काठमाडौं- कसैले भाग्यमा लेखेरै ल्याएको हुन्छ, कसैले कर्मले प्राप्त गर्छ। सूर्यबहादुर थापा नेपाली राजनीतिका त्यस्ता व्यक्ति हुन्, जो कहिले भाग्यका भरमा अघि बढ्छन् त कहिले आफ्नै कर्मले भाग्य निर्माण गर्छन्। पाँचपटक देशको प्रधानमन्त्री भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा यसपटक भने भाग्यको खेलका आधारमा अध्यक्ष तथा सभामुख हुँदैछन्।यही माघ ८ देखि सुरु हुने संविधानसभाले नयाँ अध्यक्ष तथा सभामुख चुनाव नगरुञ्जेल सबैभन्दा ज्येष्ठ सभासदका हैसियतमा ८६ वर्षीय थापाले दोस्रो संविधानसभाको अध्यक्षता गर्दैछन्।
उनका लागि सभामुख बन्ने भाग्य पहिलो भने होइन।
२०१४ सालमा राजा महेन्द्रद्वारा गठित सल्लाहकार सभामा पनि उनी 'स्पिकर' भएका थिए। थापा त्यसपछि धेरैपटक मन्त्री तथा प्रधानमन्त्री भए। पञ्चायतदेखि प्रजातन्त्रकालमा पनि उनले सरकार प्रमुख बन्ने मौका पाए। उनै थापाले पहिलोपल्ट सभामुख भएको आधा शताब्दी (५६ वर्ष) पछि गणतान्त्रिक नेपालको संविधानसभाको अध्यक्षता गर्ने अवसर पाएका छन्।
'२०१४ सालमा स्पिकर बन्छु भन्ने अपेक्षा नै गरेको थिइनँ तर परिस्थितिले मलाई त्यो जिम्मेवारी आइपर्योस,' मालीगाउँस्थित आफ्नै निवासमा आइतबार नागरिकसँग थापाले भने, 'अहिले पनि संविधानसभाको अध्यक्षता गर्ने अवसर सोचेको होइन तर घटनाक्रमले यो जिम्मेवारी पनि आइपर्योइ।' यो जिम्मेवारीलाई उनले 'उमेरको सम्मान'का रूपमा लिएका छन्।
उनका समकालीन दौंतरी विश्वबन्धु थापाको भनाइमा उनी समय र परिस्थिति राम्रोसँग बु‰ने र परिस्थितिअनुसार आफूलाई घुलमिल गर्न सक्ने व्यक्ति भएकाले सधैं राजनीतिको केन्द्रमा बस्न सकेका हुन्। 'उहाँ आफैं परिवर्तनको नेतृत्व गर्ने व्यक्ति होइन। उहाँ परिवर्तित परिस्थितिअनुसार राम्रोसँग घुलमिल हुन सक्नुहुन्छ,' विश्वबन्धुले नागरिकसँग भने, 'त्यसले उहाँलाई धेरै फाइदा भइरहेको छ।'
२०१५ सालमा कांग्रेसबाट संसदको माथिल्लो सदनमा निर्वाचित थापा राजा महेन्द्रको कूसँगै पञ्चायत प्रवेश गरे। ०१८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए र अर्को साल मन्त्रिपरिषद उपाध्यक्ष। ०२१ सालमा मन्त्रिपरिषद अध्यक्ष भए भने ०२२ मा फेरि राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएर प्रधानमन्त्री बने।
राजनीतिक सुधारको माग गरेबापत ०२९ सालमा पञ्चायत सरकारले थापालाई नजरबन्दमा राख्यो। जेलभित्रै होम गरेर कालो टीका लगाए र २१ दिनसम्म भोक हडताल गरे। दुई वर्षपछि छुटेका थापाले ०३७ सालमा प्रधानमन्त्री भएर जनमत संग्रहमा निर्दललाई जिताउँदै दरबारलाई गुन लगाए। यस हिसाबले पनि थापालाई उनका निकटवर्तीहरू 'एकैपटक दरबारको सहयोगी हुने र टक्करसमेत लिनसक्ने' नेताका रूपमा लिन्छन्।
लोकतन्त्र पुनर्स्थापनापछि बृहत लोकतान्त्रिक मोर्चाको कुरा गर्न पनि उनी पछि परेनन्। सशस्त्र युद्ध गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि थापाले बृहत लोकतान्त्रिक गठबन्धन हुनुपर्ने औंल्याउँदै त्यसको अगुवाइ आफूले गर्ने बताएका थिए।
थापा आफूलाई परिवर्तन स्विकार्ने व्यक्ति भएको दाबी गर्छन्। राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासनकालमा प्रधानमन्त्री भएर काम गरेका थापा अहिलेको परिवर्तनलाई पनि सहज रूपमा लिएको बताउँछन्। सँगसँगै भन्छन्, 'म छिनछिनमा विचार फेर्ने मानिस होइन। यो विचार ठीक छ भन्ने लागेपछि त्यसलाई दृढतासाथ लिएर हिँड्छु। पार लगाउन खोज्छु। त्यसमा इमानदार भएर लाग्छु।'
उनले जे भने पनि र उनलाई जे भनिए पनि इतिहासले थापा एक कुशल राजनीतिक खेलाडी भएको प्रमाणित गर्छ।
०५९ असोज १८ मा आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा पार्टी अध्यक्ष थापाले सरकारको आलोचना गरेका थिए। पछि विद्यार्थी आन्दोलनका कारण चन्द नेतृत्वको सरकार विस्थापित गर्दै ०६० जेठमा थापा राजाको सक्रिय शासनकालमा प्रधानमन्त्री भए।
अहिले पुनः ज्येष्ठ सभासदको हैसियतले ८६ वर्षे थापा मंगलबार दोस्रो गणतान्त्रिक संविधानसभाका सभासदलाई शपथग्रहण गराउँदै छन् भने बुधबार पहिलो बैठकको अध्यक्षता गर्दैछन्। त्यसअघि थापाले सोमबार राष्ट्रपति रामवरण यादवसँग शपथ लिँदै छन्।
थापाले ५६ वर्षपछि आइपरेको सभा सञ्चालन गर्ने जिम्मेवारीलाई 'स्टपग्याप एरेन्जमेन्ट' (तत्कालीन व्यवस्थापन) का रूपमा लिएको बताए।
आधा शताब्दीभन्दा बढी समयदेखि राष्ट्रिय राजनीतिमा रहेका धनकुटा मुगाका थापालाई नजिकबाट चिन्नेहरू 'चतुर राजनीतिज्ञ' मान्छन्। उनको यही 'विशेष क्षमता'कै कारण लामो समय राजनीतिमा टिकिरहेको पाका राजनीतिज्ञ विश्वबन्धुको भनाइ छ।
राजनीति पनि जीवनजस्तै परिवर्तन हुने थापाको ठम्याइ छ। 'परिवर्तनलाई सहज र प्राकृतिक ढंगले लिन्छु। सूर्यबहादुर भन्ने एउटा स्थितिमा रहेको व्यक्ति होइन। यो व्यक्ति बाल्यकाल, यौवनकाल र त्यसबाट आएर वयस्ककालमा विभिन्न स्वभावको हुन्छ,' उनले भने, 'जीवनजस्तै हो मुलुक पनि। यसलाई सहज रूपमा लिनुपर्छ। के के न भयो भनेर लिनै पर्दैन। व्यक्तिको जीवनकालमा पनि कालखण्ड बाँडिन्छ।'
समयअनुसार परिवर्तन हुन नसक्ने राजनीतिबाट बिलाएर जाने थापाको ठहर छ। 'पञ्चायतकालदेखि नै धेरै सहयात्री थिए। समय–परिस्थितिअनुसार अड्न सकेनन्, उनीहरू राजनीतिमा पछि परे,' थापाले भने, 'बाध्यकारी ठानेर हिँडेकाहरु परिस्थितिसँग हिँड्न सकेका छैनन्। उनीहरू धेरै पछि परेका छन्।'
तीनपल्ट मुटुको शल्यक्रिया गरेका थापा अझै सक्रिय राजनीतिमा छन्। जेठमा पशुपतिशमशेर जबराले नेतृत्व गरेको राप्रपा र थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीबीच भएको एकीकरण महाधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका छन्। र, अहिले समानुपातिकतर्फबाट सभासद भएका हुन्।
उनको विचारमा जनताले यसपल्ट संविधान बनाउन मतदान गरेका हुन्। यो जनमतको अर्थ नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउनुपर्छ भन्ने हो।
आफ्नो विगत र वर्तमानको भूमिकाका विषयमा उनी भन्छन्, 'समयानुकूल अघि बढ्न मैले प्रयत्न गरिरहेँ। समयानुकूल प्रयत्न गरेकोमा सन्तुष्ट नै छु।'