उपत्यकामा लेन मिच्ने धेरै
०५ असार २०७४
•
३ मिनेट पाठ
उपत्यकामा लेन मिच्ने धेरै
उपत्यकाभित्र सवारी साधन चलाउनेले सबैभन्दा बढी कुन ट्राफिक नियम मिच्लान् ? तपाईंको अनुमान मापसे (मादक पदार्थ सेवन गरेर सवारी चलाउनु) हुन सक्छ।




त्यसो हो भने तपाईं गलत हुनुहुन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार उपत्यकामा सबैभन्दा धेरै उल्लङ्घन हुने ट्राफिक नियम लेन मिच्नु हो।

चालू आर्थिक वर्षको १० महिनामा उपत्यकाभित्र लेन मिचेर १ लाख १० हजार १ सय ८१ जना सवारी चालक कारवाहीमा परेका छन्। महाशाखाका अनुसार हरेक महिना करिब १० हजार चालकले यो नियम मिचेर कारबाही भोगेका छन्।

लेन मिच्नेपछि लापरवाही गरेर सवारी चलाउने चालक उपत्यकामा धेरै छन् । १० महिनामा लापरवाही गरेर सवारी चलाउने ६९ हजार ७ सय ६९ जना कारबाहीमा परे । उपत्यकामा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट हुने मृत्यु बढ्दो छ ।

महाशाखाका अनुसार लेन मिच्ने र लापरवाही गर्नेपछि लाइसेन्स र ब्लु बुक नबोकी चलाउने, पार्किङ निषेध गरिएका क्षेत्रमा पार्किङ गर्ने, लाइसेन्स नलिने, मापसे गरेर सवारी चलाउने, ट्राफिक संकेत उल्लंघन गर्ने, बिग्रिएका सवारी चलाउने, छतमा यात्रु बोक्ने, वान–वेमा चलाउने, बढी भाडा लिनेलगायत नियम धेरै मिचिन्छन् ।

महाशाखा प्रमुख डिआइजी मिङमार लामा सवारी चालकलाई नियम थाहा नहुँदा समस्या भएको बताउँछन्। ‘अधिकांश सवारी चालकले ट्राफिक नियम नै जान्दैनन्, त्यसले नियम मिच्नेको संख्या बढी देखिन्छ,’ उनी भन्छन्, ‘अहिले मापसे गर्ने सवारी चालक संख्या भने घटिरहेको छ।’

ट्राफिक इन्जियिर आशिष गजुरेल नियम मिच्नेलाई कारबाही र जरिवाना गरेर मात्रै सुधार्न नसकिने बताउँछन् । ‘सवारी चालकको व्यवहार नै परिर्वतन नगरेसम्म सुधार्न सकिने रहेनछ,’ उनी भन्छन्, ‘विद्यालय तहमा ट्राफिक जनचेतनासम्बन्धी पाठ समावेश गरेर सानैदेखि नियम सिकाउनु पर्छ ।’

उनी ट्राफिक नियमबारे चेतना जगाउन सरकारले ध्यान दिनुपर्ने बताउँछन् । ‘पूर्वाधार बनाएर ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रम गर्न जरुरी भइसक्यो,’ उनी भन्छन्, ‘जरिवाना र कारबाहीले व्यवहार परिर्वतन हुन सकेन ।’

लामा पनि जनचेतनाका लागि पर्याप्त बजेट नभएको र त्यसका लागि नयाँ तरिका अपनाउनुपर्ने बताउँछन्। विद्यालयको पाठ्यक्रममा नै नियम राख्दा त्यसले भविष्यलाई समेत फाइदा पुग्ने उनको धारणा छ।

नियम मिच्नेलाई ट्राफिकले कसुर हेरी ५ सयदेखि एक हजार पाँच सय रूपैयाँ जरिवाना गर्दै आएको छ।
अर्को समाचार
लेन मिच्ने ६ सयलाई कारबाही
२६ असोज २०७१
•
४ मिनेट पाठ
लेन मिच्ने ६ सयलाई कारबाही
काठमाडौं- लेन मिच्नेलाई कारबाही सुरु भएको पहिलो दिन उपत्यकामा छ सय जना कारबाहीमा परेका छन्। गल्ती गरेका चालकको लाइन्स तथा अन्य कागजपत्र जफत गरी उपत्यका ट्राफिक महाशाखामा बुझाइएको छ।




पहिलो दिन नै सबैभन्दा धेरै लेन मिच्नेमा मोटरसाइकल पहिलो र माइक्रोबस दोस्रोमा परेको उपत्यका टा्रफिक कार्यालयले जनाएको छ। 'ठूला बसले पनि मिचेको पाइयो,' उपत्यका ट्राफिक कार्यालय प्रमुख केशवराज अधिकारीले भने। 
दरबारमार्ग ट्राफिक कार्यलयले मात्र १ सय २१ जनालाई कारबाही गरेको छ। यो क्षेत्रमा पनि लेन मिच्नेमा मोटरसाइकल र माइक्रो नै बढी पाइएको दरबारमार्ग ट्राफिक कार्यालयका इन्सपेक्टर सीताराम हाछेथुले बताए। 
प्रमुख अधिकारीका अनुसार बढी सवारीसाधन चल्ने कलंकी, त्रिपुरेश्वर, बानेश्वर, माइतीघर, टेकुमा पहिलो दिन लेन मिच्नेहरु बढी भेटिए। 
ट्राफिक नियमबारे जानकारी भएका, शिक्षित तथा सचेत व्यक्तिहरु नै ट्राफिक अनुशासन उल्लंगन गर्नेहरु भएको प्रमुख अधिकारीले बताए। लेन मिचेर सवारी साधन चलाउँदा र ओभरटेक गर्दा सडकमा बढी दुर्घटना भएकाले कडा कारबाही सुरु गरेको प्रमुख अधिकारीले जनाए। पहिला यसरी लेन मिच्नेलाई चिट काटेर मात्र पठाउने गरेकामा अहिले गल्ती गर्ने व्यक्ति नै प्रभावित हुने गरी कारबाही सुरु गरिएको हो। 
यो कारबाही अनुसार गल्ती गरेको चालक स्वयं नै कागजपत्र लिन जानुपर्छ। त्यो लिनका लागि दुई घन्टाको ट्राफिक नियमसम्बन्धी कक्षामा अनिवार्य बस्नुपर्ने नियम छ। साथै, बैंक भौचर भरी दुई सय रुपैयाँ जरिवाना तिर्नैपर्छ। 'पहिला चिट काटेपछि त्यो गाडीको मालिक, खलासी जसले पनि लिन सक्थ्यो, अहिले चालक नै आउनुपर्छ,' उनले भने। 
यो कक्षामा चालक ट्राफिक नियमप्रति सचेत हुन् भनी लेन मिच्दा भएका दुर्घटनाका भिडियो देखाउने, लेन मिच्दा हुने जाम, तीव्र गतिले हुने दुर्घटनाको परिणाम लगायत विषय समावेश गरिएको छ। 
कक्षामै चालकलाई खलासीले बसबाहिर टाउको देखाउन नहुने, जेब्रा क्रसिङमा बस रोक्नुपर्ने, साँघुरो बाटोमा बस रोक्न नहुने, चालकले मोबाइल प्रयोग गर्न नहुने, मद्यपानपछि सवारी चलाउन नहुने, बिसौनीमा मात्र गाडी रोक्नुपर्ने, असक्त तथा महिला आरक्षण सिट अनिवार्य लागु गर्नुपर्ने, सिट बेल्ट र हेल्मेट लगाउनुपर्ने, मोटरसाइकलमा दुई जनाभन्दा बढी चढ्न नपाइने आदि कुरा सिकाइन्छ। 
दैनिक गल्ती गर्ने धेरै भएकाले आफ्नो कागज लिन पुग्ने चालकले कक्षाको पालो पाउन पनि मुस्किल पर्ने प्रमुख अधिकारीले बताए। सडकमा ट्राफिक नियम पालना गर्न सिकेका चालकले अस्पताल, कलेज, बैंक कुनै पनि स्थानमा पालो पर्खेर काम गर्न सिक्ने बानीको विकास हुने इन्सपेक्टर हाछेथुले बताए। 'यो कारबाहीबाट व्यक्ति सबैतिर अनुशासित बन्न सिक्नेछ,' उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस