काठमाडौं, वैशाख ५ (नागरिक)- सिफारिस समितिले नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) छनोट गर्न शनिबार आठ जना वरिष्ठ डीआईजीको अन्तर्वार्ता लिएको छ। समितिले अन्तर्वार्ता लिएकामा डीआईजीहरू मदन खड्का, नरेश गुरुङ, कल्याण तिमिल्सिना, किरण गौतम, भरत जीसी, प्रकाश कुँवर, शारदाभक्त रञ्जित, अर्जुनजंग शाही छन्। गृह मन्त्रालयले प्रहरीका उच्च अधिकृतको बढुवाका लागि गृहसचिव गोविन्द कुसुमको संयोजकत्वमा कानुन सचिव माधव पौडेल र प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी सदस्य रहेको सिफारिस समिति गठन गरेको छ।
समितिले आठ डीआईजीको कार्यदक्षता, बायोडाटा र अन्तर्वार्ताका क्रममा उनीहरूले प्रस्तुत गरेको भावी योजनालाई मूल्यांकन गरी बढुवाका लागि सिफारिस गर्नेछ।
प्रहरीमा हाल १९ जना डीआईजी छन्, जसमध्ये वरिष्ठताका आधारमा आठ जनालाई मात्र बढुवाको प्रतिस्पर्धामा समावेश गरिएको छ।
प्रतिस्पर्धामा सामेल गरिएका आठ जनामध्ये पनि शाहीबाहेक अरू डीआईजी लोकतन्त्रलगत्तै बढुवा भएका प्रहरी अधिकृत हुन्। शाहीचाहिँ डीआइजीमा बढुवा भएको एक वर्ष पनि पुगेको छैन। '३९ सालभन्दा अघि सेवा थालेकाहरूलाई अन्तर्वार्तामा राखिने नीतिअनुसार शाहीलाई समावेश गरिएको हो', स्रोतले भन्यो। प्रहरी प्रधान कार्यालय नक्सालमा लिइएको अन्तर्वार्ताको शैली विल्कुलै फरक किसिमको छ। 'सबैलाई पालैपालो नेपाल प्रहरीसम्बन्धी सुधारका बारेमा भावी योजना प्रस्तुत गर्न लगाइयो, करिब आधा घन्टाको अवधिमा प्रत्येकले आफ्नो योजना सुनाए अनि समितिका सदस्यहरूले पनि उनीहरूसित विभिन्न जिज्ञासा राखे', एक प्रतिस्पर्धी डीआईजीले नागरिकसँग भने।
प्रहरी ऐन/नियमावलीमा यसरी अन्तर्वार्ता लिने भन्ने उल्लेख छैन। यसअघि नेपाल प्रहरीमा एआईजीपी पदका लागि भावी योजना प्रस्तुत गर्न लगाएर अन्तर्वार्ता लिने चलन थिएन। समितिको सिफारिस आएपछि गृहमन्त्रीले पाँच एआईजीपीको बढुवाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लानेछन्। गत असोजमा २ वर्ष सेवा अवधि नथपिएपछि ३० वर्षे सेवा अवधि पुगेका नेपाल प्रहरीका महानिरीक्षक ओमविक्रम राणासहित ११ उच्च अधिकारीले अवकास पाएपछि एआईजीसहित विभिन्न पद रिक्त भएका हुन्।