काठमाडौं - सरकारले उद्योगी–व्यवसायीमाथि शृखलाबद्ध आक्रमण हुन थालेपछि यस्ता घटना रोक्न उच्चस्तरीय कार्यदल बनाउने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले व्यवसायीमाथिको आक्रमणलाई गम्भीर रूपमा लिएको जनाउँदै कार्यदल बनाउने आश्वासन दिएका हुन्।
'उद्योगी–व्यवसायीमाथि भएको घटनाले आफू र मन्त्रिपरिषदले गम्भीर रूपमा लिएको छ,' रेग्मीको भनाई उद्धृत गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले नागरिकसँग भने, 'उहाँले बिहीबारै गृह मन्त्री, प्रहरी महानिरीक्षकको छलफल राखेर कार्यदल बनाउने आश्वासन दिनुभएको छ।'
उनका अनुसार यो कार्यदलमा निजी क्षेत्र पनि समावेश गरिने छ। रेग्मीले उद्योगीमाथि भएको आक्रमण निरुत्साहित गर्न सरकारले विशेष पहल गर्ने प्रतिबद्धता गरेका थिए। 'अपराधीको मनोवल बढ्न दिँदैनौं। अपराधीलाई कठघरामा उभ्याउन सरकारले पहल गर्नेछ,' उनले व्यवसायीलाई ढाडस दिएका थिए।
महासंघका उपाध्यक्ष एवं मुरारका अर्गनाइजेसनका निर्देशक पशुपति मुरारकाको गाडीमा मंगलबार अज्ञात समूहले तोडफोड गरेपछि उद्योगी–व्यवसायी सरकार प्रमुख गुहार्न गएका थिए। थापाथलीस्थित कार्यालयमा पार्किङ गरिएको बा. ६ च ७८७८ नम्बरकोे उनको ल्यान्ड रोभर गाडीलाई मोटरसाइकलमा आएका चारजनाको समूहले साँझ पाँच बजे तोडफोड गरेको थियो।
यो आक्रमणपछि बुधबार १ सयभन्दा बढी व्यवसायी बालुवाटार गएका थिए। राजकर्णिकारले मुरारकाको घटना प्रतिनिधि भएको बताउँदै अपराधिक समूहको मनोबल बढ्दै गएको उल्लेख गरे।
'दैनिक उद्योगी व्यवसायीमाथि आक्रमण भएको छ। महासंघका उपाध्यक्षमाथि नै मानवीय क्षति पुर्यानउने हिसाबले आक्रमण प्रयास भएको छ,' उनले भने, 'निर्वाचनअघि नै यस्तो अवस्था छ। निर्वाचनको समयमा कस्तो अवस्था होला?' आपराधिक घटना रोक्न महासंघले पनि रणनीति तयार गर्ने उनले बताए।
'आपराधिक घटना रोक्न प्रहरी परिचालन प्रभावकारी भएको देखिँदैन। सुरक्षा निकायलाई प्रभावकारी परिचालन गर्न र व्यवसायीमाथि कुनै आक्रमण हुनेवित्तिकै कारबाही गर्न आवश्यक पूर्वाधार निर्माणका लागि महासंघ पनि अघि बढ्छ,' राजकर्णिकारले भने।
उनले सुरक्षाका लागि सिसिटिभी क्यामेरा र हटलाइनसम्मको व्यवस्था गर्नेतर्फ पहल भइरहेको बताए। दुई महिनाअघि महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति बिके श्रेष्ठ र बहुराष्ट्रिय कम्पनी ऐनसेलमाथि आक्रमण भएको थियो।
'राजनीतिक दलको सम्बन्ध'
पछिल्लो समय उद्योगी–व्यवसायीमाथि भएको आक्रमणमा राजनीतिक दलको सम्बन्ध रहेको पाइएको छ। राजकर्णिकारले पछिल्लो समय भएको आक्रमणमा राजनीतिक दलको संलग्नता रहेको पाइएको जानकारी दिए।
'घटनामा कुनै न कुनै रूपमा राजनीतिक दलको संलग्नता देखिएको छ। अपराधीले समेत राजनीतिक दलका भातृ संगठनलगायतलाई प्रयोग गरेको भेटिएको छ,' उनले भने। महासंघले राजनीतिक दलको संलग्नताबारे दलका शीर्ष नेतालाई भेट्ने भएको छ।
'राजनीतिक दलका नेता भेटेर उहाँहरूको संलग्नताबारे सोध्छौं,' उनले भने, 'यसलाई भोलिदेखि नै सुरु हुनेछ।'
चन्दा आतंक
विभिन्न दलसम्बद्ध मजदुर संगठनले मे दिवसका लागि भन्दै चन्दा आतंक सुरु गरेका छन्। महासंघका अनुसार वस्तुगत संघमा चन्दाको पत्र आइसकेको छ।
'अहिले वस्तुगत संघमा पाँच लाखको चन्दा रसिद जान थालिसकेको छ। यसका कारण धेरै व्यवसायीले फोन उठाउन छाडिसकेका छन्,' महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले भने, 'हामी एक पैसा पनि चन्दा दिनेछैनौं।'