काठमाडौं— उपत्यकामा सडक विस्तारपछि नयाँ बनाइएका कालोपत्रे (पिच) सडकमा परेका खाल्डाखुल्डी र भत्किएका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि ठेकेदारले धमाधम खाल्डा पुर्न र टाल्न थालेका छन्।नयाँ बनाइएका कालोपत्रे सडक निर्माण भएको महिनादिन पनि बित्न नपाउँदै भत्किन सुरु भएपछि अख्तियारले निर्माणको गुणस्तरका विषयमा अनुसन्धान थालेको छ । अख्तियारले अनुसन्धान सुरु गरेको र सडक निर्माणको जिम्मेवारी पाएका निकायसँग जवाफ माग्न थालेपछि विस्तारित सडकका सबै क्षेत्रमा देखिएका समस्या समाधानको काम तीव्र बनाइएको सडक विभागले जनाएको छ ।
सडक निर्माणको सम्झौताअनुसार सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार कम्पनीले निर्माण सम्पन्न भएको एक वर्षभित्र सडकमा जस्तो समस्या आए पनि पुनः निःशुल्क रुपमा समस्या समाधान गर्नुपर्ने हुन्छ । तर ठेकेदार कम्पनीले सम्झौताको बेवास्ता गर्दै बिग्रेका सडक पुनः निर्माणमा अटेरी गरिरहेका थिए । अख्तियारले सोधपुछ गर्न थालेपछि भने सबैले बिग्रेका सडक पुनः निर्माणमा चासो दिँदै कामलाई तीव्रता दिइरहेका छन् ।
विभागका अनुसार उपत्यकाका तीनवटै जिल्लामा निर्माणपश्चात भत्केका सडक खण्ड र निर्माणपछि बिग्रेका फुटपाथ पुनः निर्माण सुरु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा सडक निर्माणको जिम्मेवारी तीनवटै जिल्लाका डिभिजन सडक कार्यालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरिरहेका छन् ।
करोडौं खर्चेर निर्माण गरिएका विस्तारित नयाँ सडकमा महिना पनि बित्न नपाउँदै खाल्डा पर्ने र भत्कने क्रम सुरु भएको तथा अधिकांश स्थानमा निर्माण गर्नुपर्ने समयसीमा सकिँदासमेत काम नभएको पाइपछि अख्तियारले विभिन्न खण्डको छुट्टाछुट्टै अनुसन्धान सुरु गरेको अख्तियारका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बताए । उनका अनुसार अनुसन्धान सुरु भएपछि धेरै स्थानमा पुनः सडक निर्माणका काम सुरु भइसकेको जानकारी आइरहेको छ ।
आयोजना प्रमुख श्याम खरेलले भत्केका र समस्या देखिएका सबै सडकमा सम्बन्धित क्षेत्रका ठेकेदार कम्पनीले काम गरिरहेको बताए । उनका अनुसार सडक निर्माणका लागि जिम्मेवारी पाएका ठेकेदार कम्पनीले सडक निर्माणपश्चात एक वर्षभित्र जस्तो समस्या आए पनि पुन निर्माण गर्नुपर्ने व्यवस्थाअनुसार समस्या देखिएका क्षेत्रमा फेरि काम सुरु गरेका छन् । 'सम्झौता गर्दा नै एक वर्षभित्र आएका समस्या ठेकेदार कम्पनीले समाधान गर्नुपर्ने उल्लेख गरिएको छ,' उनले भने, 'सोहीअनुसार अहिले समस्या आएका क्षेत्रमा काम भइरहेको छ ।' उनले केही ठेकेदारले अझै पनि अटेर गरिरहेकाले उनीहरुलाई कारबाही गर्ने तयारीसमेत भइरहेको जानकारी दिए ।
उपत्यकाको तीनवटै जिल्लामा गरी पाँच वटा निकायले हाल ६४ वटा विभिन्न खण्डमा काम गरिरहेका छन् । ती खण्डमध्ये धेरैजसो समस्या आएको क्षेत्र डिल्लीबजार, ज्ञानेश्वर, कमलपोखरी, बालुवाटर, रातोपुल, गैरीधारा, कालीकास्थान, मित्रपार्क–गौरीघाट, भत्केको पुल–चाबहिल, बालाजु–बाइपास लगायत क्षेत्रमा सडक टाल्ने र फुटपाथ बनाउने काम भइरहेको छ । खरेलका अनुसार कतिपय स्थानमा टाल्ने र निर्माणको काम सकिसकेको छ भने कतिपय अवस्थामा सम्झौताबमोजिम नै काम सुरु भइसकेको छ ।