काठमाडौं - रातको अन्धकारबीच आकाशमा चम्चमाइरहेका तारा देख्नासाथ पोखराकी मनिषा द्वा क्यामेराको लेन्स उघार्छिन् र क्लिक–क्लिक पार्न थाल्छिन्।आर्चरी खेलमा पश्चिमाञ्चलबाट दुईपटक राष्ट्रिय खेलकुद प्रतियोगिता जितेकी उनी अहिले आफ्नो परिचय बदल्न लागिपरेकी छिन्। खगोल भौतिक विज्ञान (एस्ट्रो–फिजिक्स) मा स्नातकोत्तर मनिषा करिब एक वर्षदेखि 'एस्ट्रोफोटोग्राफी' गरिरहेकी छन्।
एस्ट्रोफोटोग्राफी अर्थात् खगोल तस्बिरांकनका लागि उपयुक्त थलो मानिने नेपालमा यो विधामा सक्रिय विदेशी आउने क्रमसँगै मनिषाजस्ता विषयगत विद्यार्थीमा पनि चासो बढेको देखिन्छ।
पुस १९ गते राजधानीको दक्षिणकालीस्थित एक होटलमा मनिषा साथीहरुसँगै उल्कावर्षा नियालिरहेकी थिइन्। नेपाल खगोलीय समाज (नासो) ले एस्ट्रोफोटोग्राफीको सोखिनलाई त्यस दिन उल्कावर्षाको तस्बिर उतार्ने अवसर जुटाइदिएको थियो। उक्त कार्यक्रममा मनिषासँगै समाजका सुरेश भट्टराई, किशोर आचार्य र राम हुमागाईं सहभागी थिए। सबै एकाग्र भएर उल्काका तस्बिर लिन व्यस्त देखिन्थे।
पाँचौं र छैठौं राष्ट्रिय प्रतियोगितामा क्रमशः रजत र कास्य जितेकी मनिषाले आफैंले पढेको विषयलाई अघि बढाउन यस्तो फोटोग्राफी अँगालेको बताइन्।
पृथ्वीनारायण क्याम्पस, पोखराबाट एस्ट्रो फिजिक्समा माटर्स गरेकी उनले आर्चरी र एस्ट्रोफोटोग्राफीमा एउटै समानता भेटेकी छन्– एकाग्रता।
'खेल र एस्ट्रोफोटोग्राफी दुवैमा एकाग्रता चाहिन्छ,' नागरिकसँग उनले भनिन्, 'आर्चरीमा बुल्सआइजमा कसरी निशाना लगाउने भन्ने चिन्ता हुन्छ, अहिले खगोलका दृश्यको।'
उनका अनुसार एस्ट्रोफोटोग्राफीमा पहिले कुन ग्रह वा तारा कुन दिशातिर छ भन्ने छनोट गरिन्छ। त्यसलाई कसरी उत्कृष्ट फ्रेमभित्र पार्ने भन्ने चिन्ताले एउटा उत्कृष्ट फोटो भेट्टाउँछ।
मनिषामात्रै होइन, डिजिटल क्रान्तिपछि विश्वभरका हजारौं एस्ट्रोफोटोग्राफीमा आकर्षित छन्। कतिपय पढेर त कतिले त्यस विषयमा थाहै नपाई एस्ट्रोफोटोग्राफर बनेका छन्।
के हो एस्ट्रोफोटोग्राफी?
सामान्य रुपमा भन्ने हो भने खुला आकाशमा टहहट लागेको जूनदेखि गुज्मुज्ज ताराका फोटो खिच्नेकला नै एस्ट्रोफोटोग्राफी हो।
इरानका विश्वप्रसिद्ध एस्ट्रोफोटोग्राफर बाबक ताफ्रेसी डिजिटल क्यामेराको बढ्दो पहुँचले धेरैलाई एस्ट्रोफोटोग्राफर बनाए पनि उत्कृष्ट खिचाइका लागि धेरै चुनौती पार गर्नुपर्ने ठान्छन्।
'डिजिटल एसएलआर क्यामेरा प्रयोगले पृथ्वी र आकाशका फोटोग्राफी गर्ने विषय चाँडो र सहज बनेको छ,' उनले नागरिकसँग इमेलमा भने, 'साँच्चै राम्रो ल्यान्डस्केप फोटो खिच्न निकै चुनौतीपूर्ण छ। त्यसका लागि एकप्रकारको साहस चाहिन्छ।'
पृथ्वी र आकाशलाई एउटै फ्रेममा कैद गर्दै आएका बाबक एस्ट्रोफोटोग्राफीका लागि ठाउँको छनोट निकै महत्र्वपूर्ण हुने बताउँछन्।
आकर्षक फोटोग्राफीका लागि उल्का वर्षा, पूर्ण चन्द्रमा, पुच्छ्रेतारा, ग्रहणजस्ता मौका चुकाउँदैनन् एस्ट्रोफोटोग्राफर।
त्यस्ता अवसर पारेर विभिन्न देशबाट प्रत्येक वर्ष नेपालमा एस्ट्रोफोटोग्राफर आउने गरेका छन्। हिमाल र प्राचिन स्थलहरुलाई आधार बनाएर फोटोग्राफी गरेर फर्कने गर्छन् उनीहरु।
ताफ्रेसी सन् २००९ मा एस्ट्रोफोटोग्राफीका लागि नेपाल आएका थिए। पनौती, भक्तपुर दरबारक्षेत्र र सगरमाथा आधार क्षेत्रमा समेत पुगेर त्यस समय उनले फोटोग्राफी गरेका गरेका थिए।
न्यून प्रकाश–प्रदूषण, हाइअल्टिच्युटजस्ता कारण यस्तो फोटोग्राफीका लागि नेपाल आउन आकर्षित गरेको बाबक बताउँछन्।
'प्रकाश–प्रदूषणको महत्र्वपूर्ण स्रोतबाट टाढा र हाइअल्टिच्युटको पारदर्शिता, सही मौसम र स्थान/उचाइमा पुग्ने हो भने हिमालयमाथिका आकाश निकै चकित पार्ने प्रकारको सुन्दर हुन्छ,' उनले भने।
हिमालय क्षेत्र संसारकै एस्ट्रोफोटोग्राफीका लागि उत्कृष्ट गन्तव्य भएको उनले बताए। 'रातमा तारैतारा भएको सुन्दर आकाश देखिने ठाउँ खोज्दै अन्टार्टिकादेखि साहारा मरुभूमि, अल्पस, ग्र्यान्ड कानयोन र अटाकामाको भ्रमण गरेको छु,' उनले भने, 'हिमालय क्षेत्रको आकाश निकै उच्च कोटिको छ। सधैं स्मरणमा ताजा रहने।' त्यस क्षेत्रको सुन्दर दृश्यले निकै प्रभावित पारेको उनी बताउँछन्।
नेपाल आएकै वर्ष ताफ्रेसीले वैज्ञानिक फोटोग्राफीको विश्वप्रसिद्ध पुरस्कार लेनार्ट नेल्सन पुरस्कार प्राप्त गरेका थिए। एस्ट्रोफोटोग्राफीसम्बन्धी वेबसाइट 'द वल्ड एट नाइट' का संस्थापक ताफ्रेसी नेसनल जोओग्राफी, स्काई एन्ड टेलिस्कोप म्यागेजिन र युरोपेयन साउथर्न अक्जभेटरीका लागि फोटोग्राफी गर्ने गरेका छन्।
शताब्दीको पुच्छ्रेताराको उपनाम पाएको इसोनको फोटो खिच्न भारतीय एस्ट्रोफोटोग्राफर अतिस अमन गत नोभेम्बरमा नेपाल आएका थिए।
पोखरादेखि मुस्ताङको सुन्दर दृश्यसँगै उनले माथिल्लो मुस्ताङ पुगेर पुच्छ्रेतारा इसोनको फोटो खिचे। 'माथिल्लो मुस्ताङले निकै आकर्षित गर्यो। यहाँ पटकपटक आउने मन छ। निकै आकर्षक स्थान रहेछ,' अमनले इमेल संवादमा नागरिकसँग भने, 'सुन्दर स्थानसँगै कम खर्चमा काम गर्न सकिने भएकाले एस्ट्रोफोटोग्राफरको छनोटमा नेपाल परेको हो।'
मनिषाका लागि एस्ट्रोफोटोग्राफी कम्ती चुनौतीपूर्ण भने छैन। 'व्यावसायिक होइन, यो विषय सोखकै रुपमा मात्र अघि बढ्न सक्ने रहेछ,' एक वर्षदेखि होस्टलमा बस्दै आएकी उनले भनिन्, 'अन्य फोटाग्राफीलाई विषय नबनाउने हो भने यसमा मात्रै टिक्न सकिँदैन। सोखको विषय मात्रै होलाजस्तो छ।' मनिषामात्र होइन, जर्मन एस्ट्रोफोटोग्राफर जान लुकको पनि धारणा उस्तै छ।
'मैले जानेसम्म यसमा प्रोफेसनल बाबक ताफ्रेसीमात्रै हुन्। यसलाई प्रोफेसन बनाउन निकै अप्ठ्यारो छ,' उनले पनि नागरिकसँग इमेल संवाद गर्दै भने, 'मैले पनि सोख नै बनाएको छु, पैसा कमाएको छैन।'
त्यसो त बाबक पनि यसलाई व्यावसायिक भन्न रुचाउँदैनन्। 'यो यस्तो सोख हो जसले तपाईंको जीवनमा विश्व हेर्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ तर व्यावसायिक रुपमा यसमा लाग्न गाह्रो छ,' उनले भने, 'यस्तो फोटो किन्ने संस्था थोरै छन्। प्रकाशनको बजार सानो छ र डिजिटल एजका कारण पनि धेरै एम्याचोर फोटोग्राफरले निःशुल्क प्रकाशन र प्रसारण गर्न दिने गरेका छन्।'
जान लुक एस्ट्रोफोटोग्राफीलाई आर्टभन्दा बढी टेक्निकको रुपमा लिन्छन्। 'राम्रो उपरकण छ भने त्यसले धेरै नै सहयोग गर्छ, नाइटस्केप फोटोग्राफीमा महत्र्वपूर्ण सफलता भनेको सही समयमा सही स्थानमा पुग्नु पनि हो,' बाबकले भने, 'खगोल विज्ञान तथा स्काइगेजिङको ज्ञानसँगै कलात्मक सिर्जना गर्नसक्ने एस्ट्रोफोटोलाई अझै समृद्ध पार्दछ।'
सफल एस्ट्रोफोटोग्राफर बन्न खगोल विज्ञान र रात्रिकालीन आकाशबारे जानकारी राख्नुपर्छ। 'रातिको आकाशबारे जानकारी नराखी काम गर्नु वाइल्ड लाइफबारे फोटोग्राफी गर्नुजस्तै हो जुन सम्भव हुँदैन।'