आरोहीले ८ किलो फोहोर फर्काउनुपर्ने
१८ फागुन २०७०
•
७ मिनेट पाठ
आरोहीले ८ किलो फोहोर फर्काउनुपर्ने
काठमाडौं- सर्वोच्च शिखर सगरमाथालाई फोहोररहित बनाउन सरकारले आधारशिविरभन्दा माथि जाने प्रत्येकले तल ओर्लंदा आफूले गरेको न्यूनतम ८ किलो फोहोर फिर्ता ल्याउनैपर्ने सीमा तोकेको छ।यसअघि प्रत्येक आरोहण दलले संयुक्त रूपमा फोहोर आधारशिविर ओराल्ने गरे पनि अबदेखि प्रत्येक दलका प्रत्येक आरोहीका लागि यो सीमा तोकिएको हो। यसमा मान्छेले गर्ने फोहोर र कृत्रिम अक्सिजन सिलिन्डर गणना हुँदैन। ती फोहोर पनि फिर्ता भने ल्याउनुपर्छ।
'अबदेखि सगरमाथा आधारशिविरभन्दा माथि जाने जोसुकैले तल झर्दा कम्तीमा आठ किलो फोहोर ल्याउनैपर्छ,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले आइतबार नागरिकसँग भने, 'यसपालि वसन्त ऋतुबाट नयाँ नियम कार्यान्वयनमा आउँछ।' सगरमाथासहित अन्य हिमाल सरसफाइलाई सरकारले प्राथमिकतामा राख्दै यस्तो अभियान सुरु गरिएको उनले बताए।
उनका अनुसार आधार शिविरभन्दा माथि जाने सबैले छुट्टाछुुट्टै फारम भरेर सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाउनुपर्छ। नष्ट हुने फोहोरलाई उक्त समितिले उतै व्यवस्थापन गर्छ भने नष्ट नहुने फोहोरलाई काठमाडौं ल्याएर काठमाडौं महानगरपालिकामा बुझाउनुपर्छ। 
'सुरुवात सगरमाथाबाट गर्न लागेका छौं। यसको नतिजा राम्रो आयो भने मनास्लु र अमादब्लम हिमालमा पनि यस्तै नियम लागू हुनेछ,' मन्त्रालयको पर्यटन उद्योग महाशाखाका प्रमुखसमेत रहेका बुर्लाकोटीले भने, 'त्यसपछि विस्तारै अन्य हिमालतिर लाग्छौं। यो पहिलो प्रयास हो, आरोही संलग्न सबै संस्थासँग समन्वय भएको छ।'
मन्त्रालयले नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), सगरमाथा आरोही संघ, नेपाल माउन्टेनियरिङ गाइड एसोसिएसन लगायत पर्वतारोहणसम्बद्ध संघसंस्था र सरोकारवालासँग बृहत छलफलपछि फोहोरमा सीमा तोकेको हो।
वर्षैपिच्छे सयौं आरोही ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहणमा निस्कने गर्छन्। सगरमाथामा देखिने फोहोर आरोहीले छाड्ने विभिन्न सामग्री नै हुन्। शिखर उक्लने क्रममा प्रयोग भइसकेका सामग्री जहाँको तहीँ छाड्ने गर्नाले यस्तो समस्या देखिएको हो। आरोहीले छाडेका कृत्रिम अक्सिजन सिलिन्डर र ग्यास सिलिन्डर, डोरी, बियरका बोतल, क्यान, टेन्टको खम्बा, क्रापोन, आइस स्क्रु, स्नोबार, रक पिटन, कपडा, भर्‍याङलगायत सामग्री सगरमाथामा देखिने प्रमुख फोहोर हुन्। 
सगरमाथामा ५० वर्षभन्दा बढी अवधिदेखि थुप्रिएका फोहोर छन्। निजी क्षेत्र र विदेशी आरोहीले बेलाबेला गर्ने सफाइ अभियानले केही राहत दिए पनि अब सरकार नै नीति बनाएर अगाडि बढ्न लागेको हो। पर्वतारोहण विज्ञहरूका अनुसार सगरमाथामा अझै करिब ४० देखि ५० टन फोहोर छ। 
सगरमाथा आधारशिविरभन्दा माथि जाने प्रत्येक नेपाली (आरोही, सरदार, क्लाइम्बिङ शेर्पा, कुक, हेल्पर, पोर्टर) ले बोक्ने सामानबाट औसत चार किलो फोहोर निस्कने मन्त्रालयको अनुमान छ। विदेशीले बोक्ने सामानबाट भने प्रतिव्यक्ति औसत १२ किलो फोहोर निस्कन्छ। यही आधारमा औसत कम्तीमा आठ किलो फोहोर तल ल्याउनैपर्ने बाध्यकारी नियम बनाइएको हो। 
सम्बद्ध संस्थाका अनुसार गत वर्ष सगरमाथाबाट ३ हजार ५ सय किलो फोहोर संकलन गरिएको थियो। नयाँ नियम कार्यान्वयनमा आएपछि ७ हजार २ सय किलोसम्म फोहोर आधारशिविर आइपुग्ने मन्त्रालयको भनाइ छ। 
विज्ञहरूका अनुसार हिउँमा थुप्रिएको फोहोर वर्षौंसम्म कुहिँदैन। हिउँ पग्लिँदै गएपछि फोहोर पनि माथि–माथि आउँछ। एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ मा पहिलो मानव पाइला पुर्यााउनु अघिदेखिको फोहोर सगरमाथामा छ। पहिलो दलसहित १९५२ मा स्विस एक्सपिडिसन दलले छाडेको फोहोर अझै सगरमाथामै छ। एउटा आरोहीले चारदेखि पाँचवटा अक्सिजन सिलिन्डर प्रयोग गर्छ। 
मन्त्रालयका अनुसार एक आरोहण दलबराबर फोहोर धरौटीबापत ४ हजार अमेरिकी डलर लिने गरिएको छ। दलले लगेका काम नलाग्ने सबै सामान फिर्ता ल्याए धरौटी पनि फिर्ता हुन्छ। विगतमा धेरैजसो दलले फोहोरजति उतै फ्याँकेर धरौटी लिन आउने गर्थेनन्। 
सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले कुन दलले कति सामान लगेको छ, फिर्ता आउने, नआउनेलगायत सबै हेर्छन्। फ्याँकिने फोहोर समितिले आधारशिविर र नाम्चे दुवै ठाउँमा बु‰ने गर्छ। एउटा दल सगरमाथा जाँदा ३ देखि ४ दर्जन नेपालीले काम पाउँछन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस