वैदेशिक रोजगार संघमा सधैं विवाद
२५ चैत्र २०७०
•
७ मिनेट पाठ
वैदेशिक रोजगार संघमा सधैं विवाद
काठमाडौं-दुई वर्षअघि चैत २४ गते वैदेशिक रोजगार व्यवसायी संघको चुनाव जितेर अध्यक्ष बनेका बलबहादुर तामाङको त्यसयताको समय पदबाट हट्ने र बहाली हुने उपक्रममै बित्यो। चारपटक अध्यक्षबाट हटेका तामाङपछि अहिले हंशराज वाग्ले अध्यक्ष छन्।तामाङसँग एक भोटले पराजित वाग्लेले अविश्वास प्रस्तावबाट तामाङ हटाएको मुद्दा जिल्ला प्रसासन, पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। प्रशासन, अदालतको फैसलापछि पटकपटक नेतृत्व फेरिएको संघमा यस्तो क्रम नयाँ भने होइन।
वैदेशिक रोजगार संघ स्थापनादेखि विवादमुक्त रहन सकेको छैन। २०४९ सालमा स्थापित संघमा संस्थापक अध्यक्ष महेन्द्र शेरचनदेखि त्यसयताका १० जना अध्यक्षले बिनाअवरोध काम गर्न पाएको इतिहास छैन। 
संघको विवाद र अवरोध रहेको दुवै अध्यक्ष (बलबहादुर तामाङ र हंशराज वाग्ले) स्विकार गर्छन्। संघको पदको ‘पावर'ले गर्दा एकले अर्कोलाई आरोपप्रत्यारोप गर्दै हटाउने खेलमा दुवै अध्यक्ष लागेका हुन्। 
तामाङ भन्छन्, ‘संघमा यो पुरानै रोग हो, जो पदमा हुन्छ त्यसलाई बाहिर हुने साथीले असहयोग गर्दै आइरहेका छन्। पदमा बस्ने व्यक्तिगत आंकाक्षा र हार्नेले जित्नेलाई सहयोग नगर्ने हुँदा संघ सधैं विवादकै भुमरीमा छ।' 
संस्थापक अध्यक्ष शेरचनलाई पुष्पलाल महर्जनलगायतले असहयोग गरे। महर्जनलाई फाल्न प्रेमबहादुर गुरुङले संस्थागत रुपमै पहल गरे। आफूलाई हटाएर गुरुङ अध्यक्ष बनेपछि पुष्पलालले बदला लिन निर्मल गुरुङ सहयोग लिए। निर्मल र पुष्पलालको प्रयास सफल पनि भयो। त्यसपछि अध्यक्ष बन्ने पालो आयो निर्मल गुरुङको। 
प्रेमबहादुर पनि बदला लिन किन पछि हट्थे र त्यसलगत्तै उनले निर्मल गुरुङलाई समस्यामा पार्न थाले। त्यसपछि अध्यक्ष बनेका भरतसिंह थापालाई तारा भट्टराई र प्रेमबहादुरले असहयोग गरिरहे। 
त्यसपछिका अध्यक्ष दानबहादुर तामाङले दुईवर्षे कार्यकालमा ३ चोटि अध्यक्ष बने। त्यसबेला प्रेमबहादुर गुरुङ, भरतसिंह थापालगायतले अविश्वासबाट हटाएपछि भएको चुनाव दानबहादुरले नै जिते। 
दानबहादुरपछि निर्मल गुरुङ फेरि अध्यक्ष भए। यसपालि उनको बाटोमा पहिलाकै समूह अवरोधको रुपमा उभियो। निर्मलले राम्रोसँग काम गर्न पाएनन्। 
त्यसपछि एलपी साँवा लिम्बु अध्यक्ष बने। लिम्बुलाई उनैसँग चुनावमा पराजित तिलक रानाभाट समूहले असहयोग गर्‍यो। 
यसको बदला लिन रानाभाट अध्यक्ष बन्दा लिम्बु समुहले सुरुदेखि नै असहयोग गर्‍यो। रानाभाटपछि सोमलाल बाटाजु अध्यक्ष बने उनीसँग बलबहादुर तामाङ चुनाव लडेका थिए। बाटाजु तामाङ समूहले असहयोग गरेको बताउँछन्। त्यही बेला प्रेम कटुवालको अर्को संस्थाले पनि संघलाई असहयोग गर्दै आइरहेको बाटाजु बताउँछन्। बाटाजुपछि २०६८ चैत २४ गते अध्यक्ष बनेका बलबहादुरलाई उनीसँग पराजित हंशराज वाग्लले चुनाव सकिएको २ महिनादेखि नै असहयोग र अवरोध गर्न थाले। वाग्लेले तामाङ हटाउन अविश्वास ल्याएर सुरु भएको खेल सर्वोच्चको फैसलाबाट वाग्ले अध्यक्ष बनेपछि तत्कालका लागि टुंगिएको छ। 
वाग्ले तामाङले सार्वजनिक रुपमा व्यवसायीको हित विपरीत बोलेको आरोप लगाउँछन्। ‘निर्वाचित भएपछि सार्वजनिक रुपमै व्यवसायीले राम्रो काम गरेनन् भन्दै हिँडेपछि जेठमा विशेष साधारणसभा बोलाउन माग गर्‍यौं,' वाग्लेले भने, ‘तर तामाङले नमानेपछि जिल्ला प्रसासन कार्यालयमा साधारण सभा बोलाउन माग गर्दै निवेदन हालेका हौं।' 
पछि तामाङले जिल्ला प्रशासनमा बुझाएको सदस्यहरुको हस्ताक्षर आधिकारिक नभएको भन्दै निवदेन दिए। विवाद लम्बिएपछि गत असोज ६ गते अविश्वासको प्रस्ताव दर्ता गरी ११ गते तामाङलाई हटाउने निर्णय भएको वाग्ले बताउँछन्। त्यसपछि असोज २१ मा भएको चुनावबाट आफू अध्यक्ष बनेको उनले बताए। 
यसबीचमा दुवैले अध्यक्षको हैसियतमा काम गर्दै कानुनी लडाइँ पनि जारी राखे। 
जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको नेतृत्व विवादमा हंसराज वाग्लेको अध्यक्षतालाई वैधानिक भनेपछि तामाङ सर्वोच्च गए। सर्वोच्चको अन्तरिम आदेशपछि तामाङले अध्यक्षको रुपमा काम गरिरहेका थिए। पुनरावेदन र सर्वोच्चमा रिट हालेका तामाङको रिट पुनरावेदनबाट चैत २४ गते खारेज भएपछि वाग्ले अध्यक्ष बनेका छन्। उता सर्वोच्चको अर्को रिट विचाराधीन अवस्थामा छ। सर्वोच्चको पनि फैसला कुरेर बसेको तामाङ बताउँछन्। सर्वोच्चले वैशाख २ गते फैसला सुनाउने तिथि तोकेको पनि उनले जानकारी दिए। 
संघमा विवाद बढ्दै गएपछि असन्तुष्ट पक्षले गत असोजमा तामाङलाई हटाएको जनाउँदै सोमलाल बाटाजुको संयोजकत्वमा नयाँ समिति चयन गरेको थियो। अविश्वास प्रस्ताव दर्ता गर्नेमा विमल ढकालसहित पूर्वअध्यक्ष बाटाजु, तिलक रानाभाट र प्रेम कटुवाललगायत व्यवसायी थिए।


अर्को समाचार
रोजगार व्यवसायी संघमा विवादको नयाँ संस्करण
१७ चैत्र २०७१
•
९ मिनेट पाठ
रोजगार व्यवसायी संघमा विवादको नयाँ संस्करण
काठमाडौं-व्यक्तिगत स्वार्थ र लाभमा लाग्ने तथा चर्को राजनीतिका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा सधैंजसो विवाद देखिने गरेको छ। डेढ वर्षअघि संघमा निर्वाचित बलबहादुर तामाङलाई व्यवसायीको हितविपरीत बोलेको भन्दै हटाएर अध्यक्ष बनेका हंशराज वाग्लेलाई अहिले तिनै व्यवसायीले हटाउन लागेका छन्। वाग्लेले व्यक्तिगत फाइदा दिएको र व्यवसायीको हित नसोचेको भन्दै यसअघि उनलाई साथ दिएकाले उनको राजीनामा मागिरहेका छन्। संघमा ताजा चुनाव गर्नुपर्ने उनीहरुको माग छ।अध्यक्षले विदेशबाट माग ल्याउने र विदेशी कम्पनी, एजेन्ट र एजेन्सीसँग फाइदा लिने गर्न थालेपछि यो पद जहिले पनि विवादमा पर्ने गरेको छ। अर्कोलाई हटाएर आफू नेतृत्वमा पुग्ने परिपाटी संस्थामा सुरुदेखि नै छ।
व्यवसायीविरुद्ध अभिव्यक्ति दिएको र सरकारसँग मिलेको आरोप लगाउँदै तामाङलाई चुनावमा उनीसँगै पराजित वाग्ले समूहले अविश्वासको प्रस्तावबाट हटाएको थियो। त्यो बेला व्यवसायी विमल ढकाल, किरणकिशोर घिमिरे, प्रज्ञान न्यौपाने, कुमुद खनाल, भुवनसिंह गुरुङ, विनोदजंग केसी, शारदा न्यौपानेलगायतले वाग्लेलाई साथ दिएका थिए। अहिले तिनै व्यवसायी वाग्लेसँग असन्तुष्ट छन्।
सरकारले रोकेको विवादस्पद बायोमेटि्रक लागू गराउन वाग्ले लागिपरेको भन्दै संघका पदाधिकारी र कार्यसमिति सदस्य गरी १० जनाले गत माघमा राजीनामा दिएका थिए। राजीनामा दिनेमा द्वितीय उपाध्यक्ष कुमुद खनाल, तृतीय उपाध्यक्ष भुवनसिंह गुरुङ, सचिव विनोदजंग केसी, कोषाध्यक्ष शारदा न्यौपाने, कार्यसमिति सदस्यहरु थिरमणि पौडेल, माधुरी पौडेल, एमुन्डा गिरी, दुर्गाबहादुर लिम्बु, टेकराज ज्ञवाली, राजेशशंकर विक, मोहनकुमार ढुंगेल थिए।




वाग्लेले अरुलाई फकाएपछि ४ जनाको राजीनामा स्वीकृत गरी चैत १३ मा रिक्त ४ जनाको चुनाव गरेका थिए। तर, त्यसअघि नै राजीनामा दिएका पदाधिकारीले सबै पदाधिकारीको राजीनामा स्वीकृत गर्नुपर्ने र नयाँ चुनाव गराउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि चैत १२ मा नै प्रशासनले चैत १५ भित्र नयाँ निर्वाचन गराउन निर्देशन दियो। तर, ४ जनाको मात्र निर्वाचन गराएपछि प्रशासनले मान्यता दिएन।

वाग्लेले बेहोरेको जस्तै नियति उनको मोर्चाले हटाएको तामाङले बेहोरेका थिए। डेढ वर्षअघि ६ सय ४ जना सदस्यले अध्यक्ष तामाङलाई अविश्वासको प्रस्तावबाट हटाएको जनाउँदै सोमलाल बाटाजुको संयोजत्कवमा निर्वाचन समिति बनाएर निर्वाचन गराएको थियो। त्यो चुनावबाट वाग्ले निर्वाचित भएका थिए।

संघमा सधैं भूलभूलैया रहेको अध्यक्ष वाग्ले बताउँछन। ‘साथीहरुको नियत बुझ्न नसकेर समस्या भयो। म पनि राजनीतिकै शिकार भएको छु,' उनले भने, ‘निर्वाचन गराउने कुरा छ। तर साथीहरु साधारणसभामा पनि आउँदैनन्, चुनावमा पनि आउँदैनन्। सिडियोको निर्देशन पनि विधानविपरीत छ। अदालतमा अर्को निवेदन छ।'
राजीनामा दिएका खनालको भनाइमा वाग्लेले व्यक्तिगत फाइदा लिने क्रम बढेको छ। ‘संघ र सरकारले विरोध गरेको बायोमेटि्रकको समर्थन गरेर फाइदा लिएको देखिएपछि हामीले राजीनामा गरेको हो। अहिले फेरि एकलौटी रुपमा चुनाव घोषणा भएको छ,' उनले भने। संघमा फाइदाकै कारण नेतृत्वमा विवाद हुने गरेको उनले बताए। ‘कहिले गल्फबाट डिमान्ड ल्याउन, कहिले मलेसियाबाट कमिसन खान अध्यक्ष बन्ने। व्यवसायीको हितबारे सोच्दै नसोच्ने परिपाटीले विवाद जन्माउने गरेको हो,' उनले भने।
निवर्तमान अध्यक्ष तामाङको भनाइमा संघमा सधै अस्थिरता छ। व्यवसायीले ठग्न हुँदैन भनेर आफूले बोल्दा व्यवसायीको हितविपरीत बोल्यो भन्दै हटाएको उनले बताए। ‘व्यवसायीको सोच परिवर्तन भएकै छैन। त्यसैले जसले जे पनि पनि पत्याउने र पछि लाग्ने काम हुन्छ,' उनले भने, ‘हामीले सेवा शुल्क पारदर्शी गराउन सकेका छैनौं। कामदार ठगिँदैनन् भन्ने बनाउन सकिएको छैन। यस्तो बेला सरकारले पनि पेल्न खोज्छ। कामदारका सुविधा बढेको छैन।'
तामाङ र वाग्लेबीच मात्र होइन २०४९ सालमा स्थापित संघमा संस्थापक अध्यक्ष महेन्› शेरचनदेखि त्यसयताका १० जना अध्यक्षले बिनाअवरोध काम गर्न पाएको इतिहास छैन।
संस्थापक अध्यक्ष शेरचनलाई पुष्पलाल महर्जनलगायतले असहयोग गरे। महर्जनलाई फाल्न प्रेमबहादुर गुरुङले संस्थागत रुपमै पहल गरेको व्यवसायी बताउँछन्। आफूलाई हटाएर गुरुङ अध्यक्ष बनेपछि पुष्पलालले बदला लिन निर्मल गुरुङको सहयोग लिए। निर्मल र पुष्पलालको प्रयास सफल पनि भयो। त्यसपछि अध्यक्ष बने– निर्मल।
प्रेमबहादुरले निर्मललाई समस्यामा पार्न थाले। त्यसपछि अध्यक्ष बनेका भरतसिंह थापालाई तारा भट्टराई र प्रेमबहादुरले असहयोग गरे। त्यसपछिका अध्यक्ष दानबहादुर तामाङ दुईवर्षे कार्यकालमा ३ पल्ट अध्यक्ष बने। प्रेमबहादुर गुरुङ, भरतसिंह थापालगायतले अविश्वासबाट हटाएपछि भएको चुनाव पनि दानबहादुरले नै जिते। दानबहादुरपछि निर्मल गुरुङ फेरि अध्यक्ष भए। यसपालि उनको बाटोमा पहिलाकै समूह अवरोधको रुपमा उभियो। निर्मलले राम्रोसँग काम गर्न पाएनन्। त्यसपछि एलपी साँवा लिम्बु अध्यक्ष बने। लिम्बुलाई उनीसँग चुनावमा पराजित तिलक रानाभाट समूहले असहयोग गर्योग।  
यसको बदला लिन रानाभाट अध्यक्ष बन्दा लिम्बु समूहलेे सुरुदेखि नै असहयोग गर्यो्। रानाभाटपछि सोमलाल बाटाजु अध्यक्ष बने। उनीसँग बलबहादुर तामाङ चुनाव लडेका थिए। बाटाजुलाई तामाङ समूहलेे असहयोग गर्योु। त्यही बेला प्रेम कटुवालको अर्काे संस्थालेे पनि संघलाई असहयोग गर्दै आइरहेको थियो। बाटाजुपछि २०६८ चैत २४ गते अध्यक्ष बनेका बलबहादुरलाई उनीसँग पराजित हंशराज वाग्लेको समूहले चुनाव सकिएको २ महिनादेखि नै असहयोग र अवरोध गर्योे। पछि अविश्वासको प्रस्ताव ल्याएर तामाङ हटेपछि वाग्ले अध्यक्ष भए। वाग्ले अध्यक्ष भएको ६ महिनामै विवाद बल्भि्कयो र व्यवसायीले नयाँ निर्वाचनको माग गरेका छन्।
बाटाजु भन्छन्, ‘अरु संस्थामा जस्तो यसमा एउटै सोच भएका व्यवसायी छैनन्। फरक फरक पेसा र व्यवसाय गरेर आएका व्यवसायीले म्यानपावर खोल्ने र राजनीति गर्ने क्रम बढेपछि विवाद चर्किएको छ। यो क्रम चलिरहन्छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस