काठमाडौं-अति कम विकसितको सूचीमा रहेको 'गरिबहरुको देश' नेपालमा विलासिताका साधनको व्यापार कस्तो छ? तथ्यांक भन्छ, ह्वात्तै बढ्दो छ। सुन्दा आश्चर्य लाग्छ, नेपालीले दैनिक ३५ वटा कार किनिरहेका छन्, दिनहुँ नेपाली बजारमा ५ सय १२ वटा मोटरसाइकल/स्कुटर बिक्री भइरहेको छ।
यातायात व्यवस्था विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्र ४ हजार ३ सय तीनवटा कार, जिप र भ्यानजस्ता चारपांग्रे हलुका सवारीसाधन किनबेच भई विभागमा दर्ता भएका छन्। दैनिक औसत हेर्दा यो संख्या ३५ वटा हुन आउँछ।
यही अवधिमा ६१ हजार ४ सय ९० वटा मोटरसाइकल र स्कुटर दर्ता भएका छन्। यो दैनिक औसत ५ सय १२ वटा हो। प्रतिगाडी औसत २५ लाख र मोटरसाइकलको एक लाख ५० हजार रुपैयाँ औसत मूल्य राख्ने हो भने दैनिक कारोबार १६ करोड रुपैयाँ भएको देखिन्छ।
मुलुकभर बिक्री भएका यस्ता सवारीसाधनमध्ये सबैभन्दा बढी (तीन चौथाइ) वाग्मतीमा दर्ता छन्। देशभरमा ४ हजार ३ सय तीनवटा यस्ता सवारीसाधन बिक्री भएकामा वाग्मती अञ्चलमा मात्र ३ हजार ३ सय २८ वटा दर्ता भए। बाँकीमध्ये २ सय ९९ वटा नारायणी र २ सय ९१ गण्डकी अञ्चलमा।
अर्कोतिर, यस्ता सवारीसाधनको आयात पनि उच्च छ। गत वर्षको चार महिनाका तुलनामा यस वर्ष करिब ४० प्रतिशतले आयात बढेको छ। अघिल्लो वर्ष ३ हजार एक सय सातवटा यस्ता साधन आयात भएका थिए।
हलुका सवारीमा सर्वसाधारणको आकर्षणसँगै मुलुकभर सवारीसाधनको संख्या पनि बढेको छ। विभागका अनुसार चालु आवको कात्तिकसम्म मुलुकभर सबै किसिमका गरी सवारीसाधनको संख्या १६ लाख २९ हजार ४ सय ३२ पुगेको छ।
गत वर्षको चार महिनामा भन्दा यो वर्ष समग्रमा ४.४१ प्रतिशतले सवारी दर्ता बढेको देखिए पनि दुईपांग्रे र चारपांग्रे हलुका सवारीबाहेक अन्यको दर्ता घटेको छ। यो वर्ष दर्ता घटेका सवारीसाधनमा बस, ट्रक, मिनिबस, मिनिट्रक, क्रेन, डोजर, स्काभेटर, पिकअप, माइक्रो, ट्याक्टर र पावरटेलर छन्। अघिल्लो वर्ष यही अवधिमा ४८ वटा टेम्पो दर्ता भएकोमा यस वर्ष यो संख्या शून्य छ।
बैंक तथा वित्तीय संस्थाको सर्वसुलभ कर्जा र गाडी उत्पादक कम्पनीले ग्राहकलाई आकर्षित गर्न दिने सुविधाका कारण सवारी बिक्री बढेको हो। सबै कम्पनीले नयाँनयाँ मोडलका सवारीसाधन उत्पादन गरेकाले पनि बिक्री बढेको हो।
यस अवधिमा दर्ता भएका सवारीसाधनमध्ये करिब ८५ प्रतिशत दुईपांग्रे मोटरसाइकल र स्कुटर छन्। यसमा ६१ हजार ४ सय ९२ वटा मोटरसाइकल दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै वाग्मतीमा २० हजार ४ सय १५ वटा दर्ता भएका छन्। यस्तै, लुम्बिनीमा १३ हजार १२ र नारायणीमा ११ हजार ४ सय पाँच दर्ता भएका छन्।
गत आवको चार महिनामा देशभर ५८ हजार ८ सय ६० वटा मोटरसाइकल दर्ता भएकामा वाग्मतीमा १८ हजार ८ सय ८२, नारायणी अञ्चलमा १२ हजार ४ सय ४९ र लुम्बिनी अञ्चलमा ९ हजार ६ सय एकवटा मोटरसाइकल दर्ता भएका थिए।
विभागका अनुसार सबैभन्दा धेरै सवारीसाधन वाग्मतीमा दर्ता छन् भने त्यसपछि क्रमशः नारायणी, लुम्बिनी र कोसी छन्। वाग्मतीमा २५ हजार एक सय ५७, नारायणीमा १४ हजार ११, लुम्बिनीमा १३ हजार चार सय ७४ र कोसीमा १० हजार पाँच सय नौवटा सवारीसाधन दर्ता भए। यही अवधिमा सबैभन्दा कम सेतीमा एक सय ४५ वटा सवारीसाधन दर्ता भएका छन्।
मुलुकभर सवारीसाधनको दर्ता बढे पनि व्यवसायी भने बिक्री घटेको बताउँछन्। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष शेखर गोल्छाले सवारीसाधनको बिक्री घट्दै गएको बताए। 'दसैं र तिहारजस्ता चाडपर्वमा ग्राहकलाई दिएको अफर समाप्त भएपछि व्यापार निकै घटेको छ,' उनले भने। उनका अनुसार चारपांग्रे साधनको बिक्रीमा सबैभन्दा धेरै कमी आएको छ।