एकीकृत माओवादीको केन्द्रीय कार्यालयको बैठक नै नबसी समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाइएको छ। केन्द्रीय समितिले तोकेको मापदण्डविपरीत सभासद् चयन गर्न खोजेको भन्दै बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बैठकमै नगएपछि अध्यक्ष पुष्पकमल दाहालले एक्लौटी सूची पेस गरेका हुन्।
दिउँसो १ बजे बोलाइएको बैठकमा भट्टराई र श्रेष्ठ उपस्थित भएनन्। अध्यक्ष दाहाल लाजिम्पाट निवासमा कुरेर बसे। तर दुबै जना नआएपछि दाहालले एक्लौटी निर्णय गरेर सूची बुझाएका हुन्।
केन्द्रीय कार्यालयले पोष्टबहादुर बोग्टी, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीलाई सर्टलिस्ट बनाउन अनौपचारिक निर्देशन दिएको थियो। सोअनुसार उनीहरुले सर्टलिस्ट बनाउने क्रममा दाहाल पक्षका उम्मेदवारलाई बढी प्राथमिकता दिएपछि रायमाझीले आपत्ति जनाएका थिए।
सो विवाद भइरहेका बेला अध्यक्ष दाहालले अचानक वर्षमान पुन र गिरिराजमणि पोखरेललाई सर्टलिस्ट बनाउ जिम्मेवारी दिए। तर, दाहाल पक्षले केन्द्रीय कार्यालयले दिएको मापदण्ड विपरीत सभासद् चयन गर्न लागेपछि पोखरेल र रायमाझी बैठकबाट बाहिरिएका थिए। अध्यक्ष दाहालले पटक पटक फोन गरेर भट्टराई र श्रेष्ठलाई बोलाए पनि उनीहरु लाजिम्पाट गएनन्। अन्ततः दाहालले एक्लो निर्णय गर्दै निर्वाचन आयोगमा बोग्टी र पुनलाई सूची दिएर पठाए। जसमा २७ जना पुरुष र २७ जना महिला रहेका छन्।
सूचीमा विवाद भएपछि माओवादीले अझै नामावली सार्वजनिक गरेको छैन। तीन दिनभित्रमा सच्यान समय आयोगले दिनेछ।