काठमाडौं— समीकरण र अंकगणित साफ च्याम्पियनसिप फुटबलको समूह 'ए' मा चासोको विषय बनेको छ। दुई चरणका खेल सकिँदा समूहका सबै चार टोलीको सेमिफाइनल पुग्ने सम्भावना खुला रहनुले समीकरण हिसाब गर्न सबै टोली र तिनका समर्थक व्यस्त छन्।कस्ले जिते के होला ? बराबरीको फाइदा कसलाई पुग्ला ? आफू नखेलेको खेलको नतिजाले असर गर्ने भएकाले सबै टोलीमा समान आशा र चिन्ता छ । तर, चौतर्फी सम्भावना रहँदा पनि सबैभन्दा सुरक्षित अवस्थामा नेपाल र भारत छन् । दशरथ रंगशालामा आज बिहीबार एकअर्काविरुद्ध उत्रने यी दुईबीच बराबरी नतिजा निस्किए सोझै दुवै सेमिफाइनल पुग्ने छन् । हल्चोकमा पाकिस्तान र बंगलादेशबीच हुने खेलको नतिजा अर्थहीन बन्नेछ ।
रंगशालामा दुईमध्ये एकले जितेको खण्डमा जित्ने टोली सेमिफाइनल पुग्नेछ भने हार्नेको भविष्य हल्चोकको नतिजाले निर्धारण गर्नेछ । प्रतियोगिता नियमावलीअनुसार समूहका शीर्ष दुई सेमिफाइनल पुग्ने छन् । अंकका आधारमा शीर्ष दुई टोलीको स्पष्ट निर्णय नआए अंक बराबर हुने टोलीबीच हेड–टु–हेडका आधारमा सेमिफाइनल पुग्नेको टुंगो लाग्नेछ । त्यो नभए गोलअन्तर, गोलअन्तर पनि बराबर भए बढी गोल गर्ने, त्यो पनि बराबर भए टसबाट सेमिफाइनल पुग्ने टोली छानिने व्यवस्था छ ।
त्यसैले नेपाल र भारत रंगशालामा उत्रँदा एकमात्र लक्ष्य नहार्ने हुनेछ । नहार्न सुरक्षित खेल्दा नतिजा हात लागे विजेता बनेर अघि बढ्ने उद्देश्यमा कोही चुक्ने छैन । इतिहास नेपालको पक्षमा छैन । अहिलेसम्म खेलका १३ मध्ये १० खेल भारतले जितेको छ । नेपालले दुई जितमा सन्तोष मान्नुपरेको छ । गत बर्ष नेहरु कपमा दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । नेपालले २० वर्षअघि भारतलाई हराएर छैटौं दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेको थियो । त्यसयता नेपाल उपाधिविहीन छ । तर सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं साफमा नेपालले भारतलाई ४–० को नतिजा सुम्पेको थियो । नेपालले पछिल्लोपल्ट २००६ को च्यालेन्ज कपमा भारतलाई ३–० ले हराएको हो । त्यसपछिका ४ खेल नेपालले जित्न सकेको छैन । तथापि भारत पनि यसपटक विगतमा झै प्रभावशाली देखिएको छैन, जसले नेपाललाई आशावादी बनाएको छ ।
पाकिस्तानसँग १–० को जित पाउन आत्मघाती गोलको भर परेको भारतले दोस्रो खेलमा बंगलादेशसँग भाग्यले अंक लिन सकेको थियो । कप्तान सुनील क्षेत्रीले खेलको अन्तिम सिठी बज्न २० सेकेन्ड बाँकी हुँदा फ्रिकिकमा गोल गरेपछि भारत १–१ को बराबरी लायक बनेको थियो । त्यसैले घरेलु मैदानमा समर्थकको साथ र लामो तयारीले तिखारिएको नेपाल चिरप्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजा आउनेमा आशावादी छ ।
नेपालका प्रशिक्षक ज्याक स्टेफानोस्कीले भारतसँग जितका लागि खेल्ने बताएका छन् । पाकिस्तानसँग बराबरी गरेपछि उत्साहित उनले भारतलाई हराएर समूह विजेता बन्ने दाबी गरे । 'हामी उपाधि दौडको टोली हौं । भारतसँग हामीलाई जित जरुरी छ । त्यसकै लागि खेल्ने छौं,' स्टेफानोस्कीले भनेका थिए, 'हामीसँग २० हजार दर्शक अतिरिक्त खेलाडीमा सधैँ साथ छन् । उनीहरूले पूरा समय टोलीलाई हौस्याइरहेका छन् । यही फाइदाबाट हामी सुखद नतिजा निकाल्नेमा आशावादी छौं ।'
भारतका डच प्रशिक्षक विन कोभरम्यान्सको प्रतियोगितामा सधैँ एउटै भनाइ रहँदै आएको छ । प्रत्येक खेललाई फाइनल मान्ने उनले बंगलादेशसँगको भाग्यशाली बराबरीपछि भनेका थिए, 'उपाधि रक्षा हाम्रो अभियान हो । त्यसका लागि सेमिफाइनल पुग्नु जरुरी छ र सेमिफाइनल पुग्न नेपालसँग खेल्दा अनुकूल नतिजा ल्याउनुपर्छ ।'
दक्षिण एसियाका सबै टोलीको स्तर उस्तै भएको बताउँदै नेपालसँग घरेलु समर्थकको साथ रहने भएकाले आफूलाई कठिन हुन सक्नेमा कोभरम्यान्स सचेत छन् । भन्छन्, 'फुटबलमा घरेलु टोलीसँग खेल्न सधँै गाह्रो हुन्छ । नेपालसँग पनि २० हजार दर्शक साथ रहन्छ ।'
बंगलादेश र पाकिस्तानको अवस्था बढी गम्भीर छ । सेमिफाइनल पुग्ने आशा कायम राख्न पनि दुवैसँग बिहीबार जितको विकल्प हुने छैन । बराबरीसम्मको नतिजाले दुवैलाई समूह चरणबाटै घर फर्काउने छ । त्यसैले १९७१ को स्वतन्त्रतापछिको प्रतिद्वन्द्वीता 'गर् या मर्' को अवस्थामा रहेका दुई देशबीच बिहीबार हल्चोकमा देख्न पाइने छ । ४२ वर्षअघि बंगलादेश पाकिस्तानबाटै छुट्टिएर स्वतन्त्र भएको थियो ।
सेमिफाइनल पुग्ने सम्भावना आफ्नो तर्फबाट जोगाउन जितको विकल्प नरहेका पूर्वविजेता बंगलादेश र पाकिस्तान दुवैको खातामा समान एक अंक छ । बंगलादेशले भारत तथा पाकिस्तानले नेपालसँग बराबरी खेल्दै अंक जोडेका थिए । पराजित भएकै खेलमा पनि दुवैको प्रदर्शन तारिफयोग्य थियो ।
बंगलादेशका डच प्रशिक्षक लाउडविच डी क्राएफले भारतसँग दुर्भाग्यजनक रूपमा जितबाट विमुख हुनुपरेको बताउँदै अन्तिम खेलमा सबै बल लगाउने बताएका छन् । पाकिस्तानी प्रशिक्षक सजाद अनवरको भनाइ पनि त्यस्तै थियो । 'अन्तिम समयमा दुर्भाग्यपूर्ण गोल खाएर आज जित्न सकिएन । अझै प्रतियोगितामा हाम्रो सम्भावना छ । अन्तिम खेलबाट हामी त्यो सम्भावना खोज्ने छौं,' उनले मंगलबार नेपालसँग १–१ को बराबरीमा रोकिएपछि भनेका थिए ।