चिसो बढेसँगै छालामा धेरै किसिमका समस्या देखा पर्छन्। जाडो मौसम छालाका लागि प्रतिकुल समय मानिन्छ। जाडो महिनामा बाहिरी वातावरण सुक्खा हुने भएकाले त्यसको सीधा असर छालामा पर्छ। चिसो मौसममा छालामा आउने विभिन्न समस्याबाट कसरी बच्ने ? यस विषयमा नेपाल स्किन हस्पिटलका छाला तथा सौन्दर्य विशेषज्ञ डा. ललन खतिवडाको सुझाव :
यस्ता समस्या देखा पर्छन्
जाडो मौसम सुरु हुनेबित्तकै हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ। छालामा धेरै किसिमका समस्या देखा पर्छन्। पछिल्लो समय व्यस्त जीवनशैलीका कारण तनाव एवं थकान बढी हुन्छ। यसले पनि छालालाई असर गरिरहेको हुन्छ। तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ।
कोरोनाबाट बच्न बढी मास्कको प्रयोग गरिहेका छौं। धेरै मास्कको प्रयोगले अनुहारमा असर देखिएको छ। मास्क लामो समय प्रयाग गर्नाले डन्डिफोर आउन सक्छ। एन–९५ मास्क लगाउँदा थिची बस्ने भएकाले छाला उप्किने गर्छ। यस्ता समस्या देखा परेका छन्।
चिसोले गर्दा शरीरमा ‘कोल्ड अटिकरिया’ देखापर्छ। ‘कोल्ड अटिकरिया’ भनेको चिसोमा हिँड्यो भने ज्यान चिलाउने, शरीरमा डाबर आउने र अनुहारमा ‘रोजासिया’ देखिने समस्या हो। ‘रोजासिया’मा अनुहार रातो हुने गर्छ।
अर्काे, जाडो मौसममा ‘मेलाज्मा’हरू धेरै देखिन्छ। कपाल वा कपडाले नछोपिएको भागको छालामा चिलाउँछ।
त्यस्तै ओठ सुक्खा हुने, हातखुट्टा फुट्ने, चिरा पर्ने समस्य जाडो मौसममा बढी नै हुन्छ। राति अबेर बस्ने र बिहान ढिलासम्म सुत्ने बानीले छालासम्बन्धी मात्रै होइन, अन्य रोगसमेत निम्त्याउन भूमिका खेलिरहेको हुन्छ।
भिडियो हेर्नुस्
छालालाई कसरी जोगाउने?
विषेशगरी न्यानो खपडा लगाउने, छालामा छुने कपडा प्रायः सुती कपडा लगाउँदा फाइदा गर्छ। उनलको कपडा लगाउँदा झन् राम्रो।
कोरोनाबाट बच्न हामीले धेरै मास्क प्रयोग गरेका हुन्छौं। यस्तो बेला राम्रो मास्क लगाउने। धेरै थिचेर मास्क नगाउने। आफू एक्लै भएका बेला मास्क खोल्ने। बिनामास्क बस्ने। छाला सुक्खा पार्ने फेसवास प्रयोग नगर्ने। डन्डिफोर आएका छन् भने नचलाउने।
–नुहाउँदा सावोर जेल प्रयोग गर्ने वा बजारमा पाइने माइल सोप डोप, पिआर साबुन प्रायोग गर्ने।
–छोरी मान्छेले बढी पानी छोइराख्नुपर्ने भएकाले जाडोमा धेरै समस्या देखापर्छन्। हातका औंला फुट्नेजस्ता समस्या आउँछन्। औंला पाक्ने सस्या मंसिर, पुस र माघसम्मै हुन्छ। तसर्थ बाक्लो पञ्जा लगाएर हिँड्ने। भाँडा माझ्दा पञ्जा लगाएर माझ्ने, बिहान–बेलुका मनतातो पानीमा हात डुबाउने।
–जाडोमा छाला सुक्खा हुन्छ। मनतातो पानीमा बिहान बेलुका अनुहार धुने, राती फेसवास, क्लिन्जर प्रयोग गर्ने।
–खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ। पानी पर्याप्त पिउनुपर्छ। त्यसैले पर्याप्त समय निदाउनुपर्छ। कम्तीमा ७ देखि १० घण्टा सुत्नुपर्छ।
–अर्काे कुरा, नियमित शारीरिक व्यायाम पनि आवश्यक छ। नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ।
–डन्डिफोर र छाला चाउरी पर्नेजस्ता समस्या सामान्य भए पनि त्योभन्दा जटिल समस्या पनि देखिन्छ। मुख्य कुरा, मानसिक रूपमा सन्तुष्ट हुनुपर्छ। आफू जे छु त्यसैमा सन्तोष गर्न सक्यो, आफैंलाई राम्रो ठान्यो भने अनुहारमा स्वतः चमक आउँछ।
सनस्क्रिन किन प्रयोग गर्ने?
जाडोको समयमा सनस्क्रिन क्रिम दिनको ३ पटक अनुहारमा लगाउनुपर्छ। चिसो मौसमको घाम झन् धेरै हानिकारक हुन्छ। त्यसैले सनस्क्रिन प्रयोग गर्नुपर्छ। घामले अनुहारको छालालाई बढी सुक्खा बनाउँछ। यो बेला घामले पनि छालामा समस्या आउन सक्छ। त्यसैले छालालाई घामबाट पनि बचाउनुपर्छ। यसका लागि घरबाहिर निस्कनुअघि सनस्क्रिन क्रिम लगाउनुपर्छ। सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ।
मानिस सुन्दर देखिन उसको छालाको भूमिका महत्वपूर्ण हुन्छ। तर कहिलेकाहि त्यहि छालाको राम्रो स्याहार गर्न नसक्दा शरिरमा विभिन्न समस्या आउन सक्छन्। चिसोमा होस वा तातो समयमा हामीले समयअनुसार छालाको ख्याल गर्नुपर्दछ।
जाडोमा हामीलाई घाम देख्नै हुदैन, हामी घाममा गएर बसिहाल्छौं। जाडो छल्नका लागि सबैभन्दा राम्रो उपाएका रुपमा लिइन्छ घाम ताप्नुलाई। तर जाडो छल्नका लागि धेरै घाम ताप्दा हाम्रो छालामा धेरै समस्या देखिन सक्छ। जाडोमा धेरै घाममा बस्दा अनुहारमा चाया, पोतो बढ्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा. अनिल दास बताउँछन्। घाम ताप्दा अनुहार सिधै घाममा नपार्न उनको सुझाव छ। घाममा बस्दा अनुहार छोपेर ताप्दा समस्या नदेखिने डा. दासको सुझाव छ।
उनका अनुसार चिसो मौसम सुरु भएसँगै छाला फुट्ने, छाला सुक्खा हुने, छाला चिलाउने जस्ता समस्या अधिकांशलाई देखिने गर्छ। पानीको मात्रा शरीरमा कम हुने र शरीरमा भएको मुलायमपना कम हुँदै जादा अन्य छालासँग सम्बन्धित समस्या पनि देखिने गर्छ। त्यसकारण यो समयमा छालाको हेरचाह धेरै गर्नुपर्छ।
चिसो समयमा धेरै छाला सुख्खा हुने समस्याहरु देखिने गर्दछ। सँगै चिसोको मौसममा छालामा एलर्जी हुने, छालामा देखिने कत्ले रोग बढ्ने, बालबालिकामा एम्टोपीक ड्रमोटाइटिस बढ्ने गर्दछ। चिसोमा धेरै घाममा बस्ने हुँदा अनुहारमा देखिएको चायाँपोतो बढ्ने पनि हुन्छ। चीसो समयमा बाहिरको वायुमा पानीको मात्रा निकै कम हुने र त्यसले हाम्रो छालालाई सुख्खा बनाइदिने उनी बताउँछन्।
छाला तथा सौन्दर्य विशेषज्ञ डा. अनिल दास छाला सुख्खा भएमा चिलाउने, छालामा एलर्जी हुने, खटिरा आउने गर्दछ। चिसोमा छाला जोगाउनका लागि मोइस्चराइजर क्रिमहरुको प्रयोग धेरै गर्नुपर्दछ। शरीरका बाहिर देखिने भागहरुमा यस्ता क्रिमहरु लगाउनु पर्छ। चिसोको समयमा चिसो पानीले वा धेरै तातो पानीले नुहाउनु हुँदैन। मनतातो पानीले नुहाउनु पर्छ। ३० देखि ३५ डिग्री तातो पानीले नुहाउँदा राम्रो हुन्छ। विशेषगरी नुहाएपछि मोइस्चराइजर क्रिम अनिवार्य शरीरमा लगाउनु पर्दछ।
डा. दासका अनुसार यो समयमा नुहाउँदा साबुन वा स्याम्पुलाई शरिर वा कपालमा धेरै समय राख्नु हुँदैन। त्यसले हाम्रो शरीरको छाला झन फुस्रो बनाउने गर्दछ। त्यसैले चिसोमा बडीवासले नुहाउँदा राम्रो हुन्छ। कतिपयलाई यो समयमा मोइस्चराइजर वा लोसन लगाउँदा पनि छाला छिट्टै फुस्रो देखिने हुनसक्छ। त्यस्तो समस्या धेरै मोइस्चराइजर प्रयोग नगरेका वा छाला सुख्खा हुने समस्या भएकाहरुलाई देखिने गर्छ।
डा. दास चिसो समयमा छालालाई राम्रो राख्न ग्लिसिरिन, मोइस्चराइजरयुक्त लोसन वा क्रिमहरुको प्रयोग गर्न सुझाव दिन्छन्। नरिवलको तेलले पनि छालालाई राम्रो राख्न सहयोग गर्छ। धेरै सुख्खा छाला भएकाहरुले यस्ता खालका क्रिमहरुको प्रयोग धेरै मात्रामा गर्नुपर्ने हुन्छ।
चिसोमा छालालाई राम्रो राख्ने घरेलु उपायमध्येमा घ्यूको प्रयोग एक हो। हामिले घ्यूको प्रयोगबाट पनि छाला फुट्नबाट रोक्न सक्छौ। त्यस्तै नरिवलको तेल, सनफ्लावर तेलको प्रयोग गर्दा पनि छाला फुट्नबाट बचाउन सकिन्छ। छालालाई फुस्रो हुनबाट बचाउँनका लागि भित्रि कपडाहरु सुतिको लगाउनुपर्ने दास बताउँछन्।
अनुहारको छाला कस्तो छ भनेर थाहा पाउन हामिले विभिन्न चेक जाँचहरु पनि गर्ने गर्दछौ। तर, हामीले हेर्ने वित्तिकै पनि कस्तो छाला हो भनेर थाहा पाउन सकिन्छ। घरमा नै बसेर आफ्नो छालाको बारेमा थाहाँ पाउन बिहान उठेर मुख धुने वित्तिकै अनुहारमा केहि नलगाई छाला छुने हो भने थाहाँ पाउन सकिन्छ। यदि मोइस्चराइजर प्रयोग गर्दागर्दै पनि छाला धेरै फुस्रो देखिएमा त्यो फुस्रो खालको छाला हो। कतिपयको छाला केही मात्रा फुस्रो र केही मात्रा ओइली हुने खालको पनि हुन्छ।
छाला शरिरको बाहिरमा भागमा हुन्छ । त्यसैले पनि यो हाम्रो सुुन्दरताको अभिन्न अंग हो । यसको हेरचाह अनिवार्य छ। अझ जाडोयाममा छालालाई विशेष ख्याल गर्नुपर्छ भन्छन, डा. दास ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...