पोखरा - नेकपा–माओवादी नेतृत्वको मोर्चाले यातायात बन्द चलिरहँदा पोखरा–काठमाडौं र पोखरा–चितवन रुटमा पर्यटक बस निर्वाध गुडिरहेका छन्। तर, पश्चिमाञ्चल व्यवसायीको सिन्डिकेटका कारण पोखरा–लुम्बिनी रुटमा पर्यटक गाडी गुड्न पाएका छैनन्।यातायात क्षेत्रमा एकाधिकार कायम राखेका व्यवसायीको अवरोधले बन्दमा पनि निर्वाध चल्ने पर्यटक बस चलाउन नसकेको पर्यटन व्यवसायीले बताए। यसको असर लुम्बिनी नाका हुँदै पोखरा भित्रिने विदेशी पर्यटकलाई परेको उनीहरुको भनाइ छ। आमहडतालका बेला पनि पर्यटक बस चलाएर लुम्बिनी आएका विदेशीलाई पोखरा भित्त्याउन सकिने भए पनि सिन्डिकेट पक्षधरको विरोधले चलाउन नसकेको उनीहरू बताउँछन्।
लुम्बिनी र पोखरा भ्रमणका लागि भैरहवा नाका हुँदै भित्रिएका पर्यटक गाडी नपाएपछि लुम्बिनी घुमेर भारततिर लाग्न बाध्य भएको व्यवसायीले बताए। 'बन्दका बेला पनि पर्यटक बस चलाउन पाएको भए लुम्बिनी आएका विदेशीलाई सहजै पोखरा ल्याउन सक्थ्यौं। तर, पश्चिमाञ्चलका बस व्यवसायीले पर्यटक बस पनि चलाउनै दिएनन्,' पोखरा–लुम्बिनी–पोखरा सीधा पर्यटक बस चलाउन चाहेको माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सका सञ्चालक सोम थापाले भने, 'अवरोध नभएको भए यतिबेला पर्यटक बस चलाएर पाहुनालाई पोखरा ल्याउने सेवा दिन्थ्यौं।'
कसैको अवरोध नहुँदा बन्दमा पनि पोखराबाट काठमाडौं र चितवन नियमित रूपमा पर्यटक बस गुडिरहेको उनले बताए। लुम्बिनीपछि चितवन, काठमाडौं र पोखरा घुम्न चाहेका विदेशी पर्यटक सवारी नपाएपछि लुम्बिनीबाटै भारत फर्किएको उनले बताए। 'दैनिक सयौं विदेशी पोखरा आउने तयारीमा थिए। तर, सवारी चलेका छैनन्। पर्यटक बस चलाउन पनि पाएनौं,' उनले भने, 'नियमित रुपमा पर्यटक बस चल्न पाएको भए त्यहाँ आएका विदेशीले अभाव खेप्नु पर्दैनथ्यो।' यस्तै बेला आउजाउमा सहज हुने भन्दै पोखरा–लुम्बिनी सीधा पर्यटक बस चलाउन खोजेको थापाले बताए।
यसअघिका बन्दमा पनि पर्यटक बस निर्वाध गुडेका थिए। अरु सवारी चल्न दिइएको थिएन। विदेशी पर्यटक मात्र चढाएर एकठाउँबाट अर्को ठाउँसम्म लाने/ल्याउने गर्न सकिने भए पनि पोखरा–लुम्बिनी रुटमा अवरोध रहेको थापाले बताए। 'बन्दका बेला अरु कुनै सवारी चलेका छैनन्। तर पर्यटक बस गुडिरहेका छन्। सिन्डिकेट नभएको भए पोखरा–लुम्बिनी रुटमा पर्यटक बस चल्थे,' थापाले नागरिकसँग भने, 'पर्यटकले सहजै यात्रा गर्न पाउँथे। तर पश्चिमाञ्चलका व्यवसायीले न त आफूले पर्यटक बस चलाए, न अरुलाई दिन्छन्।'
सिन्डिकेटको मार नेपाल आएका विदेशी पर्यटकले खेप्नुपरेको उनले बताए। लुम्बिनी नाका हुँदै विभिन्न मुलुकका बौद्धधर्मी नेपाल भित्रिने गर्छन्। मुख्य पर्यटकीय सिजन परेकोले यतिबेला ठूलो संख्यामा विदेशी त्यो नाका हँदै पोखरा आउने तयारीमा थिए।
लुम्बिनीका पर्यटन व्यवसायी मिथुन श्रेष्ठले पनि सवारीसाधन नपाएपछि पर्यटक धमाधम भारत फर्किरहेको जानकारी दिए। 'पर्यटक गाडी सहजै गुडेका छन्। पोखरा–लुम्बिनी रुटमा पनि चलेको भए यहाँ आएका पर्यटक पोखरा र चितवन जान पाउँथे,' श्रेष्ठले नागरिकसँग भने, 'पोखरा, चितवन र काठमाडौं घुम्न आएका पर्यटक अहिले धमाधम लुम्बिनीबाटै फर्किरहेका छन्।'
सिन्डिकेट लादेका यातायात व्यवसायीले पर्यटक बस चलाउन पनि नसक्ने र अरुलाई पनि चलाउन नदिएकाले समस्या थपिएको उनले बताए।