काठमाडौं– नेकपा एमाले संसदीय दलका नेता चयनका लागि अहिले संसदीय दलको कार्यालयमा मतदान भइरहेको छ । मतदानका लागि साढे ६ बजेसम्मको समय ताेकिएको छ।
दलको नेताका लागि पार्टी अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली प्रतिस्पर्धामा छन् । १० हजार रुपियाँ शुल्क बुझाउँदै मनाेनयन दर्ता गराएका खनालकाे प्रस्तावकमा माधव नेपाल र समर्थक अष्टलक्ष्मी शाक्य छन् भने ओलीका प्रस्तावक बामदेव गौतम र समर्थक विष्णु पौडेल छन्। विद्युतीय मतदान भइरहेकाले मतदान सकिएलगत्तै नतिजा आउनेछ।