चितवन-चुनावी सरगर्मीले गाउँ–सहर धपक्कै ढाकेका बेला पनि माडी, खर्कट्टाका सुके सार्की गाउँभरिका फाटेका जुत्ता सिलाउनमै व्यस्त थिए।
'भोट हाल्न जानुभएन कि क्या हो?'
'भोट त हालेँ नि, किन नहाल्नु!' जवाफ दिँदा उनको बढ्ता ध्याउन्न जुत्ता सिउनमै थियो, 'चुनाव हुन थालेदेखि भोट हालेको हाल्यै छु।'
उमेरले ६० वर्ष पुग्न आँटे उनी । पाँच–पाँचजना छोराछोरी छन्। सबैको आ–आफ्नै घरगृहस्थी छ। सुकेले भने जुत्ता सिउने पुख्र्यौली पेसा छाडेका छैनन्। चुनावकै दिन पनि भोट खसालेपछि धम्मरधुस फाटेका जुत्ता टालिरहेका थिए। उनको भनाइ थियो, 'गाउँभरका मान्छेलाई मिति दिएर पठाएको छु, भनेको दिनसम्म त काम सक्नुपर्यो नि, बूढी औंलामा चुनावको मसी दलेको छ भनेर हातै बाँधेर बस्न भएन क्यारे।'
निमेख गरेर खानुपर्नेले आफ्नो कामसँग एक दिन सम्झौता गर्न नपाउने, तर देश चलाउने जिम्मा बोकेका नेताहरूले जतिखेर जे गरे हुने प्रवृत्ति देखिएकोमा उनले कटाक्ष गरे। उनले यतिसम्म भन्न भ्याए, 'म नेताहरूजस्तो हैन नि आफ्नो काम बिर्सने, संविधान बनाउने तिथि पो जति सारे भो, नसके दोहोर्याएरै चुनाव गराए भो, मैले फलानो दिन जुत्ता सिलाइदिन्छु भनेर एक दिन ढिला गरेँ भने सारा गाउँ मिलेर कुट्दैनन्?'
देशको राजनीतिमा भित्रिएको गैरजिम्मेवार र अनुत्तरदायी प्रवृत्तिलाई आफ्नो दैनिक गुजारासँग तुलना गर्दै सुके सार्कीले जे भने, त्यो आजको नेपालको तस्बिर हो।
चुनाव प्रचार क्रममा आकासको तारा खसाइदिन्छु झैं गरेर सपनाको पुल बनाउने नेताहरू चुनावपछि मान्छे चिन्न छाड्छन्। आफ्नै मतदातासँग लुकामारी खेल्छन्। कतिसम्म भने, संविधान बनाउने अभिभारा पूरा नगर्दा पनि उनीहरूलाई बात् लाग्दैन। जबकि सर्वसाधारणले बोलेको कुरामा अलिकति मात्र तलबितल प¥यो भने, उसको पेटको आगो निभ्दैन।
चुनाव बेला यो दिन्छु र त्यो दिन्छु भनेर गाउँभरि हिँडेका नेताहरूदेखि उनी दिक्क छन्। 'कतिलाई त मासुभात पनि खुवायो रे,' उनले भने, 'तर मलाई गाउँको विकास भए पुग्छ।'
पाँच कठ्ठा खेतबारीका धनी सार्की अघिल्लोचोटि नेताहरूले आफ्नो जिम्मेवारी नबुझेकैले विकास हुन नसकेको र संविधान पनि नबनेको तर्क गर्छन्। प्रत्यक्ष चुनावका विजेताहरूलाई उनको सल्लाह छ, 'यसपालि चाहिँ बाटो नबिराऊ है, भनेको पु¥याऊ, एउटै कुरा लिएर घरिघरि हाम्रा दैलोमा नआऊ।'
चितवन राष्ट्रिय निकुञ्जपारिको उपत्यका भनेर चिनिने माडी दुर्गम गाविसअन्तर्गत पर्छ। गर्दी, अयोध्यापुरी, बगौडा र कल्याणपुरसहित चार गाविस छन् यहाँ, जसमा करिब एक लाखको बसोबास छ। बहुसंख्यक थारू समुदायका छन्।
