काठमाडौं — बढ्दो सडक दुर्घटनाका कारण कुल मृत्युमा चोटजन्य रोगको भार थपिँदै गएको छ। स्वास्थ्य अधिकारीहरुले सडक दुर्घटनाजन्य मृत्यु र घाइते जनस्वास्थ्य क्षेत्रमा नयाँ चुनौती बन्दै गएको बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार दुर्घटना नेपालमा मृत्युको चौथो कारण हो।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा दुर्घटना मृत्युको दशौं र घाइते एवं बिरामीको नवौं कारण हो। 'जनस्वास्थ्य सिस्टम बलियो बनाउँदा अरु रोगबाट हुने मृत्यु घट्दै छ, तर दुर्घटनाको बढेको छ।' स्वास्थ्य मन्त्रालयमा नसर्ने रोगका फोकल पर्सन डा. बाबुराम मरासैनीले भने, 'बढ्दो सडक दुर्घटना हाम्रा लागि मुख्य चुनौती भइसकेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालको कुल मृत्युमा सबैभन्दा ठूलो (४२ प्रतिशत) हात झाडापखाला, डेंगु, औलो जस्ता सरुवा रोग र कुपोषणजस्ता बहु कारणको छ। त्यसैगरी, मुटुसम्बद्ध रोगबाट २५, क्यान्सरबाट ११ र दुर्घटना एवं चोटपटकबाट ७ प्रतिशत मानिसको मृत्यु हुन्छ।
सडक दुर्घटनामा मर्ने ९० प्रतिशत पेटीमा हिँड्ने यात्रु, साइकलिस्ट, सार्वजनिक सवारीका यात्रु र राजमार्गका ट्रकचालक हुन्छन्। दुर्घटनाबाट हुने मृत्यु र अपांगताको अधिकांश सिकार उत्पादनशील उमेर समूहका मानिस हुने गरेको र अन्य मृत्युको कारणको तुलनामा यो अझै संवेदनशील भएको डा. मरासैनीको भनाई छ। मन्त्रालयका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) कमीमा ३ प्रतिशत हात सवारी दुर्घटनाको छ।
सडक र सवारी क्षेत्रमा काम गर्ने अन्तरसरकारी निकायको तथ्यांकका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एक वर्षअघि अध्ययन गर्दा मृत्युको साझा चौथो र अपांगताको तेस्रो कारण सवारी दुर्घटना देखिएको थियो। अध्ययनअनुसार नेपालमा सडक दुर्घटना वार्षिक करिब ६ प्रतिशतका दरले बढिरहेको छ।
सबैभन्दा ठूलो सरकारी अस्पताल वीरको इन्जुरी सर्भिलेन्स सिष्टम नामके अध्ययनले पनि चोटपटकको २२ प्रतिशत कारण सडक दुर्घटना देखाएको छ। दुर्घटनाको सर्वाधिक जोखिममा सडक प्रयोगकर्ता, पैदलयात्रु, मोटरसाइकल र साइकलयात्रु, सार्वजनिक सवारीका यात्रु रहेको पाइएको वीरका अर्थोपेडिक सर्जन एवं कार्यकारी निर्देशक डा. बुलन्द थापाले बताए। उनका अनुसार पेसागत हिसाबले सडक दुर्घटनामा पर्नेमा ३७ प्रतिशत विद्यार्थी र २० प्रतिशत कामदार हुन्छन्।
नेपाल प्रहरीका अनुसार प्रत्येक वर्ष सडक दुर्घटनामा करिब १५ सयको ज्यान जान्छ भने ठूलो संख्यामा घाइते हुन्छन्। प्रहरीको तथ्यांकले सडक दुर्घटनामा दैनिक औसत ५ जनाको मृत्यु र ३३ घाइते हुने गरेको देखाउँछ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सडक दुर्घटनामा एक हजार ३ सय ४४ को मृत्यु र ९ हजार ८ सय ८८ घाइते भएका छन्। गत आर्थिक वर्ष एक हजार ८ सय ३७ को मृत्यु र १४ हजार २ सय ८७ जना घाइते भएका थिए।
अनुसन्धान परिषदका अनुसार कुल दुर्घटनामा ४१ प्रतिशत हिस्सा मोटरसाइकलको छ। त्यसैगरी २४ प्रतिशत कार, जीप, १६ प्रतिशत बस, ९ प्रतिशत ट्रक र ट्याक्टर दुर्घटनाको हिस्सा छ। सडकको नराम्रो अवस्था, चर्को गति, सडक प्रयोगमा हुने असावधानी, मदिरा सेवन, सडक व्यापार र छाडा पशु दुर्घटनाको प्रमुख कारण भएको महानगरीय ट्राफिक प्रहरी कार्यलयका एसपी पूर्णचन्द्र जोशी बताउँछन्।