जनताकै आवाज सुन्नुपर्छ: मुख्यमन्त्री आचार्य
१५ जेष्ठ २०८२
•
७ मिनेट पाठ
जनताकै आवाज सुन्नुपर्छ: मुख्यमन्त्री आचार्य
 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको करिव १० महिना बितेको छ। देशका मुख्य दुई ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेससहितको गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिएका मुख्यमन्त्री आचार्यले सुरुदेखि नै सुशासन, पारदर्शीता र नागरिक अधिकारका विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै आएका छन्। उनले सुशासनलाई संस्थागत गर्ने, भ्रष्टाचारलाई निषेध गर्ने, सेवाप्रवाहलाई अझ जनमैत्री बनाउने र विकासलाई सबैको पहुँचमा पुर्‍याउने सङ्कल्प राखेका छन्।




प्रस्तुत छ, निरङ्कुश राजतन्त्रको अन्त्य गरेर जनताको शासन स्थापित गरेको दिन गणतन्त्र दिवसका अवसरमा समग्र प्रदेशको अवस्था र गणतन्त्रमा जनताका अधिकार स्थापित गर्ने, संविधान र सङ्घीयता कार्यान्वयनको अवस्था र दलहरूको प्रतिबद्धता लगायतका विषयमा मुख्यमन्त्री आचार्यसँग गरिएको कुराकानीः

गणतन्त्र स्थापनाको १७ वर्षपछि लुम्बिनी प्रदेशले के कस्ता उपलब्धिहरू हासिल गरेको छ?

गणतन्त्रले सङ्घीयताको जग बसाल्दै प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएको छ। लुम्बिनी प्रदेशले यही आधारमा आफ्नो पहिचान मात्र बनाएन, शासन प्रणालीलाई जनमुखी बनाउन महत्त्वपूर्ण कदम चालेर सफलता प्राप्त गरेको छ। पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ।

नागरिक सेवाहरूमा सहज पहुँच, जनतामैत्री नीति निर्माण र समावेशी दृष्टिकोणले प्रदेशलाई अघि बढाएको छ। सेवामा विकेन्द्रीकरण भएको छ। गाउँघर तथा बस्तीको मुहार फेरिएको छ। १७ वर्षअघि र पछिको परिस्थिति तुलना गरेर हेर्न जरुरी छ। हिजो के थियो? आज के छ? हेरौं। यसैमा उपलब्धिहरु प्रष्ट देखिन्छ।

जनतालाई शक्ति र अधिकार सुम्पिएको भनिन्छ, तपाईंको दृष्टिमा लुम्बिनी प्रदेशका जनताले त्यो अधिकार कत्तिको अनुभव गरिरहेका छन्?

पहिलाजस्तो “माथिबाट भन्छन्, तल मान्नुपर्छ“ भन्ने चलन अब छैन। जनताले आफैं आफ्ना प्रतिनिधि चुनेका छन्, आफ्ना मुद्दा उठाउने थलो पाएका छन्। जनप्रतिनिधि र सरकार जनताको आँगनसम्म पुगेका छन्। अधिकारप्रति चेतना बढेको छ, जिम्मेवारी महसुस गर्न थालिएको छ। यो गणतन्त्रको प्रत्यक्ष अनुभूति हो।

हिजाेको शासनमा कसैका विरुद्ध बोल्न समेत पाइँदैन थियो  तर अहिले मानिस स्वतन्त्र छन्। विरोध गर्न पाउने, फरक मत राख्न पाउने अवस्थाको सिर्जना भएको छ। कुनै व्यक्तिको अधिनमा होइन आवधिक निर्वाचनको माध्यमबाट पाँचपाँच वर्षमा आफ्ना प्रतिनिधि चुन्न पाउने उन्नत व्यवस्थामा हामी छौं। जनताले आफ्ना प्रतिनिधि आफैं चुन्न पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशले नागरिक केन्द्रित योजनाहरू अघि सारेको छ। हरेक बस्ती, पालिकाहरू सडम सञ्जालबाट जोडिएका छन्।

स्थानीय उत्पादनको काममा नागरिक सहभागिता बढेको छ। सामाजिक सुरक्षा, स्वास्थ्य उपचारमा सहयोग, कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान, पर्यटन क्षेत्रको विकासबाट आर्थिक उपार्जन गर्न सक्ने गरी क्षेत्रहरूको पहिचान गरेर कामहरू भएका छन्। प्रदेशवासीको बीचमा भावनात्मक एकता, सद्भाव कायम गर्न सफल भएका छौँ।

महिला, दलित, जनजाति, मुस्लिम लगायत पिछडिएका वर्गको जीवनमा गणतन्त्रले के कस्तो परिवर्तन ल्याएको छ?