माडीसँगै जोडिएको बाँदरझुला सुकुम्बासी बस्तीको पनि आफ्नै आँसु छ, जुन कुनै चुनावले पुछ्न सकेको छैन। यहाँका बासिन्दाले बासको निम्ति आवाज उठाएको निकै समय भइसक्यो। 'धेरै नेताले लालपुर्जा बाँड्ने आश्वासन दिएर हामीसँग भोट बटुलिसके,' स्थानीय माया प्रजा भन्छिन्, 'तर कसैले भनेको पुर्याएनन्।'
संविधान बने लालपुर्जा पाइन्थ्यो कि भन्ने झिनो आशा छ, स्थानीय धनकुमारी तामाङलाई। 'पहिले त बनाएनन्, अब बन्छ कि संविधान,' उनले भनिन्।
सदरमुकामबाट ८० किलिमिटर दक्षिण क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा ४ सय ८७ घरधुरीका ३ हजारभन्दा बढीको बसोबास छ। बर्खामा ओतसम्म लाग्न मिल्नेगरी स–साना छाप्रा बनाएर बस्दै आएका छन् उनीहरू। भन्नलाई 'शिरमाथिको छत' भने पनि त्यो नाममात्रको हो। परिआउँदा आफ्नै भोट पाएर जितेका नेताहरूले झैं साथ छाड्छन् भन्ने उनीहरूलाई भलिभाँती थाहा छ। जब बर्खामा आकास गड्गडाउँछ, न उनीहरूको झुप्रो रहन्छ, न शिरमाथिको छत। अनि, चैत–वैशाखमा जब हावाहुरी चल्छ, सबभन्दा पहिले उड्छ उनीहरूकै त्यो शिरमाथिको छत। आगलागीमा परेर बर्सेनि थुप्रै घरपरिवारको उठिबास हुन्छ । आगोको धुवाँसँगै चारैतिर खबर फैलिन्छ। तै नेताहरूका आँखा धुवाँले पोल्दैन। खालि ढड्छ, उनीहरूकै शिरमाथिको छत।
शिक्षा, स्वास्थ्यजस्ता न्यूनतम विकास खाँचोबाट पनि कोसौं टाढा छन् यहाँका बासिन्दा। बल्लतल्ल बनेको रियुको पुलले यातायात सहज भए पनि माडीमा अझै बिजुली पुगेको छैन। सुत्केरी र बिरामीका लागि अस्पताल खोज्न भरतपुर नै धाउनुपर्ने बाध्यता छ।
'यसपालि त धेरैको आस छ,' संविधान बने विकास हुने विश्वास संगालेकी माडीकी अनिता चेपाङ भन्छिन्, 'चुनाव जितेकाहरूले समयमै संविधान बनाउलान् र हाम्रा लागि केही गर्लान् कि!' द्वन्द्वपीडितहरूको पुनस्र्थापनाका लागि गाउँमै कामको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
'गरी खानेलाई काम दिनुप¥यो, गाउँमा विकास ल्याउनुपर्यो,' स्थानीय बुधना थारू भन्छिन्, 'संविधान बनाउने भनेर काठमाडौंमा बसेर मात्र हुन्न।'
अघिल्लो संविधानसभा निर्वाचनमा जितेका माओवादी नेता अमिक शेरचनले काम नगरेकैले यसपालि हारेको यहाँका स्थानीयको निष्कर्ष छ। दोस्रो संविधानसभा चुनावमा शेरचनसँगै एमालेका दानबहादुर तामाङ, कांग्रसेकी सविता बराल र राप्रपाका विक्रम पाण्डेबीच कडा प्रतिस्पर्धा हुँदा राप्रपाका पाण्डेले चुनाव जिते।
'जित्नु नै ठूलो कुरा हैन,' एकटकले जुत्ता सिलाइरहेका सुके सार्की भन्छन्, 'जितेपछि भनेको पुर्याउनुपर्यो। यसपालि पनि संविधान र विकासको बाचा बिर्से, यिनीहरूले गाउँ नफर्के हुन्छ ।'