गोदक— 'म बुढाको भत्ता रोकिएको थुप्रो भो काका, दशैंमा पनि पाइनँ, छिटो दिनुप¥यो' स्थानीय ८१ बर्षे वृद्धले हात समातेर रुञ्चे मुहार पार्दा एमाले उम्मेदवार झलनाथ खनाल धाप मार्दै मुस्कुराए, 'ए भइ हाल्छ नि भतिज, रोकिएको भत्ता अब तुरुन्त पाउनुहुन्छ ।' आफूभन्दा पाका व्यक्तिले 'काका' साइनो लाउँदा मुस्कुराएका खनाल पनि के कम, भोट झार्नलाई 'भतिज' ठोकिहाले।
घरदैलो कार्यक्रममा यहाँ आइपुग्दा एमाले अध्यक्षसमेत रहेका ६४ बर्षे खनाललाई अर्का ७५ बर्षे इन्द्रबहादुर अछामीले फूलको माला पहिर्याए। गलामा माला थाप्न अग्लो कदका खनाल झुकेका मात्र के थिए, अछामी भक्कानिइहाले। 'म बुढाले साह्रै दुःख पाएको छु, हजुरले हेर्दिनुपर्यो' अछामीले आँखा रसिला पारेपछि खनालले थम्थम्याए, 'चिन्ता नगरौं, म छँदैछु नि।'
चुनावी अभियानमा गाउँ पसेका तीन दर्जन भन्दा धेरै नेताले खनालजस्तै गाउँलेका कुरालाई 'नाईं' भनेका छैनन् । भत्ता रोकिएको र दुःख पाएको मात्र होइन जागिर माग्ने, स्कुल चाहने, कुलो खोज्ने, बिजुली सोध्ने सबैलाई 'हस्', 'भइहाल्छ नि', 'गर्दिहाल्छु' खालका आश्वासन दिँदैछन्। भोट बिग्रिने भयले पूरा गर्न नसक्ने माग पनि नेताका लागि 'नाईं' बनेका छैनन् ।
माइपूर्वका १५ गाविस समेटिएको क्षेत्र नम्बर १ मा पर्ने यसक्षेत्रमा खनालले सबैजसो गाउँ फन्को मारिसके । 'जहा" पुगे पनि यो गर्दिनुपर्यो र उ गर्दिनुपर्यो भन्नेहरुले पछयाउन छोड्दैनन्' खनालसँगै हिँडिरहेका काजीमान कागते भन्छन्, 'नेताले जे पनि कुरा पूरा गर्दिन्छन् भन्ने भरोसा राख्दै नानाभाँती समस्या तेस्र्याएर आशामुखी हुने गाउँलेहरु बढिरहेका छन् ।'
२०४८ यताका चार चुनावमा गाउँलेले उठाएका जस्तासुकै समस्या निमिट्यान्न पार्ने आश्वासन दिए पनि एकाधमात्र पूरा गरेका नेतालाई अहिले आफ्नै बोली शत्रु हुँदैछ । 'भोट झार्न लोग्ने स्वास्नीका झगडा अन्त्य गर्दिनेदेखि चुहिने घर टाल्दिनेसम्मका बचन दिने नेतालाई त्यो पूरा नगर्दा आफ्नै क्षेत्र अप्रिय हुँदैछ' स्थानीय प्रकाश थापा भन्छन्, 'नेताले नाईं भन्न पनि सक्नुपर्छ ।'
'अघिल्ला चुनावताका गरेका प्रतिवद्धता पूरा नगर्दा त्यो क्षेत्रका मतदाता सामु नेतालाई उभिन मुस्किल पर्दैछ' नागरिक अगुवा धर्म गौतम भन्छन्, 'विकास जति नेताले मात्रै गर्छन् भन्ने मानसिकता हावी हु"दा जनता बढी आशामुखी भएका हुन् ।' त्यही भएर भोट माग्दैखेरि पूरा गर्न नसक्ने मागलाई 'नाईं' भनेर राजनीतिलाई 'झुटको खेती'बाट माथि उकास्नुपर्ने उनको तर्क छ ।
५९ हजार आठ सय १४ मतदाता रहेको यसक्षेत्रमा खनालले तीनपल्ट विजय हासिल गरिसकेका छन् । उनको चुनावी दौडाहालाई साथ दिन हिंडिरहेका कार्यकर्ताले अहिलेसम्म गरेका उपलव्धिमूलक कामको फेहरिस्त नैं बोकेका छन् । त्यसमा झण्डै डेढ अर्ब रुपैया"को लागतमा सम्पन्न दर्जनौं कामको विवरण छ । तैपनि, खनालसमक्ष सुनाइने व्यक्तिगत समस्याको चाङ अग्लो छ ।
'विकास भनेको जीवनचक्र जस्तै सदा भइरहने र कहिल्यै नसकिने कुरा हो' बौद्धिक अगुवा नृसिंहकुमार खत्री ठान्छन्, 'तर, भोट फकाउञ्जेल जे पनि गर्दिन्छु भन्ने र पछि बेवास्ता गर्ने प्रवृत्तिले नेताको चरित्रस"गै राजनीति पनि धमिलिएको हो ।' जसले जेसुकै अपेक्षा गर्दा पनि 'हस् हजुर' भन्ने प्रवृत्तिले बिग्रेको आफ्नो र राजनीतिको छबि सुधार्न नेताले 'नाईं' पनि भन्नुपर्ने खा"चो औंल्याउ"छन् खत्री ।