विज्ञ डाक्टर पढ्न सवा करोड
०७ असार २०७०
•
१२ मिनेट पाठ
विज्ञ डाक्टर पढ्न सवा करोड
काठमाडौं–चिकित्सा क्षेत्रमा विज्ञता हासिल गर्न नेपालमै पढ्ने सुविधा छ, तर त्यो सुविधा कति डाक्टरले उपभोग गर्न सक्छन्?
विश्वविद्यालयले शुल्क नतोक्दा नेपालमा विशेषज्ञ तह (पिजी) अध्ययन शुल्कमा निजी क्षेत्रको मनपर्दी छ।चर्काे शुल्कले निजीबाटै भए पनि देशमै विशेषज्ञ डाक्टर कोर्स गर्न खोज्नेको चाहना 'आकाशको फल' बन्दैछ।
ठूलो र बूढो वीर अस्पतालमा विशेषज्ञ डाक्टर पढ्न बढीमा २० लाख शुल्क तिरेपुग्छ। यही सुविधा लिन निजी क्षेत्रका मेडिकल कलेजमा भने करोडभन्दा बढी खर्चनुपर्छ। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले हालै रेडियोलोजीमा विशेषज्ञता हासिल गर्ने तीनवर्षे कोर्सको शुल्क एक करोड २० लाख तोकेको छ।
विकसित देशमा यो तह पढ्नेले कुनै शुल्क तिर्नुपर्दैन, प्राध्यापकमातहत अस्पतालमै बसेर अभ्यास गर्दै पढिने (रेजिडेन्सी) कोर्स भएकाले आफूले तिरेको शुल्कभन्दा बढी तलबभत्ता पाउँछन्। नेपालका कतिपय निजी कलेजले सीमित भत्ता त दिन्छन्, तर त्यसको कयौ गुना शुल्क असुल्छन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको युनिर्भसलले रेडियोलोजी सिटलाई १ करोड २० लाख शुल्क तोक्यो। आइओएमको शुल्क तिर्नुपर्ने कोटा (पेइङ) मा तीनवर्षे कोर्सको २० लाख ८५ हजार र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा १९ लाख तिरेपुग्छ। यी दुवै संस्थामा ठूलो संख्यामा आशिंक शुल्क र निःशुल्क सिटसमेत उपलब्ध छ।
सरकारी नै भए पनि बिपिकेआइएसएस, धरानमा तीन वर्षको शुल्क ४६ लाख ५० हजार रुपैयाँमात्र छ। केयुले आफूमातहत ८ मेडिकल कलेजमा बराबरी २५ लाख शुल्क तोकेको छ।
युनिभर्सलको भर्ना शाखामा कार्यरत एक कर्मचारीका अनुसार रेडियोलोजी पढ्न तीन वर्षको १ करोड २० लाख बुझाउनुपर्छ। कलेजले अर्थोपेडिक्समा ७५ लाख, इन्टरनल मेडिसिनमा ६० लाख र स्त्री तथा प्रसूति रोगमा विशेषज्ञता हासिल गर्न ५० लाख शुल्क निर्धारण गरेको उनले जानकारी दिए। कलेजका प्रबन्धनिर्देशक खुमा अर्यालले शुल्क निर्धारणको आधार बताउन चाहेनन्। 'मलाई थाहा हुन्न, शुल्क तोक्ने आधार त कलेजमा फोन गरेर प्रिन्सिपललाई सोध्नुस्,' उनले भने। त्रिविअन्तर्गतकै अर्को निजी क्षेत्रको नेसनल मेडिकल कलेज, वीरगन्जले रेडियोलोजीमा ७० लाख शुल्क तोकेको छ। कलेजले अर्थोमा ६० लाख र गाइनोमा ५० लाख शुल्क तोकेको  भर्ना शाखाका कर्मचारीले जानकारी दिए।
यस कलेजमा रेडियोलोजी, नाक, कान र घाँटी, प्याथोलोजी र मानसिक रोग विषयमा अझै भर्ना सिट बाँकी रहेको जानकारी ती कर्मचारीले दिए। उच्च माग भएका रेडियोलोजी, अर्थोपेडिक्सजस्ता विषयमा शुल्कमा अझै मनपरी छ।
कलेजका सञ्चालकले मनपर्दी शुल्क तोक्दा पनि आइओएम मौन बसेको भन्दै काउन्सिलका अधिकारीले समेत आक्रोश व्यक्त गरेका छन्। मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल कलेजहरुले मनपर्दी शुल्क लिएको कुरा सतहमा आउँदा पनि आइओएमले कुनै कदम नचालेको बताए। 'टिम राम्रो आएको अवस्थामा पनि शुल्क निर्धारणका लागि केही गरेर देखाउन सक्नुभएन,' उनले भने।
केयुले शुल्क तोके पनि निजी कलेजको दबाब एवं प्रलोभनमा परेर आइओएमका पदाधिकारीले शुल्कसीमा नतोकेको आइओएमका वरिष्ठ प्राध्यापकहरु बताउँछन्। केयुले विद्यार्थी भर्ना लिँदासमेत म्यारिटलाई आधार तोके पनि आइओएमले सिटभन्दा बढी विद्यार्थी पास गराइदिएर जसले बढी पैसा तिर्छ, उसले पढ्न पाउने अवस्था सिर्जना गरिदिएको काउन्सिलका एक अधिकारीले जनाए।
केयुअन्तर्गतका ८ मेडिकल कलेजमा पिजी तहको पढाइ हुन्छ। ती कलेजमा १८ विषयका २ सय ५० सिट छन्। केयुअन्तर्गतका कलेजमा एमडी पढ्न म्यारिटमा अगाडि पढेका विद्यार्थीले प्राथमिकता पाउँछन्। गएका वर्षहरुमा कलेजहरुले जथाभावी शुल्क लिँदा क्षमतावानले अवसर गुमाउने अवस्था आएकाले आफूहरुले शुल्क तोकेको केयुका प्राज्ञिक डिन डा. भागवत नेपालले बताए। 'युरोप–अमेरिकामा पिजी पढ्नेले अस्पतालमा फुल टाइम काम गर्छन्, पैसा तिर्नुपर्दैन, बरु पैसा पाउँछन्,' उनले भने, 'यहाँ हामीले आँट गरेर तोक्यौं, चौतर्फी आक्रमण सहनुपर्‍यो।'
आइओएममा २५ फ्याकल्टी (विषय) अन्तर्गतको १ सय १७ सिटका लागि  यस वर्ष १ हजार ८ सय ५० लेे प्रवेश परीक्षामा दिएकोमा ७ सय ६९ जना उत्तीर्ण भएका थिए। तीमध्ये करिब ६० सिट आइओएम र बाँकी निजी मेडिकल कलेजले भर्ना लिन्छन्। त्रिविअन्तर्गत युनिभर्सल र नेसनलले मात्र स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्छन्।
न्याम्स र आइओएममा क्षमता र उच्च प्रतिस्पर्धाका आधारमा छनोट हुने र शुल्कसमेत कम लाग्ने भएकाले राम्रा चिकित्सक उत्पादन भए पनि निजी कलेजमा सबैभन्दा बढी पैसा तिर्न सक्नेले भर्ना पाउँदा कमजोर विद्यार्थी प्राथमिकतामा पर्ने सम्भावना बढ्छ।
आइओएममा २० लाख ८५ तिरेर पढ्ने विद्यार्थीले पनि अस्पतालमा पुर्‍याएको सेवाबापत मासिक २६ हजार तलब (स्टपेन्ड) पाउँछन्। आंशिक सहुलियतमा पढ्नेले १२ लाखमात्रै तिर्नुपर्छ। न्याम्सका अस्पतालमा पुर्‍याएको सेवास्वरुप २१ हजार पाउँछन्। कतिपय निजी कलेजले यस्तो शुल्कसमेत नदिने सर्तमा विद्यार्थी सहमत गराउने गरेका छन्। सहायक डिन डा. शरद वन्तले मेडिकल शिक्षालाई राज्यले खुलाबजार नीतिअनुसार छाडेको भन्दै विद्यार्थीको मागका आधारमा शुल्क लिइरहेको हुनसक्ने बताए। शुल्क निश्चित गरेर केही पैसा लिइसकेपछि पनि बढी पैसा दिने विद्यार्थी आए पहिलोको भर्ना रद्द गरिएका घटनासमेत आफूले जानकारी पाएको वन्तले जनाए।
म्यारिटमा अगाडि परेका कलेजको पूर्वाधार एवं बिरामीको संख्याका आधारमा एकजना प्राध्यापकमातहत अन्य सह र सहायक प्राध्यापकको संख्या हेरेर एकदेखि ३ जनासम्म विद्यार्थी कोटा दिने प्रचलन छ। पूर्वाधार नभएका कलेजलाई पनि जथाभावी कोटा दिने र तिनले बढी शुल्क लिएर विदेशी विद्यार्थी भर्ना लिने गरेको सञ्चालकहरु नै स्विकार्छन्। 'नेपाली नआए विदेशी आउँछन्, उनीहरुसँग त बढी शुल्क लिनैपर्‍यो,' युनिभर्सलका प्रशासन प्रमुख दिवकर पाण्डे भन्छन्।
आइओएमबाट प्रवेश परीक्षा पास गरेर पनि चर्को शुल्क तिर्न नसक्ने विद्यार्थी निजीमा पढ्न सक्दैनन्। उनीहरु विशेषज्ञ कोर्स लिन बिदेसिने गर्छन्।
मनपरी शुल्कविरुद्ध विद्यार्थीमा आक्रोश बढ्दो छ। अहिले केही विद्यार्थी कलेज प्रशासनबाट भएका शुल्कको बार्गेनिङ श्रव्य रेकर्ड सुनाउँदै नेपाल चिकित्सक संघ र मेडिकल काउन्सिलका पदाधिकारीसम्म गुहार्दैछन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालीमा पिजी पढ्ने नाममा विद्यार्थी लुटिइरहेको बताए। शुल्कसीमा निर्धारण गर्न आफूले आइओएममा पटकपटक लिखित आग्रह गरे पनि सुनुवाइ नभएको उनले सुनाए। 'क्षमताभन्दा पैसाका आधारमा विशेषज्ञ बन्ने अवस्था आउँँदा पनि प्राज्ञिक संस्था मौन बस्नु लाजमर्दो छ,' झाले भने।
आइओएमका डिन डा. प्रकाश सायमीले मनपर्दी शुल्क लिइएको सुनिए पनि लिखित उजुरी नआएको बताए। 'लिखित गुनासो आए सोच्न सकिन्छ,' उनले भने।
छात्रवृत्तिमा पिजी पढ्न चीन जाने तयारीमा रहेका डा. कालुसिंह खत्रीले आफ्ना साथीहरु डरले सञ्चारमाध्यममा खुल्न नचाहेको बताए। उनले विश्वविद्यालय प्रशासन र काउन्सिल कलेजहरुको मनपर्दीको साक्षीमात्रै बनेको आरोप लगाए। 'यो मनपर्दीविरुद्ध विद्यार्थीहरु बोल्न डराइरहेका छन्, हामीसँग सबैको रेकर्ड छ, तर अधिकांश कलेज गुण्डागर्दी र दादागिरीको भरमा चलेका छन्।' आवश्यक परे प्रमाण लिएर अदालत जाने उनले चेतावनी दिए।
वन्तले निजीमा शुल्क तोक्ने काम सजिलो नभएको बताए। 'पिजीमा मात्रै कुरा गरेर हुन्न, अरु मेडिकल विषयको पनि कुरा सँगै उठाएर गम्भीर बहस गर्नु जरुरी छ,' उनले भने, 'धरानमा पढ्ने विदेशीले एक वर्षकै ४५ हजार डलर तिर्नुपर्छ, यस्तो अवस्थामा हामीले निजीमा सीमा कसरी तोक्ने?,' वन्तले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस