एकसरो कपडा, एक छाक खाना
२४ जेष्ठ २०७०
•
२२ मिनेट पाठ
एकसरो कपडा, एक छाक खाना
सुरेन्द्र पौडेल - 'भारत हुँदै नजाऊ भन्यो मान्दैनन्,' पपुवा न्युगिनी (पिएनजी) मा २७ दिन जेल बसेर फर्केको डेढ महिनापछि बाग्लुङ उपौलचौर–११ का दीपबहादुर केसीले भने। आफूले जस्तै दुःख अरूले नपाऊन् भन्ने उनको चाह हो। तर, अर्ती दिँदा अर्कै अर्थ लाग्छ। 'धेरै कमाएर ल्याऊला भन्ने डाह लाग्यो कि क्या हो,' दुई साताअघि दलालमार्फत् दिल्ली हुँदै पिएनजी जान तम्सिएका एक जिल्लावासीलाई सम्झाउन खोज्दा उनले उल्टै खप्की खाए।खप्की खाए पनि केसी रिसाएनन्, बरु उनीहरूप्रति दया देखाए। करिब तीन महिनाअघि केसी पनि यस्तै सोच्थे। दलालले नक्कली भिसामा पिएनजी पुर्यारएपछि खाएको ठक्करले उनको होस खुलेको हो। 'साह्रै मीठो बोल्छन्। नहोला भनेर अविश्वास गर्नै सकिँदैन,' दलालको फसाउने कला केसीले सुनाए।

त्यसो त केसी फेरि पिएनजी जाने तरखरमा छन्। दलालको प्रलोभनमा होइन, आफ्नै प्रयासमा। पिएनजी पुग्दा चार लाख ठगिएका केसी अब एक रुपियाँ खर्च नगरी पुग्ने आशमा छन्। महिना दिनको पिएनजी बसाइमा एक होटल सञ्चालकसँग हिमचिम बढेपछि उनैले केसीलाई बोलाएका रहेछन्।  

'भिसा, टिकट खर्च सबै बेहोर्छु भनेर इमेलमा कागजात पठाएको छ। जाने प्रयास गर्दै छु,' बिबिएस तेस्रो वर्ष पढ्दै गर्दा क्याम्पस छोडेका केसी सुनाउँछन्।
...
'अब जान्न। धेरै दुःख पाइयो। जे सीप जानेको छु, त्यही गरेर यहीँ बस्छु,' केसीसँगै जेल बसेर फर्केका पर्वत कटुवा चौपारी–२ का दलबहादुर नेपालीले पिएनजीमा खाएको हण्डर बिर्सिएका छैनन्।

नेपालीको जेल भोगाइ यो पहिलो होइन। तीन वर्षअघि कतारबाट फर्कनुअगाडि उनी १५ दिन दोहाको जेल बसिसकेका छन्। पिएनजीको जेल भोगाइ भिन्न थियो। जेलभित्र २४ घन्टामा दैनिक चार गाँसको एक छाक खाना पाइन्थ्यो। खान्की नपुगेर नेपाल फर्कंदा लगेका सबै कपडा खुकुला भए।

'लड्डु घुमेझैं भुन्न घुमाउँछ। भोक लाग्दैन, बसेपछि उठ्न मन नलाग्ने,' नेपाल फर्कनासाथ उनी एक्कासि बिरामी परे। उनी भन्दै थिए, 'बल्ल अलि ठीक हुँदै छु।'

पिएनजीमा जेल परी फर्कने नेपाली र केसीमात्र थिएनन्। करिब एक दर्जन एकसाथ फर्किएका थिए। साथमा सुको नभएपछि उनीहरूलाई आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले उद्धार गर्यो । पिएनजीबाट सिंगापुर, मलेसिया हुँदै काठमाडौंसम्मको हवाइ टिकटमात्र बेहोरेन, आइओएमले काठमाडौंबाट घरसम्म पुग्न सबैको खल्तीमा दुई/दुई सय अमेरिकी डलरसमेत हालिदियो।
...

करिब एक दशक दिल्लीमा गाडी चलाए नेपालीले। खासै कमाउन नसकेपछि नेपाल फर्केर कतार हान्निए। मासिक १५ सय कतारी रियाल कमाउने लोभमा दोहा पुगेका उनले पाँच सयभन्दा बढी पाएनन्। सहमति गरेको कम्पनी छोडी अर्कोमा हाम्फाले। त्यसपछि परिचय फेरियो– अवैध कामदार। पाँच वर्षपछि कतारी प्रहरीले पक्राउ गरी १५ दिन जेल राखेर नेपाल डिपोर्ट (फिर्ता) गर्योइ। त्यसपछि पिएनजीको नाम सुनेका उनले आफन्तबाटै मासिक दुई लाख रुपियाँ कमाइ हुने आश्वासन पाएपछि कतारको कमाइ च्याखे थाप्ने निर्णय लिए।

आठ लाख रुपियाँ तिरेपछि पिएनजी पुग्ने आशमा नेपाली २०६९ पुस १ गते घरबाट निस्किए। साथमा थिए बाग्लुङका अर्जुन कँडेल र भुपेन्द्र पुन। दिल्लीमा रहेका दलाल बद्री पराजुलीको मोबाइल नम्बर उनीसँग छँदै थियो।
दिल्लीमा मयुर विहारस्थित एक होटलमा उनीहरूलाई राखियो। 'तीन महिना होटलमा टिभी हेरेरै बित्यो,' नेपालीले सुनाए।

माघ १३ गते पिएनजीका लागि एक वर्षको वर्किङ भिसा लागेको राहदानी उनीहरूको हात पर्योब। पहिलो किस्तास्वरूप चार लाख रुपियाँ त्यही दिन बुझाए। पिएनजी पुगेपछि दोस्रो किस्ता बुझाउने सहमति थियो। भिसा त लाग्यो तर पिएनजीतर्फ जान पाएका थिएनन्। कहिले के, कहिले के भनेर दलालले थुमथुमाउँथे। दिल्ली बस्दाको खर्च दलालले नै बेहोरे। समस्या सुनाएपछि एक/दुई हजार झिकेर दिन्थे।

दलाल अर्कै होटलमा बस्थे। कहिलेकाहीँ साथी लिएर दलाल बस्ने होटलमा समेत नेपाली पुग्थे। दलालको कोठमा १५/२० केटी कहिल्यै टुट्दैनथे। सबै विदेश जान आएका! पिएनजीको एक प्लास्टिक उद्योगमा रोजगार दिने आश्वासन दलालले दिएका थिए। 'फागुन ३० गते फ्लाइट छ तयार भएर बस्नू,' दलालले सुनाएपछि नेपालीमा खुसीको सीमा रहेन।

...
'खोइ फर्कने टिकट?' दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीले सोधे।
नेपालीले ढाँटेनन्, 'छैन।'
'उता बस,' उनीहरू पाखा लागे।
एकछिनअघि विमानस्थलसम्म पुर्याूउन आएका पराजुलीलाई उनले फोन लगाए। पराजुलीले आश्वासन दिए, 'चिन्ता नगर, म टिकट लिएर आउँछु।'

विमानस्थलमा पराजुलीले छ जनाको समूहसँग नेपालीको परिचय गराएका थिए। तीमध्ये एक थिए बाग्लुङका दीपबहादुर केसी। केसीसहित छ जना साथी २० दिनअघि मात्र दिल्ली पुगेका थिए। सबैको गन्तव्य पिएनजी। केसीको समूहलाई दिल्लीको ग्रिन पार्कस्थित होटलमा राखिएको थियो। भेट भने एकैचोटि विमानस्थलमा भयो। समूहमा नौ जना पुगे।

पराजुली आएर अध्यागमनका कर्मचारीलाई टिकट बुक गरेको कागजात देखाए। टिकट दिएनन्। लगभग एक घन्टा उभ्याएपछि कर्मचारीले अघि बढ्न भने। पराजुली फर्किए। राति करिब १२ बजे दिल्लीबाट पिएनजीतर्फको उडान थियो, सिंगापुर ट्रान्जिट। बिहान साढे सात बजे सिंगापुर पुगेका उनीहरूको १६ घन्टा ट्रान्जिट थियो।

'खोइ रिटर्न टिकट,' उही प्रश्न तेर्सियो। जवाफ उही।
मोबाइल सेट साथमै थियो। सिम किनेर फेरि दिल्लीमा पराजुलीलाई फोन गरे। पराजुलीले सिंगापुरमा रहेका नेपाली र उनका साथीलाई फर्कने टिकट नम्बर टिपाए। 'अनिमात्र हामीलाई भित्र जान दिए,' सिंगापुर विमानस्थलको कथा नेपालीले सुनाए।

विमानस्थलभित्र भेटिए नुवाकोट तारुका–१ का पुष्पराज अधिकारी। सिंगापुर पुगेको दुई दिन भएको रहेछ। पाँच महिना दिल्लीमा बसेपछि उनी पनि पिएनजी हिँडेका। काठमाडौंमा कुमार लामालाई पाँच लाख ८० हजार बुझाएका रहेछन्। दिल्लीबाट उडाउने जिम्मा राजाराम लामिछानेले लिए। अधिकारी भिजिट भिसामा गएका थिए। अब समूहमा १० जना पुगे।

राति साढे ११ बजे उडेका उनीहरू चैत २ गते बिहान ८ बजे पिएनजीको राजधानी पोर्ट मोर्सबीस्थित ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। पिएनजी पुग्दा फर्कनको लागि बुकिङ गरेको टिकट नम्बर अर्कैको नाममा भइसकेको थियो। भिसा देखाएर अधिकारी पिएनजी अध्यागमन पार गरे।
'राहदानी दिनोस्,' प्रहरी पोसाकधारी एक मोटी महिला आएर नौ जनालाई रोकिन्। उनीहरू अक्क न बक्क भए।
'कति जना छौ?' महिलाले सेधिन्।
'नौ जना,' उनीहरूले भने।
'तिमीहरू ११ जना हुनुपर्छ। दुई जना खोइ?' अध्यागमनको भित्री कोठामा आउन भनिन्। अंग्रेजी बोल्न जान्ने केसीसहित चार जना भित्र गए। नेपालीसहित पाँच जना बाहिर। प्रत्येकलाई अलग राखेर सोधियो।
'कति तिरेर आएको,' केरकार सुरु भयो।
केसीले ढाँटेनन्, 'दिने आठ लाख हो, अहिले आधा रकम बुझाएका छौं।'
'भारतको भिसा किन नलाएको?' प्रश्न ओइरिइरहे।
सोधपुछ क्रममा केसीले बुझे– अध्यागमन कर्मचारीले दलालको सेटिङ पहिल्यै थाहा पाइसकेका रहेछन्।

चार जनालाई करिब एक घन्टा सोधपुछ गरेपछि कोठा बाहिर राखियो। दिल्लीमा दलालले पिएनजी विमानस्थलमा लिन आउने व्यक्तिको मोबाइल नम्बर थमाएका थिए। उनीहरूले अध्यागमन प्रहरीको मोबाइलबाट कल गर्ने प्रयास गरे। सम्पर्क भएन। 'तिमीहरू भोकाएका हौला, खाना खान हिँड,' तीन घन्टासम्म फोन नलागेपछि अध्यागमनका कर्मचारीको दया पोखियो। त्यति नै बेला पिएनजीको एनटिभीका पत्रकार आए, भिडियो खिचे गए।

गाडीमा हालेर उनीहरूलाई विमानस्थलबाट केही पर लगियो। साथमा रहेका अध्यागमनका तीन कर्मचारीलाई सोधे, 'तपार्इंहरू को हो?'
एक शब्दे जवाफ आयो, 'प्रहरी।'
'तिमीहरूको भिसा प्रस्ट बुझिदैन, जाँच गर्न जान लागेको,' प्रहरीले भने।
करिब पन्ध्र मिनेटअगाडि गएपछि गाडी रोकियो। सिमसिम पानी परिरहेको थियो। एउटा घरमा लगेर भिसा जाँच सुरु भयो।
'तिमीहरूको भिसा नक्कली हो,' उनीहरू छाँगाबाट खसे। पिएनजीबाट हराएका भिसा स्टिकर उनीहरूको राहदानीमा टाँसिएको रहेछ। दलालले दिल्लीमा ती भिसामा आफैंले नाम लेखेका रहेछन्। बेलुकी आठ बजेतिर प्रहरी चौकी लगियो। बिहान खाना खान हिँड भने पनि चौकी पुग्दा उनीहरूले पानीसम्म पिउन पाएका थिएनन्। चौकीमा प्रहरीले साथमा भएका घडी, झोला, मोबाइल सेट, पर्सलगायत बुझाउन भन्यो। उनीहरूले त्यसै गरे। त्यसपछि एकसरो कपडामा जेल चलान।  

विदेशी भनेर नौ जनालाई एउटै कोठामा राखिएको थियो। जेलमा प्रत्येक दिन साँझ ७ बजे एक छाक खाना र पानी दिइन्थ्यो। थोरै भात, सानो टुक्रा क्यान फिस, सानो टुक्रा चाउचाउ; नुन छर्केर खानुपर्ने। 'चार गाँसभन्दा हुँदैनथ्यो,' नेपालीले भोकले रन्थनिँदाको पीडा सम्झे। उनीहरूले २७ दिन जेल बस्दा एक–दुई दिनबाहेक सधैं एक छाक खाएर बिताए।
पिएनजीको टिभीबाट प्रसारित उनीहरूसँग सम्बन्धित समाचार त्यहाँका केही नेपालीले हेर्न भ्याएछन्। एक–दुई दिनसम्म तिनै नेपालीले भात ल्याएर खुवाए। २७ दिन जेल बस्दा न नुहाउन पाए, न कपडा फेर्न। आफ्नो शरीर आफैंलाई गनाउँथ्यो रे!  

जेल परेको १० औं दिनमा सिंगापुरबाट सँगै आएका अधिकारी पनि जेल आइपुगे। भेट्नलाई होइन, पक्राउ परेर। उनको भिसा भने सक्कली थियो। धेरै नेपाली नक्कली भिसामा त्यहाँ पुगेपछि अधिकारी त्यही घानमा परे। 'ट्वाइलेटको पानी खाएर बिताइयो,' अधिकारी सम्झन्छन्।

१९ दिनपछि बल्ल उनीहरूलाई अदालत पेसियोे। अदालत लैजाने भएपछि उनीहरूको राहदानीमा इन्ट्री छाप हानेर फिर्ता गरियो। ‘हामीलाई थाहा भएन, झुक्किएर पिएनजी आएको। हामी नेपाल फर्कन चाहन्छौं। अदालतमा न्यायाधीशले सोध्दा हो मात्र भन्नू,’ १८ औं दिनको साँझ खाना खाइसकेपछि जुठा भाँडामा हात राख्न लगाई प्रहरीले कसम खुवाए। अदालतमा एक जनामात्र बोल्न भनियो। १० जनालाई अदालतको कठघरामा उभ्याइयो। तयार थिए केसी।

‘पहिला अदालतमा यसरी खडा भएका थियौ?’ अदालतमा सोधनी भयो।
‘छैन,’ केसीले जवाफ दिए।
‘हाम्रो देशको भिसा स्टिकर कसरी पुग्यो तिमीहरूको देश?’
केसीले अनभिज्ञता प्रकट गरे, ‘थाहा भएन।’

किन आएको? कसले पठायो? कति पैसा तिर्यौन? सबै प्रश्न त्यहाँ पनि दोहोरिए। ‘उनीहरूलाई नेपाल डिपोर्ट गर्ने, सिंगापुरसम्मको टिकट पिएनजी सरकारले मिलाउने, त्यसपछि काठमाडौंसम्म पीडित स्वयंले,’ अदालतले फैसला सुनायो। प्रहरीले आफूहरू दुई जना सिंगापुरसम्म छोड्न जाने बताए। अदालतबाट सिधै पुरानै जेलको कालो कोठरी।

पिएनजीबाट सोमबार, बुधबार, शुक्रबार र शनिबारमात्र सिंगापुर उडान हुन्छ। ‘भोलि–भोलि भन्छन् पठाउँदै पठाउँदैनन्,’ नेपालीले सुनाए। सिंगापुरबाट काठमाडौंसम्मको टिकट देखाएमात्र पठाउने भन्न थाले। अदालतले तुरुन्त डिपोर्ट गर्न भनेको थियो। दिल्लीबाट उड्दा जम्मा ३० अमेरिकी डलर साथमा लिएका थिए नेपालीले। उनीहरूले दिल्लीमा रहेका दलाललाई फोन गरे। तुरुन्तै सबै जनालाई फर्कने टिकट पठाए। टिकट त आयो, नक्कली। दलालले फेरि फन्दामा पार्यो्।

जेल आउनुअघि १० दिन होटलमा बस्दा एक वकिलसँग अधिकारीको परिचय भएको थियो। अदालतबाट फर्केको तीन दिनपछि ती वकिल जेलमा देखा परे। अधिकारीले टाढैबाट चिनिहाले। निराश भई जेलभित्र झोक्राएर बसेका उनीहरूलाई वकिल देख्दा देवताको दर्शन पाएजत्तिकै भयो। उनीहरूको बेलिबिस्तार सुनेपछि वकिलले जेलमुक्त गर्ने जिम्मेवारी लिए। तत्काल त्यहाँको एक मानवअधिकारवादी संगठनलाई पत्र लेख्न लगाए। पत्र पठाएको केही दिनमै उनीहरू जेलमुक्त भए। प्रहरीले नै उनीहरूलाई होटलमा लगेर राख्यो।

होटलमा बस्न पाए पनि उनीहरूको मनमा चैन थिएन। २७ दिन जेल बस्दा कैदीहरू छुरी हानाहान गरी रगताम्य भएको दृश्य बारम्बार देखेका थिए। जेलमा बस्दा ती छुरी आफूतिर तेर्सिएलान् भन्ने चिन्ताले निद्रासमेत पर्दैनथ्यो। बाहिर निस्केपछि तिनै दृश्यले उनीहरूलाई तर्साइरह्यो। जेलभित्र अरूको ध्यान आफूतिर पर्ला भनेर नदेखिने गरी साउतीमै कुरा गर्थे। झन् होटलनजिकै आफ्नै सामुन्ने गोली हानी लुटेको दृश्य देखेपछि त कोठाबाहिर निस्कने इच्छासमेत मरेको थियो। 'लुटपाट निकै हुने। कति बेला कसले गोली हान्ने हो, ठेगान नहुने,' अधिकारीले सम्भि्कए।  

मानवअधिकारवादीले त्यहाँ रहेको आइओएमलाई उनीहरूबारे जानकारी गराए। आइओएमका सदस्य होटल आई सोधपुछ गरेपछि एक साताभित्र नेपाल पठाइदिने आशा देखाए। वाचा टुटेन, आइओएमले पिएनजीबाट सिंगापुर, मलेसिया हुँदै काठमाडौंसम्मको हवाइ टिकट र दुई–दुई सय अमेरिकी डलर उपलब्ध गरायो। छ दिन होटलमा बसेको दुई हजार अमेरिकी डलर पनि उसैले तिर्यो ।

वैशाख चार गते दिउँसो २ः४५ बजे उनीहरूले पिएनजी छोडे। सिंगापुरबाट एक घन्टाको उडानपछि मलेसिया। मलेसियामा उनीहरूलाई एक रात होटलमा राखियो। सम्पूर्ण तारतम्य आइओएमले मिलाएकै थियो। वैशाख ५ गते बिहान ९ बजेतिर मलेसिया छोडेका उनीहरू दिउँसो १ बजे काठमाडौं ओर्लिए। चैते दसैंका दिन आइपुगेका उनीहरू सिधै घर जान सकेनन्। एक–दुई दिन काठमाडौंमा रुमल्लिएपछि आ–आफ्ना घर लागे।

...
फर्केलगत्तै सबैले दिल्लीमा रहेका आफ्ना दलाललाई फोन गरे। सुरुका दिनमा त फोन उठाउँथे, दिऊँला पनि भन्थे। अहिले फोन लाग्दैन। दलालहरूले सिम फेरिसके। दिल्लीमा तीन–चार महिना बस्दा दलालले पटक–पटक मोबाइल नम्बर फेरेको उनीहरूले देखेका थिए। कारण अहिले बु‰दैछन्।  

दलाललाई पैसा बुझाएको केही प्रमाण उनीहरूसँग छैन। पिएनजी पुगेर डलर कमाउने सपनामा पैसा बुझाएको कागज बु‰न पनि बिर्सिए। अधिकारीले भने आफूले पैसा बुझाएको लामाविरुद्ध स्वयम्भू प्रहरीमा उजुरी दिएका छन्। लामाले दुई किस्तामा गरी एक महिनाभित्र पैसा तिर्छु भन्ने कागज प्रहरीसामु गरे। एक महिना बितिसक्यो, लामा कहाँ छन् पत्तो छैन।

‘साउदी अरब जान बंगलादेशस्थित साउदीको दुतावासमा राहदानी पठाएको छ रे,’ पैसा फिर्ता गर्छु भन्ने लामाबारे अधिकारीले भने। अरूले उजुरीसमेत गरेका छैनन्। प्रमाण नभए पनि वैदेशिक रोजगार विभागमा उजुरी दिए कारवाही अघि बढ्छ भन्नेसमेत उनीहरूलाई पत्तो छैन।

‘बल्ल ठीक हुँदै छु। जानेको ड्राइभिङ हो, अब त्यही गर्नुपर्ला,’ फर्केपछि बिरामी परेका नेपालीले योजना सुनाए।
आफ्नो गाडी छैन। किन्न सक्ने अवस्था छैन। भारतमा करिब दस वर्ष गाडी चलाएको अनुभव उनीसँग छ। ‘गाडी खोज्दै छु, भेटिएला नि,’ उनले आशा मारिसकेका छैनन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस