।'

उनका अनुसार उक्त माइन्युटको आठौं बुँदामा ‘आरोहण परित्याग गर्ने/नगर्ने निर्णय दलको विषय हो र यसमा एकअर्कालाई दबाब दिन पाइँदैन' भन्ने उल्लेख छ। 

पर्यटन ऐन, २०३५ ले पनि कुनै पर्वतारोही दलले आफ्नो आरोहण परित्याग अभियान कुनै पनि बखत परित्याग गर्न सक्ने उल्लेख गरेको छ। त्यसैगरी आरोहण परित्याग गरे वा सरकार आफैंले आरोहण अनुमति रद्द गरिदिए त्यस्ता दलले बुझाएको रोयल्टी (सलामी दस्तुर) फिर्ता नहुने पनि उल्लेख छ।

‘आरोहण परित्याग गर्ने निर्णय कुनै पनि दलको टिम लिडरले मात्र गर्न पाउँछ, त्यसबाहेक अन्य सदस्यले पाउँदैनन्,' मन्त्रालयका ती अधिकारीले भने, ‘विदेशी दलमा सहभागी नेपाली भने आरोहण सहयोगी र गाइडमात्र हुन्, उनीहरूले आरोहण परित्याग गर्ने निर्णय गर्न पाउँदैनन्।'

पर्यटन ऐनमा आरोहण दल भन्नाले तोकिएको रोयल्टी तिरेर हिमाल चढ्न जाने सदस्यहरूको समूह भन्ने उल्लेख छ। यस्तो दलमा सामान्यतया विदेशी आरोहीमात्र सदस्य हुने गर्छन्। नेपालीलाई सगरमाथा आरोहण गर्न रोयल्टी तिर्नुपर्दैन। तर, दल नै बनाएर जाने हो भने चाहिँ रोयल्टी तिर्नुपर्छ। 

त्यसकारण कुनै पनि आरोहण दलमा सहभागी सरदार, माउन्टेन गाइड, हाइ अल्टिच्युड वर्कर, स्थानीय कामदार, आधारशिविरका कामदार, कुक, पोर्टरलगायतले आरोहण परित्याग गरेको घोषणा गर्न पाउँदैन। तर, तिनका काम सन्तोषजनक नभए दलको नेताले सरकारी सम्पर्क अधिकृतसँग परामर्श गरी कामबाट हटाउन सक्ने पर्यटन ऐनमा उल्लेख छ। 

आइतबार सगरमाथा आधारशिविरमा आरोही, पदप्रदर्शक, एक्सपिडिसन अपरेटर्स, सम्पर्क अधिकृतसहित विभिन्न सरोकारवाला उपस्थित बैठकबाट प्रस्तुत मागमध्ये गत शुक्रबारको हिमपहिरोमा परी मृत्यु भएका र हराइरहेका एवं विभिन्न समय तथा हिमाल आरोहणक्रममा मृत्यु भएका र हराइरहेका सबैको सम्झानामा सरकारको पहलमा ‘आरोही स्मारक' निर्माण गरिने पर्यटन मन्त्रालयले जनाएको छ। यसमा नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिसज एसोसिएसन अफ नेपाल (टान) लगायत विभिन्न सरोकारवालाको संयुक्त लगानी हुनेछ।

आधारशिविर बैठकबाट प्राप्त मागका सम्बन्धमा विस्तृत छलफल गरी मंगलबारभित्र सरकारलाई सुझाव प्रतिवेदन पेस गर्न मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका प्रमुख तथा सहसचिव मुधसूदन बुर्लाकोटीको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। कार्यदलमा पर्वतारोहण संघ, टान, एक्सपिडिसन अपरेटर्स एसोसिएसन, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, हिमालयन उद्धार संघलगायत संस्थाका प्रतिनिधि सदस्य छन्। 

‘मागपत्रमा उल्लेख भएका आरोही कल्याणकारी कोष स्थापना, बिमा रकम वृद्धि, दुर्घटनामा परी मृत्यु वा घाइते भएकाहरूको बालबालिकालाई शिक्षादिक्षाको व्यवस्था गर्नेलगायतमा विस्तृत छलफल गरी प्रतिवेदन बुझाउँछौं,' संयोजक बुर्लाकोटीले भने, ‘हाम्रै प्रतिवेदनका आधारमा थप कारबाही अगाडि बढ्नेछ।'

मन्त्रालयले सगरमाथा हिमपहिरोमा परी मृत्यु भएकाको परिवारलाई ४० हजार रुपैयाँ किरिया खर्च, आधारशिविरभन्दा माथि जाने कामदारलाई सम्बद्ध बिमा कम्पनीबाट १० लाख रुपैयाँ उपलब्ध गराइने, पर्वतारोहण संघबाट प्रतिव्यक्ति ५० हजार, टानबाट प्रतिव्यक्ति ५० हजार, एक्सपिडिसन अपरेटर्स एसोसिएसनबाट प्रतिव्यक्ति २५ हजार उपलब्ध गराइने व्यवस्था मिलाएको छ।

त्यसैगरी घाइतेलाई सम्बद्ध बिमा कम्पनीबाट ३ लाख रुपैयाँ, पर्वतारोहण संघबाट २५ हजार, टानबाट २५ हजार र एक्सपिडिसन अपरेटर्स एसोसिएसनबाट १५ हजार रुपैयाँ उपलब्ध गराइने पनि मन्त्रालयले उल्लेख गरेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस