काठमाडौं-पार्टीको आगामी नवौं महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा उत्पादन पद्धतिको विषयलाई लिएर फरक–फरक धारणा राख्दै आएका एमाले नेताहरू नेपाली समाजको चरित्र ‘अर्ध–औपनिवेशिक' नभएकोमा भने एकमत देखिएका छन्।
पार्टी स्थापनाको ६५ वर्षपछि एमालेले समाजको चरित्रका विषयमा आफ्नो धारणा र व्याख्या परिवर्तन गर्न लागेको हो। यसअघि नेपाली समाज ‘अर्ध–औपनिवेशिक चरित्रको छ' भन्दै आएका एमाले नेताहरू अहिले मुलुक कहिल्यै औपनिवेशिक नभएको भन्दै यो धारणामा परिवर्तन गर्न एकमत देखिएका हुन्।
कहिल्यै कुनै देशको औपनिवेशभित्र नपरेको नेपाललाई अर्ध–औपनिवेशिक भनी टिप्पणी गर्नु पुर्खाले लडेर जोगाएको स्वाभिमानको अपमान भएको उनीहरूको निष्कर्ष छ। उनीहरूले साम्राज्यवादी र विस्तारवादी राष्ट्रबाट जुन–जुन विषयमा हस्तक्षेप हुन्छ, त्यसलाई त्यसैगरी प्रतिवाद गर्नुपर्ने पनि बताएका छन्।
एमाले अध्यक्ष झलनाथ खनालले नेपाल ‘अर्ध–औपनिवेशिक' भन्न जरुरी नभएको बताएका छन्। ‘प्रधानमन्त्री हुँदा नेपालको सार्वभौमसत्ता, अखण्डताको कुरा गर्दै जाँदा मैले सोचेँ, यो देश अझै अर्ध–औपनिवेशिक छ भनेर मैले बोलेँ भने के हुन्छ?' नेपाल अध्ययन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा खनालले भनेका थिए, ‘वास्तवमा यो परिवर्तन नगरी हुन्न भन्ने कुरा जानेपछि मलाई छटपटी लाग्यो। यो देश कहिल्यै कसैको उपनिवेश बनेकै छैन। नेपाल स्वतन्त्र देश हो, अखण्ड देश हो। साम्राज्यवादका सुँडहरू यहाँ छिर्न सक्छन, त्यसविरुद्ध हामीले मुद्दा–मुद्दामा लड्नुपर्ने हुन्छ।'
एमाले उपाध्यक्ष बामदेव गौतमले पनि नेपाली समाजको चरित्र अर्ध–औपनिवेशिक नक्कल मात्रै भएको बताए। ‘कहिल्यै कसैको उपनिवेश र अर्ध–उपनिवेश नबनेको नेपाल आज सबै मापदण्ड पूरा गरेर एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न अखण्ड राष्ट्रका रूपमा विकसित भएको छ,' गौतमले मस्यौदा गरेको प्रतिवेदनमा भनिएको छ, ‘यस रूपमा संयुक्त राष्ट्र संघ र संसारका सबै अरू राष्ट्रले मान्यता दिएका छन्।'
चिनियाँ नेता माओ त्से तुङले जापान र बेलायतले चीनका केही भूभाग कब्जा गरेको समयमा अर्ध–औपनिवेशिक भनेर गरेको विश्लेषणलाई नेपाली कम्युनिस्टहरूले नक्कल गरेकाले यहाँ पनि अर्ध–औपनिवेशिक उल्लेख हुन गएको गौतमले बताए। ‘सानोमा केटाकेटीले नक्कल गरेर सिक्छन्, पार्टी स्थापना हुँदा त्यो ठिकै थियो, हुर्किंदै गएपछि आफैंले सोचेर कुन कुरा सही हो भनेर छुट्याउन सक्छन्,' युवा किसान संघले आइतबार आयोजना गरेको कार्यक्रममा गौतमले भने, ‘तर, हामी ६० वर्षभन्दा बढी भइसक्दा पनि त्यही नक्कल गर्दै आएका छौं।'
नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा पुष्पलाल श्रेष्ठले नेपाली समाजको चरित्र अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक भनेर उल्लेख गरेका थिए। गौतमले साम्राज्यवाद आक्रमक अवस्था भएको र क्षेत्रीय शक्ति राष्ट्रहरूले छिमेकी देशहरूमा प्रभुत्ववादी नीति अवलम्बन गरिरहे पनि शस्त्रको बलमा कुनै पनि देशलाई अर्ध–उपनिवेश र नवउपनिवेश बनाउन सम्भव नभएको दाबी गरेका छन्।
‘विज्ञान प्रविधिको विकास तथा अभूतपूर्व समृद्धिका कारण विश्वव्यापीकरण भइरहेको छ। मानिस अन्तर्राष्ट्रिय जाति बनिसकेको छ। यस्तो अवस्थामा विश्वयुद्ध, आणविक युद्ध, क्षेत्रीय युद्ध र हतियारको प्रभुत्वबाट संसारमा उपनिवेश, अर्धउपनिवेश र नवउपनिवेश सम्भव छैन,' गौतमले वर्तमान राष्ट्रिय परिस्थिति र नेकपा (एमाले) को मार्गदिशामा लेखेका छन्, ‘यस्तो अवस्थामा संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले जनताको बहुदलीय जनवादका सिद्धान्तमा नयाँ विशेषता समावेश गर्दै समृद्ध गरेर अगाडि बढ्नसके यही शताब्दीमा विश्वव्यापी रूपमा नयाँ समाजवाद स्थापना हुनसक्ने देखिन्छ। यस्तो अवस्थामा लोकतन्त्र शान्ति, समाजवाद, समृद्धि र राष्ट्रिय हितको नारा बुलन्द गर्दै नेकपा एमाले अगाडि बढ्नुपर्छ।'
खनाल र गौतम मात्र होइन, महासचिव ईश्वर पोखरेल पनि यही निष्कर्षमा पुगेका छन्। उनले ‘अर्ध–औपनिवेशिक' व्याख्या र व्यवहारमा संगति मिल्न नसकेको बताए। ‘पहिलो लाइनमा नेपाल धेरै स्वतन्त्र रह्यो भनेर भन्छौं तर अर्को लाइनमा अर्ध–औपनिवेशिक अवस्था छ भनेर भन्छौं,' काभ्रेको धुलिखेलमा आयोजित युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा पोखरेलले भने, ‘यो विवादास्पद कुरा भयो। नेपालमा नवउपनिवेशको शोषण छ, त्यसलाई मुद्दाका आधारमा उठाउनुपर्छ।'
आठौं महाधिवेशनमा घनश्याम भुसालसहितका युवा नेताले नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्ध–औपनिवेशिक नभै पुँजीवादी भैसकेको दृष्टिकोण सहितको पूरक राजनीतिक प्रस्ताव लगेका थिए। त्यस समयमा महाधिवेशनले समाजको चरित्र अर्धसामन्ती र अर्ध–औपनिवेशक नै भएको पारित गरेको थियो।
सक्रमणकाल लम्बिँदै जाँदा राष्ट्रिय स्वाधिनता र हितको पक्ष झनै संवेदनशील बन्न पुगेको धारणा राख्ने एमाले सचिव शंकर पोखरेल पनि पछिल्लो समय अर्ध–औपनिवेशिक शब्दको प्रयोग नगर्ने पक्षमा पुगेका छन्।
‘जनताले आफ्नो संविधान बनाउने अधिकार आफूले पाउनु सार्वभौमसत्ताको दृष्टिले महत्वपूर्ण विषय हो। तर यिनै कुराका आधारमा असमान सन्धि र सम्झौताको बोझबाट नेपाल मुक्त भाइहालेको मान्न सकिँदैन,' पोखरेलले भनेका छन्, ‘त्यसमाथि संक्रमणकाल लम्बिँदै जाँदा राष्ट्रिय स्वाधिनता र हितको पक्ष झनै संवेदनशील बन्न पुगेको निष्कर्ष विभिन्न समयमा पार्टीले निकाल्दै आएको छ। त्यस्तो दृष्टिकोणमा विचलन आउनु हुँदैन। यद्यपि अर्धउपनिवेश शब्दको प्रयोग गरिरहनु भने जरुरी छैन। त्यसलाई नयाँ रूपमा उल्लेख गर्न सकिन्छ।'
उनले संविधासभामा आफूले नै नेपाल सार्वभौम र स्वतन्त्र हो भनेर स्वीकार गरिसकेको अवस्थामा त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषय विचारणीय भएको बताए।