काठमाडौं— दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १७ औं सम्मेलनमा घोषणा गरिएको नेपालबाट भारत हुँदै बंगलादेशसम्म मालवाहक रेल सञ्चालन योजना 'रद्द' भएको छ । बंगलादेशले पूर्वाधार विकास अपर्याप्त भन्दै अहिले सम्भव नहुने बताएपछि योजना रोकिएको हो।'बंगलादेशले मालवाहक रेल भारतको सीमामा ल्याउने पूर्वाधार नभएको भन्दै तत्काल सेवा सुरु गर्न सम्भव नभएको बताएपछि सार्कका तीन देशबीच रेल सेवा सुरु गर्ने प्रक्रिया रोकिएको छ,' वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले नागरिकसँग भन्यो, 'रेल सेवा सञ्चालन गर्ने योजना रद्द भएको घोषणा गर्न मात्र बाँकी छ ।' नेपालका तर्फबाट त्रिदेशीय रेल सेवासम्बन्धी विषय यही मन्त्रालयले हेर्दै आएको छ ।
यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले पनि १७ औं सार्क घोषणापत्रमा उल्लेख गरेअनुसार त्रिदेशीय रेल सेवा सञ्चालनमा प्रगति हुन नसकेको बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिपक सुवेदीका अनुसार रेल सेवासम्बन्धी छलफल नै अघि बढेको छैन ।
'सार्कमा योजना राम्रा आउँछन्, कार्यान्वयनमा कमजोरी छन् । यो सबै सदस्य राष्ट्रले बुझेका छन्,' परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धितालले भने, 'सार्कले घोषणा गरेका धेरै योजना पूरा हुन बाँकी छन् ।' सार्कका योजनाहरू कार्यान्वयन गर्न पूर्वाधार विकास, क्षमता अभिवृद्धि र क्षेत्रीय नीति आवश्यक रहेको उनले बताए ।
सार्क सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले दुई वर्षअघि माल्दिभ्सको अड्डु सिटीमा २० बुँदे 'अड्डु घोषणापत्र' जारी गर्दै नेपालबाट भारत हुँदै बंगलादेशसम्म मालवाहक रेल सञ्चालन गर्ने घोषणा गरेका थिए । २०६८ कात्तिक २५ (११ नोभेम्बर २०११) गतेसार्क सदस्य राष्ट्रका तत्कालीन राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री ल्योनछेन जिग्मे योसेर थिन्ले, भारतका प्रधानमन्त्री मनमोहन सिंह, माल्दिभ्सका राष्ट्रपति मोहमद नासिद, नेपालका प्रधानमन्त्री बाबुराम भट्टराई, पाकिस्तानका प्रधानमन्त्री सइद युसुफ राजा गिलानी र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले घोषणापत्र जारी गरेका थिए ।
'सार्कको आगामी मन्त्रिस्तरीय बैठकअगाडि क्षेत्रिय रेल सेवासम्बन्धी सहमतिपत्र तथा मोटर भेइकल्ससम्बन्धी सहमतिपत्रलाई अन्तिम रूप दिन छिट्टै बंगलादेश–भारत–नेपाल चल्ने मालवाहक रेलको एक प्रदर्शन गर्ने,' अड्डु घोषणापत्रको ४ नम्बर बुँदामा उल्लेख छ । रेल सेवाको प्रदर्शनी सन् २०१२ को सुरुमा गरिने भनिएको थियो । प्रदर्शनीका बेला के–कस्ता सहज तथा असहज अवस्था सिर्जना हुन्छन्, त्यसकै आधारमा त्रिदेशीय रेल सेवाको रुट चयन गरी सहमतिपत्र तयार गरिने भनिएको थियो । नेपालमा हुने १८ औं सार्क सम्मेलनमा उक्त सहमतिपत्रमा हस्ताक्षर हुने पूर्वयोजना थियो ।
अगामी सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठक सन् २०१४ को फेब्रुअरी १७ देखि २० सम्म माल्दिभ्समा हुँदैछ । सोही बैठकले नेपालमा हुने १८ औं सार्क सम्मेलनको मिति घोषणा गर्नेछ ।
'अपर्याप्त पूर्वाधारका कारण सम्भव थिएन भने सार्कका ८ सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले किन यो योजना घोषणा गरे । सम्भव नै नहुने योजना कसरी अड्डु घोषणापत्रमा पर्यो। सबै कुराको अनुसन्धान गरेपछि र सम्बन्धित राष्ट्रको सहमति लिएर मात्र विभिन्न चरण पार गर्दै योजनालाई मूर्तरूप दिई राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले घोषणापत्रमार्फत बाहिर ल्याउने हो,' स्रोतको भनाइ छ । हचुवाका भरमा घोषणापत्रमा समेटिने यस्ता योजनाले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई मात्र होइन, सार्क संगठनलाई नै हलुंगो बनाएको छ।
'सञ्जालले जोड्दै' (बिल्डिङ ब्रिजेज्) मूल नारासाथ सम्पन्न माल्दिभ्स सार्क सम्मेलनमा यो क्षेत्रमा लगानी तथा वाणिज्य गतिविधि बढाउन त्रिदेशीय रेल सेवा योजनालाई प्राथमिकतासाथ राखिएको थियो । भुटानमा सम्पन्न १६ औं सार्क सम्मेलनमै त्रिदेशीय मालवाहक रेल सेवाको विषय उठान भएको थियो । त्यसपछि विभिन्न समयमा विज्ञ समूहको बैठक बसी यसलाई अड्डु घोषणापत्रमा समेटिएको थियो ।
सन् २०११ को फेब्रुअरीमा भुटानमा सम्पन्न सार्क मन्त्रिस्तरीय बैठकले बंगलादेश–भारत–नेपाल त्रिदेशीय मालवाहक रेल सेवा प्रदर्शनीको प्रस्ताव स्वीकृत गरेको थियो । बैठकमा नेपालले नै यो प्रस्ताव राखेको थियो । सन् २०१० को नोेभेम्बरमा भारतको नयाँदिल्लीमा सम्पन्न सार्क यातायात मन्त्रिस्तरीय बैठकले सदस्य राष्ट्रबीच यातायातको सञ्जाल विस्तार गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।
प्रदर्शनी गरिने भनिएको मालवाहक रेल बंगलादेशबाट फुलबारी–बंगलाबन्ध रुट हुँदै काँकडभिट्टा ल्याइने पूर्वयोजना थियो । त्यसका लागि काँकडभिट्टामा सुख्खा बन्दरगाह आवश्यक थियो । रेलबाट झारिने मालसामन काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग हुँदै ट्रकमार्फत वीरगन्ज ल्याउने योजना नेपालको थियो ।
सन् २०११ अगस्टको अन्तिम साता काठमाडौंस्थित सार्क सचिवालयले त्रिदेशीय रेल सेवा सञ्चालनकै लागि बैठक राखेको थियो । बैठकमा क्षेत्रीय रेल सेवा सञ्चालनसम्बन्धी नेपाल, भारत र बंगलादेशका विज्ञलाई बोलाइएको थियो । सहमतिपत्र तयार पार्ने र रेल सेवा प्रदर्शनका लागि चयन गरिएका दुवै विज्ञ समूह बैठकमा सहभागी थिए ।