तातोपानी नाका फेरि सामान्यतर्फ
०४ असोज २०७०
•
८ मिनेट पाठ
तातोपानी नाका फेरि सामान्यतर्फ
सिन्धुपाल्चोक - राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग नियन्त्रण आयोगले एकैपटक १३ मालबाहक कन्टेनर भ्यान नियन्त्रणमा लिएपछि सातादेखि सुनसान तातोपानी नाकामा चहलपहल सुरु भएको छ।
घटनालगत्तै राजधानी पुगेका व्यापारी कन्टेनर छुटेपछि शुक्रबारबाट नाका फर्कन थालेका छन्। सातादेखि अवरुद्ध आयात कारोबार भने सुरु भइसकेको छैन। दसैं नजिकिएकाले आइतबारबाट कारोबारमा फर्कने व्यापारीले बताए।
अनियमितता गरेको शंकामा गत साता अख्तियारले अरनिको राजमार्गबाट कन्टेनर नियन्त्रणमा लिएपछि व्यापारी नाकाको कारोबार छाडेर राजधानी पुगेका थिए। एउटै कन्टेनरमा धेरै व्यवसायिक फार्म र व्यक्तिको सामग्री रहेकाले अधिकांश व्यापारी नाकामा थिएनन्। अनियमितता नभेटेपछि अनुसन्धान प्रक्रिया जारी रहने गरी धरौटी बुझाएर बिहीबार कन्टेनर छुटेका थिए।
'साता लामो तनावबाट मुक्ति मिलेकाले आइतबारदेखि व्यापारमा फर्कन्छौं,' आयातकर्ता निमफुन्जो शेर्पाले भने। नाकामा सामान छुटाउने व्यक्ति नहुँदा दसैंका लागि आएका सामग्री खासास्थित गोदाममै थन्किएका छन्। खासाको प्रशासनिक प्रक्रिया पूरा गरेका झन्डै ३ सय भ्यान चिनियाँ भू–भागमा रोकिएका छन्। ती भ्यान शनिबारबाट तातोपानी भन्सार यार्डतिर झर्न सुरु गर्ने व्यापारीले बताए। स्याल, लसुनलगायत कृषि उपज र भरियामार्फत ओसारिएका केही सामग्रीबाहेक तयारी पोशाक जस्ता मुख्य सामग्रीको आयात यसबीचमा ठप्पप्रायः रह्यो। नाकाबाट दैनिक ५०–६० कन्टेनर छुट्ने गरेकोमा आधा घट्यो। स्याउ, लसुन बोकेका २०–२५ मिनिकन्टेनर मात्र राजधानी भित्रिए। सबै कर्मचारी कार्यालयमा बसे पनि व्यापारी कारोबार गर्न नआएको तातोपानी भन्सारले जनाएको छ। भन्सारले दैनिक ३ करोडका दरले असुल्दै आएको राजस्व संकलन प्रभावित बन्यो।
 बढ्दो अमेरिकी डलर, चिनियाँ युआन मूल्यलगायत कारण यस वर्ष प्रयाप्त दसैं लक्ष्यित सामग्री भित्रिन सकेका छैनन्। ९० को विन्दुमा रहेको डलर मूल्य सयबाट उक्लन थालेपछि व्यापारीले साउन अन्तिम साताबाटै सामग्री अर्डर बन्द गरेका थिए। १ सय नौ रुपैयाँ पुगेको डलर मूल्य सयको बिन्दुबाट घटेपछि व्यापारी अर्डरका लागि कस्सिन थालेका छन्। 'अब अर्डर गरिएका सामग्री दसैंमा नआइपुग्ने भएकाले चाडबाड मौसमका सामग्री मगाइन्न,' सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने, 'यसपटक दसैंमा चिनियाँ सामग्रीको अभावमात्र हुँदैन, उपभोक्ताले चर्को मूल्य पनि तिर्नुपर्ने छ।'
उनले गत वर्षको दसैंको सिजनको तुलनामा यस वर्ष आयात झण्डै ५० प्रतिशतले कटौती भएको जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुसार व्यापारीले साउनदेखि नै आयात चौथाइले घटाएका थिए। 'चिनियाँ सहरबाट एक पटकमा चार कन्टेनर सामग्री छुटाउने व्यापारी एक–डेढ कन्टेनर मात्र ल्याए,' उनले भने। विगत वर्षमा दसैंको डेढ–दुई महिना अघिदेखि चाडबाट लक्ष्यित सामग्रीको अर्डर आयात हुन्थ्यो। सँधै अस्थीर रहिरहने डलर र युआनको भाउ घट्ने आशमा पर्ख र हेरको नीतिमा बसेका व्यापारीले पर्खंदा–पर्खंदै अर्डर गर्न पाएनन्। 'दसैंलाई सामग्री अर्डर गर्ने समय खुस्क्यो,' व्यापारी अर्जुन सापकोटाले भने, 'यसअघि आएका सामानमै उपभोक्ताले चित्त बुझाउनु पर्नेछ।' पुरानो दरमा अर्डर गरिएको सीमित सामानमात्र खासाको गोदाममा रहेको उनले जानकारी दिए।
तातोपानी भन्सार प्रमुख अधिकृत मिमांस अधिकारीले पनि सामग्री आयात प्रवाह यस वर्ष स्वाट्टै घटेको बताए। 'गत वर्षको भदौमा ९ सय ८२ कन्टेनर सामग्री भित्रिएकोमा यो भदौमा १ सय १९ कन्टेनर मात्र भित्रिए,' उनले भने।

सामग्री, डलर र घोर्मु सबैको मूल्य बढेकाले यो वर्ष चिनियाँ सामग्री २५ प्रतिशतसम्म महंगिएको उनले बताए। चीनको सांघाइ, ग्वाञ्जाओ लगायत सहरबाट भित्रने सामग्रीको मूल्य त्यहीँ बृद्धि भएको छ। गत दसैंमा डलर मूल्य ८५–८८ थियो भने चिनियाँ युआन (घोर्मु) १३ रुपैयाँ। अहिले डलर मुल्य घटेपछि १ सयको हाराहारीमा छ भने युआनको सटही दर १७ पुगेको छ। डलर मूल्य अझै केही घट्न सक्ने भएपनि दसैंमा चिनियाँ सामग्री २०–२५ प्रतिशतले महंगोपर्ने व्यापारीले बताएका छन्।
चिनियाँ सामग्री न्यून गुणस्तरको हुने र यसका उपभोक्ता निम्न आय भएका नेपाली रहने भएकाले अर्डर रोक्नु परेको उनीहरुको भनाईँ छ। चिनियाँ सामग्रीले अधिकांश नेपाली बजार हिस्सा ओगट्दै आएको छ। 'उपभोक्तको क्रय शक्ति बढेको छैन। यस्तोमा महंगोमा सामग्री ल्याउनु भनेको व्यासायिक जोखिम मोल्नु हो,' उनीहरु भन्छन्।
उद्योग वाणिज्य संका प्रथम उपाध्यक्ष समेत रहेका शेर्पाले राजस्व, अख्तियार र प्रहरी जस्ता राज्यका फरक–फरक निकायले यहाँका व्यापारीलाई शंका र अविश्वासको दृष्टिले हेर्दा पनि यस पटक पर्याप्त सामग्री आयत नहुने अवस्था सिर्जना गरेको तर्क गरे। 'अख्तियारले मध्यरात सडकबाट १३ कन्टेनर उठाएर लग्यो। तर त्यहाँ केही गल्ति भेटिएन। कारोवार गर्नुपर्ने व्यापारी काठमाडौंमा थन्किनु पर्‍यो,' उनले पछिल्लो घटनाको उदाहरण दिंदै भने। पछिल्लो समय सुन बोकेको र अनियमितता गरेको आशंकामा राजस्व, अख्तियार र प्रहरीले तातोपानीका कन्टेनर पटक–पटक नियन्त्रण लिंदै आएका छन्। गत फागुन अन्तिम साता मात्र अख्तियारले यहाँका २१ मालबाहक कन्टेनर नियन्त्रणमा लिएको थियो। 'राज्यले शंका गर्नु उचित भएपनि केही घटनाले यहाँका व्यापारीमाथि तियत राखेको त्रसित बनाउन खोजेको शेर्पाले आरोप लगाए। 'ढुक्कले काम गर्ने वातावरण छैन। त्रास मोलेर काम गर्ने मनस्थितिमा व्यापारी छैनन,' उनले गुनासो गरे।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस