भाइरससँगै बाँच्न सिक्नुपर्छ
२२ भदौ २०७७
•
७ मिनेट पाठ
भाइरससँगै बाँच्न सिक्नुपर्छ
नेपालमा पछिल्लो समय कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो दिएको जानकारीअनुसार संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । तीमध्ये ३ सय जनाको मृत्यु भइसकेको छ ।  




संक्रमण किन बढिरहेको छ ? यो नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास कस्तो छ र कस्तो हुनुपर्छ ? अनि नागरिकले पनि यस विषयमा बुझ्नुपर्ने कुरा तथा अपनाउनुपर्ने सतर्कता के के हुन् ? आदि जिज्ञासाका साथ स्वाथ्य क्षेत्रको नीतिगत तहमै लामो समय बिताएका जनस्वास्थ्य विज्ञ डा.केके राईसँग नागरिकन्युजकर्मी पवन बराइलीले संवाद गरेका छन् :    

कोरोना महामारीबारे सरकारको बुझाइ कस्तो पाउनुभएको छ ?  

अहिले राज्य नै अन्योलमा छ । कोरोना भाइरस- डराउनुपर्ने खालको होइन, सामान्य रुघाखोकी लगाउने भाइरस हो भन्ने रूपमा लिइयो । लकडाउन/निषेधाज्ञा लगाइएको झन्डै ६ महिना हुन लागिसक्यो । जसका कारण काम/व्यवसाय गर्न नपाएर नागरिकले पेटभरि खान पनि पाएका छैनन् । अर्थतन्त्र ठप्प छ । सबैभन्दा बढी असर श्रमिक वर्गलाई परिहेको छ । 

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार क्वारेन्टिन व्यवस्था गरिनुपर्थ्याे । तर संक्रमितलाई भेडा/बाख्राजसरी राखियो ।  
सरकारले एकातिर कोरोना भाइरसलाई सामान्य ठानिरहेको बुझिन्छ भने अर्कातिर यसलाई ठूलो महामारीका रूपमा लिएको पनि देखिन्छ । यसैकारण सरकार आफैं अन्योलमा छ । अन्य देशका सरकारले जस्तो महामारीलाई प्राथमिकतामा राखेर नियन्त्रणमा लागि परेको छैन । स्रोत/साधन जुटाएको छैन । 

सबै स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका सामग्री पाइरहेका छैनन् । सुरक्षाकर्मीले पनि पाएका छैनन् । पछिल्लो समय स्वास्थ्यकर्मी आतंकित भइरहेका छन् । भाइरसबाट बच्च आफैंले स्वास्थ्य सुरक्षा सामग्री किनेर प्रयोग गर्न बाध्य छन् । यतिबेला सबैभन्दा बढी मारमा स्वास्थ्यकर्मी छन् ।  

दैनिक औसतमा हजारभन्दा माथिको संख्यामा संक्रमित फेला परिरहेका छन् । मृत्यु हुने क्रम पनि बढ्दो देखिन्छ । कारण के हाे ?  

सुरुवातमै स्वास्थ्यविज्ञसँग छलफल गरी उनीहरूका सुझावअनुसार योजना बनाएर अघि बढ्नुपर्ने थियो । हिजोका दिनमा यस्ता महामारी आउँदा कस्ता रणनीति अपनाइएका थिए ? वैज्ञानिक योजना हुनुपर्थ्याे । भएन । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार क्वारेन्टिन व्यवस्था गरिनुपर्थ्याे । 

तर संक्रमितलाई भेडा/बाख्राजसरी राखियो । जसले गर्दा एक–दुई जनाबाट धेरैमा संक्रमण फैलिने नै भयो । जब उनीहरू क्वारेन्टिनबाट बाहिर निस्किए, तब संक्रमण समुदायमा पनि फैलियो । क्वारिन्टन नै कोरोना फैलाउने केन्द्र बन्यो ।  

जतिबेला देशभित्र कोरोना फैलिसकेको थिएन, त्यतिबेला यसलाई रोक्ने उपाय प्रशस्तै थिए । देशका सिमाना कसरी व्यवस्थित गर्ने र विदेशबाट आएकालाई क्वारिन्टनमा कसरी व्यवस्थापन गर्ने ? यो विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्थ्याे । तर नेपालमा कोरोना आउँदैन भनेर बस्यो । 

फ्रन्टलाइन (अग्रपंक्ति) मा काम गर्नेहरूलाई पिपिईलगायत स्वास्थ्य सुरक्षाका साधन पर्याप्त उपलब्ध गराई उनीहरूको मनोबल बढाएर काम गर्नुपथ्र्याे । हचुवा तालमा काम थालियो । लकडाउन मात्रै गरियो, तर व्यवस्थित क्वारेन्टिन बनाउनेतिर ध्यान दिइएन, जसले गर्दा कोरोना समुदायस्तरनमा फैलियो । यसमा सरकार चुकेकै हो । अबको चरण भनेको उपाचर मात्रै हो । जुन वैज्ञानिक र व्यवस्थित बनाउन जरुरी छ ।  

परीक्षण प्रभावकारी नभएर पनि संक्रमण बढेको हो त ?  

पिसिआर परीक्षण गुणस्तरीय भएन भन्ने भन्ने कुरा उठेका छन् । सुरुमै पिसिआर प्रशस्त मात्रामा गरिनुपपर्थ्याे । सममयै गुणस्तरीय पिसिआर किट ल्याएर परीक्षण प्रभाकारी बनाएको भए व्यवस्थित हुन्थ्यो । पहिले परीक्षण गर्ने बेला पिसिआर टेस्ट किट नै थिएन । आवश्यक स्वास्थ्य सामग्री नै थिएन । त्यही बेला हेलचक्र्याइँ भइसकेको थियो । पिसिआर परीक्षण पनि प्रशस्त मात्रामा नगर्ने, अनि क्वारेन्टिन पनि व्यवस्थित नहुने । यो अवस्थाले गर्दा संक्रमण फैलियो ।  

सरकारले लकडाउन र निषेधाज्ञा गर्न मात्रै जानेको छ । यसले मानिस रोगले भन्दा भोकले मर्ने स्थिति नआउला भन्न सकिन्न । 
भारतमा अहिले दिनदिनै संक्रमण दर बढिरहेको छ । भारत-नेपाल सीमा नाका व्यवस्थित छैनन् । कसरी व्यवस्थित गर्ने ? यो विषयमा सरकारले ध्यानै दिएको छैन ।

सरकारले उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने थियो । सरकारको प्रयास खासै उपयोगी देखिएन । त्यही अव्यवस्थाले यो संकट निम्त्याएको हो । दिनप्रतिदिन संक्रमण दर बढिरहेको छ । सरकारले चाँडै स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाएर लागेन भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्छ ।    

समुदायस्तरमा संक्रमण फैलियो भनेर कसरी थाहा पाउने ?  

पाँच जना मानिसलाई कोरोना पोजिटिभ देखायो भने उनीहरूलाई कसरी लाग्यो ? विदेशबाट पनि आएका होइनन् ।  

चीन, जापान, दक्षिण कोरियाजस्ता देशले लकडाउन नगरीकनै कसरी कोरोना नियन्त्रण गरे भन्नेतिर हाम्रो सरकारले ध्यान दिएन । जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्थ्याे , त्यो पनि भएन । आम मानिसलाई जनस्वास्थका ज्ञान, सीप र चेतना प्रदान गरिएन । जुन आवश्यक छ । सरकारले लकडाउन र निषेधाज्ञा गर्न मात्रै जानेको छ । यसले मानिस रोगले भन्दा भोकले मर्ने स्थिति नआउला भन्न सकिन्न ।  

पिसिआर टेस्ट गर्न नागरिक आफैंले पैसा तिर्नुपर्ने र कोरोना संक्रमण भए उपचार पनि गर्नुपर्ने, योभन्दा लज्जास्पद कुरा अरू के होला ? 
काठमाडौं उपत्यकामा अब कन्ट्याक्ट ट्रेसिङ सम्भव छ ?

संक्रमितको संख्या नबढ्दै कन्ट्याक्ट ट्रेसिङ थालिनुपथ्र्याे । उपत्यकामा जथाभावी मानिसलाई भित्रिनै दिन हुन्थेन । भित्रिहाले पनि खोजीखोजी क्वारेन्टिनमा राख्ने, पिसिआर टेस्ट गर्ने गर्नुपर्थ्याे । त्यही बेला चुक्यौं हामी । नाकाबाट संक्रमित भित्रिसके । तिनले परिवार, आफन्त, साथीभाइ, समुदायमा संक्रमण सारिसके । यस्तो बेला कन्ट्याक ट्रेसिङ सम्भव हुँदैन । व्यावहारिक पनि छैन । अब त  समुदायका प्रत्येक मान्छेको स्वाब संकलन गरेर परीक्षण गर्ने हो ।

संक्रमितले अस्पताल भरिभराउ भइसके । कसरी व्यवस्थापन गर्ने ?  

निजी अस्पताललाई कोरोना अस्पताल बनाउनुपर्छ । कुनै महामारी/विपत्ति आउँँदा सबै काम सरकारले नै गर्ने हो । जनतालाई आर्थिक भार दिने होइन ।  पिसिआरलाई पैसा लिइरहेको छ । अरू देशले पनि लिएको छ भनिन्छ । तर उनीहरूले पैसा लिने बेग्लै वैज्ञानिक आधार छन् ।

पिसिआर टेस्ट गर्न नागरिक आफैंले पैसा तिर्नुपर्ने र कोरोना संक्रमण भए उपचार पनि गर्नुपर्ने, योभन्दा लज्जास्पद कुरा अरू के होला ? उसै त जनता आर्थिक मारमा परेका छन् । यस्तो बेला घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्था छ । त्यसैले सरकारले निजी अस्पताल किन्ने हो, नत्र अस्पतालका बेड उपयोगका लागि माग्ने हो । निजी अस्तालले दिनुपर्छ । निजी र सरकारी अस्पताल मिलेर अघि बढ्नुपर्छ । यसलाई अभियानका रूपमा लानुपर्छ ।  

राज्यको भूमिका कस्तो हुनुपर्थ्याे ?

महामारीलाई उच्च प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री ल्याएर अघि बढ्नुपर्थ्याे । महामारीलाई कसरी जित्ने भन्नेतिर लाग्नुपथ्र्याे। स्रोत/साधन किन्नुपथ्र्याे । स्वास्थकर्मीलाई उच्च मनोबलसहित काम गर्ने वातावरण बनाउनुपर्थ्याे । अहिले सरकारी अस्पतलाका नर्सहरू संक्रमित भएका छन् ।  

लकडाउन गरेर संक्रमण घट्ने होइन । यसका लागि मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता जनस्वास्थ्यका नियम पालना गर्नुपर्छ । भाइरससँगै बाँच्न सिक्नुपर्छ । भाइरस त्यति छिट्टै हराउनेवाला छैन ।  
नयाँ भाइरस हो । औषधि छैन, उपचार छैन भनेपछि मान्छे आत्तिएका हुन् ।  तर विश्वको अवस्था हेर्दा यसको मृत्युदर ३ प्रतिशत मात्रै छ । अझ भारत र नेपालमा त एक प्रतिशतभन्दा पनि कम छ । संक्रमण समुदायस्तरमा फैलिएपछि मुत्युदर बढ्छ नै । संक्रमण हुनेबित्तिकै मान्छे मरिहाल्ने त होइन । रोग लागिहाले पनि प्रतिरोधात्मक शक्तिले जितेर अघि बढ्ने हो । 

डराउनै हुँदैन भन्ने होइन, संयमित हुँदै अघि बढ्नुपर्छ । लकडाउन गरेर संक्रमण घट्ने होइन । यसका लागि मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता जनस्वास्थ्यका नियम पालना गर्नुपर्छ । भाइरससँगै बाँच्न सिक्नुपर्छ । भाइरस त्यति छिट्टै हराउनेवाला छैन ।  

संक्रमण नियन्त्रण गरेका देशले कस्तो रणनीति अपनाए ?  

जुन बेला मास्कको ज्यादै जरुरी थियो, त्यसबेला नेपालमा यसको अभाव थियो । भाइरसबाट बच्ने उपाय भनेकै मास्क हो । जापान, दक्षिण कोरियाजस्ता देशका सरकारले मास्क वितरण गरेका थिए । इटलीले पनि  मास्क पाउने व्यवस्था गर्‍याे । हरेक ठाउँमा मेसिनले नै मास्क बेच्ने व्यवस्थासमेत गर्‍याे । हामी डब्लुएचओले भनेको मात्रै मान्ने अरूका कुरा नमान्ने ? डब्लुएचओले पनि धेरैपछि मात्रै मास्क लगाउन भन्यो । भारतका ग्रामीण भेगमा मास्क नलगाएकै कारण कोरोना फैलिएको छ ।  

अब कोरोना नियन्त्रणको अन्तिम विकल्प के हुन सक्छ ?

सरकारले निजी अस्पताललाई सेवाको दायरामा ल्याउनुपर्छ । संक्रमण रोकथामभन्दा पनि उपचारमा ध्यान दिनुपर्छ । भेन्टिलेटरसहितको उपचार सेवा चाहिन्छ । ९० प्रतिशत बिरामीलाई अस्पतालमा भर्ना गर्न पर्दैन होला, तर १० प्रतिशतलाई त गर्नुपर्छ । तसर्थ सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ । 

साधन/स्रोत व्यवस्था गरेर व्यवस्थित अस्पताल बनाए जनताले राहत पाउँथे । अहिले रोग लाग्यो भने भगवान् भरोसामै बाँच्नुपर्ने अवस्था छ । निजी र सरकारी अस्पातल मिलेर अघि बढे भने मानिस बचाउन सकिन्छ । केही हदसम्म महामारी नियन्त्रण हुन्छ ।  
अर्को समाचार
‘भाइरस तत्काल हराउनेवाला छैन, हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ’
२० जेष्ठ २०७७
•
५ मिनेट पाठ
‘भाइरस तत्काल हराउनेवाला छैन, हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ’
अपर्ना अलुरी, बिबिसी




कोभिड–१९ संक्रमित संख्या तीव्र रुपमा बढे पनि भारत सामान्य जीवनतर्फ उन्मुख हुँदैछ। भारतले मार्च २५ देखि जारी लकडाउन (बन्दाबन्दी) खोल्ने योजना शनिबार  सार्वजनिक गरेको हो।  

यो अपेक्षित थियो। किनभने बितेका १० दिनयता लकडाउन खुकुलो पारेपछि भारतीय सडक एवं आकाश व्यस्त भइसकेका थिए। कतिपय व्यवसाय र कारखाना खुलिसकेका छन्। निर्माण कार्य पूर्ववतः अवस्थातर्फ उन्मुख हुँदैछ। बजारमा भीड देखिन्छ भने पार्कमा मानिस जान थालिसकेका छन्। छिट्टै होटल, रेष्टुेरेन्ट, मल, मन्दिर, स्कुल र कलेज खुल्ने तयारीमा छन्। तर महामारीको फैलावटमा चाहिँ कमी आएको छैन, फैलिने क्रम तीव्र छ।  

भारतमा लकडाउन घोषणा गर्दाताक पाँच सय १९ जना कोरोना भारइस संक्रमित थिए र १० जनाको मृत्यु भएको थियो। अहिले संक्रमित संख्या एक लाख ७३ हजार पुगिसकेको छ भने भन्डै पाँच हजारको मृत्यु भैसकेकोे छ। शनिबार मात्र ८ हजार नयाँ संक्रमित फेलापरेका थिए।  

त्यसो भए भारतमा लकडाउन खोल्न किन हतार गरियो त ? विज्ञहरु भारतका लागि लकडाउन थेग्न नसकिने विषय बन्दै गएको बताउँछन्। ‘यो लकडाउन खुल्ने समय हो,’ संक्रामक रोगसम्बन्धी विषयका प्राध्यापक तथा अनुसन्धानकर्ता गौतम मेनन भन्छन्, ‘एउटा निश्चित अवधिपछि आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक हिसाबले लकडाउन थेग्न सकिन्न।’  

लकडाउनको पहिलो दिनदेखि नै भारतले ठूलो मूल्य चुकाउनुपरेको थियो। विशेषगरी दैनिक ज्यालादारीमा भर पर्ने करोडांै जनता यसको मारमा परेका थिए। लकडाउनले खाद्य आपूर्ति शृंखला, जीविकोपार्जन, बन्दव्यापार सबै ठप्प भए। बेरोजगारी बढ्यो, अर्थतन्त्रमा नकारात्मक असर देखियो। यसले गर्दा भारतीय अर्थतन्त्रको वृद्धिदर बितेका ३० वर्षयता सबैभन्दा कम हुने प्रक्षेपण गरिएको छ।  

भारतीय केन्द्रीय बैंकका पूर्वगभर्नर तथा अर्थशास्त्री रघुराम राजन अप्रिलमै लकडाउन खुला गरिनुपर्ने बताउँछन्। त्यसपछिको लकडाउन विनासकारी भएकोे उनको विश्लेषण छ।

अन्तर्राष्ट्रिय परामर्शदात्री संस्था म्याकेन्सीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा  संक्रमण जोखिमसँगै भारतले अर्थतन्त्रलाई पनि व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।  ‘लकडाउनको सुरुको उद्देश्य संक्रमणको गति कमजोर बनाउने थियो। स्वास्थ्य सेवा प्रणालीलाई सशक्त पार्नु थियो। जसका कारण संक्रमण बढे पनि नियन्त्रण गर्न सकियोस्,’ जनस्वास्थ विज्ञ डा. एन देवदासन भन्छन्, ‘यो उद्देश्य पूरा भएको छ।’  

पछिल्ला दुई महिनामा विद्यालय र रेलका डिब्बा समेत क्वारेन्टाइन केन्द्रमा परिणत भए। यस अवधिमा भारतले पर्याप्त व्यक्तिगत सुरक्षा सामग्रीे उत्पादन ग¥यो, अस्पतालहरूमा कोरोना उपचार वार्ड स्थापना ग¥यो र व्यापकस्तरमा परीक्षण दायरा बढायो। त्यसो त चुनौती र अभावको स्थिति पनि नभएको होइन तर भारत सरकारले तिनलाई राम्रोसँग सम्बोधन गरेको छ।

‘हामीले लकडाउन अवधिमा जनस्वास्थ्य सम्बन्धी आधारभूत तयारी पूरा गरेका छौं। अब अर्थतन्त्रलाई पुनरुत्थान गर्ने समय आएको छ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गत साता भनेका थिए।  

केही सातासम्म भारतमा संक्रमित संख्या त्यति खास नबढेकोमा विज्ञहरु अचम्मित थिए। अत्यधिक जनघनत्व भएका बस्ती, कम लगानी गरिएका सार्वजनिक अस्पताल तथा अन्य रोग ग्रसित जनसंख्या अत्यधिक हुँदाहँुदै पनि कोरोना संक्रमित संख्या अकासिएको थिएन।  

त्यसो त अन्तर्राष्ट्रिय समाचार माध्यममा भारतले गरेको लकडाउनको कमजोर व्यवस्थापनलाई प्रमुखता दिइएको थियो, दैनिक रुपमा बढ्दै गरेको संक्रमित संख्यामा खास ध्यान दिइएको थिएन। विशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार एकाएक कामविहीन बनेका थिए। अन्योल बीच हजारांै प्रवासी कामदार आ–आफ्नो थातथलो फर्केका थिए।  

भाइरसले खास नोक्सानी अझैसम्म नगरेको बरु त्योभन्दा बढी हानि लकडाउनले गरेका कारण भारत सरकारले लकडाउन खुकुलो पार्न गरेको निर्णय अपेक्षित ठानिएको छ। खासमा संक्रमित अस्पताल भर्ना गर्नुपर्ने खालका गम्भीर प्रकृतिका देखिएका छैनन्। यही कारण सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो। मुम्बईबाहेक अत्यत्र अस्पतालमा बेडको उपलब्धतामा कुनै कमी छैन।  

जनस्वास्थ विज्ञ डा. देवदासनका अनुसार कोरोना संक्रमणको लक्षण नदेखिएका अथवा सामान्य लक्षण भएका संक्रमितको संख्या आगामी दिनमा बढनेछ। त्यसो त विश्वका अन्य देशका तुलनामा भारत भाइरस संक्रमणबाट त्यस्तो प्रभावित भएको छैन। भारतमा भाइरसका कारण हुने मृत्युदर मात्र ३ प्रतिशतको हाराहारीमा छ र यो संसारकै कम मृत्युदर हो।  

तर, केही विज्ञ भारतसँग मृत्युको तथ्यांक लिने प्रभावकारी प्रणाली नभएको तर्क गर्छन्। भाइरोलोजिस्ट ज्याकोब जोन सरकारले कोभिड–१९ का कारण भएका मृत्यु पहिचान गर्न नसकेको बताउँछन्। ‘हामीले भाइरस संक्रमण दरभन्दा मृत्यु दर नियन्त्रण गर्न बढी ध्यान दिनुपर्छ,’ उनी भन्छन्।

अन्य विज्ञहरुले अनुमान गरेजस्तो लकडाउन खुकुलो पारेका कारण जुलाई र अगस्टमा संक्रमण गति तीव्र हुने ज्याकोबको तर्क छ। त्यसो हो भने महामारीको अर्काे शृंखला देखिएमा के भारतले अर्काे लकडाउन गर्ला ?  विशेषज्ञहरु भारत अब स्थानीय स्तरको लकडाउनमा जानुपर्ने बताउँछन्। केन्द्रीय सरकारले पनि राज्य सरकारले यससम्बन्धी निर्णय लिनसक्ने जनाएको छ।  

भारतमा कोरोनाबाट कुल संक्रमितकोे एकतिहाइ संख्या महाराष्ट्रमा मात्र छ। त्यसपछि तामिलनाडु, गुजरात र दिल्लीमा रहेका कुल संक्रमित जोडदा भारतको कुल संक्रमित संख्याको ६७ प्रतिशत पुग्छ। प्रवासी कामदार घर फर्केका कारण पछिल्ला दिनमा बिहारमा पनि संक्रमित संख्यामा तीव्रता आएको छ।

‘सुरुमा संक्रमित सहरमा भेटिएका थिए, अब उनीहरु ग्रामीण क्षेत्रमा पुगेका छन्,’ जनस्वास्थ्य विज्ञ डा. देवदासन भन्छन्, ‘हामीले सहरबाट गाउँमा भाइरस पु¥याउन सहजीकरण गरिरहेका छौं।’  

भारत सरकारले लकडाउनका कारण तीन लाख जनसंख्या संक्रमण हुनबाट जोगिएको र  ७१ हजार सम्भावित मृत्यु टरेको दाबी गरेको छ। तर आगामी दिनमा यो संक्रमण कसरी जाला भन्न सकिने स्थिति छैन। लकडाउन खुलाउने निर्णय गरेकै दिन ट्विट गर्दै  दिल्लीका मुख्यमन्त्री केजरीवालले आमनागरिकको अनुशासन र जिम्मेवारीबोधले कोरोना नियन्त्रण हुन सक्ने बताएका थिए। ‘वास्तवमा कोरोना भाइरस संक्रमण नियन्त्रण कफ्र्यु र निरन्तर प्रहरी अनुगमनले गर्न सकिने विषय होइन,’ प्राध्यापक तथा अनुसन्धानकर्ता मेनन भन्छन्। उनी भारतमा सामाजिक दूरी कायम गर्न कठिन हुने बताउँछन्। ‘संयुक्त परिवार, सुकुमबासी बस्ती, व्यस्त बजार, मन्दिर तथा मस्जिदमा हुने भीड, विवाह तथा धार्मिक कार्यक्रममा हुने जमघट व्यवस्थापन चुनौतीपूर्ण हुनेछ,’ मेनन भन्छन्, ‘सबैभन्दा मुख्य सन्देश के हो भने भाइरस तत्काल हराउनेवाला छैन। हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ।’ 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस