सार्कका चार राष्ट्र संवेदनशील सूची घटाउने पक्षमा
१२ माघ २०७०
•
६ मिनेट पाठ
सार्कका चार राष्ट्र संवेदनशील सूची घटाउने पक्षमा
काठमाडौं- सार्क मुलुकमध्ये भारत, पाकिस्तान, भुटान र माल्दिभ्सले यस क्षेत्रको व्यापार बढाउन संवेदनशील वस्तुको सूचीलाई कम्तीमा एक सयमा झानुपर्ने प्रस्ताव गरेका छन्। यी मुलुकहरुले केही दिनअघि सार्क सचिवालयमा पठाएको प्रस्तावमा आगामी सन् २०२२ सम्म सबै मुलुकले यस्तो सूचीलाई कम्तीमा एक सयमा झार्नुपर्ने प्रस्ताव गरेका हुन्।
'सार्कका चार मुलुकले संवेदनशील सूचीलाई कम्तीमा पनि एक सयमा झार्न प्रस्ताव गरेका छन्,' वाणिज्य मन्त्रालयका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'यसबारे सार्क स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को आगामी बैठकमा छलफल गरिनेछ।' 
उनले ती मुलुकले राखेको यस प्रस्तावबारे नेपालले कस्तो धारणा बनाउने भन्ने विषयमा सरोकारवालासँग छिट्टै छलफल गरिने पनि बताए। 
यसमा नेपालको सूची सबैभन्दा लामो छ। नेपालले करिब दुई हजार ३४ वस्तुलाई यस्तो सूचीमा राखेको छ। सबैभन्दा कम वस्तुको सूची राख्नेमा माल्दिभ्स छ। यसले एक सय ५४ वटा वस्तु मात्र राखेको छ। यस्तै अफगानिस्तानले ८ सय ५०, भुटानले एक सय ५६, बंगलादेशले ३ सय ८०, भारतले ६ सय ३९, श्रीलंकाले एक हजार ७ सय ५१ वस्तुलाई सूचीमा राखेका छन्। यो संख्या विकाशसील र अतिकम विकसित दुवै मुलुकका लागि राखिएको हो।
वाणिज्यका ती अधिकारीका अनुसार यी मुलुकहरुले अहिले संवेदनशील सूचीका वस्तुमा भन्सार दर पनि शून्यदेखि ५ प्रतिशतमात्र लगाउनु पर्ने प्रस्ताव गरेका छन्। अहिले आन्तरिक उत्पादनलाई संरक्षण गर्ने भन्दै यस्तो सूचीमा परेका वस्तुमा सबै मुलुकले धेरै भन्सार लगाउने प्रचलन छ।
केही वर्षअघि भएको सार्क राष्ट्रका आठ मन्त्रीहरुको बैठकले संवेदनशील सूचीलाई २० प्रतिशतले झार्ने निर्णय गरेको थियो।
सार्क विज्ञ समूहको बैठकले व्यापार सहजीकरणका लागि संवेदनशील सूचीलाई २० प्रतिशतले झार्न सिफारिस गरेअनुरुप मन्त्रीस्तरीय बैठकले निर्णय गरेको थियो।
साफ्टा लागू भएको झन्डै ६ वर्ष बितिसक्दा पनि विभिन्न समस्याले अन्तरक्षेत्रीय व्यापार बढ्न सकेको छैन। 
बैठकले संवेदनशील वस्तुको सूची हटाउँदा व्यापारयोग्य वस्तुलाई यस्तो सूचीबाट हटाउन प्राथमिकता दिई व्यापार बढाउन सहयोग हुने विश्वास लिएको थियो। 
सदस्य राष्ट्रहरूले तत्काल भन्सार छुट दिँदा आर्थिक समस्या आउँछ भनी सम्झौताबाट बाहिर राखेका वस्तु समेटेर संवेदनशील सूची तयार पारिएको हो। यो सूची लामो भएकाले क्षेत्रीय व्यापार सहज ढंगमा अघि बढ्न सकेको छैन्।
बैठकले संवेदनशील सूचीबाहिरका वस्तुमा भन्सारदर क्रमशः घटाउँदै लैजाने सहमति पनि गरेको थियो। सन् २०११ पछि अतिकम विकसित मुलुकहरुले भन्सारदर घटाउँदै लैजाने र ८ वर्षभित्रमा यस्तो दर शून्यमा पुर्यासउने सहमति भएको थियो। यस्तै विकासशील मुलुकहरुले भन्सार दर ५ वर्षभित्रमा शून्यमा झार्ने सहमति बनेको थियो। यो समूहमा विकासशील मुलुकहरुमा भारत, श्रीलंका र पाकिस्तान रहेका छन्। 
साफ्टा लागू भएको तीन महिनाभित्रै यसका अवरोध पहिल्याएर त्यसलाई अन्त्य गर्ने निर्णय भएको थियो। साफ्टाको लक्ष्यअनुसार क्षेत्रीय व्यापार बढाउन भन्सार दर कटौतीस“गै सबै किसिमका गैरभन्सार अवरोध हटाउनुपर्नेमा सदस्य राष्ट्र सहमत भए पनि अहिलेसम्म यसबारे ठोस निर्णय हुन सकेको छैन।
साफ्टाको कार्यान्वयन सन् २००६ जनवरी १ देखि भएको हो। व्यापार उदारीकरण कार्यक्रमअनुसार सबै सदस्य राष्ट्रले सन् २०१६ सम्म आफ्नो भन्सार दर शून्यदेखि ५ प्रतिशतमा झार्नुपर्छ। सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्।
बैठक स्थगित 
सार्क स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को आगामी फेब्रुअरी दोस्रो साता हुने भनिएको बैठक स्थगित भएको छ।
पाकिस्तानले आफु सहभागी हुन नसक्ने जनाउँदै बैठक सार्न गरेको आग्रहका कारण बैठक हाललाई स्थगित गरिएको हो। 'पाकिस्तानले लाहोरमा फेब्रुअरी १४–१६ मा हुने भारत सोका कारण व्यस्त रहेको जनाउँदै सार्न अनुरोध गरेकाले बैठक स्थागित भएको छ,' वाणिज्य मन्त्रालयका एक अधिकारीले भने। यो बैठकमा संवेदनशील वस्तुको सूची, उत्पत्तिको प्रमाणपत्र र सेवा व्यापारसम्बन्धी विज्ञ समूहको बैठक बस्न तय गरिएको थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस