एकीकृत माओवादीको भोजपुरा राज्य समितिमा नवप्रवेशी तथा जनआधार नभएकालाई टिकट दिन लागिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल निवासमा धर्ना दिन पुगेका छन्।लाजिम्पाटस्थित दाहाल निवासमा यतिखेर धर्नामा बारा, पर्सा र रौतहटका करिब ५० नेता कार्यकर्ता पुगेको रौतहट जिल्ला संयोजक अशोक जयसबालले बताए। 'भोजपुरामा आन्तरिक समस्यालाई सम्बोधन नगरी अघि बढेमा अस्विकार्य छ भनेर हामी यहाँ आएका हौं' जयसबालले नागरिकन्यूजसँग भने, 'जनआधार नभएकालाई टिकट दिनु हुदैन भनेर दबाब दिन आएका हौं ।' उनका अनुसार भोजपुरा अन्तर्गतका १७ निर्वाचन क्षेत्रका उम्मेदवारको बारेमा अझै पार्टीले उम्मेदवार टुंगो लगाउन सकेको छैन्।
भोजपुरा अन्तर्गतको पाँचवटा निर्वाचन क्षेत्र मध्ये ४ क्षेत्रमा नवप्रवेशीले टिकट पाउने लगभग सुनिश्चित भए पछि युद्धकालीन र पुर्वजनमोर्चा दुवैको ब्यापक असन्तुष्टी देखिएको छ। पर्सा–१ मा नायिका रेखा थापालाई, दुईमा केही हप्ता अघि मात्रै प्रवेश गरेका बसरुद्धिन अन्सारी, ३ मा राजकिशोर यादव, ४ मा भुमीगत संगठनका नेता प्रल्हाद गिरी र ५ मा एमाले परित्याग गरी गएकी उर्मिला अर्याललाई टिकट दिन लागिए पछि पर्सामा माओवादीमा ब्यापक असन्तुष्टी छ । सबैभन्दा बढी नायिका रेखा थापाको नाममा बिबाद देखिएको नेताहरुको भनाई छ ।
बारामा पुर्वसभासदद्धय जयराम दाहाल र शिबचन्द्र कुशवाहाका आ–आफ्नै सुची केन्द्रमा पठाइएको छ । सोही बिबादका कारण जिल्ला इन्चार्जसमेत रहेका शिबचन्द्र कुशवाहालाई गत बुधवार जिल्ला समितिको संयोजकवाट पदमुक्त गरिएको थियो । भट्टराई पक्षिय कुशवाहालाई जिम्मेवारीवाट हटाइए पछि झन समस्या देखा परेको छ ।
यता, रौतहटमा जिल्ला संयोजक जयसबाल र भोजपुरा इन्चार्ज प्रभु साहका छुट्टाछट्टै उम्मेदवारी सुची केन्द्रमा आएका छन् । एमाले परित्याग गरी गएका शैलैन्द्र साहलाई जयसवालले उम्मेदवार बनाउने खोजेको तर इन्चार्ज साहले भने किरण साहलाई उम्मेदवार बनाउन खोजे पछि त्यहाँ तिव्र बिबाद देखा पर्दै आएको छ । उम्मेदवार छनौट समितिको वैठक चलिरहदाँ भोजपुरा संयोजक छत्रबहादर श्रेष्ठले बेग्लै सुची केन्द्रमा दर्ज गराएका थिए ।