भट्टराई–श्रेष्ठ चेपुवामा दाहाल
१८ जेष्ठ २०७०
•
९ मिनेट पाठ
भट्टराई–श्रेष्ठ चेपुवामा दाहाल
काठमाडौं - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको चीन र भारत भ्रमणका उपलब्धिलाई पार्टीकरण नगर्न उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले भौतिक रूपमै असहमति जनाएका छन्।उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठ दाहाललाई आ–आफ्नो 'काबु' मा राख्ने होड गरिरहेका छन्। यसको पुष्टि दाहालको चीन र भारत प्रस्थान एवं आगमनका क्रममा दुई उपाध्यक्षले व्यवहारमै देखाइदिए। दाहाल चीन जाँदा भट्टराई बिदाइ गर्न विमानस्थल गएनन्। श्रेष्ठमात्रै पुगे। दाहाल भारतबाट फर्कंदा श्रेष्ठ विमानस्थल पुगेनन्, भट्टराईमात्र पुगे।

दाहालको दुई छिमेकी राष्ट्र भ्रमणले जति चर्चा पायो, त्यसलाई पार्टीले स्थापित गर्न सकेन। दाहालको बिदाइ र स्वागतका लागि एकैचोटि विमानस्थलमा नदेखिँदा माओवादीको गुटबन्दी र दाहाललाई नेतृत्व मान्ने उपाध्यक्षद्वयको दृष्टिकोणमा फरक देखिएको छ।

हेटौंडामा सम्पन्न सातौं महाधिवेशनबाट गुटबन्दी अन्त्य गर्ने घोषणा गरिए पनि उपाध्यक्ष भट्टराई र श्रेष्ठबीच राष्ट्रियतालगायत विषयको अन्तर्विरोधले दाहाल चेपुवामा परेका हुन्। उपाध्यक्षद्वयको व्यक्तिगत 'इगो' ले गुटबन्दीलाई पुनरावृत्ति गर्दा दाहाल कोसँग लहसिने दोधारमा परेका छन्। महाधिवेशनको सन्देश दिन देशका पाँच स्थानमा आयोजना गरेको आमसभा, प्रशिक्षणमा समेत दुई उपाध्यक्षबीच मतभेद प्रकट भयो। पछिल्लो समय पार्टीभित्रको अन्तर्संघर्ष कम गर्ने नाममा दाहालले दुई उपाध्यक्षका प्रस्तावलाई सहज स्वीकार गर्दै आएका छन्।

राष्ट्रिय स्वाधीनताका सवालमा भट्टराई र श्रेष्ठबीच फरक–फरक धारणा आएका छन्। महाधिवेशन सकिएको छ महिनाभित्र विस्तारित बैठकबाट राष्ट्रियता स्वाधीनताको विषय टुंग्याउने म्यान्डेट पाँच महिना बित्दा अलपत्र परेको छ। महाधिवेशनमा श्रेष्ठले भारतसँगको बिप्पालगायत विषयमा फरक मत राखेपछि ६ महिनाभित्र विस्तारित बैठकबाट टुंग्याउने सहमति भएको थियो।

श्रेष्ठले पार्टीभित्र भट्टराई भारततर्फ आवश्यकताभन्दा बढी लचिलो भएको धारणा राख्दै आएका छन्। श्रेष्ठको आरोपलाई भट्टराईले महाधिवेशनस्थलमै प्रतिवाद गरेका थिए। उनले भारतसँग 'प्रगतिशील राष्ट्रवाद' का आधारमा सम्बन्ध रहने प्रस्ट्याएका थिए।

'दुई उपाध्यक्षको आ–आफ्नै धारणा र दाउ छन्,' श्रेष्ठनिकट एक नेताले भने नागरिकसँग भने, 'प्रकाश (श्रेष्ठ) जीको कुरा सुन्यो, बाबुरामजी रिसाउने। बाबुरामजीको कुरा सुन्यो प्रकाशजी रिसाउने, अध्यक्षले अब कसको कुरा मात्रै सुन्ने?' उनका अनुसार दुवै उपाध्यक्षका कारण पार्टीको आन्तरिक जीवन महाधिवेशन सकिएको पाँच महिनासम्म तरंगित हुन नसकेको अनुभूति उनले गरे।

'पुरानै इन्चार्ज र ब्युरोप्रमुख कायम छन्, नयाँ अनुहार जिम्मेवारीमा आउन सकेका नै छैनन्,' दाहाल निकट अर्का नेताले भने। आन्तरिक विवादले पटक–पटक केन्द्रीय समिति बैठक सरिरहेको छ। महाधिवेशनले पास गरेको अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन कार्यकर्ता तहमा कार्यन्वयन नहुनुमा उपाध्यक्षद्वयको शक्तिसंघर्ष कारक भएको लाजिम्पाटले आरोप आरोप छ।

जेठ २५ गते केन्द्रीय समिति बैठकमा ती विषयमा छलफल हुन भनिएको थियो। स्ववियु निर्वाचन सरेकाले बैठक प्रभावित भएको एक नेताले बताए। स्ववियु निर्वाचन मूल्याकंन गर्ने गरी २५ गते केन्द्रीय समिति बैठक डाकिएको थियो।

उपाध्यक्षद्वयको अन्तर्विरोधको सिधा असर दाहालको चीन र भारत भ्रमणका परिणामलाई पार्यो । पछिल्लोपटक दुई उपाध्यक्षका भोजमा अन्तर्विरोध प्रकट भएको छ। गत बिहीबार उपाध्यक्ष श्रेष्ठले 'पूर्व परराष्ट्रमन्त्री' को हैसियतमा गणतन्त्र दिवसमा रात्रिभोज गरे। उनको भोजमा भट्टराई उपस्थित भएनन्।

'काठमाडौं बाहिर कार्यक्रम परेकाले डाक्टरसाप (भट्टराई) नजानुभएको हो' भट्टराईका सहयोगी विश्वदीप पाण्डेले भने। अध्यक्षको सचिवालयमा भए पनि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका सन्तु दराई र चुडामणि खड्कालाई श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यले चियापानमा प्रवेश दिइनन्। कर्माचार्य दराई र खड्काभन्दा तल्लो निकाय राज्यसमिति सदस्य हुन्।

'चीनको महŒवपूर्ण भ्रमणमा समेत सहज प्रवेश पाएका परवाना (सन्तु), प्रकाश (खड्का) लाई समेत चियापानमा निषेध गरियो। त्यसले अध्यक्ष स्वयं असन्तुष्ट भएर छिट्टै निस्कनुभयो,' लाजिम्पाटस्रोतले भन्यो।

श्रेष्ठको गणतन्त्र दिवसको 'रिसेप्सन' दाहाललाई काबुमा पार्ने एक खेल भएको स्रोतले बतायो। यसको नालीबेली रोचक छ। भट्टराईका सहयोगी पाण्डेको गत वैशाख २४ गते बुटवलमा भव्य विवाह समारोह थियो। उक्त दिन एक महिनाअघि पोखरामा पार्टी प्रशिक्षण कार्यक्रम तय भएको थियो। २३ गते बिहान दाहाल–भट्टराईबीच पोखरा प्रशिक्षणमा जाने वा बुटवल पाण्डेको विवाहमा जाने लामो बहस भयो। २३ गते दाहाल–भट्टराईबीच पोखरा प्रशिक्षण सकेर हेलिकप्टर चाटर्ड गरेर बुटवल जाने सहमति भएको थियो। भट्टराईले पाण्डेको बिहेलाई प्रमुखता दिएपछि दाहालले चाटर्डको जिम्मा आफैंले लिने आश्वासन दिएका थिए।

२४ गते एकाबिहानै हेलिकप्टर चाटर्ड गर्दा 'म्यासेज' नराम्रो जाने निष्कर्षसहित दाहालले पोखरा प्रशिक्षणमा उपाध्यक्ष श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीलाई पठाउने निर्णय लिए। २४ गते मध्याह्न जहाजमा केही विशिष्ट पाहुनासहित दाहाल, भट्टराई भैरहवाबाट बुटवल भोजमा पुगेर उही दिन फर्केका थिए।

भट्टराईको प्रस्तावलाई स्वीकार गरेका दाहाललाई श्रेष्ठले गणतन्त्र दिवसमा बोलाएर उनका स्वकीयलाई प्रवेशमा निषेध गरे। 'पाँच क्षेत्रको प्रशिक्षणमा धार्के र इटहरी अध्यक्षले करै गरेर जाउँ्क भन्नुभयो श्रेष्ठलाई। अन्य ठाउँमा केही भन्नुभएन। श्रेष्ठ गएनन्। उहाँले बरु राष्ट्रियताको विषय उठाउँदै विराटनगरमा भारतीय दूतावासको कार्यालय हटाउनुपर्ने। नहटाए आन्दोलन गर्छु भनेर राजधानीमै बस्नुभयो,' एक नेताले भने।

पार्टी सन्तुलन राख्ने र बाहिर देखावटीका रूपमा दाहालले उपाध्यक्षद्वयसँग आफ्नो सम्बन्ध सुमधुर राख्ने प्रयत्नमा देखिन्छन्। पछिल्लो समय आ–आफ्ना गुटबाट केन्द्रीय समिति थप, पदाधिकारी बाँडफाँटमा समेत दाहालले ठोस निर्णय लिन सकेका छैनन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस