काठमाडौं– संसदीय दलको नेता छान्ने विषयमा नेकपा एमाले स्थायी कमिटीको बैठक पार्टी कार्यालय बल्खुमा बसिरहेको छ। एमालेमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी शर्मा ओली संसदीय दलको नेताको आकांक्षी देखिएका छन्।
बैठकले वैशाखमा हुने नवौं महाधिवेशनको तयारीका लागि बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका लागि एजेन्डाहरूसमेत तय गर्नेछ। यसअघि माघ १० गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थायी समितिले एजेन्डा टुंगो नलगाएकै कारण स्थगित भएको थियो।
बैठकमा कांग्रेस नेतृत्वमा बन्ने सरकारमा सहभागिताका बारेमा समेत छलफल हुने कार्यक्रम छ। कांग्रेसले सहयोगका लागि आग्रह गरेपछि यसअघि एमालेले औपचारिक पत्र मागेको थियो। कांग्रेसले अस्ति पठाएको पत्रका बारेमा समेत स्थायी समिति बैठकमा छलफल हुने एक नेताले बताए।