काठमाडौं — राजधानीको ज्ञानेश्वर बस्ने अप्सरा कोइराला दुई महिनादेखि खोकीले ग्रस्त छिन्। उनको घाँटी खस्खसाइरहन्छ। घरिघरि नाक बन्द हुन्छ। सुरुका दुई साता मौसमी बिमारी ठानेर उनी चुप्पै रहिन्। दिन बत्यो, समस्या गएन।उनी वीर अस्पताल पुगिन् । डाक्टरले दिएको खोकी र एन्टिएलर्जीको औषधी खाइन् । तै उनको समस्या जस्ताको तस्तै छ । 'डाक्टरले धुलोको एलर्जी हो भनेका छन्, धुलोबाट बच्नुपर्छ रे,' उनी भन्छिन्, 'राजधानीमा बसेर धुलोबाट कसरी बच्नु ?'
यो समस्या अप्सराको मात्र होइन । वरिष्ठ छातिरोग विशेषज्ञ डा. दीर्घसिंह बमकहाँ दिनहुँ आउने २५–३० जना बिरामीमध्ये झन्डै आधालाई श्वासप्रश्वासको यस्तै समस्या छ । श्वासप्रश्वास, दम, ब्रोङकाइटिस्ट लगायत पेट, मुटु, आँखा र छालाका बिरामीको संख्या पनि बढेको उनी बताउँछन् ।
डा. बम ती सबै बिरामीलाई एउटै सल्लाह दिन्छन्– धुलोबाट बच्नू ।
धुलोधूवाँ र अन्य विभिन्न किसिमका प्रदूषण राजधानीका लागि नौलो होइन । तर, यही प्रदूषणलाई पचाएर बसेकाहरूमा एक्कासि श्वासप्रश्वासको समस्या ह्वात्तै बढ्नुको कारण के हो त ?
डाक्टरहरू सडक विस्तार क्रममा भइरहेको निर्माण र त्यसबाट निस्केको धुलोलाई मुख्य कारण मान्छन् । राजधानी धुलाम्मे हुन थालेको दिनदेखि अस्पतालमा जुन खालको रोगका बिरामी बढेका छन्, त्यसले पनि धुलोकै असर हो भन्ने पुष्टि गर्छ ।
लामो समय निको नहुने रूघाखोकी, श्वासप्रश्वास नलीको माथिल्लो भागमा पिनास, टन्सिल र तल्लो भागमा निमोनिय, ब्रोन्काइटिस, दम, घाँटीको एलर्जी र श्वासनलीको संक्रमणका बिरामी बढेका छन् । धुलो र धूवाँमा लामो समय उठबस गर्दा यस्तो समस्या हुने गरेको डाक्टरहरू बताउँछन् । यतिमात्र होइन, यस्ता संक्रमण बिग्रिएर उत्पन्न दमका बिरामीसमेत बढिरहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अस्पताल भर्ना हुनुका आठ मुख्य कारणमध्ये चिसोसँग सम्बन्धित रोग निमोनिया चौथो नम्बरमा र दम तथा खोकी छैठौं नम्बरमा छ । काठमाडौंको धुलाम्मे वातावरणबीच चिसो मौसम सुरु हुन लागेकाले निमोनियाको जोखिम बढेको डाक्टरहरू बताउँछन् । त्यस्तै, अस्पताल भर्ना भएपछि हुने मृत्युका प्रमुख तीन कारणमध्ये बच्चामा रुघाखोकी र वयस्कमा श्वासप्रश्वास संक्रमण पर्छ ।
नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको ३० प्रतिशत कारक पनि चिसोका कारण हुने श्वासप्रश्वासजन्य रोग नै हो ।
'काठमाडौं यसै पनि प्रदूषित सहर हो, तर अहिलेजस्तो बिरामी ह्वात्तै बढेको थिएन,' डा. बम भन्छन् । पुराना सवारी साधन, कलकारखानाबाट निस्कने धुलो र धूवाँले काठमाडौंलाई वर्षौंदेखि प्रदूषित सहरका रूपमा चिनाएकोमा पछिल्लो समय निर्माणाधीन सडकको धुलोले स्वास्थ्य समस्या थप जटिल बनाउँदै लगेको उनले बताए । 'यो धुलोधूवाँबाट बच्चा र वृद्धवृद्धालाई जोगाउन बेलैमा सावधानी अपनाउनुपर्छ, नभए जोखिमपूर्ण स्वास्थ्य समस्या देखिनसक्छ,' उनले भने ।
वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. एई अन्सारीले दुई वर्षदेखि ओपिडीमा धुलोबाट हुने संक्रमण र समस्याका बिरामी लगातार बढिरहेको जानकारी दिए । 'वीरको ओपिडीमा ५० जना बिरामी हेर्दा १०÷१२ जना श्वासप्रश्वासकै हुन्छन्,' डा. अन्सारीले भने, 'यस्ता बिरामीको संख्या अन्य चिकित्सकका ओपिडीमा पनि उत्तिकै छ ।'
श्वासप्रश्वाससम्बन्धी यस्ता बिरामीको संख्या केही दिन पानी पर्नासाथ घट्ने र घाम लागेपछि ह्वात्तै बढ्ने गरेको अनुभव पनि उनले सुनाए । यसले पनि रोगको मुख्य कारण धुलो नै देखिने उनको भनाइ छ । 'पानी पर्नासाथ धुलो ढाकिने हुँदा संक्रमण घट्छ, घाममा फेरि बुङबुङती उड्न थाल्छ, रोगले समातिहाल्छ,' डाक्टरहरू भन्छन् ।
टिचिङ अस्पतालका श्वासप्रश्वास रोग विशेषज्ञ डा. सन्तुकुमार दासले बढ्दो धुलोका कारण 'ब्रोङक्याल आस्थामा'का बिरामी बढेको बताए । ओपिडीमा आउनेमध्ये १० देखि १५ प्रतिशत बिरामी धुलोकै कारण सिर्जना भएका श्वासप्रश्वासजन्य रोगग्रस्त हुने गरेको उनको अनुभव छ ।
'यही समस्या दीर्घ रूपमा दममा परिणत हुने गरेको छ,' उनले भने, 'यस्तो समस्या लामो समय रहिरह्यो भने दम नभएकाहरूमा पनि दममा परिणत हुन्छ ।' हिँडडुल गर्दा मास्क लगाउने र मोटरसाइकलमा चढ्नेले भाइजरको प्रयोग गरे मात्रै पनि धुलोबाट हुनसक्ने विभिन्न किसिमका संक्रमणको जोखिमबाट बच्न सकिने उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वर्षको ०.४ ग्राम धुलोले नै मानव स्वास्थ्यमा असर गर्छ । सडक विस्तारका कारण थपिएको बाहेक सामान्य अवस्थामा पनि काठमाडौंका सडकमा हिँड्नेले वर्षको कम्तीमा २ ग्राम धुलो खाइरहेको एक अध्ययनले देखाएको थियो । अहिले ठ्याक्कै अध्ययन नभए पनि यो परिमाण वृद्धि भएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
'एक वर्षअघिको तुलनामा झन् भयावह अवस्था छ,' नेपाल रिसर्च काउन्सिलका पूर्वअध्यक्ष डा. चोपलाल भुषालले भने, 'धेरै सडक भत्काइएको अवस्थामा हावामा धुलोको मात्रा बढेको छ । कति बढेको छ, यकिन भन्न सकिन्न ।'
डा. बमका अनुसार श्वासप्रश्वास प्रणालीमा समस्या आएपछि त्यसले सोझै मुटुमा असर गर्छ । यसले मधुमेह, दम, दोहोरिइरहने निमोनिया, कोलेस्ट्रलको जोखिम बढ्नुका साथै मिर्गौलाका रोगीमा फोक्सोले राम्रोसँग काम गर्न नपाएपछि मुटुसमेत बिग्रिने खतरा हुन्छ । 'फोक्सोका क्रोनिक समस्या भएकाहरूमा मुटु बिग्रिने र मुटुरोगीको फोक्सोमा असर पर्ने खतरा हुन्छ,' डा. बमले भने, 'त्यस्ता बिरामी थुप्रै भेटिन्छन् ।'
प्रत्येक महिना चार–पाँचजना बिरामी खोकी बिग्रिएर दममा परिणत हुने अवस्थामा मात्रै आफूकहाँ आइपुग्ने गरेको डा. बमको अनुभव छ । टन्सिलको समस्या पनि त्यत्तिकै बढेको चिकित्सकहरूले बताएका छन् । 'धुलाका साना कण श्वासयन्त्र र घाँटीसम्मै पुग्छन्, जसले घाँटीको संक्रमण बढाउँछ,' डा. दासले भने ।
धुलोको असर श्वासप्रश्वास नली, नाक र घाँटीमा देखिए पनि यसले चौतर्फी असर पारिरहेको हुन्छ । सामान्यतया रुघाखोकीजस्ता 'सिजन फ्लु'हरू साताभित्र निको हुने गरेकामा धुलोकै कारण महिनौंसम्म दुःख दिने गरेको वीर अस्पतालका फिजिसियन डा. भूपेन्द्रकुमार बस्नेत बताउँछन् ।
'धुलोमा थुप्रै रोग गराउने भाइरस र ब्याक्टेरिया हुन्छन्,' उनले भने, 'यो धुलोसँगै हाम्रो शरीरको पाचन प्रणालीसम्म पुग्छ ।' उनका अनुसार पेटका दीर्घरोग, तत्कालीन झाडापखाला, जन्डिस र टाइफाइडका बिरामी पनि धुलोकै कारण बढेका छन् ।
डाक्टरहरूले धुलोका कारण मानसिक समस्यासमेत बढ्ने बताएका छन् । 'धुलोले टाउको दुख्ने र तातो भएर आउने र चिड्चिडाहट बढाउनुका साथै अनिद्राको समस्या ल्याउँछ,' डा. बमले भने, 'मानसिक समस्याको कारण यही हो ।' विकासका नाममा भइरहेको सडक विस्तारले राजधानीबासीमा रोग पनि सँगसँगै बढाइरहेको उनले टिप्पणी गरे ।
चिसो मौसमको सुरुआतसँगै वृद्ध, बालबालिका र अन्य दीर्घरोगका बिरामीमा धुलोले झन् जोखिम थप्ने उनले बताए । 'चिसो मौसममा बढी निमोनिया, ब्रोङकाइटिस, एलर्जी राइनाइटिस, फोक्सो र नाकको समस्या बढी देखिन्छ, धुलोले त्यही असर थप्दा भयवह अवस्था आउनसक्छ,' उनले भने ।
विभिन्न अध्ययनअनुसार काठमाडौंमा धुलोका कण अत्यधिक छ। त्यसैगरी १० माइक्रोमिटरभन्दा साना धुलाका कणको मात्रा राष्ट्रिय मापदण्डभन्दा ५ गुणा बढी छ। यस्ता कण श्वासनलीमा सिधै प्रवेश गर्नसक्छन् भने २.५ माइक्रोमिटर त फोक्सोसम्मै पुग्छ । उपत्यकाको हावामा फोक्सोमै पुग्नसक्ने कण पनि ठूलो संख्यामा भएको वातावरण मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा धुलोको मात्रा