यी समुदायहरू लामो समयसम्म हेपिएका थिए, ओझेलमा पारिएका थिए। गणतन्त्रपछि उनीहरूलाई संविधानले सम्मान, अवसर र आवाज दिएको छ। लुम्बिनी प्रदेश सरकारले उनीहरूका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। छात्रवृत्ति, स्वास्थ्य बीमा, स्वरोजगार, सीप विकास, आवास सहायता लगायतले थुप्रैको जीवनमा सार्थक परिवर्तन ल्याएको छ।

राज्य अब उनीहरूका लागि पनि छ भन्ने महसुस दिलाउन सकेका छौं। सरकारी सेवामा सहज पहुँचका लागि प्रदेशमा बसोवास गर्ने समुदायहरूको जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गरेका छाैं।

राज्यका हरेक निकायमा विपन्न तथा सिमान्तकृत समुदायको पहुँच सुनिश्चित गरेका छौं। प्रदेशसभामा समेत समानुपातिक निर्वाचन प्रणालीबाट कानुन निर्माण गर्ने थलोमा प्रतिनिधित्व स्थापित भएको छ।

सरकारमा समेत समावेशीताको मान्यता आत्मसात् गरेर जिम्मेवारी प्रदान गरिएको छ। अवसरहरूको समान वितरण र प्रतिनिधित्व हुँदा ती समुदायका नागरिकले न्यायको महसुस गरेको हामीले पाएका छौं।

संविधानले सुनिश्चित गरेका अधिकारहरू कार्यान्वयन गर्न प्रदेश सरकारले के कस्ता नीति तथा कार्यक्रमहरू ल्याएको छ?

हाम्रो संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता मौलिक अधिकारहरू व्यवहारमा उतार्न हामीले रणनीतिक योजना अघि सारेका छौं। नीतिगत रूपमै बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, किसान, श्रमिक आदिलाई लक्षित नीति ल्याएका छौं।

सामाजिक न्याय, समान पहुँच र अवसर सुनिश्चित गर्ने उद्देश्यले योजनाहरू कार्यान्वयनमा छन्। संविधानले प्रदत्त गरेका अधिकारहरू नागरिक तहमा पुर्‍याउन सरकारले दृढ रूपमा भूमिका निर्वाह गरेको छ।

कृषि, उद्यम, स्वरोजगार, उत्पादन वृद्धिसँग जोडिएका क्षेत्रमा काम गरेका छौं। प्रदेशको समग्र आर्थिक विकाससँग जोडिएका गौरवका आयोजनाहरूलाई मुख्य गरी सरकारले अघि बढाएको छ।

शिक्षामा लुम्बिनी प्राविधिक विश्वविद्यालय, पूर्वाधारमा रामपुर–कपुरकोट सडक आयोजना, राजधानी प्रशासनिक केन्द्र बनाउने काम, स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय शय्याको बनाउने काम अघि बढेको छ। यी आयोजनाले प्रदेशको आर्थिक, सामाजिक, स्वास्थ, शिक्षा लगायत समग्र विकास नयाँ उचाइमा पुर्‍याउने विश्वास गरेका छौं।

संवैधानिक मूल्य र गणतान्त्रिक आचारसंहितालाई सुदृढ बनाउन प्रदेश सरकारले कुन चुनौतीहरू भोगिरहेको छ? समाधान कस्तो देख्नुहुन्छ?

संविधान कार्यान्वयनमा प्राविधिक, संरचनागत र मनोवैज्ञानिक चुनौती छन्। स्रोत साधनको सीमितता, नीति कार्यान्वयनमा समन्वयको अभाव र व्यवस्थापकीय कमजोरी हाम्रा अगाडिका चुनौती हुन्। तर, राजनीतिक इच्छाशक्ति, पारदर्शिता, जनसहभागिता र प्रविधिको सदुपयोग मार्फत हामी ती चुनौती पार गर्दैछौं।

समस्या स्थायी होइनन्, हाम्रो सङ्कल्प स्थायी हो। प्रदेशले वित्तीय समस्या भोग्नुपरेको छ। सङ्घीय सरकारले समानीकरण अनुदानको रकम नपठाउदा प्रदेशमा आर्थिक भार परेको छ। संविधानले दिएको अधिकार अनुसार पनि यो अनुदान प्राप्त गर्नुपर्ने थियो तर त्यसअनुसार नहुँदा प्रदेशले केही समस्यासँग जुधिरहेको छ।

सङ्घीय तहबाट बन्नुपर्ने महत्त्वपूर्ण कानुन शिक्षा, प्रहरी, निजामती कर्मचारीसँग सम्बन्धित नबन्दा समस्याहरू देखिएका छन्। तर, प्रदेशले प्रदेश निजामती सेवा, स्थानीय निजामती सेवा ऐन बनाएर लामो समयदेखि देखिएको समस्या समाधान गरेका छौं। कर्मचारी परिचालन, वृत्ति विकास लगायतका कामहरू अघि बढ्दा शासकीय सुधार, प्रशासनिक सेवा तथा सेवा प्रवाहमा चुस्तता आएको छ।

प्रदेशका नीति निर्माणमा नागरिकको प्रभावकारी सहभागिता कसरी सुनिश्चित गरिएको छ?

नीति जनताकै लागि हो भने बनाउँदा पनि जनताकै आवाज सुन्नुपर्छ। हामी प्रत्येक नीति बनाउँदा सरोकारवाला, समुदाय, विज्ञ र नागरिक समाजसँग छलफल गरेका छौं। खुला बजेट सुनुवाइ, गुनासो व्यवस्थापन प्रणाली, अनलाइन सुझाव सङ्कलन, गाउँगाउँको सहभागिता कार्यक्रम जस्ता माध्यमहरूबाट जनताको आवाज नीतिमा समेटिएको छ।

प्रदेशसभा र सरकार दुवै तहबाट नीति निर्माणमा नागरिक सहभागिता र सरोकारवालाहरूको सुझाव सङ्कलन गरेर अघि बढेका छौं। समस्या निदानका लागि कानुनहरू निर्माण गरेका छौं। सुशासन, पारदर्शी, जवाफदेहीता कायम गर्न सरकारले पाँच वर्षे रणनीतिक योजना बनाएर कार्यान्वयनमा लगेको छ।

गणतन्त्र दिवस मात्र उत्सव होइन, सङ्कल्पको दिन पनि हो, यस वर्षका लागि जनतासामु तपाईंका सङ्कल्प के छन्?

म यो वर्ष सुशासनलाई संस्थागत गर्ने, भ्रष्टाचारलाई निषेध गर्ने, सेवा प्रवाह अझ जनमैत्री बनाउने र विकासलाई सबैको पहुँचमा पुर्‍याउने सङ्कल्प गर्दछु। गणतन्त्रको सार जनताको सुखद् जीवन हो र म त्यसका लागि पूर्ण समर्पित छु। मेरो सङ्कल्प जनताको अनुहारमा मुस्कान ल्याउने हो।

नयाँ पुस्तामा गणतन्त्रको भावना र ऐतिहासिक सन्देश कसरी जगाउन सकिन्छ?

गणतन्त्र पुस्तान्तरणको विषय हो। विद्यालयमा पाठ्यक्रम, बहस कार्यक्रम, युवा क्लबहरूको सशक्तीकरण, डिजिटल माध्यम मार्फत सिर्जनात्मक अभियान र प्रेरणादायी इतिहासको प्रचारमार्फत युवापुस्तामा राष्ट्रप्रेम र गणतन्त्रप्रतिको प्रतिबद्धता जागृत गर्न सकिन्छ। यो पुस्ता चेतनशील छ, सन्देश सही रूपमा पुर्‍याउने हो भने उनीहरू परिवर्तनका अगुवा बन्न सक्छन्। परिवर्तन र उपलब्धिको रक्षा नै मूल सवाल बन्न पुगेको छ। यसमा हामी सबै जिम्मेवार भएर अघि बढ्न जरुरी छ।

 -रासस
अर्को समाचार
मुलुकका मूल मुद्दा एकातिर कांग्रेसका कुरा अर्कैतिर
२१ असार २०८२
•
५ मिनेट पाठ
मुलुकका मूल मुद्दा एकातिर कांग्रेसका कुरा अर्कैतिर
सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। केन्द्रीय समितिको बैठक लम्ब्याउँदा संसद् र सरकारको काममा समेत बाधा परेको भन्दै आइतबार बैठक सक्ने तयारी छ। १० महिनापछि बसेको केन्द्रीय समिति बैठकमा आफ्नै समर्थनमा गठन भएको केपी ओली नेतृत्व सरकारको एक वर्षे कार्यकालको गम्भीर समीक्षा हुने धेरैको अनुमान थियो। संविधान संशोधनसहित दुई दलबिच भएको सात बुँदे समझदारी कार्यान्वयनको अवस्थामा पनि बैठक केन्द्रित हुने दाबी नेताहरूले गरेका थिए।




बैठकमा संविधानप्रति जनतामा रहेको असन्तुष्टिसँगै सरकारको कार्यसम्पादनमा देखिएका समस्यामा छलफल हुने र त्यसलाई सम्बोधन गर्ने गरी संविधान संशोधनका लागि ठोस प्रस्तावसहित कांग्रेसको धारणा आउने अनुमान पनि धेरैले गरेका थिए। तर शुक्रबारसम्मको बैठक हेर्दा सरकार, दुई दलबिच भएको सात बुँदे समझदारी र संविधान संशोधनका विषयमा कांग्रेसले ठोस धारणा ल्याउने सम्भावना न्यून बन्दै गएको छ। केन्द्रीय समितिमा अहिलेसम्म बोलेका अधिकांश सदस्यको धारणा यसभन्दा बाहिर छ। देश र जनहितका विषय पनि सदस्यहरूको खासै प्राथमिकतामा परेको देखिएको छैन। जनतामा बढ्दो निराशा कसरी कम गर्ने भन्नेतर्फ पनि बैठकको ध्यान पुगेको छैन।

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन भएको छैन। यसले नागरिकमा निराशा बढ्दो छ। निराशा चिर्न सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्छ र जनताले अनुुभूति गर्नेगरी परिर्वतनको आभास दिलाउनुपर्छ, सुशासनको पक्षमा सरकार खरो रूपमा उत्रिनुपर्छ। तर बैठकमा यी विषयले पनि खासै महत्त्व नपाएको सदस्यहरू बताउँछन्।  

नागरिकमा रहेको असन्तुष्टिलाई लिएर केही राजनीतिक दल र समूह व्यवस्था विरोधी गतिविधिमा लागेका छन्। यो विषयले पनि कांग्रेस बैठकमा प्रवेश पाएको छैन। युवा जनशक्ति दिनहुँ बाहिरिँदै छ। त्यो पनि सरकार र राजनीतिक दललाई गाली गर्दै। युवालाई देशमै केही हुन्छ भन्ने आशा, भरोसा जगाउन सरकार र राजनीतिक दलले सकेका छैनन्। मुलुकका दुुई ठुला र पुुराना दल मिलेर गठन भएको सरकारले पनि त्यसअनुसार काम नगर्दा युवा पुस्तामा वितृष्णाको पारो थप चढेको छ।

कांग्रेसले जारी बैठकबाट सरकार र पार्टी नयाँ पुस्तासँग जोडिने गरी निर्णय लिने धेरैको अनुमान र अपेक्षा थियो। बैठकको ताल र तरिकाले पार्टीमा नयाँ पुस्तालाई आकर्षण गर्ने र पुरानालाई पनि संरक्षण गर्नेमा कुनै ध्यान गएजस्तो देखिएको छैन। आफू र आफ्ना विषयमा धेरै, देश, जनता र पार्टीमा कम केन्द्रित बैठकमा नयाँलाई जोड्ने होइन, पार्टीभित्र पुराना गुट तोड्ने र आफ्ना गुट कसरी बलियो बनाउनेमा नेताहरू केन्द्रित देखिन्छन्।

पुराना पुस्ताका नेताहरू पार्टी राजनीतिबाट बिस्तारै निष्क्रिय हुँदै गएका छन्। पछिल्लो पुस्तासँग कांग्रेस जोडिन सकेको छैन। २०८४ सालको आम निर्वाचनमा नयाँ मतदाता निर्णायक हुनेछन्। नयाँ पुस्तासँग कसरी जोडिने र नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको महाधिवेशन गरेर कसरी चलायमान बनाउने भन्नेमा पनि नेताहरूको ध्यान पुगेको छैन। नेताहरूको ध्यान क्रियाशील सदस्यता काट्ने र थप्नेमा गएको देखिन्छ। कांग्रेसका सबै क्रियाशील सदस्यले न हिजो पार्टीका उम्मेदवारलाई भोट हाले न आगामी दिनमा हाल्नेछन्।

तर क्रियाशील सदस्यको भूमिका वडादेखि केन्द्रीय नेतृत्व चयनसम्म हुन्छ। नेताले भनेअनुसार उनीहरूले पार्टी चुनावमा भोट हाल्छन्। त्यसैले कांग्रेस नेताको ध्यान अहिले क्रियाशील सदस्यता बनाउन र काट्न केन्द्रित भएको हो।

महामन्त्रीकै संयोजकत्वमा गठन भएको क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरण गर्ने समितिले अहिलेसम्म आधा दर्जन जिल्लाको पनि सदस्यता नवीकरण गर्न सकेको छैन। बरु कांग्रेसका नेताहरू अलग र फरक ठाउँमा बसेर सदस्य आफ्ना कति थपिए र थप्ने, कति काटिए र काट्ने जोड घटाउमा लागेका छन्।

सदस्यता बढाउने अभियानमा जुटेका नेताहरूले एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म विधि र विधानअनुसार गर्नुपर्ने काम र निर्माण गर्नुपर्ने संरचना गठनमा भने ध्यान दिएका छैनन्। विधानतः दुईदुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति १० महिनापछि बल्ल बसेको छ। तर पनि जनचासो र पार्टी संगठनका विषयमा त्यसको चासो देखिएको छैन।

अपवादबाहेक जिल्ला तहका कुनै पनि संरचना कामकाजी छैनन्। गुट विवादले जिल्ला तहका समितिहरू बैठक बस्ने अवस्थामा छैनन्। विवाद मिलाउन र संगठन चलायमान बनाउने भन्दै यसबिचमा विभिन्न अभियान चलाउँदै केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने निर्णय कांग्रेसले गर्‍या। तर त्यो अपेक्षित कामकाजी र फलदायी हुन सकेन। जिल्ला तहका विवाद कसरी समाधान गर्ने र संगठन चलायमान बनाउने भन्नेमा कसैको पनि चासो देखिँदैन।

१४औं महाधिवेशनमा नीतिबिना नेतृत्व मात्र चयन गरेको कांग्रेसले २०८० फागुनमा महासमिति बैठक गरेको थियो। तर त्यसले पारित गरेका प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरे पनि कार्यान्वयनमा गएको देखिएको छैन। केन्द्रीय सदस्यहरूलाई पनि यसबारे जानकारी छैन।  

बैठकमा १५औं महाधिवेशन मितिबारे भने चासो र चिन्ता देखिएको छ। त्यो चासो र चिन्ता विधि र विधानअनुसार महाधिवेशन गर्नभन्दा पनि नेताहरूको ध्यान कसरी आफू नेतृत्वमा पुग्नेमै केन्द्रित देखिएको छ।

देशभित्र र बाहिरको अवस्थाले मुलुुकको आर्थिक, राजनीतिक, सामाजिक तथा कूटनीतिक क्षेत्रमा पार्न सक्ने प्रभावका विषयमा कांग्रेसले ठोस धारणा र रणनीति बनाउनुपर्ने अवस्था छ। तर त्यसलाई बेवास्ता गर्दै केन्द्रीय समिति बैठक व्यक्तिगत आरोपप्रत्यारोपमा केन्द्रित छ।

बैठक मुलुकी राजनीतिलाई सही दिशामा हिँडाउने उपायको खोजी र पार्टीलाई चुनौती सामना गर्नसक्ने नीति तथा रणनीति निर्माणभन्दा व्यक्तिगत कुन्ठा पोख्ने थलो बन्दै गएको छ। कांग्रेसले मुलुकलाई निकास र विकास दिन्छ भन्ने आम बुझाइलाई मनन गरी आवश्यक नीति र निर्णय लिनुपर्ने बैठक औपचारिकतामा मात्र सीमित हुने विश्लेषण गर्न थालिएको छ।

बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडु, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सतार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, गोविन्दराज पोखरेल, सुशीला मिश्र भट्ट, गंगालक्ष्मी अवाल, सुशीला थिङ, सुशीला ढकाल (आचार्य), शान्ति परियार विक, जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित मन्त्रीहरू तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आआफ्नो धारणा राखिसकेका छन्। केन्द्रीय समितिको अर्को बैठक आइतबार बस्नेछ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस