काठमाडौं - विकास आयोजना सञ्चालन गर्ने महत्वपूर्ण मन्त्रालयले चासो नदिँदा आगामी वर्षको बजेट समयमै बनाउन समस्या हुने भएको छ। भौतिक योजना तथा पूर्वाधार, शहरी विकास, कृषिजस्ता विकास आयोजना सञ्चालन गर्ने मन्त्रालयले नयाँ बजेटको कार्यक्रम अहिलेसम्म योजना आयोगमा नपठाउँदा बजेट बनाउन समस्या देखिएको हो। बजेट सार्वजनिक गर्ने समय २ महिना पनि छैन। तर, अहिलेसम्म आयोगले विकास आयोजनाबारे छलफल गर्नै पाएको छैन।आयोगका सदस्य सचिव युवराज भुसालले केही विकासे मन्त्रालयले कार्यक्रमको खाका नपठाएको जानकारी दिए। 'सञ्चालनमा रहेका र नयाँ ठूला परियोजनाको बजेटबारे छलफल हुन सकेको छैन,' उनले नागरिकसँग भने, 'अन्तिम समयमा भए पनि छलफल गरी टुंग्याउछौं।'
पूर्वाधार क्षेत्र हेर्ने आयोगका सहसचिव गोपी मैनालीले पनि केही विकासे मन्त्रालयले नयाँ बजेटका कार्यक्रम अझै नपठाएको नागरिकलाई बताए। 'हामीले बारम्बार ताकेता गरेका छौं,' उनले भने, 'साधारण बजेट खर्च गर्ने मन्त्रालयका कार्यक्रमबारे छलफल सुरु भइसकेको छ, विकासे मन्त्रालयको कार्यक्रम आउन भने ढिला भइसकेको छ।' उनले कार्यक्रम पठाउन ढिला गरिए बजेट निर्माणमा समस्या पर्ने बताए।
आयोगले यो वर्ष ५ खर्ब ६ अर्ब रुपैयाँको सीमा तोकेर सबै मन्त्रालयलाई बजेट बनाएर पठाउन करिब ४ महिनाअघि नै निर्देशन दिएको थियो। आयोगले सबै मन्त्रालयलाई सीमा र मार्ग निर्देशन तोकेर त्यसैअनुरुप बजेट बनाउन निर्देशन दिने गर्छ। आयोगको निर्देशनअनुसार सबै मन्त्रालयले वैशाखअघि नै बजेटको खाका पठाउनुपर्ने हो।
आयोगका एक अधिकारीका अनुसार मन्त्रालयले पेस गरेका कार्यक्रममाथि त्रिपक्षीय छलफलपछि टुंगो लगाइन्छ। आयोगमा सबै मन्त्रालयले पेस गरेको कार्यक्रम (बजेट) बारे पहिलो चरणमा आयोगमा र त्यसपछि अर्थ मन्त्रालयमा छलफल गर्ने चलन छ। सोही छलफलबाट सञ्चालनमा रहेका विकास आयोजनामा कति रकम राख्ने र कस्ता नयाँ थप परियोजना सार्वजनिक गर्ने भनेर निर्णय लिने प्रचलन छ। तर अहिलेसम्म मन्त्रालयहरुले कार्यक्रम नै पेस नगरेका कारण यस्ता छलफल हुन सकेका छैनन्।
'विगत हेर्ने हो भने अहिले दोस्रो चरणको छलफल पनि भइसक्ने बेला हो,' अर्थका एक उच्च अधिकारीले भने, 'तर यो वर्ष आयोगमै छलफल हुन पाएको छैन। खै, बजेट बनाउने त कहिले पो हो।'
बजेटबारे छलफल गर्न ढिलो भएको देखिएपछि अर्थमन्त्री शंकर कोइरालाले चार दिनअघि सबै मन्त्रालयका अधिकारीलाई बोलाएर चासोका साथ काम गर्न निर्देशन दिएका थिए। उनले अहिलेसम्म बजेटको खाका नपठाएका मन्त्रालयका अधिकारीलाई तत्कालै पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।
अर्थका एक अधिकारीले राजनीतिक दबाब नभएका कारण मन्त्रालयले बजेट नपठाएको दाबी गरे। 'विगतमा दलहरुको सहभागिता हुँदा मन्त्रालयलाई योजना हाल्न दबाब दिने कारण समयमा बजेट बन्थ्यो,' उनले भने, 'अहिले कर्मचारी मात्र संलग्न भएकाले ढिलो भएको हो।'
उनका अनुसार केही वर्षदेखि राजनीतिक खिचलोका कारण समयमा बजेट आएको छैन। यो वर्ष ढिलो भइसकेका कारण हतार हतारमा बनाउनुपर्ने अवस्था आएको छ। आयोजनाबारे गम्भीर छलफल हुन नसके प्राथमिकता पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाउने अवस्था आउने उनले बताए।
विगतका सरकारले समयमा बजेट नल्याउँदा यसको मूल्य मुलुकले चुकाइरहेको छ। आधा दशकयता बनेका सरकारले ठूलठूला राष्ट्रिय परियोजना ल्याउन सकेका छैनन्। यसले मुलुकको आर्थिक वृद्धिदर नै खुम्चिएको छ। अहिले मुलुकको आर्थिक स्थिति ६ वर्षयताकै दयनीय छ। अर्थतन्त्र चलायमान हुन नसक्दा यो वर्षको वृद्धिदर साढे तीन प्रतिशत पनि पुग्न सक्ने अवस्थामा छैन। यस्तै भइरहे आगामी ५ वर्षसम्म पनि विकासले गति लिन नसक्ने घोषणा विदेशी संस्थाले गरिसकेका छन्।
चुनाव गराउन गठित सरकारले सुशासन र आर्थिक वृद्धिमा पनि जोड दिँदै आएको छ। सरकारले जलविद्युत, सडक, पुल, रेल, सिँचाइजस्ता भौतिक पूर्वाधार निर्माण र निकासीलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन गर्ने लक्ष्य राखेर बजेट बनाउँदै छ। तर, विकाससँग गासिएका परियोजनाबारे छलफल गर्ने समय कम भएकाले सरकारलाई हतारमा बजेट ल्याउनुपर्ने समस्या आइसकेको छ।