आइसियू सेवामा चर्को दलाली
०४ जेष्ठ २०७०
•
११ मिनेट पाठ
आइसियू सेवामा चर्को दलाली
काठमाडौं— फोक्सोमा पानी जमेको आशंकामा तनहुँबाट वीर अस्पताल रेफर भएका नरेन्द्र पौडललाई आकस्मिक कक्षमा पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले आइसियू खाली छैन बाहिर लानुपर्छ भने। सहयोगीले जस्तै ती स्वास्थ्यकर्मीले आफैं फोन गरेर अरु अस्पतालमा आइसियू खाली भए/नभएको सोधीखोजी गरे। 'म बिरामी पठाइदिन्छु सहयोग गरिदिनुस्' भन्दै फोन राखेपछि उनले बिरामीका आफन्तसँग भने, 'सुन्धारामा छ, लाइफकेयर अस्पतालमा मैले भनिदिएको छु, वीरबाट आएको भन्नुस्।'अस्पताल पुर्‍याएपछि परिवारलाई बिरामी भेट्न दिइएन। एक दिन बिराएर ५० हजार रुपैयाँ जम्मा गर्ने निर्देशनमात्रै आउन थाल्यो। पाँचौं दिन पौडेल परिवारले अस्पतालमा कार्यरत एक चिकित्सकलाई चिन्ने आफन्तमार्फत् बिरामीको अवस्था बुझ्न लगाए। ती आफन्तले बिरामीको आर्थिक अवस्था कमजोर भएको बताएपछि लाइफकेयरका चिकित्सकले सुझाए, 'आइसियूमा राख्नै नपर्ने बिरामी हो, मैले भनेको नभनीकन जसरी भए पनि वीरमै लानुस्।' ती चिकित्सककै सल्लाहअनुसार पौडेल परिवारले पैसा छैन भन्दै वीर लान्छु भने। अस्पताल प्रशासनले मानेन। अबको पैसा तिर्दैनौं भनेपछि अस्पतालले आइसियूबाट डिस्चार्ज गर्‍यो। 'आइसियूमै राख्न नपर्ने अवस्था रहेछ तर प्रत्येक दिन विभिन्न शुल्कको नाममा ४० देखि ५० हजार रुपैयाँको बिल दिएको छ,' पौडेल पत्नी सरिताले भनिन्।

लाइफकेयरबाट फिर्ता भएपछि वीरको जनरल वार्डमा बसेर केही दिन उपचार गराएका पौडेल घर फर्किने तयारीमा छन्। अस्पतालमा केही दिन बस्दा भेटघाटमा आउनेका अनुभव सुनेपछि पौडेल परिवारले थाहा पाए– निजी अस्पतालले पैसा कमाउन राख्नै नपर्नेलाई पनि आइसियूमा राख्दा रहेछन्। यतिसम्म कि त्यस्ता निजी अस्पतालले वीरलगायत ठूला अस्पतालमा सहयोगीका रुपमा दलाल खटाएका हुँदा रहेछन्। 'सुरूमा वीरमा आइसियूमा राख्नुपर्छ भन्ने मान्छेलाई बीचमा लाइफकेयरमै भेटेको थिएँ, घुम्न आएको भन्थ्यो,' पौडेलपत्नी सरिताले भनिन्, 'लाइफकेयरकै दलाल रहेछ पैसा लिन गएको होला।'

वीर अस्पतालको आकस्मिक कक्षबाट मात्रै दैनिक ३ देखि ६ जना गम्भीर अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आइसियू) र कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) छैन भन्दै यसरी नै विभिन्न अस्पतालमा रेफर गरिन्छ। रेफरको कारण खुलाउनुपर्ने नियम लागेपछि अनावश्यक बहाना गरेर बिरामी रेफर गर्ने प्रवृत्ति केही घटे पनि आइसियू नै नपाएर फर्काउनुपर्ने बिरामी संख्या झन्डै त्यत्ति नै हुन्छ।

वीरमा आकस्मिक कक्षमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मी र केही चिकित्सकले आइसियूको बहानामा निजी अस्पतालमा बिरामी पठाएर 'दलाली दस्तुर' लिने गरेको भन्दै अस्पताल प्रशासनमा धेरैपटक उजुरी परेको छ। 'आइसियूको बहानामा जथाभावी बिरामी पठाएको र आइसियू खोज्दाखोज्दै ज्यान जाने अवस्था आएको पनि प्रसस्त सुनिन्छ।' नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर (एएससिसिएम) का अध्यक्ष एवं शिक्षण अस्पताल एनेस्थेसिया विभाग प्रमुख डा. मोदनाथ महरठ्ठाले भने, 'यसमा विस्तृत अध्ययन नभएकोले ठोस रुपमा भन्न कठिन छ।'

मरहठ्ठाले आइसियूमा बेड संख्या र जनशक्तिको कमी तथा भएका बेड पनि मापदण्डअनुरुप नहुँदा गम्भीर अवस्थाका बिरामी बचाउन गरिने सघन उपचार सेवाको अवस्था नाजुक रहेको बताए। 'हामीकहाँ आइसियू उपचारसम्बन्धी प्रोटोकल नै छैन, त्यसैले कस्तालाई आइसियूमा राख्ने, कतिबेला निकाल्ने भन्ने समस्या छ,' उनले भने।

वीर अस्पतालका आइसियू विशेषज्ञ (इन्टेन्सिभिस्ट) डा. रविमान श्रेष्ठले सरकारी भएकै कारण राजनीतिक दबाबले समेत आइसियूमा राख्नुपर्ने बाध्यता रहेको बताए। 'पहिले आउने बेड नपाएर जान्छन्, खाली भएको बेला निजीमा उपचार गराइरहेकालाई पनि खर्च गर्न नसकेपछि लिनुपर्छ,' श्रेष्ठले भने।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्पतालमा कूल शऒ्ढयाको १० प्रतिशत सघन उपचार शऒ्ढया हुनुपर्छ। वीरमा ६ सयभन्दा बढी बेड छन्। मापदण्डअनुसार वीर एक्लैमा ६० वटा आइसियू बेड हुनुपर्छ। तर, यहाँ १५ शऒ्ढयाको आइसियू कक्ष छ जसमा ५ वटामा मात्रै भेन्टिलेटर छ। अस्पतालले १५ वटैमा भेन्टिलेटर जडान गर्ने योजना रहेको जनाएको छ। शिक्षण अस्पतालमा हालै कार्डियाक केयर युनिट (सिसियू) सँग मर्ज गरेर ११ शऒ्ढयाको आइसियू बनाइएको छ। शिक्षणमा पनि ६० बेडकै आइसियू हुनुपर्ने हो। ठूला अस्पताल पाटन र कान्तिमा ५/५ बेडका आइसियू कक्ष छन्।

'खर्च धान्नसक्ने अवस्थामा बिरामीको वैज्ञानिक अनुगमनका लागि आधाभन्दा बढी आइसियू भए राम्रो भन्ने अवधारणा आइसकेको छ,' डा. महठ्ठाले थपे, 'सरकारी अस्पतालले नै १० प्रतिशत पुर्‍याउन सकेका छैनन्।'

डा. श्रेष्ठका अनुसार मिर्गौला, दम, मुटु, मस्तिष्कसम्बन्धी जटिल प्रकृतिका रोग, दुर्घटना, प्रदूषण, धूमपानका कारण उत्पन्न हुने रोगको उपचार गर्न आइसियू र भेन्टिलेटरको माग छ। त्यसबाहेक अधिकांश जटिल शल्यक्रियाका लागि पनि आइसियू चाहिन्छ। 'माग धेरै छ, तर वास्तविक गुणस्तरका आइसियू कम छ,' डा. श्रेष्ठले भने।

माग बढी भए पनि आइसियू कक्ष स्थापना बढी खर्चिलो भएकोले धेरै अस्पतालले यस्तो सेवा थप्न सक्दैनन्। गुणस्तरीय सामान राखेर भेन्टिलेटरसहितको एउटा आइसियू शऒ्ढया बनाउन एक करोड रुपैयाँसम्म खर्च लाग्छ। त्यही बहानामा निजीमा चर्को शुल्क असुल्ने गरिन्छ। सरकारी अस्पतालमा पैसा नभएको बहानामा सेवा विस्तार नगर्ने र सरकारीको सेवा बिगारेर निजीलाई पोस्ने प्रवृत्ति उत्तिकै रहेको चिकित्सक नै बताउँछन्।

निजीतर्फ लाइफकेयर अस्पतालमा सबैभन्दा बढी ३६ आइसियूमा २० वटा भेन्टिलेटर छ। तर उक्त अस्पतालमा अन्य सेवा छैन। 'आइसियूको मापदण्डअनुसार २४ सै घन्टा एनेस्थेसियोलोजिस्टलगायत सम्पूर्ण विशेषज्ञ हुनुपर्ने हो,' स्रोतले भन्यो, 'अस्पतालले राउन्डमा आउने अधिकांश एमबिबिएस डाक्टर र नर्सको भरमा सेवा दिएको छ।'

वीर र त्रिवि शिक्षणका आइसियूमा औषधीबाहेक दैनिक शुल्क बढीमा ३ हजार रुपैयाँ लाग्छ। तुलनात्मक रुपमा विशेषज्ञ सेवा नै नभएका अधिकांश निजीमा कम्तिमा एक दिनको १० हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क छ। अनावश्यक रुपमा गराइने चिकित्सकको भेट, औषधी र जाँचसमेत जोड्दा बिरामीको अवस्था हेरी निजीमा यो शुल्क ७० हजार रुपैयाँसम्म पुग्छ।

नेपालभरका करिब ८० अस्पतालमा आइसियू संरचनाका पाँच सय हाराहारी शऒ्ढया भएको अनुमान छ। तीमध्ये अधिकांश काठमाडौंमा छन्। उपत्यकामा दैनिक तीन सय आइसियू शऒ्ढयाको माग भए पनि कम मात्रै उपलब्ध छन्। 'भएकामा पनि राख्नै नपर्नेलाई राखेर पैसा कमाउने माध्यम बनाइएका छन्,' वीरका एकजना वरिष्ठ चिकित्सकले भने। आइसियूको आपूर्तिभन्दा माग बढी भएकोले निजी अस्पतालले बार्गेनिङ गरिरहेको जानकार बताउँछन्। 'राम्रो ठाउँमा खोजेको बेड नपाएपछि ज्यान बचाउनकै लागि जस्तो अस्पतालमा भए पनि भेन्टिलेटर छ भनेपछि राख्नैपर्ने बाध्यता बिरामीलाई छ।' डा. श्रेष्ठले थपे, 'मन्त्रालयले नै विस्तृत अध्ययन गरेर गम्भीर अवस्थाका बिरामीको उपचारमा लापरबाही हुने अवस्था अन्त्य गर्नुपर्छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस