काठमाडौं— सर्लाही पत्थरकोटका कांग्रेस नेता शम्भु श्रेष्ठ क्षेत्र नम्बर १ बाट प्रत्यक्षको टिकट पाउने आस गर्दै १५ दिनअघि राजधानी आए। उनी कांग्रेस क्षेत्रीय कमिटीबाट पहिलो नम्बरमा सिफारिस भएका थिए।बुधबार साँझ दलबलसहित सर्लाही फिरेका श्रेष्ठसँग चुनावको टिकट त छ, तर कांग्रेसको होइन, एकीकृत माओवादीको । कांग्रेसले अघिल्लो संविधानसभाकै उम्मेदवार सुशीला कार्कीलाई उठाउने बुझेपछि उनी हतारहतार माओवादी छिरेका हुन् । छिर्नासाथ टिकट पनि पाइहाले ।
उक्त क्षेत्रमा एकीकृत माओवादीका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी र सर्लाहीका सहइन्चार्ज मनीष माझीबीच प्रतिस्पर्धा थियो । तर, बाजी मारे दुई दिनअघि पार्टी प्रवेश गरेका श्रेष्ठले। '२०५६ सालदेखि पहिलो नम्बरमा मेरो नाम सिफारिस हुँदै आएको हो,' श्रेष्ठले नागरिकसँग गुनासो गरे, 'कहिल्यै टिकट पाइनँ।'
उनले कांग्रेसको टिकट पाउन निकै प्रयास गरेका थिए । सभापति सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत नेता भेटेर कुरा राखे । 'जो पनि हुन्छ हुन्छ भन्ने, केही नगर्ने,' उनले भने, 'कार्यकर्ताले पनि अब उठ्दैनस् भने तेरो पछि लाग्दिनँ भनेर दबाब दिएपछि सल्लाह गरेर माओवादीमा गएको हुँ ।'
यस्तै अवस्था रह्यो, झापाका भक्ति सिटौलाको पनि।
नेपाली कांग्रेसका टिकट आकांक्षी सिटौला अन्तिम समयमा राप्रपा नेपाल छिरेका छन् । पार्टी प्रवेशसँगै उनले २ नम्बरको टिकट पाइसके । सिटौलालाई राप्रपा नेपाल केन्द्रीय कमिटीले मंगलबार उम्मेदवार मनोनयनपत्र दियो।
नेविसंघका पूर्वसहायक महामन्त्री सिटौला कांग्रेस महाधिवेशन प्रतिनिधि थिए । २०६३ मा सुधीरकुमार सिवाकोटीसँग जिल्ला सभापतिमा पराजित भएका उनी झापा २ बाट सिवाकोटीसँगै सिफारिसमा परेका थिए । पार्टीले सिवाकोटीलाई नै टिकट दियो ।
त्यस्तै, कांग्रेसबाट टिकट नपाएपछि एकीकृत माओवादी छिरेका विराटनगर उपमहानगरपालिका समितिका सचिव बाबुराज ओझाले मोरङ ६ बाट टिकट पाएका छन् । कांग्रेस उम्मेदवारका रूपमा सिफारिस भएका रजिद हैदर दुई दिनअघि मात्रै एकीकृत माओवादी प्रवेश गरेका थिए । उनले महोत्तरी ५ बाट उम्मेदवार बन्ने अवसर पाएका छन् ।
झापा ६ बाट कांग्रेस उम्मेदवार बनेकी फूलमति राजवंशीले भने पाइसकेको टिकट पनि छाडेकी छन् । उनले पार्टीलाई टिकट फिर्ता गरेको बताए पनि कारण भने खुलाउन मानिनन् । निकटका अनुसार चुनाव लड्ने खर्च अभावले उनले टिकट छाडेकी हुन् । कांग्रेसले उक्त क्षेत्रमा रामकुमारी पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
संविधानसभा निर्वाचन निम्ति टिकट दिने विषयमा आन्तरिक किचलोपछि राजनीतिक दलहरूले बल्लतल्ल उम्मेदवारी घोषणा गरे पनि कतिपय क्षेत्रमा असहज स्थिति कायम छ । विभिन्न क्षेत्रमा आधिकारिक उम्मेदवारविरुद्ध विद्रोहका घोषणा पनि भएका छन् । बिहीबार उम्मेदवारी दर्ता हुनुअघि सच्याउने कसरत जारी छ ।
नेकपा (एमाले) सप्तरी जिल्ला कमिटीले उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै नसच्याए सबै सदस्यले सामूहिक राजीनामा दिने धम्की दिएको छ ।
बाँकेमा एमाले कार्यकर्ताले तीन केन्द्रीय सदस्य देवबहादुर सुनार, गौरा प्रसाईं र देवराज भारलाई कार्यालयभित्रै थुनेका छन् । तल्लो कमिटीबाट आएको सिफारिस कार्यान्वयन नगरेको भन्दै असन्तुष्टिसमेत देखिएको छ ।
त्यस्तै, कञ्चनपुर २ मा टिकट परिवर्तन भएपछि अञ्चल कमिटीका ८ सदस्यले विरोध गरेका छन् । स्थायी कमिटीले कृपा राना थारूलाई उम्मेदवार बनाउने निर्णय गरे पनि बुधबार थारूको साटो तारा लामा तामाङलाई टिकट दिइएको छ ।
एकीकृत माओवादीतर्फ कैलाली ६ मा केन्द्रले उम्मेदवार तोक्नुअघि नै स्थानीय कमिटीले घोषणा गरेको थियो । तल्लो कमिटीको तीव्र दबाबपछि पार्टी नेतृत्वले निर्णय सच्याएको छ । एमालेले काठमाडौं १ बाट अभिनेता भुवन केसीको निर्णय रद्ध गर्दै सरिता न्यौपानेलाई उठाउने भएको छ । नुवाकोट २ बाट शोभा श्रेष्ठको ठाउँमा विन्दा ढुंगानालाई उठाउने निर्णय गरेको छ ।
त्यस्तै, टिकट नदिएको भन्दै काठमाडौं ४ की कांग्रेसकी पूर्व सभासद सुप्रभा घिमिरेले पार्टी त्यागेकी छन् । एमाले अध्यक्ष झलनाथ खनालको निजी सचिवालयका सचिव निर्मल भट्टराईले भक्तपुर २ बाट उम्मेदवार बन्ने कोसिस गरेका थिए । टिकट नपाएपछि उनी एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।
(झापाबाट राजु अधिकारी र कञ्चनपुरबाट विक्रम गिरी)