काठमाडौं-सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका लागि चीनसँग खरिद गर्न लागेका चारवटा जहाज बजार मूल्यभन्दा झन्डै सवा अर्ब रुपैयाँ महँगो पर्ने देखिएको छ।
गत मंसिर १३ मा भएको सम्झौताअनुसार सरकारले ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ (त्यसबेलाको ३ करोड ७६ लाख ५६ हजार ५ सय ६५ अमेरिकी डलर) मा चीनसँग चारवटा जहाज किन्न लागेको हो। चीनको सहुलियतपूर्ण ऋण सहयोगमा किन्न लागिएका चार जहाज बजार भाउभन्दा करिब सवा अर्ब रुपैयाँ महँगो छ।
चीनबाट ५६ सिट क्षमताको 'एमए–६०' मोडेलका दुई र १९ सिटयुक्त 'वाई१२–ई' मोडेलका चार जहाज ल्याउन लागिएको हो। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई चीनले अनुदानमा दिने सम्झौता भएको छ भने एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा दिनेछ।
नेपालस्थित चिनियाँ दूतावासले सन् २००५ जुलाई २० मा रक्षा मन्त्रालयलाई दुइटा एमए–६० जहाज बिक्री गर्न प्रस्ताव पठाउँदा एउटाको मूल्य १ करोड ५९ लाख ४० हजार डलर (त्यसबेलाको १ अर्ब ११ करोड ८० लाख रुपैयाँ) उल्लेख थियो। त्यस्तै, एउटा वाई१२–ई को भाउ ३२ लाख डलर (त्यसबेलाको २२ करोड ४० लाख रुपैयाँ) तोकिएको थियो। त्यसबेला सरकारले दुई जहाजलाई बैनाबापत ४० करोड रुपैयाँ पठाए पनि खरिद प्रक्रिया अघि बढेन। बैना पठाएको रकम पनि नेपालले हालसम्म फिर्ता पाउन सकेको छैन।
नौ वर्षअघिको त्यही मूल्यलाई आधार मान्दा एउटा एमए–६० र तीनवटा वाई१२–ई को कूल मूल्य २ करोड ५५ लाख ४० हजार डलर (अहिलेको विनिमय दरअनुसार २ अर्ब ५५ करोड ४० लाख रुपैयाँ) मात्र पर्न आउँछ। यो सरकारले सहुलियत ऋणमार्फत तिर्न लागेको मूल्यभन्दा १ अर्ब १७ करोड ४० लाख रुपैयाँ बढी हो।
तर, यो नौ वर्ष अवधिमा जहाजको मूल्यमा ठूलो हेरफेर भएको छ। एमए–६० जहाज त्यसबेलाको तुलनामा सस्तो भएको छ भने वाई–१२ई महँगिएको छ। अहिलेको बजार मूल्यमा हिसाब गर्ने हो भने पनि नेपाललाई महँगो नै परेको स्रोतको दाबी छ। अहिले एउटा एमए–६० को बजार भाउ १ करोड १० लाख डलर (१ अर्ब १० करोड रुपैयाँ) र एउटा वाई–१२ई को भाउ ५० लाख डलर (५० करोड रुपैयाँ) छ। सम्झौताअनुसार यही मूल्यमा चारवटा जहाज किन्दा २ अर्ब ६० करोड रुपैयाँ मात्र पर्छ। यो सरकारले तिर्न खोजेको मूल्यभन्दा १ अर्ब १२ करोड ८० लाख रुपैयाँ बढी हो।
स्रोतअनुसार नौ वर्षअघिको तुलनामा एउटा एमए–६० जहाज ४० लाख डलर (४० करोड रुपैयाँ) सस्तो छ। वाई–१२ई भने १८ लाख डलर (१८ करोड रुपैयाँ) बढी छ।
'जहाजको बजार भाउ एकथरी छ अनि किन्ने सम्झौतामा अर्कोथरी मूल्य तोकिएको छ,' स्रोतले मंगलबार नागरिकसँग भन्यो, 'नौ वर्षअघिको मूल्यमा हिसाब गर्दा पनि वा अहिलेको बजार भाउमा हेर्दा पनि नेपाललाई कम्तीमा १ अर्ब १२ करोड ८० लाख रुपैयाँ घाटा पर्ने देखिन्छ, जसमा एउटा एमए–६० नै आउँछ।'
दुवै देशबीच ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ। चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध हुनेछ। चीनसँग ऋण तथा अनुदान सम्झौता गरिए पनि रकम भने आउँदैन। त्यसको सट्टा चीनले ६ वटा जहाज दिनेछ। यी जहाज अर्थ मन्त्रालयले बढीमा एक प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिने स्रोतले जानकारी दियो।
'चीनले साढे एक प्रतिशत ब्याज दर लिए पनि हामी वायुसेवा निगमलाई सेवा शुल्क स्वरूप एक प्रतिशत वा त्योभन्दा कममात्र लिन्छौं,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'निगम सरकारी वायसेवा हो, उसलाई सहुलियत दिनु भनेको सर्वसाधारण नेपालीले सस्तोमा हवाई सेवा पाउनु हो।'
जहाजको मूल्य बढी भएको भन्दै सम्झौता हुनुअघि नै नेपाली पक्षले अडान लिएपछि चिनियाँ पक्ष जहाजको भाउ, ऋणको ब्याज दर र ऋण उपलब्ध गराउने चिनियाँ एक्जिम बैंकको सेवा तथा व्यवस्थापन लागत घटाउन तथा ऋण तिर्ने 'ग्रेस पिरियड' बढाउन सहमत भएको थियो।
यसअघि २०६९ मंसिर १४ मा भएको सम्झौतामा १.७५ प्रतिशत ब्याज दर तोकिएको थियो। एक्जिम बैंकको सेवा शुल्क र व्यवस्थापन लागत कूल ऋणको एक प्रतिशत लिने विगतको सहमतिलाई पनि चिनियाँ पक्षले ०.४ प्रतिशतमात्र लिने सहमति गरेको थियो। नयाँ सम्झौतामा ऋण चुक्ता गर्ने ग्रेस पिरियड पनि सात वर्ष छ। आठौं वर्षबाट मात्र ऋण चुक्ता अवधि सुरु हुने र २० औं वर्षसम्म तिर्न सकिने सम्झौतामा छ।
वाई१२–ई जहाजलाई नेपालमा उडान गर्न विगतमै अनुमति दिइए पनि एमए–६० लाई भने नेपाल नागरिक उड्डयन प्राधिकणले हालैमात्र उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिएको हो। यही कारणले चिढिएको युरोपेली आयोगले नेपालको उड्डयन क्षेत्रलाई युरोपको 'कालोसूची'मा राखेको छ।
चीनबाट ल्याउने क्रममा रहेका दुईथरी जहाजका उत्पादक फरक–फरक भए पनि दुवै सरकारी कम्पनी हुन्। एमए–६० को उत्पादक जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसन हो। यसले सन् २००० देखि यस्तो जहाज उत्पादन गर्दै आएको छ। त्यस्तै, वाई–१२ई उत्पादक हार्विन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडले सन् १९८५ देखि यस्तो जहाज उत्पादन गर्दै आएको छ।