चितवन- आन्तरिक राजस्व कार्यालय चितवनले साउनदेखि पुस मसान्तसम्ममा तीन अर्ब ६७ करोड ६४ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको ६ महिने अवधिमा भन्दा यसपटक लगभग २३ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ। कार्यालयले यो आर्थिक वर्षमा सवा आठ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
'यस कार्यालयले राखेको लक्ष्यअनुरुप ६ महिने अवधिमा पनि राजस्व संकलन भएकाले हामी वार्षिक लक्ष्य प्राप्त गर्न सफल हुनेछौं,' आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेम उपाध्यायले भने। ६ महिनामा लक्ष्यभन्दा दुई करोड रुपैयाँ कम संकलन भएको छ, जुन लक्ष्यभन्दा शून्य दशमलव चार प्रतिशत हो।
कार्यालयको कार्य क्षेत्रभित्र चितवनसहित नवलपरासीको दाउन्ने पूर्वको भू–भाग पनि पर्छ। कार्यालयले यो क्षेत्रका उद्योग, व्यावसायिक प्रतिष्ठान र करदाताको आयकर, बहाल कर, मूल्य अभिवृद्धि कर (भ्याट), स्वास्थ्य सेवा कर र शिक्षा कर संकलन गर्छ। वार्षिक ४० करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेले आयकर भने यो कार्यालयमा बुझाउँदैनन्।
अन्तःशुल्क र आयकरमा सबैभन्दा धेरै राजस्व संकलन भएको छ। यो ६ महिनामा कार्यालयलाई अन्तःशुल्कबापत दुई अर्ब ९९ करोड ६३ लाख ८२ हजार रुपैयाँ प्राप्त भएको छ। त्यसपछि आयकर, बहाल कर र ब्याज कर गरेर ३४ करोड ६९ लाख ७३ हजार हजार रुपैयाँ असुल भएको छ। जुन लक्ष्यभन्दा दुई करोड रुपैयाँ बढी भएको कार्यालयले जनाएको छ।
कार्यालयको कार्य क्षेत्रभित्र चौधरी उद्योग ग्राम, गोरखा ब्रुअरी, माउन्ट एभरेस्ट ब्रुअरी जस्ता नेपालका ठूला उद्योग छन्। तिनीहरुबाट उल्लेख्य मात्रामा भ्याट र अन्तःशुल्क उठ्ने गरेको छ। यो आर्थिक वर्षको पछिल्लो ६ महिनामा अन्तःशुल्क, आयकर, भ्याटको तुलनामा अन्य राजस्वको मात्रा नगन्य छ। स्वास्थ्य सेवा कर एक करोड ८२ लाख ७६ हजार रुपैयाँ र शिक्षा सेवा शुल्क ७७ लाख ६ हजार रुपैयाँ उठेको छ।
सरकारले यो आर्थिक वर्षको पुस मसान्तसम्म तीन वर्षसम्मको आय विवरण र कर बुझाउनेलाई अघिल्ला वर्षको आय विवरण नखोज्ने र त्यो अवधिको कर पनि नलिने सुविधा दिएको थियो। जसअन्तर्गत एक हजार २०३ जनाले विवरण बुझाएर कर तिरेका छन्। जस्मा नयाँ पुराना दुवै खाले करदाता रहको कार्यलय प्रमुख उपाध्यायले बताए।
तर यो अवधिमा कलाकार, चिकित्सक र वकिल, १५२ सहकारी संस्था १६९ र शिक्षा सेवा शुल्क तिर्न सातवटा निजी शैक्षिक संस्था नयाँ करदाताको रुपमा थपिएका छन्। पुस महिनामा मात्रै ५७ करोड ७६ लाख रुपैयाँ राजस्व उठाएको कार्यालयले माघ महिनामा ४५ करोड ४१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।
सो कार्यालयबाट ३० हजार व्यक्ति तथा निकायले स्थायी लेखा नम्बर (प्यान) लिएका छन्। त्यस्तै २७ सय व्यावसायिक प्रतिष्ठान भ्याटमा दर्ता भएका छन्।