हङकङ– चीनको भौगर्भिक अध्ययनले खासामा भन्सार कार्यालय पुनस्थापना सम्भव नभएको देखाएपछि तातोपानी नाका सञ्चालन झन् अनिश्चित बनेको छ। संसदको विकास समितिले बुधबार दिएको सुझाव अनुसार नेपाल सरकारको उच्च तहबाट खासा भन्सारको विकल्प खोज्न बेइजिङलाई आग्रह नगरिए नाका तत्काल सञ्चालनमा नआउने भएको छ।वैशाखको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक नाका खोल्न सुरुमा चीनले प्रयास गरेको देखिए पनि नेपालले त्यसलाई प्राथमिकतामा राखेन। भारतको नाकाबन्दीपछि इन्धनको विकल्प खोज्ने क्रममा नेपालले उत्तरको यो नाका खोल्न सक्रियता बढाएको छ। मुस्किलले खोलिएको रसुवागढी–केरुङ नाकाको साँघुरो बाटोबाट ग्यासका बुलेट, पेट्रोल लगायतका सामाग्री ल्याउन कठिन भएको भन्दै तातोपानीको ठूलो सडक प्रयोगमा ल्याउन दबाब बढेको हो।
खासामा रहेका भन्सार, अध्यागमन र अन्य सुरक्षा पोष्टमा भूकम्पले ठूलो क्षति गरेपछि चीनले तत्काल नाका खोल्न नसकिने बताउँदै आएको थियो। नेपालको पछिल्लो आग्रहपछि बेइजिङबाट टोली नै आएर खासा क्षेत्रको स्थलगत अध्ययन गर्यो । दशैँको आसपास इन्जिनियर सम्मिलित चीनको वाणिज्य र विदेश मन्त्रालयको टोलीले खासाको भौगर्भिक अध्ययन गरी बेइजिङमा प्रतिवेदन बुझाएको छ । 'चीनको जियोलोजिकल टिमले स्थलगत अध्ययन गरी खासा र आसपासको क्षेत्रमा अहिले कार्यालय पुर्नस्थापना सम्भव नभएको प्रतिवेदन दिएको छ', विदेश मन्त्रालय सम्वद्ध बेइजिङका एक विज्ञ भन्छन्, 'भन्सार र अध्यागमन अधिकारीले खासामा बसेर काम गर्न सम्भव नभएपछि त्यसको विकल्पबारे छलफल भइरहेको छ।'
ल्हासास्थित नेपाली महावाणिज्य दूताबास र तिब्बतका अधिकारीबीच ल्हासा, सिगात्से वा नेलममा भन्सार राखेर सामाग्री सिधै नेपाल पठाउनेबारे पटक पटक छलफल भएको थियो। पछिल्लो समय खासाबाट ३० किलोमिटर माथि नेलममा भन्सार कार्यालय निर्माण भइरहेको र त्यो तयार भएपछि नाका खोल्न सकिने अनौपचारिक जानकारी तिब्बतका भन्सार सम्वद्ध अधिकारीले दिएका छन्।
'खासा–तातोपानी नाका खोल्नु पर्यो भनेर महावाणिज्य दूताबासबाट ल्हासामा पटक पटक मौखिक आग्रह गर्यौँ र चार पटक नोट लेखेर पठायौँ, हाम्रो तर्पmबाट कुनै कसर बाँकी राखेका छैनौँ', ल्हासास्थित महावाणिज्यदूत हरि बस्याल भन्छन्, 'चिनियाँ पक्षले नेलममा भन्सार कार्यालय बन्दैछ, तयार भएपछि जन्छौँ भनेका छन् तर कुनै औपचारिक जवाफ, पत्र आएको छैन।'
जाडो महिनामा सिमेन्ट नजम्ने र भवन निर्माण कठिन हुने भएकाले नेलममा भन्सार कहिले तयार हुन्छ र नाका खुल्छ भन्ने अभैm निश्चित छैन। तर नेपालले बेइजिङमा राजनीतिक तहमा वार्ता गरे केन्द्र सरकारको निर्देशनमा खासाको विकल्प चाँडै तयार हुनसक्ने आशामा छ। त्यसैले तातोपानी नाकादेखि इन्धन सम्झौताको ढोका खोल्नसमेत उच्च राजनीतिक भ्रमण पर्खेर बसेका छन्, ल्हासा र बेइजिङका नेपाली दूतहरू ।
पचास वर्षअघि सञ्चालनमा आएको ९ सय ४३ किलोमिटर लामो चीन–नेपाल राजमार्गले तिब्बतको राजधानी ल्हासलाई काठमाडौँसँग जोड्छ । यसैवर्ष रसुवागढी–केरुङ नाका खुल्नु अघिसम्म तातोपानी–खासा नाकाले चीन–नेपाल व्यापार धानेको थियो। भूकम्प गएपछि दुई पटक चीनले सशस्त्र प्रहरीको आपतकालीन दस्ता नै पठाएर अरनिको राजमार्ग अन्तर्गत तातोपानी–खाडीचौर खण्डमा खसेको पहिरो सफा गर्न नेपाललाई सहयोग पनि गर्यो ।
भूकम्पअघि चीनले दिएको साढे चौध अर्ब रुपैयाँ अनुदान सहयोग अरनिको सडकको स्तरोन्नती गर्न खर्च गर्ने निर्णय सरकारले भर्खरै गरेको छ भने लार्चामा सुख्खा बन्दगाह निर्माण अन्तिम चरणमा पुगेको छ। तर यो नाकाको भविष्य खासाको पुनस्थापनासँग जोडिएको छ र चीनको भौगर्भिक अध्ययनले त्यहाँ बस्न नमिल्ने रिपोर्ट दिएपछि यसको निरन्तरतामाथि नै प्रश्न उठेको छ।
चीन–नेपाल सहयोगबारे अध्ययन गरिरहेका चाइना रिफर्म फोरमका उपनिर्देशक मा जियलीका अनुसार अहिले चीन सरकार खासाको पुनस्थापनामा ठूलो खर्च गर्ने मनस्थितिमा छैन। 'तिब्बतका साथीहरूले भूकम्पपछि खासाको अवस्था निकै खराब भएकाले नाका नै बन्द गर्ने सम्मको छलफल भएको बताएका छन्', प्रोफेसर मा भन्छन्, 'मेरो विचारमा खासा नाका पुनः सञ्चालनमा ल्याउन सकिन्छ तर हाम्रो मुख्य ध्यान केरुङको दीगो पुनरुत्थानमा हुनुपर्छ।'
नेपाल छिर्न नयाँ नाकाहरू समेत खोल्ने तयारीमा रहेको चीनले पहिलो ऐतिहासिक नाकालाई अवश्य पनि सञ्चालनमा ल्याउला तर खासाको पुनस्थापनाबारे समय तोक्न सकिने अवस्था छैन। 'खासापुरानै अवस्थामा सञ्चालन गर्न सम्भव छैन भन्नुको अर्थ भौगोलिक रुपमा समस्या हुनुपर्छ, भत्केका घर हटाएर नयाँ बनाउन पनि कम्तिमा एक वर्ष लाग्छ', महावाणिज्यदूत बस्याल भन्छन्।